यसकारण नेपालको गौरव हो राष्ट्रकै नाममा रहेको विश्वको एक मात्र नेपाल संवत् (भिडियो)

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार

राष्ट्रिय मिडियाहरुमा आफ्नु बिराट राष्ट्रिय व्यक्तित्व बनाई सकेका बिभिन्न विश्लेषकहरुको विचार विश्लेषणलाई प्रमुख प्राथमिकता दिदै उनीहरुको विचारलाई सवैले स्थान दिदै आएका छन् । तर राष्ट्रिय मिडियाहरुमा नआए पनि अहिले सामाजिक संजाल मार्फत आआफ्नु विचार राख्दै देशका बिभिन्न समस्यामा जनचेतना जगाउदै आएका व्यक्तित्वहरुलाई पनि स्वदेश नेपालले समेट्ने गरेको छ । यहि सेरोफेरोमा सामाजिक संजाल मार्फत नेपाल सम्बत , राष्ट्रिय विभूति शंखधर सांख्वा , पहिचानको मुद्दा लगायत समाबेशी समानुपातिक बिषयमा आफ्नु तार्किक विचार राख्दै आएका सामाजिक व्यक्तित्व महेश्वर श्रेष्ठलाई यो भागमा समेटेका छौ ।

स्वदेश नेपालका प्रधानसम्पादक इन्द्रकुमार श्रेष्ठ’सरित’संग कुरा गर्दै सामाजिक व्यक्तित्व महेश्वर श्रेष्ठले व्यक्त गरेको विचारहरु निम्न्नानुसार छ:-

मानिसहरुहरु बिच ऋण लिनेदिने कार्य समाजमा निरन्तर भइरहने आर्थिक गतिविधि हो । त्यस्तो गतिविधि प्रति राज्यको कुनै चासो भए त्यसबाट कर असुल्न सकिन्छ कि भन्ने मात्रै हुन सक्छ। सबैको ऋण तिरिदिने शंखधर साख्वा जस्ता व्यक्ति बारे राज्यले केहि सकारात्मक काम गरी हाले उनलाई मान पदवी अलंकारले सुशोभित गर्न सक्थ्यो, दोसल्ला ओढाएर सिंदूर जात्रा गरी राजकीय अभिनन्दन पनि गर्न सक्थ्यो, राज्यको उच्च ओहदामा आसिन गराएर सम्मान गर्न पनि सक्थ्यो। तर यहां त राजा राघवदेवले अर्का प्रतापी राजा मानदेवको नाममा प्रचलित संवतलाई विस्थापित गरी सर्वसाधारण शंखधर साख्वाले चाहे जस्तो नेपाल संवत प्रचलनमा ल्याएको कुरा छ जसलाई विश्वास गर्न सकिने कुनै तार्किक आधार छैन। तर इतिहासमा त्यस्तो घटना घटेको थियो र त नेपाल संवत अस्तित्वमा आउन र ८८८ वर्षसम्म निरन्तर प्रचलनमा रहन संभव भयो। तर कसरी ? यो अहम सवालको जवाफ खोज्न त्यसको ऐतिहासिकता अथवा त्यस बेलाको परिवेशलाई द्वन्दात्मक दृष्टिकोणले नियालेर हेर्नु पर्ने हुन्छ।

राजा राघवदेवको शासनकालमा धेरै वर्षसम्म वर्षा नभएर अनिकाल परेको, देशमा हाहाकार मच्चिएको कुरा इतिहासमा उल्लेख छ। एक्काइसौं शताव्दीको आजको नेपाल त कृषिप्रधान मुलुक नै छ भने साढे एघार सय वर्ष अघिको नेपाल पनि कृषिप्रधान नै थियो र राज्यको मुख्य आयस्रोत कृषिक्षेत्र नै थियो भन्ने पनि प्रष्ट हुन्छ। तर धेरै वर्षसम्म वर्षा नभएकोले कृषकहरु लगायत सम्पूर्ण देशवासी भोकमरीको कहाली लाग्दो अवस्थाबाट गुज्रिरहेको; उनीहरुले राज्यलाई बुझाउनु पर्ने तिरोभरो जरिवाना तिर्न नसकी थप त्रासदीपूर्ण स्थितिमा भोगिरहेको; पीडित प्रजाहरुले राज्यलाई तिर्नु पर्ने तिरोभरोमा मिनाहा र राहतको लागि गरेको क्रन्दनलाई राज्यले संबोधन गर्नुको सट्टा राजस्व असुलीमा झन कडाई गरेकोले त्यसप्रति आम प्रजाहरुको मनमा घृणा र विद्रोहको भावना जागेको सजिलै अनुमान गर्न सकिन्छ। त्यसै गरी राजाका ज्यामीले रातको समयमा लखुतिर्थबाट सुनयुक्त बालुवा निकाली शंखधर साख्वाको घरमा ल्याएको घटनालाई विद्रोही प्रजाहरु भूमिगत रुपमा संगठित भएको, विद्रोह गर्न अर्थ संकलन गरेको र ती सबैलाई शंखधर साख्वाले संयोजन गरेको पनि सजिलै बुझ्न सकिन्छ।

त्यसै गरी शंखधर शाख्वाको नेतृत्वमा पीडित प्रजाहरुले गरेको विद्रोहको अगाडी राजा राघवदेव झुक्न वाध्य भएको; उनीहरुको माग बमोजिम उनीहरुले राज्यलाई तिर्नु पर्ने तिरोभरो जरिवानालाई मिनाहा गरिदिएको; प्रजाहरुले विद्रोहद्वारा प्राप्त गरेको त्यस उपलब्धी र विजयलाई अमरत्व प्रदान गर्न कार्तिकशुक्ल प्रतिपदाको दिन राजा राघवदेवलाई त्यस बेला प्रचलनमा रहेको मानदेव संवतलाई खारेज गरी त्यसको ठाउंमा नेपाल संवत प्रारम्भ भएको घोषणा गर्न लगाइएको परिदृष्य दृष्टिगोचर हुन आउँछ र यो नै नेपाल संवत प्रादुर्भाव भएको असली कथा हो भन्ने श्रेष्ठको ठहर छ।

हिन्दु धर्म आफैमा धर्म निरपेक्ष छ र यो अरु धर्मको पनि संरक्षक नै भन्दा फरक पर्दैन। हिन्दु धर्म र हिन्दु धर्मावलम्बीहरुबाट अरु कुनै धर्म र धर्मावलम्बीहरु सशंकित र त्रसित हुनु पर्दैन यो व्यबहारिक रुपमै प्रमाणित जस्तै छ त्यसकारण धर्म निरिपेक्षको विकल्प खोज्नु उपयुक्त छैन ।

दुई तिहाईको कम्युनिष्ट सरकारले बहुमत अनुसार काम गर्न नसकको श्रेष्ठको भनाई छ तर यसमा सरकारले नसकेको मात्रै होइन परम्परागत कर्मचारीतन्त्र समेत बाधक भएको तर्क गर्दछन् श्रेष्ठ । यसलाई तोडेर अघि बढ्नु बिकल्प नरहेको भन्दै श्रेष्ठ भन्छन् ”सपना नदेखिकन योजना बन्दैन , योजना नबनिकन बिकाश हुदैन ,बिकाश गर्ने चाहना नभई श्रोतको खोजी हुदैन , त्यही भएर प्रधानमन्त्री ओलीको सपनालाई अन्यथा भन्न मिल्दैन , तर ओलीको त्यो आज सपना आजनै पुरा नहोला अर्को कार्यकालमा पुरा हुनसक्छ किनकी बिकाशको समयावधि लामो हुन्छ ।

हेर्नुहोस श्रेष्ठसंगको कुराकानीको भिडियो

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu