केपी ओली सरकारले आफुलाई कम्युनिष्ट भन्न लाज मान्नुपर्छ, धर्म निरपेक्षता खारेज हुनुपर्छ (भिडियो)

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार

करिब १२ वर्षदेखि राजनीति विटलाई फोकस गरी पत्रकारितामा जमिरहेका राजु थापाको टु दी प्वाइन्ट न्यूज २४ टेलिभिजनबाट यही साताको बुधबारदेखि सञ्चालनमा आउने भएको छ । तिखो र तीतो लाग्छ थापाका प्रश्नहरु धेरै नेताहरुलाई । उनको प्रश्न र जिज्ञासामा जनताको भावना मुखरित हुन्छ , त्यसैले राजुको प्रस्तुति सटिक र आकर्षक बन्ने गर्दै आएको छ ।

उनले न्युज २४ मा जोडिएर सुरु गर्न लागेको कार्यक्रम टु दी प्वाइन्टमा पनि यसैको निरन्तरता रहने छ । जनताको स्तरमा रहेर जनताको प्रश्न, चाँसो भष्ट्राचार विरुद्धको जस्ता विषयमा प्रश्न उठाउने उद्देश्यले ल्याउन लागिएको थापाले जनाएका छन् ।

साप्ताहिक कार्यक्रम रुपमा विषेश गरी देशको राजनीतिक विषयमा केन्द्रित हुने कार्यक्रम हो । जनताको चाँसो रहेको विषय र प्रश्नको सम्बोधन गर्ने हिसाबले टु दी प्वाइन्ट भन्ने कार्यक्रम ल्याईको हो । यस्को केन्द्र भनेको नै जनता हो ।

जनताले चाहेको,चाँसो, जनताले जे कुरोका जवाफ खोजेको हुन्छ, यो समसामयिक विषयमा प्रश्नहरु उठाइन्छ । प्रत्येक साताको बुधबार ८.५० मा सुरु हुने सो कार्यक्रममा कुनै विषयमा पुर्वाग्रह नराखी प्रश्न राख्ने कार्यक्रम भनेर बुझ्दा हुन्छ भनेर थापाले दाबी गरेका छन् ।

लगभग एक बर्ष अघि मन्त्रि गोकुल बाँस्कोटालाई प्रश्न गर्दा विवादित भएर नेपाल टेलिभजन छोडेका थापाले यो कार्यक्रमको पहिलो गेस्टको रुपमा भिम रावललाई निम्त्याएका थिए ।

दोश्रो गेष्टको रुपमा कम्युनिष्ट नेता सिपि मैनालीलाई बोलाएका छन् । हेरौ मैनालीसंगको कुराकानी

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu