आइत, चैत्र २३, २०७६
Sun, April 5, 2020

राजाहरुले उच्च बनाएको नेपालको स्वाभिमानलाई नेताहरुले बिदेशीको दलाल भरिया भएर धुमिल बनाए

फुलचोकीबाट हाम फाल्न खोज्ने कांग्रेस नेता उदयसम्सेर राणालाई सुरजीत दत्तको ठाडो चुनौती


  • स्वदेश नेपाल
  • सोम, माघ २७, २०७६

यही माघ ३ गते अमेरिकी दूतावासले नेपालमा हल्ला चलाइए जस्तो अमेरिकाको सैन्य रणनीतिसँग नजोडिएको भन्दै यो सम्झौताका १० महत्वपूर्ण बुँदा सार्वजनिक गरेर यो सम्झौता याथस्थितिमा पास गर्न हुन्न भन्नेहरुलाई आफ्नो अडान त्याग्न घुमाउरो सन्देश दिएको थियो । अहिले केहि दिन यता अमेरिकन मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अन्तगर्तको नेपाल अनुदानको सम्झौता यथास्थितिमा अनुमोदन गराउन अमेरिकीहरुले ‘लविङ’ तीव्र पारेका छन्।

एमसीसीको नेपाल सम्झौता अनुमोदन गराउन ‘लविङ’कै लागि नेपाल आएका एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले शुक्रबारदेखि एमसीसीका नेपालस्थित अधिकारीहरुसँगै नेकपाका नेताहरुसँग छलफल तीव्र पारेको छ।

सम्झौता अन्तर्गत अमेरिकी सरकारले अनुदान स्वरुप ५० अर्व रुपैयाँ दिने र त्यसमा नेपालले पनि रकम थपेर ३१२ किमी उच्च क्षमता (४०० केभी) को प्रसारण लाइन, ३ वटा सव–स्टेशन र नेपाल–भारत सीमापार प्रसारण लाइन र ९९ किमी सडक स्तरोन्नति गर्ने योजना छ।

नेपालस्थित अमेरिकी राजदूत र्‍याण्डी बेरीले यदि नेपालले एमसीसी सम्झौतामा संशोधन गरिए त्यो अमेरिकालाई मान्य नहुने कडा अभिव्यक्ति दिएका थिए।

यहि सेरोफेरोमा एमसीसी बिरोधी सामाजिक अभियन्ता सुरजित दत्तले एमसीसीमै केन्द्रीत रहेर आफ्नो खरो विचारहरु राखेका छन् । संक्षेपमा यस्तो छ दत्तको विचारहरु :-

एमसीसी कुनै पनि हालतमा नेपालको हितमा नभएको र यो सिधै भने पनि घुमाउरो भने पनि यो अमेरिकाको सुर’क्षा र’ण’नीति अन्तर्गत आएको बताएका छन् । अझै अमेरिकी राजदुत र नेपालका तिन जना भूपू प्रधानसेनापतिहरुले यो अमेरिकी सु’रक्षा र’ण’नीति र इन्डोप्यासिफिकसंग जोडिएको छैन भनेर प्रष्ट पार्नुले अझै आशंका बढाएको छ ।

नेपालले संसदबाट पास गराउनु खोजेको एमसीसी सम्झौता लगायत अमेरिकी रक्षा विभागको बिभिन्न सम्झौता र डकुमेन्ट्स नै देखाउदै नेपालको सर्वोपरी हितको लागि एमसीसी सम्झौता नै खारेज गर्नुपर्छ ।

आजसम्म कुनै पनि बैदेशिक अनुदान सहयोग संसदबाट अनुमोदन गराउनु नपर्ने तर एमसीसी चै किन संसदबाटै अनुमोदन गराउनु पर्ने यो एउटा ठुलो षडयन्त्रको एक भाग भएको दाबि गरेका छन्

नेपालका नेताहरु सबै बिकाउ भएकोले देश र जनताको हित भन्दा पनि बैदेशिक शक्ति र आफ्नो मात्रै हित हेर्ने गरेकोले देश आज यो नाजुक स्थितिमा पुगेको दत्तको टिप्पणी छ ।

राजतन्त्र हुदा देशको स्वाभिमान विश्वकै उच्च थियो तर २०४६ साल पछि देशको स्थिति अति नाजुक भयो जसको मुख्य कारण हाम्रो नेताहरु बिदेशीको भरिया हुनु नै ठुलो दुर्भाग्य रहेको टिप्पणी गर्दै प्रमाणसहित बुदागत रुपमा नेपालको लागि एमसीसी घा’तक भएको दाबि गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट