नेपालको लागि यस कारण चीनसंग र’णनी’तिक साझेदारी जरुरी छ

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलवार

भरत दाहाल – चिनियाँ राष्ट्रपतिले ने्पालसंग चीनको ‘र’ण’नीतिक साझेदारी’ गर्ने कुरा उठाएपछि सि’आईए र र’अका तलवीहरु वर्वराउन थालेका छन्। दुई देशका बिचमा हुनु पर्ने सम्बन्ध नै र’ण’नीतिक साझेदारी हो। यी दलालहरुको ईण्डियाले नेपालमाथि कतिपटक नाकाबन्दी लगायो ? तराईलाइई विभाजन गर्न रअ ले कतिवटा मिशन चलायो ? ईण्डियाले नेपालको कसित भूभाग कब्जा गरेको छ ? ईण्डियनहरुलाई नागरिकता दिलाउन के गर्न बाँकि राख्यो ? सिआईए र यूरोपीयनहरुले नेपाललाई विख’ण्डन गर्न साम्प्रदा’यिकताको मुद्दामा कति डलर लगानी गरे ? धर्मान्तरणको अधिकार हुनु पर्ने भनेर यूरोपीयनहरु र अमेरीकाले वक्तव्य जारी गरेका हुन् कि होईनन् ? मोदीसंग मिलेर यूरोपीयनहरुले नेपाल विरुद्ध वक्तव्य जारी गरेका हुन् कि होईनन् ? सि’आईएले नेपालबाट चीनका विरुद्धमा खम्पा वि’द्रोह चलाएको हो कि होईन ?

सोंचौं, उत्तरतिर चीन र त्यसको अभिन्न अंगका रुपमा तिब्बत नभएको भए नेपाल कता पुग्थ्यो ? यी साम्राज्यवादीहरुले नेपाललाई चारैतिरबाट थुनेरै मार्थे। अनुमान गरौं, बिचमा नेपाल नभएको भए तिब्बतको हालत के हुन्थ्यो ? ईण्डो-पश्चिमा साम्राज्यवादीहरु तिब्बतको सिमानामा बसेर चीनबाट त्यसको विभाजन गर्थे। चीन र नेपालको समस्या एउटै हो। त्यो समस्या हो- साम्राज्यवादीहरुबाट सार्वभौमिकताको रक्षा कसरी गर्ने भन्ने कुरा। दुबै देशका शत्रुहरु एउटै हुन्। यस अर्थमा नेपाल र चीनका बिचमा रणनीतिक साझेदारी एकदमैं जरुरी छ। हामीले यो तथ्य पनि नबिसौं कि चीनले तिब्बतको सुरक्षाका लागि नेपालमा आफ्नो भूमिका अघि नबढाएको भए नेपाल ०६५ सालमैं समाप्त भैसक्थ्यो। संविधानसभाबाट ६ महिनामा संविधान जारी गरेर सबै काम तमाम गर्ने तिनीहरुको योजना बनिसकेको थियो।

नेपाल र चीनका बिचमा र ण नीतिक साझेदारीको कुरा उड्दा डिप्रेसनको शिकार हुने यी द’लालहरुले ईण्डियासंग संस्कृति एउटै भएकाे भन्ने झूठ कथाका आधारमा ‘विशेष सम्बन्ध’ रहेको बकबास गरिरहेका छन्। ईण्डियासंग कहाँ छ एउटै संस्कृति ? ईण्डियाको संस्कृति वैष्णव संस्कृति हो, हाम्रो शैव र शाक्त संस्कृति हो। उनीहरुको संस्कृति पुरुष प्रधान छ भने हाम्रो नारी प्रधान। उनीहरुको संस्कार वर्णवादमा आधारित छ भने हाम्रो जातियताभन्दा बाहिर छ। नेपालका ९० प्रतिसत शक्तिपिठहरुमा गैरबाहुन पुजारीहरु छन्। चाडपर्व मनाउने संस्कार पनि मिल्दैन। उनीहरुले रामले रावणलाई मारेको खुसियालीमा दशैंको दशौं दिनलाई उत्सवका रुपमा मनाउँछन्, हामीकहाँ नव दुर्गाको पुजा गरेर दशौं दिनका दिन ठूलाहरुबाट आशिर्वाद मागिन्छ। उनीहरुको दिपावली राम लंकाबाट अयोध्या फर्केको दिनको खुसियालीमा मनाईन्छ, हाम्रौ तिहार दुई भाइबहिनीहरुको मिलनको कथामा आधारित छ।

ईण्डो-पश्चिमा एजे’न्टहरुका काल्पनिक कथाहरुलाई चिरेर हामी आफ्नै राष्ट्रिय हितका पक्षमा उभिनु पर्छ। ईण्डियासंगको विशेष सम्बन्धको कुरा दलाली मात्र हो। हामीले चीनसंग र’णनी’तिक साझेदारीको पक्ष बोलेको कुरा देशको प्रतिर’क्षाको विषय हो। अब यी देशघा’ती दलालहरुसंग कठोर बहसमा उत्रिनु पर्छ।

चिनियाँ राष्ट्रपतिद्वारा ३ बर्षभित्रमा ५६ अर्ब निसर्त सहयोगको घोषणा र सर्तसहितको अमेरीकि ५३ अर्ब अब सिआईएका एजेन्टहरुले लिने ?

उर्जा परियोजनामा ईण्डियाको पनि स्विकृति लिनु पर्ने भनि नेपाललाई ईण्डियन घेराबन्दीमा राखेर खेलाउने र दलालई लामाका कार्यकर्ताहरुलाई चीनका विरुद्धमा ‘स्वतन्त्र तिब्बत’को पक्षमा गतिविधिहरु गर्न दिनु पर्ने सर्त राखेर सि’आईले फ्याँकेको ५३ अर्ब रुपैयाँको चारो स्विकार गरेर नेपाललाई अफगानिस्तान बनाउने साम्राज्यवादी डिजाईनमा काम गर्ने दे’शद्रो’ही जुत्ताको माला लगाउनु पर्छ।

भित्रि कुरा लुकाएर बाहिर पैसाको मात्रा मात्र देखाएर सबैसंग सन्तुलित सम्बन्ध राख्नु पर्छ भन्ने बहानामा म्याद भैसकेको अमेरीकि पाशोलाई अवैधानिक रुपमा हस्ताक्षर गरेर सकृय बनाउने दुस्साहस गर्ने प्रदीप ज्ञवाली मार्काका सिआईए एजेन्टहरुले या त उक्त अमेरीकि चारोलाई निसर्त सहयोगका रुपमामा परिणत गरुन् या भने त्यसलाई खारेज गरुन्। गुप्तचरीको धन्धा अब सजिलो छैन।

चिन र अन्य देशकाे लगानी नीतिका बारेमा बहस आवश्यक छ

अहिलेसम्मको वैदेशिक लगानीको नीति अरुका श्रोत-साधन दोहन गर्ने र नाफा कमाउने सिद्धान्तमा आधारित छ। कर मात्र तिरेर विदेशीहरुले नेपालका श्रोत-साधनहरुमा ब्रम्हलुट मचाएको हामीले देख्दै आएका छौं। कोशी, गण्डकि र महाकालीको पानीमा ईण्डियाको लुट हामीले भोगिरहेको यस्तै एउटा उदाहरण हो।

चिनियाँ लगानी नीति बेग्लै छ। यो नीतिमा त्यसले गर्ने लगानीको क्षेत्रमा नेपालभित्रका जुन जुन श्रोत-साधनहरु प्रयोग हुन्छन्, त्यसको मूल्य र त्यस्तो परियोजनाबाट हुने वातावरणिय क्षतिको मूल्य जोडेर सो मूल्यलाई समेत् एक ठाउँमा जोडेर निस्कने कूल मूल्यलाई नेपालको लगानीका रुपमा जोडिन्छ।

उदाहरणका लागि चीनले एउटा जडिबुटी उद्योग स्थापनाका लागि ५ अरब रुपैयाँ लगानी गर्यो भने सो उद्योगमा प्रयोग हुने जडिबुटीहरुको मूल्य र त्यसबाट वातावरणमा हुने क्षतिको मूल्य निकाल्दा ३ अरब आयो भने त्यस्तो परियोजनामा चीनको ५ अरब र नेपालको ३ अरब लगानी मानिने भयो।

यस हिसाबले हेर्दा नेपालमा चिनियाँ लगानीमा जति पनि विकासका परि।योजनाहरु अघि बढ्छन्, ती चीनका मात्र हुँदैनन्। ती सबै चीन र नेपालको संयुक्त लगानीका हुन्छन्। नाफाको बाँडफाँड लगानी मूल्यको अनुपातमा हुने मात्र हो। यो पक्षबाट हेर्दा चिनियाँ ऋण ‘ब्याजमा आधारित ऋण’ मात्र हो भन्ने ईण्डो-पश्चिमा एजेन्टहरुको कुतर्क निम्नस्तरको षडयन्त्रकारी देखिन्छ।

चीनले लागु गरेको लगानी नीति अनुसार त ईण्डियाले नेपालबाट लुटिरहेको पानी र वातावरणिय क्षतिको मूल्य नेपालको लगानीमा जोडिनु पर्थ्यो। पश्चिमी देशहरुले कर मात्र तिरेर पूरै नाफा लैजाने गरेका छन्। यसका बारेमा एजेन्टहरुले बहस किन गर्दैनन् ? ईण्डियन र पश्चिमाहरु तर्सेको कारण यही हो। अब नेपालमा विदेशी लगानीको मापदण्डका बारेमा बहस हुन जरुरी छ र नेपालका श्रोत-साधन र पर्यावरण दोहन गरेर लुट मचाउने विदेशीहरुको लगानीलाई बन्द गर्नु पर्दछ।

-लेखकका यी निजि धारणाहरु हुन्

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu