धनसम्पति केहि पनि नभएकोले म संसारकै धनि मानिस हुँ (भिडियो)

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार

साच्चै जन गायक जीवन शर्मा यतिबेला ठूलो पीडामा हुनुहुन्छ । जीवनभर जनताका दुख र पीडाका गित गाउने यी जनगायकलाई यो दशैंमा सोच्दै नसोचेको दशा भोग्न प‍¥यो । खाना खानेक्रममा मासुको हड्डीले अन्न नलि छेडेर उनका जेष्ठ सुपुत्र सिकिस्त बने ।

अहिले उनका छोरा अमृत आचार्यको मनमोहन कार्डियो महाराजगन्जमा उपचार भइरहेको छ । जीवनभर आर्थिक लोभ नगरी जनताको गीत गाउँदै हिंड्ने शर्मालाई यत्तिखेर छोराको उपचारमा रकम अभाव हुँदा धेरै अप्ठ्यारो परेको छ ।

२०१६ चैत २६ गते बाग्लुङमामा जन्मिएका शर्मा भुँइमान्छे र भरियाहरूको गायक हुन्, माटोका गायक हुन् । प्रधानपञ्च, मुखिया र जिम्मावालको विरासत बोकेको परिवारको जन्मेर पनि उनले शोषितपीडितका गीत गाउँदै आए ।

दर्शन र राजनीतिशास्त्रमा स्नातक, अङ्ग्रेजी र मानवशास्त्रमा डबल एम.ए गरेर पनि सर्वहाराको सहारा बनेर पहाडका टाकुराहरूमा, गाउँबस्तीहरूमा दुखीका गीत गाउने जीवन शर्मालाई अहिले जनताको साथ् र सहयोगको जरुरि छ ।

शुरूमा त डाक्टरले बचाउन नसकिने जस्तो बताए पनि सबैजनाको अथक प्रयासपछि अहिले केही आशा पलाएको छ । एकतहको शल्यक्रिया सकिए पनि अझै बढी गम्भीर अप्रेसन बाँकी छ। काठमाडौंको टिचिङ अस्पतालमा भर्ना भएका अमृतलाई डा. रन्जन सापकोटा नेतृत्वको टीमले लगातार ९ घण्टासम्म मेजर श’ल्यक्रिया गरेर तत्कालको लागि खतरामुक्त गरेको छ तर उहाँको अर्को ठूलो श’ल्यक्रिया गर्नुपर्ने आवश्यकता रहेको डाक्टरले बताएका छन् । उपचार समय र खर्च पनि धेरै लाग्ने अवस्था रहेको छ ।

कोहीकसैले सहयोग गर्न चाहेमा आफूलाई सहयोग गर्न सकिने गायक शर्मा बतउँछन् । आफू सधैंभरि जनताको लागि गीत गाउँदै हिँड्ने व्यक्ति भएको कारण सबैजनाबाट सहयोग प्राप्त हुने कुरामा आशावादी छन् जीवन शर्मा । थप सम्पर्कको लागि दाजु अर्जुन आचार्य को ९८५११४५५२३ मा सम्पर्क गर्ने सकिने बताएका छन्।

उनै गायक जीवन शर्मासंग केहि महिना अघि टीकाराम यात्रीले गरेकोकुराकानीको भिडियो

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu