चीन नभए नेपाल रहने थिएन, चीनसंगको सम्बन्धलाई विशेष बनाउन आवश्यक !

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार

भरत दाहाल – नेपाल, चीन र ईण्डियाका बिचमा त्रि-पक्षिय सहकार्यको नारा ब्यापारिक अवधारणा हो। आर्थिक विकासका लागि यो हुन आवश्यक छ तर नेपाल र चीनका बिचको मित्रताको भरपर्दो आधार भनेको द्विपक्षिय सम्बन्ध नै हो। १३ रौं सताब्दीमा भारतीय सुल्तानले चीनमा आक्रमणको प्रयास गर्दा होस् वा अंग्रजहरुले तिब्बतमा आँखा लगाउँदा होस् वा अमेरीकाद्वारा डिजाईन गरिएको खम्पा विद्रोहको कुरा होस् सबैमा नेपालको भूमिका चीनको सुरक्षाको पर्खालका रुपमा रहेको छ। अर्कोतिर चीनको सकारात्मक भूमिकाको अभावमा नेपालको सार्वभौमिकता बच्न मुश्किल हुने थियो भन्ने कुराको साक्षि इतिहास छ। ईण्डियाको दृष्टि नेपालप्रति कहिल्यै सकारात्मक रहेकाे छैन।

वर्तमान विश्व परिस्थितिमा नेपालले चीनसंगको सम्बन्धलाई विशिष्ट रुपमा बुझ्न सकेन भने आजकोभन्दा खराब अवस्था सिर्जना हुनेछ। ईण्डियासंग विभिन्न विषयहरुमा सहकार्यको नीति लिन सकिन्छ, पश्चिमाहरुसंग पनि सन्तुलन मिलाएर जानु पर्ने कुरा गर्न सकिन्छ तर यी दुईथरी शक्तिहरुभन्दा बेग्लै खालको विशेष सम्बन्ध चीनसंग विकास हुन सकेन भने नेपाल कुनै पनि बेला साम्राज्यवादी शक्तिहरुको शिकार बन्न सक्छ। विगत १० बर्ष मात्रको इतिहासले पनि साबित गरिसकेको छ कि चीनको सबल उपस्थिति नभएको भए ईण्डियन नाकाबन्दी र नेपालको भू-राजनीतिमा प्रयोग गरिएको ईण्डो-पश्चिमा रणनीतिक षडयन्त्रले नेपाल कहाँ पुगिसकेको हुन्थ्यो ?

चीनसंगको सम्बन्ध आवश्यक रुपमा सुदृढ हुन नसक्नुकै कारणले नेपाल सँधैभरी अमेरीका, यूरोपीयन र ईण्डियाबाट पिसिंदै आएको हो भन्ने यथार्थता स्पष्ट छ। चीनसंगको यातायात सञ्जाल कमजोर हुनुकै कारणले ईण्डियाले पटकपटक नाकाबन्दी लगायो, भूमी अतिक्रमण गर्यो, ब्यापारिक अवरोधहरु खडा गर्यो र समुद्रसम्म पहुँचको सम्मान गरेन। चीनबाट अलगथलग हुनुको कारणले नै यूरो-अमेरीकि शिविरले नेपाललाई परेडस्थल बनायो। यी हस्तक्षेपकारीलाई ठाउँमा राख्न र यीनीहरुसंगको सम्बन्धलाई सामान्य बनाउन पनि चीनसंग नेपालको सम्बन्ध विशेष प्रकारको हुनु पर्दछ। साम्राज्यवादीहरु विवेकपूर्ण नैतिकताले होईन, डरले मात्र ठाउँमा बस्छन्।

पराधिन इण्डाे-पश्चिमा दलालहरूकाे बकबास, नेपाल बन्न यीनीहरूकाे ‘बहुला दलीयता’काे अन्त्य हुनु पर्छ

नेपाललाई आजको संकटमा पुर्याउने शक्तिहरु अमेरीकन, यूरोपीयन र ईण्डियनहरु हुन्। नेपाललाई छिन्नभिन्न बनाउने यीनीहरुको षडयन्त्रलाई कमजोर बनाउन चीनसंगको सम्बन्धलाई तिब्र रुपमा विस्तार गर्न आवश्यक छ। नेपालमा चिनियाँ चासो बढेपछि ‘रेलमा लगानी गर्न सकिंदैन’ वा ‘चिनियाँ ऋणको पासोमा डुब्नु हुँदैन’ भन्ने ‘रअ’ र ‘पश्चिमा’ कथा सुनाएर देश भाँड्न खोज्ने ईण्डो-पश्चिमा दलालहरुको अनुहारलाई चिन्नु पर्दछ। यस्तो बकबास गर्ने अपराधिहरुले नेपालमा नाकाबन्दी जस्ता अत्याचारहरु चलिरहुन् र भाँडभैलो भैरहोस् भन्ने चाहन्छन्। ईण्डो-पश्चिमा घेराबन्दीलाई तोड्न रेल र सडक यातायातबाट चीनतिरको निकासलाई व्यापक रुपमा विस्तार गर्नु पर्दछ।

चीनले एक दलियता लाद्न खोजेको छ भनेर सिल्लीपन प्रदर्शन गर्ने रअ र सिआईएका हण्डीमाराहरु हो, तिमीहरुको बहुला दलले के दियो ? तिमीहरुको बहुला दलमा देश विरुद्ध बकबास गर्ने, लुट मचाउने र अराजकता फैलाउने अधिकार बाहेक अरु कुरा बाँकि के रह्यो ? राज्य प्रणादी राष्ट्रहित, जनअधिकार र उन्नतीका लागि निर्माण गरिन्छ। राष्ट्रको सार्वभौमिकताको रक्षा,, स्वाधिनता, विकास र नागरिकहरुको अधिकारका पक्षमा काम गर्ने राज्य प्रणाली चाहिएको छ। आम नेपालीहरुले बुझेको यथार्थता के हो भने माथि उल्लेखित काम गर्ने राज्य प्रणाली स्थापनाका लागि सर्वप्रथम तिमीहरु र तिमीहरुको बहुला दलको अन्त्य हुन जरुरी छ। यो काम नेपालीहरुले गरी छाड्नेछन्।

अमेरीकि राजदूत बेरीको दादागिरी, यीनैहरु नेपालका खास शत्रहरुु हुन्

चिनियाँ राष्ट्रपतिको भ्रमणलाई बिथोल्नका लागि अमेरीकि राजदूत रेण्डी बेरीले अनैतिकताको सिमा नाँघ्न थालेका छन्। चीनसंग हुने संझौताहरुका बारेमा दलका नेताका घरघरमा चहारेर कुरा बुझ्नुको कारण के हो ? अर्को देशसंगको सम्बन्ध अमेरीकि अनुमतिमा कायम गर्नु पर्ने ? नेपाल अमेरीकि साम्राज्यवादको उपनिवेश हो ? पश्चिमा साम्राज्यवादीहरुको सरोकार बिआरआई, सुपुर्दगी सन्धि र चिनियाँ लगानीको विरोधमा केन्द्रीत रहेको स्पष्ट छ। यसको स्पष्ट अर्थ के हो भने तिनीहरुले नेपाल आफ्नो उपनिवेशकारी ब्यबहारबाट बाहिर जान नपाओस् र नेपाली भूमीलाई चीन विरोधि रंगमञ्चका रुपमा प्रयोग गर्ने बाटो बन्द नहोस् भन्ने रहेको छ।

तिब्बती शरणार्थीहरुलाई मानवीय नाताले नेपालमा बस्न दिईएको हो। जुन भूमीमा उनीहरुले आश्रय लिएका छन्, त्यसै भूमीलाई अर्को देश विरुद्धको खेल मैदान बनाउने अधिकार उनीहरुलाई छैन। तिब्बतीहरुको चीन विरोधि गतिविधिकै कारणले नेपालमा पश्चिमाहरुको अत्याचारमा बृद्धि भएको छ। साम्राज्यवादीहरुको मतियार बनेर नेपाली भूमीलाई दुरुपयोग गर्नेहरुलाई नेपालमा राख्नु हुँदैन। तिब्बतीहरुलाई प्रयोग गरेर नेपाललाई जोखिममा हाल्ने अमेरीकि साम्राज्यवादको दूताबास राख्न पनि आवश्यक छैन। अमेरीकिहरुको ताकत छ भने यहाँका तिब्बतीहरुलाई आफ्नै देशमा लगेर सिधै चीनसंग लडे हुन्छ। कमजोर देशको भूमी प्रयोग गर्नेहरु हाम्रा मित्र होईनन्।

नेपालमा ईण्डो-पश्चिमा गिरोहको अत्याचारलाई कमजोर बनाउने हो भने चीनसंग आर्थिक, राजनीतिक , सांस्कृतिक, प्राविधिक, पूर्वाधार निर्माण लगायतका सबै क्षेत्रमा सम्बन्ध व्यापक रुपमा विस्तार गर्न जरुरी छ। यो नेपालका लागि जरुरी आवश्यकता हो। नेपालमा लादिएको संकटको मूख्य निशाना नै चीन हो भन्ने कुरा बुझेर चीन समयमैं सकृय नभै दिएको भए यी साम्राज्यवादीहरुले १० बर्ष अगाडी नै नेपाललाई छिन्नभिन्न पारेर अर्को ईजरायलको निर्माण गरिसकेका हुन्थे। आर्थिक, राजनीतिक, धार्मिक/सांस्कृतिक मामिलामा नांगो हस्तक्षेप गर्दै आएका साम्राज्यवादीहरु नै नेपालमा असली शत्रुहरु हुन्। यीनीहरुको मित्रताप्रति सावधान हुनु पर्छ।

आफ्नोपनको गफमा मस्त छन् पराईवादीहरु, विदेशी काट्टोमा बाँचेर स्वदेशीपनको मजाक

सि जिङपीङ विचारधाराबारे नेपालका ईण्डो-पश्चिमा एजेन्टहरुलाई चिनियाँ कम्युनिष्ट पार्टीले दिएको प्रशिक्षणलाई लिएर दलाल कित्तामा भुँईंचालो गएको देखियो। बेलायतमा जन्मेर दिल्लीहुँदै नेपालमा पैठारी गरिएको संसदीय प्रणालीको काट्टो खान मस्त रहेका र एउटी क्यानेडियन सिआईए जासुसबाट दिक्षित भएका नारायणकाजी देखि रअको हण्डिमा जीवन निर्वाह गर्ने बालकृष्ण खाँडसम्मका पराईवादीहरुले आफ्नोपनको गफ चुटेको देख्दा यीनीहरुलाई चिन्ने मानिसहरु नहाँसि बस्न सक्दैनन्।

सिआईए र रअले नेपालमा चलाउँदै आएको हैकममाथि चिनियाँहरुको थुनौति थपिएपछि तिनीहरुले चिनियाँ भूतका कथा लेखेर दलालहरुलाई वाचन गराउन थालेका छन्। यस्ता कथाहरुको उद्देश्य बिआरआईमा नेपालको संलग्नतालाई रोक्नु रहेको छ। शासन प्रणाली देखि दृष्टिकोण, विचार, मूल्य, अवधारणा र जीवनशैली सबै क्षेत्रमा विदेशीपन बोकेर नेपाललाई संकटको दुश्चक्रमा फसाउने यस्ता दलालहरुको कथित आफ्नोपनको कुरा सुन्दा लाग्छ कि यीनीहरुको कुरुप मष्तिष्कले के सोंचिरहेको हुन्छ भन्ने कुरा यीनीहरु स्वयंलाई थाहा हुँदैन हाेला।

– यी लेखकका निजि धारणाहरु हुन्

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu