कृष्णबहादुर महरालाई जेल हाल्ने सञ्‍चारमन्त्री गोकुल बाँस्कोटाको उद्घोष (भिडियो)

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार

सरकारका प्रवक्ता एवम् सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले निवर्तमान सभामुख कृष्णबहादुर महरा दोषी देखिए सरकारले जेल हाल्ने बताएका छन् । शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

यसै बीच नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालय र ६ वटा यूरोपेली राष्ट्रका दूतावासले नेपालमा महिलाविरुद्धको हिंसा बढेको भन्दैं चासो व्यक्त गरेका छन्। निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि ब’ला’त्कारको आरोप लागिरहेकै बेला विदेशी कूटनीतिक निकायबाट यस्तो प्रतिक्रिया आएको हो।

विज्ञप्ति जारी गर्नेमा संयुक्त राष्ट्रसंघको कार्यालय, नेपालस्थित बेलायत, अष्ट्रेलिया, फ्रान्स, नर्वे, स्वीट्जरल्याण्ड र फिनल्याण्डका दूतावास छन्।

शुक्रबार जारी संयुक्त विज्ञप्तिमा पीडितलाई न्याय प्रदान गर्न ध्यानाकर्षण गराइएको छ। यसका साथै पीडितको अधिकारका पक्षमा उभिन र महिलाविरुद्धको हिं’सामा शून्य सहनशीलता अपनाउन सरकार आग्रह गरिएको छ।

यी दूतावासहरूले जारी गरेको विज्ञप्तिमा प्रष्ट रुपमा निवर्तमान सभामुख महरा प्रकरण भने उल्लेख छैन। तर महराप्रकरणलाई नै संकेत गरिएको आधार भने पाउन सकिन्छ।

‘सरकारले पीडित मैत्री अवधारणा अन्तर्गत पीडितलाई थप क्षति पुग्न नदिने मात्र नभई पीडितको सुरक्षामा पनि ध्यान दिनुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘कुनै पनि प्रकारका लैगिंक हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउन प्रष्ट सन्देश दिन चाहान्छौं।’

महरा प्रकरणमा ‘पीडित’ भनिएकी रोशनी शाहीमाथि बयान फेर्न महरा र नेकपाका कार्यकर्ताले दबाब दिएको बताइएका बेला कूटनीतिक निकायको यस्तो प्रतिक्रिया आएको हो।

‘जन्मजात शक्ति असन्तुलनकै कारण लैंगिक हिं’सामा पीडित स्वयंले उजुरीसमेत गर्न नसक्ने अवस्था हुने’विज्ञप्तिमा उल्लेख छ।

निर्मला पन्त र माया विश्वकर्माको घटना उल्लेख गरिएको विज्ञप्तिमा लैंगिक हिंसाबारे नेपालले हस्ताक्षर गरेका अन्तर्राष्ट्रिय कानूनहरू पालना गर्न पनि सरकारलाई ध्यानाकर्षण गराएको छ।

महरामाथि संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई जब’र जस्ती करणी गरेको आरोप छ । शाहीकै कोठामा पुगेर महराले जब रजस्ती गरेको समाचार बाहिरिएपछि उनले राजीनामा दिईसकेका छन् । यो प्रकरणमा नेकपा सचिवालय बैठकले नै महरालाई कारबाही गर्ने भनेर निर्णय गरिसकेको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu