-जनकमान डंगोल
१७ हज्जार भन्दा पनि बढीको ज्यान बक्सिस दिएर ल्याइएको लोकतान्त्रिक धर्म निरपेक्ष नयां गणतन्त्रे नेपालमा अहिले यतिखेर दुइ तिन थान पेशाले उच्चस्तरको ख्याती कमाको छ । एक लम्बरमा नेतागिरी दुई लम्बरमा हनुगिरी अनि तिन लम्बरमा पत्रकारि ।
नेतागिरी देखि हनुगिरी गर्नलाइ लगानी चाहिन्न, बिधा पनि चाहिन्न मात्र अलिकति दिमाखाँ बुद्धि र कला भए पुग्छ । सानोतिनो लफडामा दर्जन चोटि झ्यालखाना पर्या हो भने उत्तम किनभने नेतागिरीको लागि त्यो नै सबै भन्दा ठुलो डिग्री हो भनेर भन्छन । तस्करी, चोरि, अपहरण गरेको हो भने अति उत्तम र मुन्छी मारेर ठुला अदालतले हत्याराको सटिफिकेट दिंदादिंदै पुलिसले समेत समाउन आंट गर्दैन भने त झन त्यो जस्तो ठुलो अरु के हुन्छ र । त्यो त झन राच्च्नितीमा पी.एच.डी अर्या भन्दानी ठुलो सटिफिकेट हो भनेर नेतागीरिको जानिफकारहरु बताम्नु हुन्छ ।
सामाजिक संजाल फेसबुक देखि ठर्रा पत्रिका देखि बिजुली भित्तोमा कहिलेकाही ‘जस्तो देखाई त्यस्तै लेखाई’ भन्दै डामिएको मेरो लेखाई देखेर धरै जना मुन्छीहरु जनकमान भन्ने डाम्नाकार पत्रकार पनि हो भन्ने ठान्दा रच्छन । पत्रकार बन्नलाई लाईसेन चाहिन्छ जुन म संग छैन त्यसैले म पत्रकार हैन के भन्दा पनि मोरीगए पनि पत्यौदैनन ।
म पत्रकार हैन के राम भन्दा पनि नप्त्याएसी अब यो ज्यानले साँच्चिकै पत्रकार बनेर देखाम्नु पर्छ कि भन्ने सोच पलाम्दैछ तर म चैँ माथिको कुनै पनि दफा उपदफामा योग्य नभाभेर राच्च्निती भन्दा १ तह मुनिको पत्रकार बनुकी भनेर गम खादैछु । फेरी आचकल पत्रकारिता अर्न पुनी सजिलो छ क्यार । पहिले पो पत्रकार भनेको त स्वतन्त्र पेशा भन्थे तर छिमेकी भैयाहरुको असिम निगाह र कृपाले गर्दा छयालीस सालाँ बहुदल आयेसी त कौरेसको पत्रकार, कम्निस्टको पत्रकार, मदेसिको पत्रकार, जनजातिको पत्रकार देखि मण्डलेको पत्रकार भनेर भाग लाग्न थाल्याछ । अझ छिमेकी भैया डबल खुस भेर राजा फालेर गणतन्त्र देसीता मेरी बास्सै पत्रकार पनि गमला रोप्या मनिप्लान्ट जस्तो हर्लक्क सप्रेर आ पनि देखिएको हो क्या र ।
कोहि अखबारा लेख्ने, कोहि रेडियाँ फुक्ने, कोहो टीबीयाँ देखिने अझ एकताका कौरेसी सुको मन्त्री हनुका मालिक डा.रामले उनका पालाको बजेट भासना नेट र इन्टरनेट सप्पैलाइ के भन्द्याथे सुरुभो बिजुली पत्रिका जुग । कति सजिलो छ गाँठे त्यो नाथे बिजुली पत्रिका भन्ने जिनिस । अर्काको सामाग्री सुटुक्क सक्कल बमोजिम नक्कल अरेर ल्यायो अनि १ पटक मौसा पिटिक्क पार्दे पुग्ने ।
हो म नी अब कुल्मानसापको निगाहमा चल्ने बिजुली पत्रकार बन्ने सुर कस्दैछु । ‘हाम्रो पत्रिका त बिना बिज्ञापनको निस्पक्ष हो । कोहि कसै प्रति रिस राग छैन, जे देख्यो त्यहि छाप्छ्म । जनतालाई सहि सुचना दिने काम अर्चम’ आदि आदि भनेर सुरुसुरा ठोक्द्यो । सजिलो छ नि चलाउनालाइ सुरुसुरुमा ठुल ठुला नाम चलेका पत्रिकाँ काम अरेका तर बेरोजगार भएर बसेका केहि पत्रकाररु संग दोस्ती अर्यो । तिनका सामाग्री ड्यामकि ड्याम छाप्यो । लागु ओखतीको नसा जस्तरि कत्तिको चढ्यो भनेर आंकलन अर्ननि सजिलो । अनलैनाको कतिले पाउ कस्ट अर्यो भनेर फ्याट फ्याट देखाई दिहाल्छ के को ट्यास ट्यास । जब पत्रिका सोर बर्षे तरुनी जस्तैरी लाली चढ्दै जान्छ बैस चढ्दै जान्छ अनि लोहा गरम है, हथौडा मार्नेकी देरी है भन्ने भैया स्टाइला पढ्ने पाठके लाइ ‘पत्रिका कसरि चलाउने ? के अर्दा राउरो हुन्च्च सल्ला र सुजाब पामन’ हजुर भनेर नौनी भाखा दलेर यसो सोधखोज अर्या जस्तो गर्यो । गोडा दुइ चार दिन पछी श्रीगणेशाय नम: लेख्ने ठाउँमा ‘यो ठाउँ बिज्ञापनको लागी खालि छ’ भनेर औरेजीयाँ ट्याक्क पार्देसी आइ.एन.जी.ओ र एन.जी.ओको युरो, पौण्ड, डल्लर, वान, रेम्बिकी, र आइसीको असिना बर्स्या जस्तरी बिज्ञापन नाथे असिना सरि बर्सिन के बेर ।
अनलाइने पत्रकार बन्नलाइ लगानी चैँ अलि महँगो छ । १ थान ल्यापटप भन्ने माउ जिनिस, अनि त्यसलाइ खाजा खुराकी इन्टरनेट भन्ने जिनिस, गोजा दरो छ भने केमेरा नभए सामसुंगे मुबैलले नि काम चल्छ । कुनै एउटा नचल्ने पत्रिका संग दोस्ती । त्यति गरेसी पत्रकारे हल्दारी बिल्ला भिर्न पाइने । बिदेस्साट फर्क्याभे द्रब्यको के दुख भो र हैन भने घर पछाडीको तिउन खाने करेसाबारी सके बन्दकी नसके बेचेर भएनी एउटा गतिलो पल्सर भन्ने भटभटे । यत्ति हो चाहिने भनेको जिनिस ।
नेपाल बन्द आयो भने जनताको आँखाट नयन बर्षा हुन्छ तर त्यो दिन चैँ पत्रकारहर्को बडा दसैँरे । ठुलठुला बन्द, हर्ताल, चक्काजाम, यस्तोमा कसले छुने । पत्रकार भनेसी नेता, बेपारी, तस्करी देखि पुलिस समेत थर्रर हुने भे कोले यो जस्तो नाम, दामको अरु कुनै पेशा हुनै सक्दैन त्यसैले म जस्तो अल्छिको भकारीले आजैबाट पत्रकार हुने सुर गरेको छु । मै जस्तो अल्छिको भकारी तपाइँहरु पनि हो भने यस्तो सजिलो पेशा किन नअर्ने ?

