सोम, माघ १३, २०७६
Mon, January 27, 2020

पृथ्वीनारायण शाहविरुद्ध भ्रामक प्रचारवाजी – संघीयता, तामाङ राज्य र भ्रमको खेती !


  • स्वदेश नेपाल
  • मङ्ल, पुस २९, २०७६

मोहनलामा रुम्बा – बडा महाराज पृथ्वीनारायण शाहले बिभाजित अवस्थामा रहेकोे पहाडी भूखण्डलाई एकीकरण गरेर एकीकृत भएको नेपाल लाई संघीयताको ढाँचामा लैजान वा प्रशासनिक इकाई बनाएर राज्य संचालनको खातिर सहजीकरण होउन् भन्ने अभिप्राय वा अभिष्ट मात्रै बोकेर अहिलेको यो नेपालमा संघीयताको अवधारणा ल्याएको कदाचित थिएन र होइन रहेछ भन्ने कुरा अब सर्वसाधारण नेपालीहरुले पनि दैनिकी घट्दै गइरहेको घटनाक्रमले बुझ्न थालिसकेको छ।

राज्यले संघीयताको कार्यान्वयन गराउन प्रशासनिक सुगमता सर्वसुलभ राज्यको सेवा बिस्तार कसरी गर्न सकिन्छ भनेर आम जनसमुदायमा छलफल बिचार बिमर्श हुनुपर्ने थियो तर मुलुकमा अहिले त्यस्तो भैरहेको छैन, र हुदैन पनि किनभने त्यसको लागि संघीयता नै ल्याएको होइन थिएन भन्नलाई बुझ्न एउटा उदाहरण नै साहेत काफी होला, भैरहेको गाबिस नगरपालिका गाभ्ने नाउँमा अहिले आएर एउटा वाड कार्यलय पुग्न एक दिनको बाटो हिंड्नु पर्ने बनाएको छ भने गाउँ पालिकाको कार्यलय पुग्न त झन् दुई दिनको बाटो हिड्नु पर्ने बनाएको अवस्था छ,यस्तो समस्या दुर्गम गाउँको होइन यही सुगम ठाउँ भनेर चिनिने चितवन जिल्लाको पहाडी इलाकामा वार्ड कार्यलय पुग्न एक दिनको बाटो हिडेर पुग्नुपर्ने अवस्था छ भने बाँकी दुर्गम इलाकाको अवस्था कस्तो होला सहजै अनुमान गर्न सक्छौ !

एकीकृत नेपाल भित्र एकाएक संघीयताको प्रवेश र प्रवेश गराउने यसको अभियान्ता बिशेश गरि तत्कालीन माओवादी र त्यसको बाह्य परिधिमा रहेर बौद्धिक वातावरण तयार गर्ने नेपालको बिदेशी गैरसरकारी संस्था द्वारा परिचालित लेखक बुद्धिजीवी पत्रकार र त्यसको पनि बाहिरी परिधिमा रहेर आआफ्नो जातिको जातीय राज्यको माग गर्ने विभिन्न जातीय संघ संस्थाको निहित निर्धारित लक्ष्य बाट संघीयता मार्फत नेपाललाई कहाँ पुर्‍याउन खोज्दै छ भनेर जोकोहीलाई बुझ्न अब कुनै कठिनाइ रहेन।

