सोम, माघ १३, २०७६
Mon, January 27, 2020

ओलीको विकल्पमा बामदेवलाई प्रधानमन्त्री बनाउन यस्तो सहमति भयो भन्दै खनालले गरे खुलासा


  • स्वदेश नेपाल
  • मङ्ल, पुस २९, २०७६

सत्तारूढ नेकपाभित्रको आन्तरिक खिचातानीले प्रतिनिधिसभा ‘बन्धक’ जस्तै बनेको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले नयाँ सभामुखका लागि उम्मेदवार चयन गर्न नसकेकै कारण संसद बैठक पटक पटक सरिरहेको छ । अर्कोतिर उपसभामुख शिवमाया तुम्बाहाङफेले राजिनामा नदिएका कारण पनि थप समस्या देखिएको छ ।

नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच पहिला उपसभामुखको राजीनामा वा नयाँ सभामुखको खोजी भन्नेमा विवाद चुलिदै गएको छ ।

सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन आग्रह गरे पनि नमानेपछि समस्या थपिएको हो । पुस ४ गते संसदको हिंउदे अबिधेशन सूरु भएपछि रिक्त सभामुख चयनको प्रक्रिया ११ गतेलाई तोकियो । सोही अवधीसम्म सत्तारुढ नेकपामा सभामुख कस्लाई बनाउने भन्ने विषयमा सहमति नहुंदा १६ गतेलाई अर्काे बैठक बोलाइयो । ओलीले ससदीय दलका उपनेता सुवास नेम्वाङ र प्रचण्डले नेता अग्नि सापकोटाको नाम सभामुखमा अघि सारेपछि दुवैपक्षविच सहमति हुन नसक्दा संसद बैठक पुन २७ गतेलाई स¥यो ।

उपसभामुख तुम्बाहाम्फेले नेकपा सचिवालय बैठकले राजिनामा दिन आग्रह गरेको निर्णय नमान्दा संसद बैठक पुन ८ दिन पछि धकेलिएको छ । पूर्वसहमतिअनुसार सभामुख पूर्वमाओवादी समूहले पाउनुपर्ने प्रचण्डको तर्क छ भने पार्टी एकता भइसककाले अनुभवी र कानूनका जानकार नेम्वाङलाई सभामुख बनाउनुपर्ने ओलीको अडान छ । उपसभामुख तुम्बाहाङ्फेले आफै पनि सभामुखमा आंकाक्षा राखेकी छन् ।

यसै बीच सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई आफ्नो हठ त्याग्न आग्रह गरेका छन् । सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन् “ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले यस्तो आग्रह गरेका हुन् ।

उनले भनेका छन्,”कोही पनि मान्छेले मलाई यो पद देउ, मलाई यो पदमा राख, यो बनाउ, यो बनाएनौ भने म केही पनि गर्दिन् । म पार्टीले भनेको मान्दिन् । पार्टीले गरेका निर्णयहरु मान्दिन भन्ने हक कसैलाई पनि हुँदैन् । यो डा. शिवमाया तुम्बाहाम्फेलाई पनि छैन् ।”

उनले शिवमायाले त्यस्तो हठ लिएर बस्ने भन्नेमा आफूलाई विश्वास नभएको पनि दाबी गरे । उनले थपे,”मलाई लाग्छ उहाँ त्यस्तो हठ लिएर बस्नुहुन्न । र, बस्नुहुँदैन पनि । उहाँ मेरो बहिनीजस्तो मान्छे पनि हो ।

उपसभामुख शिवमायालाई हठ त्याग्न झलनाथको आग्रह, नत्यागे कार्वाही गर्ने चेतावनी”

म तपाईको यो लोकप्रिय माध्यममार्फत उहाँलाई सुझाव पनि दिन चाहन्छु कि त्यस्तो हठ नलिनुहोस् । यो हठले तपाईलाई नै नोक्शान पुर्याउँछ । त्यसो हुनाले पार्टीले जे निर्णय गर्छ, पार्टीले सबै कुरालाई ध्यानमा राखेर निर्णय गर्छ । आग्रह र पूर्वाग्रहका साथमा निर्णय गर्दैन् । त्यो निर्णयलाई सर्वोपरि मान्नुको अर्को कुनै विकल्प छैन् ।”

राष्ट्रिय सभाको सांसद पनि प्रधानमन्त्री बन्न पाउने गरेर संबिधान संसोधन गर्न नेकपा भित्र छलफल चलेको र योबारे नेकपामा सबै जना एक मत रहेको खानाले बताएका छन् । साथै उक्त अन्तर्वार्ताको ४१ औ मिनेटपछि बामदेब गौतमलाई राष्ट्रिय सभामा लगेर प्रधानमन्त्री बनाउन सकिने धारणा राख्दै ओलीको विकल्प पनि खुला रहेको विचार व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट