पवन चाम्लिङ सन् १९९४ देखि लगातार सिक्किमको मुख्यमन्त्री रहेका ब्यक्ति हुन् र भारतमा सबैभन्दा बढी २५ वर्ष मुख्यमन्त्री भएको रेकर्ड बनाएका चाम्लिङ कवि तथा लेखकको रुपमा समेत प्रख्यात छन डा. पवनकुमार चाम्लिङ `किरण´ को नामबाट ।
उनै चाम्लिङलाई किरात कुलमा जन्मिएर प्रवास भूमिमा सबभन्दा बढी समय मुख्यमन्त्री भएर विश्वकीर्तिमान कायम गर्दै साथमा साहित्यमा समेत दिएको योगदानको कदर गर्दै किरात येले संवत् ५०८०को अवसरमा ‘यलम्बर स्मृति सम्मान’ प्रदान गरिएको छ । त्यही सम्मान लिन हाल नेपाल भ्रमणमा रहेकाछन चाम्लिङ ।
सत्तामा हुँदा भाषा, लिपि, संस्कार, संस्कृति र साहित्य विकासमा योगदान पुर्याएले डा. पवनकुमार चाम्लिङ `किरण´लाई किरात राई यायोक्खाले सम्मान गरेको हो ।
येले सम्वतकाे अवसरमा चाम्लिङलाई दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ नगदसहित ‘यलम्बर सम्मान’ बाट सम्मानित गरिएकाे थियाे ।
उनै चाम्लिङसंग चाम्लिङसँग सिक्किमी विकासको नमूनाबारे, सिक्किम भारतमा विलय हुँदाको प्रसङ्गबारे, दार्जिलिङको गोर्खाल्यान्ड आन्दोलनमा जनाएको ऐक्यबद्द्ताबारे, नेपाली गीत-संगीतमा पुर्याएको योगदान लगायतका विषयमा तमसोमा ज्योतिर्गमयको लागि टीकाराम यात्रीले गरेको कुराकानी ।
यात्रीले सिक्किम विलय बिषयमा भारतीय षडयन्त्र बिषयलाई उठान गर्दा चाम्लिङले कुटनैतिक उतर दिदै त्यसलाई वर्तमानको यथार्त अनुसार हेर्न आग्रह गरेका छन् । सिक्किम विलय नभएर जनताको मतद्वारा भारतमा मिल्न गरेको तर्क राख्दै नेपाल प्राचीनकालदेखि स्वतन्त्र थियो ,छ र रहने छ भन्दै संसार हलाउने वीरहरुको देश नेपाललाई कसैले निल्न नसक्ने बताए ।
नेपालमा उठ्ने सिक्किमीकरणको त्रास राजनैतिक कार्ड मात्रै भएको संकेत गर्दै त्यसलाई “स्टेट अफ माइन्ड” को संज्ञा दिएका छन् ।
दोश्रो विश्वयुद्ध पछि संसारमा सबै भन्दा चाडै गरिबी निवारण भएको स्थान भनेकै सिक्किम भएको तथ्य अगी सार्दै नेपाललाई पनि हरित राष्ट्र बनाउनु पर्नेमा चाम्लिङको जोड देखिन्छ ।
प्रत्येक सोमबार एपीवानबाट बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
सिक्किम भारतमा विलय- गौरव कि पश्चातापः पवन चाम्लिङको रोचक जवाफ
साथै सिक्किमका पूर्वमुख्यमन्त्री तथा साहित्यकार पवन चाम्लिङ ‘किरण’लाई नेपाल प्रज्ञा–प्रतिष्ठानले स आफ्नै कार्यालयमा रहेको प्रज्ञा भवनमा कार्यक्रम गरी स्वागत गरेको छ। उक्त अवसरमा कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, शताब्दी पुरुष सत्यमोहन जोशीले चाम्लिङलाई दोसल्ला ओढाउनुका साथै आँखीझ्यालसहितको उपहार प्रदान गरेका थिए। यस्तै, उनलाई ‘नेपाली बृहत् शब्दकोश’सहित प्रज्ञा–प्रतिष्ठानका केही महत्त्वपूर्ण प्रकाशनहरू पनि उपहार दिइएको थियो।
कार्यक्रममा कुलपति उप्रेतीले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको विकासमा चाम्लिङको लगाव, समर्पण र योगदान विशिष्ट रहेको चर्चा गरे। ‘पवन चाम्लिङले नेपालमा भन्दा पनि बढी नेपाली भाषा, साहित्य, कला, संस्कृति र परम्परालाई सिक्किममा जीवन्त राख्दै नेपाली जातिको गौरव बढाउनुभएको छ,’ उनले भने, ‘यस क्षेत्रमा उहाँको योगदान अनुकरणीय छ। यस्ता स्रष्टालाई नेपालमा स्वागत र सम्मान गर्न पाउँदा हामीलाई खुसी लागेको छ।’
उपकुलपति डा. गुरुङले स्रष्टा चाम्लिङ एक द्रष्टासमेत भएको उल्लेख गर्दै चाम्लिङसँगको सत्सङ्गले स्रष्टा–सर्जकहरूलाई सफलता मिल्ने बताए।
कार्यक्रममा साहित्यकार चाम्लिङले प्रज्ञा–प्रतिष्ठानप्रति कृतज्ञता प्रकट गरे।
‘म अत्यन्त कृतज्ञ छु,’ चाम्लिङले भने, ‘नेपाल प्रज्ञा–प्रतिष्ठानको यो सद्भाव र सम्मानका लागि बैरागी काइँला र सत्यमोहन जोशीजस्ता अग्रज स्रष्टाहरूको समुपस्थितिमा आज म यहाँ सम्मानित हुन पाएँ।’ विश्वभरि रहेका नेपाली जातिका भाषा, साहित्य, कला तथा संस्कृतिको उन्नयनका लागि धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै चाम्लिङले सुसंस्कृत भाषा, साहित्य र संस्कृति आफ्नो मूल स्वरूप रहेको प्रस्ट्याए।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला, शताब्दी पुरुष जोशी, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’लगायतका विशिष्ट स्रष्टा–सर्जकहरूको उपस्थिति रहेको थियो।

