-दीर्घराज प्रसाई
‘नेपालजस्तो राष्ट्रमा यतिधेरै जातजाति छन्। एक सय २५ जातजाति, एक सय ३० भाषाभाषी छन्। हिमाल, पहाड र तराई मिलेर बसेका छन्। त्यसलाई छुट्टायो भने भोलि तपाई हाम्रो भावनात्मक सम्बन्ध हँदैन। मधेशी जनताहरूलाई हामी जवर्जस्ती क्षेत्रीय बनाउन खोज्दैछौं। जवर्जस्ती जातीय बनाउदैछौं। निर्वाचनका बेला नेपाली कांग्रेसले तराईबाटै ५२ र एमालेले ३६ सीट ल्याएको छ। मधेशी पार्टी मिलेर जम्मा १२ सीट ल्याउनु भाछ एक सय १६ सीटमा। हामीले त जनताको हेर्ने हो नि।

अहिले हिमालका मान्छे तराईमा बस्छन्। तराईका मान्छे पहाडमा बस्छन्। हाम्रा नेताहरू तराईलाई मात्र खोज्नुहुन्छ भने उहाँको घर, छोराछोरी काठमाडौंमा छन्। आफ्नो काठमाडौंमा घर बनाउने, छोराछोरीलाई अंग्रेजी स्कुलमा पढाउने, छोराछोरी काठमाडौंमा राख्ने अनि मधेशीलाई बेबकुफ बनाएर मधेशी मुद्दा उठाउने? हिमाल, पहाड र तराई छुट्टाएर जानु हुँदैन। छुट्टाइयो भने भावनात्मक सम्बन्ध हुँदैन। तपाईले एउटा मधेश लिएर अगाडि जानु भयो भने विकास कसरी हुन्छ?
सारा मधेश भनेको तराईका जनताले अविश्वास गरेका, ब्यक्तिगत स्वार्थमा लिप्त रहेका, स्वार्थीहरूको नेतृत्वको फोरम, सद्भावना, तमलोपामात्रै हुन् र? राष्ट्र कमजोर भयो भने संकट उत्पन्न हुन्छ।’
-लालबाबु यादव,
प्राध्यापक, Former Member of Parliament. …………….
हिमाल, पहाडको तुलनामा नेपाल अधिराज्य भरमा तराईलाई सुविधा युक्त, सुगम तथा उर्बरा भूमि हो । राज्यले ती भुभागका आवश्यता अनुसार बाटो घाटो, स्वस्थ्य, सिचाई, शिक्षाको राम्रो सविधाको व्यवस्था गरेको छ । तराईका जनतालाई कहिले पनि राज्यले पक्षपात गरेन र गरेको छैन । राजा महेन्द्रले तराईमा राजमार्ग, उद्योग, कलकारखाना, औधौगिक क्षेत्रहरु, अस्पताल, सिचाई आदिको राम्रो व्यवस्था गर्न सकेको कुरा कसैले बिर्सन हुन्न ।
कांग्रेस, एमालेले निर्माण गरेको २०४७ सालको संविधानलाई भारतीय गुप्तचर संस्था ‘रअ’को रणनीति अनुसार माओवादीहरु मिलेर २०४७ सालको संविधानले काम गर्दागर्दै खारेज गरेर २०६३ माघ १ गते अन्तरिम संविधान आफूखुशी लागु गरे । अन्तरिम संविधान लागु गर्न थालेको केही समयपछि भारतीय दूताबासमा तराईका केही मधेसीहरुलाई भेला पारी एमालेका माधव नेपाललाई दूतावासमा बोलाई साक्षी राखेर भारतीय राजदूतले एक मधेस एक प्रदेशको मुद्धा उठाउन लगाएका थिए । त्यो बेलादेखि हचुवाका भरमा संघीयताको कुरा उठेको हो । नेपालको एकीकरण भन्दा अगाडि यो क्षेत्रमा जातीय राज्य थिएनन् । काठमाण्डौं, ललितपुर भक्तपुर राज्यमा ठकुरी मल्ल राजाको शासन थियो । सेनवंशी, गोरखा, बाइसी, चौबीसी राज्यहरु थिए । यहाँ नेवारी राज्य, किरात, थारु, तामाङ, गुरुङ तथा मगर राज्य थिएनन् । नेपाल जस्तो एकीकृत अधिराज्यमा कहाँबाट आयो यो विखण्डनकारी जातीय रोग ? भारतबाट कामको खोजीमा नेपाल पसेकाहरुहरुलाई मधेसी भनिन्थ्यो । भारतबाट नेपालमा पसेका मधेसीहरुसँग राज्य सशंंकित भयो भन्दैमा तराईका मूलबासीहरुले आफूहरुलाई विभेद भएको भन्ने ठान्नु हुन्न । तराईका मूलवासीहरु मधेसी होइनन् । हो, कतिपयले तराईका मूलवासीहरुलाई पनि मधेसी भन्छन् । त्यसले गर्दा तराईका मूलबासीमा अन्योल बढ्न गएको छ । तराईका बासिन्दाहरु– झा, यादव, कुर्मी, राजवंशी, थारु, धिमाल, कुमाल, ताजपुरिया, मसलमान, मैथिली अवधीहरुले आफूलाई मधेसी भन्दैनन् । मैथिला प्रदेश, विराट प्रदेशका, आदिवासी, सेनवंशी, अवधी आदिवासी जनता यी कुनै मधेसी होइनन् । मधेस भन्ने कुनै जिल्ला छैन, गाउँ छैन, मधेसीको भाषा छैन । युगयुगान्तरदेखि नेपाल विश्वमा एक सार्वभौम एकीकृत राष्ट्रको रुपमा चिनिदै आएको छ । एकात्मक राज्य नेपालको मौलिकता हो ।
(दीर्घराज प्रसाइको फेसबुक वालबाट)

