अनिल योगी – २०४६ सालमा भएको आन्दोलबाट प्राप्त परिवर्तनलाई स्वर्गीय बरिष्ठ राष्ट्रवादी नेता तथा राजनितिज्ञ राजेश्वर देवकोटाले गोरु ब्यायो भन्नू भएको थियो । आफू स्वयम् प्रजातन्त्रको पक्षधर भएको हुँनाले त्यो भनाई सुन्दा मलाई आश्चार्य लागेको थियो । २०४६ सालमा भएको परिवर्तन पश्चात् आज सम्मको राजनितीक अब्यवस्था र अराजकता हेर्दा स्वर्गीय देवकोटाले सत्य उजागर गर्नु भएको रैछ भन्ने लाग्यो । सत्यलाई सजिलै बुझ्न र आत्मसाथ गर्न नसकिने रहेछ ।
यो तीस बर्षमा नेपाल र नेपालिले धेरै कुरा गुमाउने बाहेक कमाउन केही पाएनन् । हाम्रो आत्मसंमान समेत यहि समयमा गुम्यो । हाम्रो स्वाभिमानमा खिया लाग्यो । देशभक्ती मजाक गर्ने बिषय भन्यो । साहकहरु यस्ता नालायक भए कि, उनीहरुले राष्ट्र र नेपाली जनताको जिवनलाई प्रयोगशाला नै बनाए । पन्चायत ब्यवस्थामा हाम्रो आत्मसंमान र स्वाभिमान यसरी गिरेको थिएन ।
राजाहरु देश प्रती बफादार थिए पन्चहरुलाई राष्ट्रको बिकास गर्न र जनताको सेवा गर्नका लागि राजाले निगरानिमा राखेर ब्यवस्था संचालन गर्न लगाउथे । भ्रष्टाचार यस्तो विधि थिएन । नेपाली जनताको सुरक्षा र सामाजिक एकता निकै मजबुद नै थियो ।
देशका बिरुद्ध बोल्ने कसैले बोल्ने दुस्साहस गर्दैन थियो । सेना,प्रहरी अन्य निजामती कर्मचारी र पन्चहरुको शान र मान निकै उच्च प्रकारको थियो अर्को अर्थमा राज्यको ताकत प्रस्ट संग देखिन्थ्यो । जनताको सामाजिक एकता र जन सर्वदानका माध्यमद्धारा बिकासका योजनाहरु कार्यान्वयन गरिन्थे । राष्ट्र र स्वयम् आफ्नो गाउँ ठाउँको बिकासका लागि जनतामा एक प्रकारको उत्साह र उमंग देखिन्थ्यो । राजनितिमा लाग्नका लागि र पन्च नेता हुंनका लागि योग्यता र क्षमताको प्रदशन गरिन्थ्यो । पन्चायत ब्यवस्थालाई आज सम्झिदा वास्तविक प्रजातन्त्र त्यही ब्यवस्था रहेछ भन्ने अनुभूति हुन्छ ।

पन्चायत ब्यवथामा बिदेशीले हामीलाई यसरी हेप्न सकेका थिएनन् र राज्यका हरेक निकायमा बिदेशिका गुप्तचर नियुक्त भएका थिएनन् । जनता र राज्यसत्ताको एक प्रकारले साझेदारिमा राज्य अगाडि बढ्दै थियो । बिदेशिलाई हाम्रो देश आफ्नै गतिमा अगाडि बढेको चित्त बुझेको थिएन । देशभित्रका नालायक मान्छेहरुलाई प्रजातन्त्र ल्याउने अबरणमा बिदेशीले उचाले, आर्थिक भौतिक सबै आबस्यक सहयोग गरेर देशमा आन्दोलन चर्काउने काम गरे ।
२०३६ सालमै जनतालाई कुन ब्यवस्थालाई मान्छौ भनेर जनमत संग्रह गराउने तातकालिन राजा बिरेन्द्रले जनताको भबना अनुसार दल माथिको प्रतिबन्धलाई हटाए र प्रजातन्त्र स्थापना गर्नका लागि दलका नेताहरु संग हातेमालो गरे । राजा र दलका नेताहरु एकै ठाउमा बसेर २०४७ सालको संविधान पनि बनाउन सफल भए ।
२०४६ सालमा नेपाली नेताहरुलाई उचाल्ने बाह्य तत्वले राजा र दलका नेताहरु मिलेर राष्ट्र हाकेको हेर्न र देख्न सकेन र २०५२ सालमा माओवादिका नाममा क्रान्तिकारी कारी आबरणमा प्रचन्ड र बावुरामहरुलाई हिंसात्मक राजनितिक यात्रामा सहभागी गरायो । नेपाल राष्ट्रको राजनितिक स्थायित्व र बिकास देख्न नचाहँने बाह्य तत्वकै कारण नेपाल र नेपालिले एक दशक सम्म आफ्नै दाजुभाईकाबिचमा युद्ध लढ्नु पर्ने अबस्था बनाई दियो ।
काखमा राखेर घाँटिमा छुरा धसेको जस्तै गरेर हामिलाई शान्ती चाहिएको बाहाना पनि त्यही तत्वले अगाडि सार्न लगायो । आफैले आतंकवादी भन्न लगाएका तत्वहरुलाई र संसदीय ब्यवस्थाका पक्षधर भनिएका भ्रष्टहरुलाई १२ बुदे सम्झौता मार्फत एकै दाम्लोमा बाधेर नेपाल राष्ट्रलाई तहस नहस गर्नका लागि अर्को मिशनमा काम गर्न लगायो ।
यी सबै राजनितिक घटनाक्रमलाई अध्यन गर्दा राजेश्वर देवकोटाले गोरु ब्यायो भनेको कुरा साबित हुन्छ ।
दलका नेताहरुले २०४६ सालपछी नेपाली जनतालाई दिएको यातना सामान्य प्रकृतिको होईन र छैन, यसका पछाडी पनि बाह्य शक्तिकै हाथ थियो र छ । बाह्य शक्तिले स्वयम् बल प्रयोग गर्दै नेपालको स्थायी राजनितिक शक्ति राजसस्थालाई किनारामा पारेर राजकाज गर्नका लागि सत्तामा पुगाएका दलालहरुलाई बाह्य तत्व आफ्ना मर्जिमा मात्र चलाउन चाहन्थ्यो । १२ बुदे दिल्ली सम्झौताले सबैलाई त्यो बाध्यतामा पारेकै थियो । बाह्य तत्वको नेपाल राष्ट्र सिद्धाउने योजना अन्त्रगत अघि सारिएको संविधानसभाबाट संविधान बनाउने योजना कार्यान्वयन गर्न दत्तचित्त भएर काम गर्दै गरेका दलका नेताहरुले आफ्नो सक्कली मुखौटो जोगाउनका लागि संविधान अहिले जारी गर भन्दा मानेनन् फल सवरुप नेपालिले नाकाबन्दी दर्दनाक पीडा बेहोर्नु पर्यो ।
नयाँ जनवादी ब्यवस्थाका गफ हाक्नेहरु र प्रजातन्त्रका आफुलाई मात्र मसिया ठान्नेहरुले प्रतक्ष रूपमा तीस बर्ष शासन चलाए । यो तीस बर्ष नेपाल राष्ट्र र नेपाली जनताका लागि अभिसाफ बन्यो । अब त राष्ट्र एकीकृत रहने कि बिखन्डन हुँने भन्ने अबस्थामा आई पुगेका छौ । दलका नेताहरुले नेपाल राष्ट्र र नेपाली जनतालाई ठुलै गुन लगाएका छन् । दलका नेताहरुका जाली कुराका पछि लागेर मर्ने ती हजारौ नेपालीको आत्माले के शान्ती पाए होलान् त ?
आफ्नै राष्ट्र र जनताका बिरुद्ध यस्तो अपराध बिगत राणा र राजाले समेत गर्न सकेका थिएनन् दलका नेताहरूले अन्जान नेपाली जनतालाई भ्रममा पार्दै बिदेशिका ताकतमा नगर्नु पर्ने अपराध गरे । नेपाल राष्ट्र र नेपाली जनताको हित र उत्थान होस् भन्ने भावना राख्ने सचेत नेपाली नागरिकले २०४६ सालपछिको आज सम्मको राजनितिक धन्दालाई हाम्रो मुलुकको हितमा छ भनेर भन्नै सक्दैन र भन्नू पनि हुँदैन ।
प्रजातन्त्र चाहिन्छ तर प्रजातन्त्र नै हाम्रो राष्ट्रको अस्तित्व मास्ने र नेपालिलाई युद्ध र मारकाट गर्ने माध्यम बन्छ भने सचेत नेपालिले यस्तो ब्यवस्थालाई अस्वीकार गर्नुपर्छ र मान्दैनौ भन्न सक्नुपर्छ ।
आजको बिस्व राजनितिमा जनतालाई अनुकुल नहुने ब्यवस्था मैहुँ भन्ने तानाशाहले पनि चलाउन सक्दैन । किन कि यो युगका मानिस निकै सचेत छन् भनेर मान्नुपर्छ । नेपाली सचेत छन् वा छैनन् त्यो अर्कै कुरा हो । सत्य के हो भने नेपाली जति सुकै अचेत भए पनि देश मर्दा मलामी जाने पक्षमा छैनन् र त्यो हद सम्मको आफ्नै राष्ट्रप्रति गद्धारी गर्ने छैनन् ।
हामी नेपालिले अब ब्यवस्थाको विकल्प भन्दा पनि बिदेशिका दलालहरुको बिकल्प खोज्नुपर्छ । किन कि साशकहरु राष्ट्रको हितका लागि र हाम्रो हितका लागि भन्दा पनि सत्ता र शक्तिमै बसेर सुरक्षित जीवन बाच्दै मर्नका लागि बाह्य तत्वकै ईशारामा राज्यसत्ता र ब्यवस्थाको चरम रुपमा दुरुपयोग गरि रहेका छन् ।
यस्ता लम्पडहरुका हाथमा राष्ट्रलाई छोड्नु भनेको मुलुक र नेपालीका लागि दुर्भाग्यको करा हन जान्छ । सचेत आम नेपालीले आफ्नो राष्ट्र, समाज र स्वयम् आफ्नो आजको जीवन र भोलिको भबिश्य प्रती जिम्मेवार बन्नुपर्छ ।
सबैलाई हेक्का होस् यिनै राजनितिक दल र नेताहरुका हाथमा देश छोडी रहने हो भने नेपाल र नेपालीको भबिश्य सुरक्षित र सुखद छैन ।

