नेपाली नेताहरुले कालापानी बेचेकै हुन र त्यही कारण कालापानी फर्काउन पहल हुन सकेको छैन (भिडियो)

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलवार

पछिल्लो समय भारतले सार्वजनिक गरेको आफ्नो नयाँ राजनीतिक नक्शामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका भू-भागपनि समेटेपछि नेपालमा त्यसको चर्को विरोध भइरहेको छ ।

भारतले अतिक्रमण गरेको सो भू–भागहरु नेपालले कसरी फर्काउने भन्ने विषयमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु पनि एकजुट भइरहेका छन् ।

विभिन्न विज्ञहरुले कुटनीतिक पहलबाट नेपाल-भारत सीमा विवादलाई टुंग्याउनुपर्ने सुझाव दिइरहेका छन्, भने आम जनताहरुले भारतको सीमा अतिक्रमणको विषयलाई लिएर चर्को विरोध जनाइरहेका छन् ।

यसै विषयमा न्यूज २४ टेलिभिजनको नियमित प्रस्तुति ‘६ प्रश्न’मा टिभी जर्नलिष्ट स्मृति मल्लसंग कुराकानी गर्दै गे्रटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक फणिन्द्र नेपालले पछिल्लो चरणको सीमा विवाद हुनु अगावै वर्तमान गृहमन्त्रीलाई ज्ञापन–पत्र बुझाएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो–‘कमसेकम कालापानी क्षेत्रमा शसस्त्र प्रहरी बलको एक बटालियन÷दुइ बटालियन कहाँ हुन्छ, राखिदिनुस् । त्यो चाँहि भारतसँग भिडन्त गर्न होइन । नेपाली जनतामा पनि सरकारले हाम्रो सुरक्षामा सरकारले ध्यान दिएको छ भन्ने मनोविज्ञान हुन्छ । उनीहरुमा भारतीय थिचोमिचो र दुव्र्यवहारबाट आफूलाई बचाउन सक्छ । नेपाल सरकारले पनि हामीले हेरेको छ, भन्ने जनतामा अनुभूति हुन्छ, भनेर अनुरोध गरेका थियौं । तर, अहिलेसम्म सरकारले त्यस्तो गर्न सकेको छैन ।’

उहाँले थप्नुभयो–‘पछिल्लो विवाद आएपछि भने अब त्यस क्षेत्रमा राख्ने भन्ने कुरो आएको छ । यहाँ चाँहि जनताबाट उठेको विरोधलाई सम्बोधन गर्नका निमित्त, दबाउन र थमथमाउनका लागि मात्रै सरकारले कुरा गरिरहेको जस्तो देखिन्छ । यसै विषयमा हामीले सर्बोच्च अदालतबाट केही हुन्छ कि, सरकारले टेर्छ किभनेर हामी चाँहि सर्बोच्च अदालतपुग्यौं । अहिले सर्वोच्चले सरकारबाट यस विषयमा लिखितरुपमा जवाफ मागेको छ ।’

उहाँले फेरि भन्नुभयो–‘हिजोसम्म सरकारले लिम्पयाधुरा छोडेको थियो । केही अगाडिसम्म कालापानी नै छोडेको थियो । सुस्ताको कुरा यथावत नै छ, अहिले हामी पश्चिमतिर मात्रै केन्द्रित छौं । एक चरणमा सबै नेपालीजनताले विरोध गर्नु आवश्यक थियो । तर अब त्यो विरोध नरेन्द्र मोदीतिर लक्षित नभई हाम्रै प्रधानमन्त्री, हाम्रै परराष्ट्रमन्त्री, हाम्रै भूमिमन्त्री तिर लक्षित हुनुपर्छ । किनभने १९६२ देखि अहिलेसम्म राजा महेन्द्र, राजा बीरेन्द्र, राजा ज्ञानेन्द्र र त्यसपछिका प्रधानमन्त्रीहरुले के हेरेर बस्नुभयो ?’

सन् १९६२ देखिनै भारतले नेपाली भू–भाग अतिक्रमण गर्दै आएको संयोजक नेपालको भनाइ छ । उहाँले भन्नुभयो–‘नेपालको राजनीतिमा भारतको हस्क्षक्षेप, प्रभाव, दबाब, लगानी, प्रलोभनको कुरासँग जोडिएको छ । प्रलोभन र डर यी दुई वडा कुराबाट सीमा अतिक्रमणको विषय उठेन ।’

बाँकी कुराकानी भिडियोमा हेर्नुहोस् :

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu