–मोहन लामा रुम्बा
धर्म निरपेक्षवादी लाई चुनौती – संसार भरिका देशले आफ्नो संविधानमा धर्म निरपेक्ष वा सापेक्ष भनेर लेख्नु एउटा कुरा तर ब्यबहारिक रूपमा धर्म निरपेक्ष कार्यान्वयन गरेको एउटा पनि मुलुक छैन, छन् भने जोसुकैले आएर मलाई यी हेरि ह्याँ…… नेर यो देश छ भनेर देखाउन चुनौती दिन्छु । फ़ेरि कसैकसैले भन्लान् किन छैन नपत्याए फलानो देशको संविधान हेर पनि भन्लान् है । तर मलाई सिर्फ एउटा देश त्यस्तो देखाउनु होला जसले आफ्नो देशको धर्म संस्कृति सभ्यता भन्दा बाहिर गएर सबैलाई बराबरको राज्यबाट सहुलियत दिएको पाएको एउटा मात्रै उदाहरण देखाउनुस, सक्नुहुन्छ ?
अमेरिका अस्ट्रेलिया बेलायत् पुरै युरोपेली देशहरुमा क्रिश्चियन र “मुस्लिम हिन्दु बौद्ध” धर्मावलम्बीहरुले बराबरको समनता दिएको छ राज्यले ? अर्को चीन जापान थाइल्यान्ड बर्मा श्रीलंका आदि देशहरूमा ताओ जेन सिन्तो बौद्ध धर्मवलम्वी बराबरको अन्य अल्पसंख्यक धर्मले समानता पाएको छ ? ईरान् इराकदेखि पुरै खाडी मुलुक हुँदै पाकिस्तान बंगलादेश सम्मको देशहरूमा मुस्लिम बाहेकका अर्को अल्पसंख्यक धर्मले मुस्लिम बराबरको समानता पाएको वा दिएको छ ? छ भने एउटा देशको उदाहरण दिनुहोस् ! छैन रहेछ भने धर्म निरपेक्ष कहाँ रहेछ संसारमा ? त्यसैले घोप्टेर एकपटक थाप्लोमा हात राखेर सोंचौ ! बुझौं !
राज्यको धर्म होइन सभ्यता हुन्छ सभ्यता भित्र संस्कृति हुन्छ संस्कृति भित्र पू्र्खाको इतिहास हुन्छ इतिहास भित्र पहिचान हुन्छ पहिचान भित्र धर्म हुन्छ, र धर्मले समग्र सभ्यताको प्रतिनिधित्व गर्छ त्यसैले त्यही सभ्यता मेटाउन बिदेशीले लादेको हो धर्म निरपेक्ष ।
बोधी, बौद्ध, इसाई , पहिचानवादी र बाहुन !

ससाना कुरामा गम्भीर षड्यन्त्र लुकेको हुन्छ बिदेशी पैसामा तामाङ जातिको उत्थान गर्छु भन्नेहरूले अर्को एउटा भ्रम छर्ने गर्छ, उदाहरणका लागि तामाङहरुलाई भ्रमित तुल्याउने एउटा जनगणना बारेमा हो।
जनगणना भएको बेला पहिचानवादी हरुले प्रायः बोल्ने गर्छ “सहि तथ्यांक नै आएन” “हाम्रो बौद्ध संख्या योभन्दा धेरै छ” भन्दै दिमाग भुट्ने गर्छ, तर सम्बन्धित निकायमा गएर तथ्यांक कुन जिल्ला कुन गाउँ कुन टोल छुट्यो वा प्राविधिक कमजोरी भयो भनेर तथ्यांक बिभागमा जाँदैन किन जाँदैन भने उनको सरोकार तथ्यांक बिभागसंग हुँदै होइन ! किन होइन ? छोटकरीमा (धेरै लेखे न पढ्लान !)
गएको जनगणना हुँदा भारतको बिहार प्रान्तको दुर्गम आदिवासी क्षेत्रमा त्यहाँको सबै आदिवासीले “धर्म” को कोटामा सबैले “हिन्दु” लेखेछ ! यो घटना मिडियाबाट बाहिर आयो हल्ला खल्ला हुन पुग्यो । यस्तो हल्ला खल्ला हुनुको कारण के थियो भने त्यहाँको आदिवासीहरु धेरै अगाडिदेखि मिसनरीहरुले इसाई बनाई सकेको थियो तर आफ्नो “धर्म” को विवरणमा प्रायः सबैले इसाई लेख्नुपर्ने ठाउँमा “हिन्दु” लेखेछ, त्यसैले मिडियामा चर्चा परिचर्चा हुन पुगेको थियो। पछी बुझ्दै जाँदा लेख्नको भित्री रणनीति चाहिं इसाई मिसनरीले सबैलाई “हिन्दु” लेख्न अर्हाएको रहेछ। ताकि आदिवासी क्षेत्रमा “हिन्दु संख्या” घटेको नदेखियोस । हिन्दु संख्या ह्वात्तै घटेको देखेमा चौतर्फी राज्यको चासो बढ्न सक्छ भनेर यो रणनीति चालेको रहेछ।
नेपालमा चाहिँ फरक रणनीति चालेको छ यहाँनेर चाहिं त्यसको ठिक बिपरित अर्को रणनीति चालेको देखिन्छ यिनै समुदायको जातीय संघ संस्थालाई पैसा दिएर जातीय नेताहरूलाई “बाहुनले गरेको जनगणना ठिक छैन । हाम्रो बौद्ध संख्या यति मात्रै होइन । भन्दै बौद्ध संख्या घटनुको कारण सर्वसाधारण बौद्ध समुदायले चौतर्फी सोधखोज गर्ला । संख्या घट्नुको वास्तविकता तर्फ सबैको ध्यान जाला बुझ्ला भनेर पहिल्यै घट्नुको मुल कारण “बाहुनलाई थुपारेर आरोपप्रत्यारोप गरेपछि सबैको ध्यान बाहुन पटि ओइरायो खेल खत्तम । त्यसपछि कसले चासो राख्ने लाखौं तामाङले बौद्धको ठाउँमा “इसाई” लेखेर घटेको तथ्यांकलाई “बाहुनले गरेको तथ्यांक नै गलत” भन्दिए पछी झोलेहरु बुझ्नु न सुझ्नु हो हो हो यार । भन्दै ठिक्क ।
पहिचानवादी भनौदो झोलेहरुलाई के थाहा ? धादिङको उत्तर क्षेत्रमा बौद्ध मान्ने तामाङ खोज्नुपर्ने अवस्थामा पुगेको छ भनेर । चितवनको पहाडी गाउ पालीकामा त लगभग चेपाङ त निख्री सक्यो कताकता एक दुई घर बौद्ध धर्म मान्ने बाहेक लगभग बौद्ध धर्म मान्ने तामाङ पाइन्न यो मेरो आँखा देखा हाल हो भने मकवानपुर ललितपुर सिन्धुपाल्चोक रसुवाको कुरा नगरौं । यो तितो यथार्थ सबैको अगाडि नाङ्गो छ ! पञ्चायत कालमा हिन्दुराज्य भएको बेला १२% बौद्ध संख्या अहिले घट्दै घट्दै ९% प्रतिशतमा खुम्चिनु आई पुग्दा पनि काहीं कतै सोधखोज नगर्नु नहुनुको मुख्य कारण भनेको त्यही इसाईको पैसामा जिवित रहेकोे पहिचानवादी संस्थाले जनगणनामा बौद्ध संख्या घटेको घटना लाई ” बाहुनले गरेको जनगणना पत्याउन पर्दैन होईन ।
हाम्रो संख्या धेरै छ न टिपेको मात्रै हो भन्दै अहिलेसम्म रनभुल्ल पारेर हो । अब त बौद्ध भित्र पनि राम बहादुरको “बोधी” धर्म आएको छ आउने २०७८ को जनगणनामा ९% बाट पनि घटेर ७% हुने होला त्यतिबेला पनि “यो बाहुन सरकारले राम्रोसँग हाम्रो बौद्ध संख्या टिपेन होई भन्दै भुल्याउने पक्का पक्की छ । त्यसको झोलेहरु चाहिँ हो हो हो हो भन्दै उफ्रिने पनि पक्का छ । उता कुनामा बसेर इसाईहरु चाहिँ झोले उफ्रेको हेर्दै मुसुमुसु हाँस्दै रमाइलो मान्ने पनि पक्का छ । पैसाको शक्तिको अगाडि केही न लाग्ने रहेछ त्यसको बाजे ।
संकटकाल !
पोहोर साल मात्रै एक टेम्पु बौद्ध शास्त्र “छ्योई” जलायो बुद्धको मुर्ति खोलामा लगेर फालियो, फलानोले गरेको हो हामीले देखेको हो भनेर स्थानीयले किटानी जाहेरी दियो केही दिन महिना करायो करायो अन्ततः हरायो सेलायो । त्यसपछि गौरीघाट माथि रहेको प्राचीन किरातेश्वरको मुर्ति तोडफोड गर्यो वंशावलीमा प्राचीन किराँती राजा यलम्वरको पालामा स्थापना भएको कुरा उल्लेख गरेको छ यस्तो दुर्लभ महत्त्वको ऐतिहासिक सम्पदा तोडफोडमा संलग्न कसैलाई अहिलेसम्म केही कार्वाही भएन ।
अहिले फ़ेरि थानकोटको चन्दन भराटेश्वर मन्दिरमा अज्ञात समूहद्वारा ५७ वटा शिवलिंग तोडफोड गर्यो, हल्ला खल्ला हुँदै छ बिस्तारै सेलाउदै छ । उता श्री स्वस्थानी ग्रन्थको पछिल्लो पेजमा प्रभु यसुको महिमा गाएको शब्द पनि खुसुक्क घुसाएर पठाएछ उक्त घृणित कार्यको हिन्दु जागरणका सदस्यहरुको अगुवाइमा पुस्तकको पाना च्यातेर फाल्ने काम गरेको त देखियो तर यो जघन्य अपराधीलाई कार्वाही कसले गर्ने ? राज्य मौन छ ! सुरक्षा दिनुपर्ने संरक्षण गर्नुपर्ने राज्यको दायित्व हो तर राज्यमा हालीमुहाली गर्नेहरू यो पुर्वीया सभ्यताको अंश लाई मान्ने पक्षमा छैन ।
फ़ेरि अहिले एउटा फिल्म बनाएर बजारमा ल्याएको छ “गरुड पुराण” उक्त फिल्म रिलिज हुने दिनलाई चाही “पुराण सुनेर हाँस्ने दिन” भनेर ब्याङ्गे गरेको रहेछ । यतिसम्म आस्था माथिको बलात्कार भैरहेको छ फ़ेरि पनि हामी टुलुटुलु हेर्दै छौं । जातीय हिसाबले औंलो गन्दा सत्तामा ९०% बाहुन क्षेत्री छ, सडकमा हामी ८१% हिन्दु छौं भन्दै उफ्रिन्छ यतातिर हालात यस्तो छ हाय…… बरी लै !! उता बुद्ध जन्मेको देश भन्दै पाँच लाख टुँडिखेलमा मान्छे उफ्रिन्छ । यता बौद्ध शास्त्र घरघरबाट फाल्दै गरेको समाचार आइरहन्छ ! बौद्ध भर्सेस बोधी भन्दै समानान्तर रूपमा बौद्ध धर्म बिपरित संगठन तयार गरेर सडकमा नाराबाजी गरेर दसौं हजार मान्छे जम्मा गरेर आफ्नो शक्ति प्रदर्शन गरिसकेको छ । बोल्नु पर्ने कसले हो ? एउटा लाई मानेपेमे भन्दै हिंडेर बौद्ध जोगिन्छ भन्ने भ्रम परेको होला अर्कोलाई साँझ बिहान् हरे राम हरे कृष्ण जपेर हिन्दु जोगिन्छ भन्ने भ्रम परेको होला ।
मुर्खहरुलाई कसले बुझाई दिने होला धर्मको नाम जपेर धर्म जोगिन्न भनेर । जोगिने भए उहिले उहिले अफगानिस्तान देखि इन्डोनेसियासम्म जपेर नै बसेको थियो यि दुबैका पुर्खाहरुले भनेर । तर भौतिक तरबारको अगाडि बौद्धिक ज्ञान टिक्दैन भनेर बुझ्नलाई एकपटक इतिहास पल्टाएर हेरे हुने थियो ।
१० हजार बौद्ध भिक्षु भएको नालन्दा बिश्वबिद्धालयमा जम्मा ८ सय बख्तियार खिलजीको सेनाले आक्रमण गर्दा सबै भागाभाग गरे । कयौं त्यहीँ मारे । त्यहीँ रहेकोे आचार्य साक्य श्री भद्र यो सबै निरीह भएर टुलुटुलु हेरेर बसे अन्ततः ज्यान बचाउन तिब्बत पुगे भने कयौं हिन्दुको ऋषि मुनीहरु दुर्गम हिमाली भेगमा आएर आफ्नो ज्यान जोगाउन पर्यो । यो हिमालय भूमि आदि कालदेखि राजनीतिक रूपमा मात्रै होइन धार्मिक रूपमा पनि भर्जिन ल्याण्ड थियो भनेर कसले सम्झाउने होला ?
अत: अहिले नेपालमा धार्मिक संकटकाल छ !
यस्तो संगिन घडीमा मन्दिरमा कोटि होम गरेर गुम्बामा १० करोड मन्त्र जप गरेर धर्मको रक्षा हुने अवस्था छैन । हिजो तरबारको आक्रमण हुन्थ्यो आज डलरको आक्रमण भएको छ, तरबारको आक्रमण सोझै देखिन्थे तर डलरको आक्रमण प्रत्यक्ष देखिन्न । भाइरस जस्तो न सोझै देखिन्छ न समाउन मिल्छ न छेक्न मिल्ने अदृश्य आक्रमण गर्छ बिस्तारै बिस्तारै मन्द विषले सिंगो शरीरलाई रुग्ण पार्दै अन्ततः मसानघाटमा पुर्याएर छाड्छ ।
हे सनातनीहरु हो अब त जागौं ! जोगाऔं !! आफ्नो पुर्वीया सभ्यता !! जय सनातन ! हामी ॐकार परिवार।।