बिदेशी संघ संस्थाले संघीय प्रणालीको आधारभूत प्रशिक्षण गोष्ठी सेमिनारको नाउँमा दुई प्रकारले प्रशिक्षण दिने गरिन्छ, पहिलो तहमा राज्यको उच्च पदस्थ कर्मचारी सम्भ्रान्त बर्ग अथवा शहरी शिक्षित बर्गलाई संघीयता भनेको केन्द्रीकृत प्रशासनिक इकाई लाई विकेन्द्रीकरण गर्ने मात्रै हो भन्दै यसलाई हल्का राज्यको सहजीकरणको रूपमा मात्रै बुझ्न र बुझाउदै लग्ने गरेको हुन्छ भने तल्लो तहमा यहाँको आर्थिक शैक्षिक रूपमा पिछडिएको जनजातीमा संघीयता भनेको शासक बर्गले दबाइएको लुटेको आफ्नो भूभाग आत्मनिर्णयको अधिकार सहितको राज्य पाउने हक हो भन्दै प्रशिक्षण दिने गरिन्छ, र त्यस्तो बिचार वाहक संघ संस्था लाई परिचालन गरेर संघीयतालाई जनजातीका लागि पृथ्वीनारायण शाहले कब्जा गरेको हाम्रो पुर्खाउली भूभागको स्वामित्व खोज्ने यही मौका हो भन्दै घोषित अघोषित रूपमा विभिन्न संघ संस्थाले संघीयता सम्बन्धि गाउँ गाउँमा तालिम प्रशिक्षण दिने गर्दै छ ,यसरी दुई प्रकारले दुई बर्गलाई भिन्नभिन्न प्रकारले बुझाउदै लगेको देखिन्छ ! पहिलो प्रकारको प्रशिक्षण राजनीतिक दलको नेताहरूले आफ्नो झोले खासगरी यी टाठाबाठा बाहुन क्षेत्री समुदायहरूलाई संघीयता बारेमा कुनै आपत्ति नगरोस् भन्दै प्रशिक्षित गराउदै लग्ने गरेको देखिन्छ भने दोस्रो प्रकारको प्रशिक्षण बिदेशी गैरसरकारी संस्था प्रायोजक बनेर जातीय संघ संस्थाले प्रशिक्षण दिंदै लग्ने गरेको छ र यो संघीयता लाई बहुराष्ट्रिय सिद्धान्तको आधारमा परिभाषा लगाउदै बिभाजनको रुपरेखा भुसको आगो जसरी सुषुप्त रूपमा झोस्दैछ।

बहुराष्ट्रिय सिद्धान्तको पक्षधर लाई समस्या के छ भने नेपाल एकीकरणको महानायक पृथ्वीनारायण शाहलाई गाली गलौच सत्तोसराप नगरीकन आफ्नो बहुराष्ट्रिय संघीयताको मोडलको औचित्य पुष्टि गर्न सकिन्न ! त्यसैले नौरान देखिको बल लगाएर पृथ्वीनारायण शाह माथि खनिनु उनीहरुको बाध्यता पनि छ।

केही समय अगाडि ठिक यस्तै एउटा प्रशिक्षणको भिडियो मलाई एकजना लामाले पठाउनु भयो, मैले त्यो भिडियो हेरें प्रशिक्षण दिने ब्यक्ति चानचुने ब्यक्ति थिएन डाक्टर उपाधी बोकेका तामाङ समुदायको एकजना वरिष्ठ बुद्धिजीवी डा. मुक्त सिंह तामाङ हुनुहुँदो रहेछ, साहेत अगुवा पहिचानवादी कार्यकर्ताहरुको भेला थियो होला उहाँ बोल्दै हुनुहुन्थ्यो… “पृथ्वीनारायण शाहले तेमालको तामाङ राज्य लाई भीषण दमन गरेर कब्जा गरेको थियो” भनेर भन्नुभएको रहेछ, अब यत्रो नामि विद्वान बाट नै बोलिसके पछी त्यो समुदायको मानिसलाई पृथ्वीनारायण शाहलाई हेर्ने दृस्ठिकोण कस्तो बन्ला ? सहजै अनुमान गर्न सकिन्छ त्यो तेमालको उनलेे भनेको तामाङ राज्य बारेमा पछी चर्चा गरौंला अहिले लाई अर्को डाक्टर उपाधी बोकेका मुलुककै पुर्व प्रधानमन्त्री भैसकेको बाबुराम भट्टराईले पनि एकपटक रामेछापको तामाङ बाहुल्य गाउँमा पुगेर भाषण ठोक्दै भने पृथ्वीनारायण शाहले लुटेको तपाईंहरुको पू्र्खाको जमिनको लालपुर्जा अब हामी ल्याएर दिन्छौं भन्दै बोलेका थिए, यसबाट के सहजै बुझ्न सकिन्छ भने संघीयता प्रशासनिक विकेन्द्रीकरण मात्रै होइन यसको धागो लम्बिदै गएर जातीय मसानघाट सम्म पुगेर टुंगिन्छ त्यसैले सहजै बुझ्न सकिन्छ संघीयताको मुख्य मास्टर माइन्डको दिमागले प्रशासनिक विकेन्द्रीकरण मात्रै होला भनेर कसैले सोंचेको छ भने त्यो सोंच्नु महा भुल हुने छ।

यो बिशाल नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाह र उनको योगदान लाई अवमूल्यन गर्दै यहाँको आदिवासी जनजाती समुदायलाई पृथ्वीनारायण शाहप्रति समुदायमा घृणा भाव फैलाएर सामाजिक द्वन्द्व ल्याउन पर्दा पछाडी बाट उक्साउने तत्व जो लामो समयदेखि नेपाल सिंगो एकीकृत देशको रूपमा रहेकोे देख्न नचाहने १७ औं शताब्दी देखिको पश्चिमी फिरंगी र दक्षिणको चतुर वादशाहको प्रायोजित लगानीमा यि सब भैरहेकोमा कुनै दुबिधा लिनु पर्दैन होला।

जहाँसम्म डा. मुक्त सिंह तामाङले काभ्रे जिल्लाको तेमाल राज्यको कथित राजा रिन्छेन दोर्जेको कुरा हो ऊनी मकवानपुरका सेन राज्यको एक कारिन्दा मात्रै थिए राजा होइन, तत्कालीन मकवानपुरका सेन राज्य अन्तर्गत बारा रौतहट सर्लाही जगतपुर आदि जिल्लाहरु राजा दिग्वन्धन सेनको राज्यमा पर्दथे तिनै मकवानपुर सेन राज्यको राजाले अहिले तामाङको राजा भनेर प्रचारप्रसार गर्दै आएको रिन्छेन दोर्जेलाई केही भूभाग बिर्ता दिएर राखेको थियो जुन कुराको उल्लेख मुखपत्र ‘प्राचीन नेपाल’ पूर्णाङ्क ९१ (पुस–माघ २०४२:६)मा चन्द्रप्रसाद त्रिपाठीले लेखेको ‘प्राचीन तामाङ बस्तीः तिमालको इतिहासमा प्रकाश’ शीर्षकको लेखमा मकवानपुरका अन्तिम राजा दिग्वन्धन सेनले रिन्छिनको नाममा जारी गरेको एक ताम्रपत्रमा तिमाल कल्लेरी निवासी भूपू न्यायाधीश धर्मप्रसाद पाण्डेले सुरक्षित गरिराखेको यो ताम्रपत्रमा जग्गा विर्ता दिइएको भनी लेखक त्रिपाठीले उल्लेख गरेका छन्। विक्रम सम्वत १८१९ भाद्र सुदिमा हरिहरपुरबाट रिन्छिन दोर्जेका नाममा जारी गरिएको ताम्रपत्रको ब्यहोरा यस्तो छः

(विरु) दावली विराज मानन्नत श्री मत्महाराजधिराज
श्री श्री श्री द्दिक्वन्धन सेन देवदेवाना सदा
समय विजइ नाम
आगे रिजिन मिझारको कल्या मटे
य मरि १० लाक्या मद्दे वाझो मुरि ६०९
…पहरो पश्चिम सालको …

ढलो उत्तर कोसी पूर्व डाडो ल्व (कि)
ल विर्ता गरि दियोको छ च…
वा गरि षातिरजामा सा वित
नु विर्ताका सरह सेवा गर्नु घडे
रि पाथि तिन विव जान्या…

मा गरि दियाको छ इति सम्वत १८
१९ भाद्र सुदि… हरि
हरपुरमा आगे सुक्रिविक्री सरिषानु।
(कान्तिपुर कार्तिक २७, २०७५ राजकुमार दिक्पाल)

मकवानपुरका तत्कालीन राजा दिग्वन्धन सेनले हरिहरपुरबाट रिन्छेन दोर्जेलाई चार किल्ला तोकेर दिएको बिर्ता हो यो र उनको पद गाउँको मुखिया अथवा मिजार रहेकोे प्रष्ट देखिन्छ, तर अहिले उनलाई राजा बनाएर प्रचार गरेको मात्रै होइन की तामाङ जातिको लोक कथामा आउने दुर्गु खोलाको बगरमा थिङ थरको भान्जाले लोप्चन थरको मामा लाई काटेको थियो भन्ने तामाङ जातिको (नुवाकोट तिरको)एउटा लोकक्ती लाई पृथ्वीनारायण शाहले सुनकोसीको बगरमा तामाङ राजा रिन्छिन दोर्जेलाई काटेर सुनकोसीमा बगाएको थियो भनेर पनि बदनाम गर्दै विभिन्न जातीय मिडियामा लेख रचना प्रकाशन प्रशारण गर्दै सर्वसाधारण लाई पृथ्वीनारायण शाह प्रति घृणा भाव फैलाउन तल्लीन देखिन्छ, जातिवादी मानसिक रोगीहरु, इतिहास माथि खेलवाड मात्रै होइन हाम्रो जातीय जनश्रूति हरुलाई पनि बिकृत रूपमा बंग्याएर पृथ्वीनारायण शाह माथि लान्छना लगाउनु एउटा अपराध पनि हो, हाम्रो चलिआएको जनश्रूति मिथक कथाहरूलाई बंग्याएर पृथ्वीनारायण शाह माथि आरोपित गर्ने तामाङ समुदायमा मात्रै होइन उपत्यकाको नेवार समुदायमा पनि यो अभियान अहिले जोडतोड्ले चलाउदै छ।

काठमाडौ उपत्यकामा धेरै मठ मन्दिर मात्रै होइन कयौं यस्तो जनविश्वासमा प्रचलित स्थान छन उदाहरणका लागि एउटा बाङ्गेमुडामा रहेकोे काठको मुडामा दाँत दुख्दा गएर किला ठोक्ने गर्छन् त्यस्तै स्वयम्भूको फेदीमा रहेकोे एउटा ढुंगामा ढाड दुखेको निको हुन्छ भनेर त्यहाँ गएर ढाड दल्ने गरिन्छ, त्यस्तै किर्तिपुरमा चिथु ध्वाखा र चिथुत भन्ने स्थानमा एउटा ढुंगा छ त्यो ढुंगालाई स्थानीयले “छ्याक:ल्वह” भन्ने गर्छ त्यो बाटो आउँदा जाँदा बटुवालाई दुख बिमार भयो भने त्यहाँको भुत प्रेत लागेको ठानी कालो भटमास च्युरा छ्यापी लगेर त्यहाँ चढाउने गर्ने गरिन्छ भने त्यो बाटो हिंड्दा आफुलाई कुनै भुत प्रेत नलागोस भनेर थुकेर हिंड्ने सदिऔं देखिनको स्थानीय चलन लाई अहिले आएर पृथ्वीनारायण शाहलाई किर्तिपुरवासीले उहिले देखि त्यहाँ थुक्दै गरेको थियो भनेर विभिन्न सामाजिक संजाल देखि अन्लाईन मिडियामा समेत लेखेर प्रचारप्रसार गर्दै छ !

हाम्रो दुर्भाग्य नै होला ! जबजब धन बोल्न थाल्छ तब तब सत्य लुक्दै जान्छ भनेको साहेत यही होला, बिदेशी पैसामा साँझ बिहान् गुजारा गर्नेहरूले पृथ्वीनारायण शाह जयन्तीको दिन पारेर अहिले त्यहाँ गएर थुक्ने कार्यक्रम गर्दै मालिक रिझाउने गर्ने गरिन्छ, यस्तो हर्कतले पृथ्वीनारायण शाह माथि मात्रै होइन स्वयं त्यो जाति त्यो क्षेत्रको आफ्नो मौलिक जातीय किवदन्ती लोक परम्परा जनश्रूति माथिको पनि भद्दा प्रकारको आक्रमण हो।

आज नेपाल इतिहासकै कठिन चक्रव्युहमा फस्दै गइरहेको छ, एकीकृत नेपालको सपना पृथ्वीनारायण शाहको मात्रै थिएन राजा यक्ष मल्लले पनि अभियान थालेकै थियो भने मुकुन्द सेनले पनि धेरै भुरे टाकुरे राजा रजौटा लाई समाहित गर्दै लगेको थियो तर दीर्घकाल सम्म टिकाइ राख्न सकेन त्यो अभियान लाई पृथ्वीनारायण शाहले पुरा गरेको मात्रै हो यसर्थ इतिहासको त्यो कालखण्डमा हजारौं योद्धाहरुको बलिदानीबाट जोडेको आजको बिशाल नेपालको नासोको रूपमा रहेकोे यो सुन्दर शान्त नेपालको संरक्षणमा लागौं ! सबैको जय होस्,  अस्तु।

प्रतिक्रिया
ताजा अपडेट