सोम, फाल्गुन ५, २०७६
Mon, February 17, 2020

भ्र’ष्टाचार सम्बन्धि होटल मनाङमा किन आइजी खनालको नाम जोडियो भन्दा आइजीको उतर यस्तो छ


  • स्वदेश नेपाल
  • मङ्ल, कार्तिक १९, २०७६

सर्वेन्द्र खनाल नेपाल प्रहरीका २६ औं प्रहरी महानिरीक्षक हुन् , उनलाई विसं २०७४ चैत्र २६ गते बसेको नेपालको मन्त्री परिषदको बैठकको निर्णयले प्रहरी नायव महानिरीक्षकबाट प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको थियो ।

आइजीपी सर्वेन्द्र खनालको पालामा ठुलाे संख्यामा हाईप्रोफाईल व्यक्ती पक्राउ !

स्थानीय तह हुँदै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको अढाई वर्षमा ८० जना जनप्रतिनिधिहरु पक्राउ परेका छन्। जनताको सेवामा खटिने वाचालिएर चुनाव जितेका जनप्रतिनिधि एकपछि अर्को अपराधमा मुछिँदै जाँदा उनीहरु पक्राउ परिरहेका छन्। यि मध्ये प्रायः सबै सर्वेन्द्र खनाल आइजीपी भएपछि पक्राउ परेका हुन्।

प्रहरीले विभिन्न अपराधमा संलग्न भएको अभियोगमा प्रतिनिधिसभाका सभामुखदेखि संघीय सांसद, प्रदेश मन्त्री, प्रदेश सांसद, नगरपालिका प्रमुख र उपप्रमुख हुँदै वडा सदस्यसम्म गरी साढे दुई वर्षको अवधिमा ८० जना जनप्रतिनिधिलाई पक्राउ गरी कारबाही शुरु गरेको हो।

कुन पदका कति पक्राउ ? (सभामुख – १ संघीय सांसद – २ प्रदेश मन्त्री – १ मेयर – १ उपमेयर – १ अध्यक्ष – १ उपाध्यक्ष – २ वडाध्यक्ष – ५६ वडा सदस्य – १५ सचिव /कर्मचारी – ७)

तथ्यांकअनुसार यस अवधिमा नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष १/१ जना गरी कुल तीन जना पक्राउ परेका छन्। यस्तै, गाउँपालिकाका उपाध्यक्ष दुई, वडाध्यक्ष ५६ र वडा सदस्य १५ जनालाई प्रहरीले विभिन्न अपराधिक क्रियाबलापमा संलग्नको आरोपमा पक्राउ गरेको हो। ६ जना स्थानीय तहका कर्मचारीसमेत पक्राउ परेका छन्।

विसं २०७४ चैत्र २८ गते प्रकाश अर्यालले अवकास प्राप्त गरेपछि २९ गतेबाट सर्वेन्द्र खनालले आइजीपीको कार्यभार सम्हालेका छन् यहि माघ महिनाको अन्तिमबाट अनिवार्य अवकाश पाउन लागेका खनालसंग टीकाराम यात्रीले गरेको सम्बादमा निर्मलादेखि महराप्रकरणसम्म साक्षात्कार गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट