आइतवार, मंसिर ९, २०७५
एमाले गुट कथित राष्ट्रवादको जुन ढोल पिट्दैछ, त्यो आन्तरिक राष्ट्रियतामाथि जघन्य दमनमा आधारित छ : किराँती

एमाले गुट कथित राष्ट्रवादको जुन ढोल पिट्दैछ, त्यो आन्तरिक राष्ट्रियतामाथि जघन्य दमनमा आधारित छ : किराँती


  • स्वदेश नेपाल
  • आइतवार, मंसिर ९, २०७५

नेकपा (माओवादी केन्द्र)का नेता गोपाल किराँतीइमानदार तर विवादास्पद नेताका रूपमा चिनिन्छन् । नेपालको सार्वभौमसत्तामा ठेस पुर्याएको भन्दै सोलुखुम्बुमा भारतीय राजदूत राकेश सुदमाथि जुत्ता प्रहार गरेर चर्चामा आएका किराँती ०६५ मा गणतन्त्र नेपालको पहिलो संस्कृति मन्त्री बने । संस्कृति मन्त्रालय सम्हाले लगत्तै पशुपति मन्दिरबाट भारतीय भट्ट निकालेर उनले नेपाली भट्ट स्थापित गरे । साथै उनले जनतालाई अधिकार सम्पन्न गर्न आठ सय जिल्लाको अवधारणा सार्वजनिक गरेर सङ्घीयतामा जानुपर्ने बताए । उनै किराँतीसँग रातोपाटीका लागि नरेश ज्ञवालीले अन्तरवार्ता गरेका छन् । अन्तरवार्तालाई तीन वाम ध्रुवीकरण, माओवाद र पहिचान तथा नेपाली क्रान्ति उपशीर्षकमा विभाजन गरिएको छ ।

(फोटो फाइल)

 

नेकपा (एमाले) र माओवादी केन्द्रको पार्टी एकीकरणको कुरा सार्वजनिक भएलगत्तै तपाईंले अबदेखि केन्द्रमा रहन नसकिने भन्नुभयो तर पछि फेरि असहमतीसहित त्यही पार्टीमा रहने भन्नुभयो । यसका केही सैद्धान्तिक पक्ष छन् कि शक्तिको राजनीतिले तपाईंलाई त्यहाँ पुर्यायो ?
अक्टोबर २, २०१७ अर्थात् ०७४ असोज १६ गते ११ बजे हामी पेरिसडाँडा पुग्यौँ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र उम्मेदवार सिफारिस कार्यदलको बैठकमा हामी पुगेका थियौँ । प्रदेश पार्टीको इन्चार्ज र संयोजक कमरेड समरसित हामी गएका थियौँ । १८ जनाको कार्यदल बैठकमा ५०–६० वटा कुर्सी थिए । किन यति धेरै कुर्सीं भनेर मनमा प्रश्न उठ्यो । तर म चुपचाप लागेर बसिरहेँ । दिउँसो करिब १ बजेतिर अध्यक्ष प्रचण्ड बैठक कक्षमा प्रवेश गर्नुभयो । साथसाथै अरू नेताहरू पनि आएर कर्सीमा बस्नुभयो । ४०–४५ को सङ्ख्या पुग्यो होला ।

‘सिफारिस कार्यदलको बैठक नभएर यो उपलब्ध सचिवालयको बैठक हो’ भन्दै अध्यक्षले विषय प्रारम्भ गर्नुभयो । करिब ढेड घण्टाको बखानपछि उहाँले गोजीबाट झिकेर सात बुँदे सहमति पत्र पढेर सुनाउनुभयो । एमालेसँग एकता सहमतिपत्रमा खड्ग ओली प्रमुख रहेको पार्टी एकता संयोजन समिति, ६०–४० उम्मेदवार अनुपात, एमालेको घाम चिन्हमा चुनाव लड्नुपर्ने, चुनावलगत्तै पार्टी एकता घोषणा गर्ने र एकता संयोजन समिति मातहत दुवै केन्द्रीय समिति क्रियाशील रहन सक्ने आदि त्यसमा थिए । अध्यक्षले बोल्ने क्रम सकिने बित्तिकै हात उठाएर हामीले समय माग्यौँ र भन्यौँ– माओवाद र पहिचानको मुद्दा के हुन्छ कमरेड ? उहाँको जवाफ थियो– छलफल गर्न सकिन्छ । फेरि हामीले प्रश्न गर्यौँ– होइन माओवाद र पहिचानको मुद्दा कार्यान्वयनको विषय हो कि छलफलको ? त्यहाँ थप जवाफ आएन ।

त्यसपछि हामीले भन्यौँ– माओवाद र पहिचानको मुद्दालाई धरापमा पारेर गरिने एकता कुनै एकता नभएर विलय हो । म एमालेमा जान्न र एमालेको चिन्हमा चुनाव लड्दिन । फेरि आग्रह गर्यौँ– पार्टीको यो बैठकसमक्ष गम्भीर आग्रह गर्दछु कि अर्को पाँच वर्षसम्म हामी माओवादी नै भएर अघि बढौँ । अस्तिको स्थानीय चुनावमा सहभागी हाम्रा पार्टीका उम्मेदवारहरू अस्सी प्रतिशत चालीस वर्षमुनिका युवा छन् । हार्ने र जित्ने दुवैको त्यही अनुपात छ । ती युवाहरूले कसरी हारियो ? अब कसरी जित्ने ? भनेर कठोर शिक्षा लिएका छन् । उनीहरूलाई सहयोग गरौँ । अर्को चुनावमा राम्रै प्रगति गरिन्छ । यदि आउने चुनावमा पनि दुर्गति नै हुन्छ भने सोचौँला । तर उहाँहरूले युवाहरूमाथि भरोसा गर्नु भएन । परिणाममा मैले सामाजिक सञ्जाल मार्फत विरोध जनाएँ । अक्टोबर ३ मा त एकता संयोजन समिति घोषणा नै गर्नुभयो । मैले पार्टी पुनर्गठनको आह्वान गर्दै वक्तव्य दिएँ ।

अक्टोबर ७ र ८ मा अध्यक्ष प्रचण्डसँग वार्ता गरियो । गम्भीर छलफलको परिणाम अक्टोबर ९ मा पेरिसडाँडामा उपलब्ध सचिवालय बोलाएर अध्यक्ष प्रचण्डले माओवाद र पहिचानको मुद्दा छोड्न नसकिने मौखिक प्रतिबद्धता गर्नुभयो । त्यसपछि हामी अन्तरपार्टी सङ्घर्षमा छौँ । तर, लिखित रूपमा संस्थागत प्रत्याभूति गर्ने सहमति भएकोमा प्रचण्डले मौखिक मात्र गर्नुभयो । त्यो पनि पूरै टालटुले थियो । फेरि पनि धेरै साथीहरूले तपाईंले उठाएका प्रश्नहरू सही छन्, चुनावसम्म सँगै लडौँ भनेर भावुक आग्रह गर्दै हुनुहुन्थ्यो । त्यो आग्रह समेतलाई ध्यानमा राखेर माओवादी केन्द्रमा दुई लाइन सङ्घर्ष गर्ने भनेका छौँ । अरू कुनै राजनीतिक शक्ति यसमा सामेल छैनन् ।

विगत दुई जना राष्ट्रपतिले भन्दा यो किराँतीले नेपाल राष्ट्रका लागि विशिष्ट योगदान गरिरहेको तथ्य यहाँ प्रष्ट गर्न चाहन्छु । सर्वहारा आन्दोलन र आन्तरिक राष्ट्रियताको आन्दोलनबीच समायोजन क्रान्तिको नेतृत्व, गणतन्त्र नेपाल निर्माणका लागि सशस्त्र आन्दोलन र संविधानसभा नेतृत्व र सक्रिय सहभागिता, आठ सय जिल्लाको विचार निर्माण गरेर अधिकारसम्पन्न स्थानीय सरकारको व्यवस्था, पशुपतिमा राष्ट्रियताको लडाइँ तथा लुम्बिनी जागरण जस्ता एतिहासिक कार्यहरू किराँतीबाट मात्र सम्भव थियो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकीकरणका सन्दर्भमा पोलिटब्युरो प्रशिक्षण कार्यक्रममा–गोपाल किराँतीले केही खोज्नुभएको छ, त्यो हल गरे उहाँ यही पार्टीमै बस्नु हुन्छ, चिन्ता लिनुपर्दैन भन्दै ढुक्क भएर बोल्दै हुनुुहुन्थ्यो । जब कि तपाईं त्यति बेला ‘श्री प्रचण्ड’सँग वार्ता गर्ने बताउँदै हुनुहुन्थ्यो ? पछि गरिएको वार्ता, छलफलमा केही लेनदेनले तपाईंलाई त्यहीँ बस्न लोभ्यायो कि ?

ठीक हो । मैले अध्यक्ष प्रचण्ड समक्ष चार विकल्प प्रस्तुत गरेको थिएँ । त्यसलाई अर्को भाषामा माग पनि भन्न सकिएला । दुई दिनको छलफलमा उहाँले मेरो रगत–रगतमा माओवाद र पहिचान छ, कसरी छोड्न सक्छु, यो चुनावी तालमेल मात्र हो । कहाँको एकता ? भन्नु भएपछि, त्यसो भए पहिलो विकल्प एकता संयोजन समितिलाई चुनावी तालमेल समितिको नाममा बदल्नुस् । त्यसो गर्न अप्ठ्यारो छ भने दोस्रो विकल्प, पार्टीको उपलब्ध सचिवालय बोलाएर संस्थागत प्रत्याभूति गराउनुस् । यी दुईमध्ये कुनै विकल्पमा आउनु हुन्न भने तेस्रो विकल्प, म पार्टी पुनर्गठन समिति निर्माण गर्छु ।

बरु तपाईंलाई सुविधा उपलब्ध गराउन सक्छु कि चौथो विकल्प, पार्टी एकता दस्तावेज नआएसम्म म पुनर्गठित केन्द्रीय समिति बनाउँदिन । एकता दस्तावेज हेर्छु, त्यसमा प्रष्ट भाषामा माओवाद र पहिचानको मुद्दा समेटियो भने कुम्लो बोकेर तपाईं कहाँ आइहाल्छु । समेटिएन भने केन्द्रीय समिति बनाउँछु । त्यसमध्ये दोस्रो विकल्पमा अध्यक्ष प्रचण्ड आउनुभयो । टालटुले नै भए पनि तत्काललाई युद्ध बिरामको स्थिति बन्यो ।

तपाईंलाई केही कुराले पनि लोभ्याएको होइन भने तपाईंलाई उपराष्ट्रपति बनाउने कुरा माओवादी वृत्तमा कसरी भुसको आगोसरी फैलियो । यही बीचमा तपाईंलाई राष्ट्रपति बनाउनुपर्छ भनेर एउटा जनवर्गीय सङ्गठनको सिङ्गै टोली पार्टी अध्यक्ष प्रचण्डलाई भेट्न कसरी पुग्यो ?
केही पत्रकार साथीहरूले उपराष्ट्रपति पक्का भएको सूचना दिनुभयो । मलाई चाहिँ केही जानकारी छैन । पार्टी नेता कसैले त्यसो भन्नुभएको छैन । केही वर्षअघि एउटा सन्दर्भका कारण मैले उपराष्ट्रपतिमा दाबी जनाएको थिएँ । महान जनयुद्धमा निश्चय नै पश्चिम नेपालले मुख्य भूमिका खेलेको हो । तर वर्गीय, जातीय, क्षेत्रीय तथा लैङ्गिक उत्पीडन अन्त्य गर्ने महान आदर्शमा लडिएको जनयुद्धमा मुख्य भूमिका खेल्नेले नै सत्ता सुविधाको मुख्य हिस्सा खान्छन् भने मरेर जाने सहिदले के खाने ? बेपत्ता योद्धा र घाइतेले के पाउने ? मैले यो प्रश्न अनेरास्वियु (क्रान्तिकारी)को १ नम्बर प्रदेश एकता भेलामा पनि दृढतापूर्वक दोहर्याएँ ।

त्यसरी संविधान जारी भएपछिको सरकार वा सत्तामा अन्यायपूर्वक पश्चिमको प्रभुत्व थोपरियो । प्रतिवादमा पूर्वका पनि जनयुद्ध लडेकाहरू छौँ भनेर दाबी गरियो । तर अध्यक्षले जनमुक्ति सेनाको सम्मान गर्नुपर्ने बताउनु भएपछि सहजै उपराष्ट्रपति पदको दाबी छोडिदिएँ । जहाँसम्म किराँती राष्ट्रियमुक्ति मोर्चाले गोपाल किराँतीलाई राष्ट्रपति बनाइयोस भनेर पार्टीमा माग गरेको कुरा छ, मोर्चा सङ्गठनका साथीहरूलाई धन्यवाद दिन चाहन्छु । आलङ्कारिक नै भए पनि राष्ट्रपतिको ओहदा सम्मानित आसन हो । हामीले नै लडेर गणतन्त्र नेपालमा राष्ट्रपतिको ओहदा स्थापित गरेका हौँ । तर कार्यकारी चरित्रको मैले राष्ट्रपति पदबारे केही विचार गरेको छैन ।

त्यस्तै जहाँसम्म योगदानको प्रश्न छ, विगत दुई जना राष्ट्रपतिले भन्दा यो किराँतीले नेपाल राष्ट्रका लागि विशिष्ट योगदान गरिरहेको तथ्य यहाँ प्रष्ट गर्न चाहन्छु । सर्वहारा आन्दोलन र आन्तरिक राष्ट्रियताको आन्दोलनबीच समायोजन क्रान्तिको नेतृत्व, गणतन्त्र नेपाल निर्माणका लागि सशस्त्र आन्दोलन र संविधानसभा नेतृत्व र सक्रिय सहभागिता, आठ सय जिल्लाको विचार निर्माण गरेर अधिकारसम्पन्न स्थानीय सरकारको व्यवस्था, पशुपतिमा राष्ट्रियताको लडाइँ तथा लुम्बिनी जागरण जस्ता एतिहासिक कार्यहरू किराँतीबाट मात्र सम्भव थियो । अतः सर्वहारा वर्ग तथा देश र जनताको नाममा जीवनको राजीनामा लेखेर योगदान गरिरहेको यथार्थलाई जो कोहीबाट नजरअन्दाज गर्ने षडयन्त्रकारी प्रवृत्तिको भत्र्सना गर्नुपर्छ ।

एमालेले बोक्ने विचारधारालाई आधार मानेर उसलाई यदि वामपन्थी शक्ति मान्ने हो भने वामपन्थी विचारधारा मान्ने दुई ठूला वाम दल एक ठाउँमा आएर समाजवाद उन्मुख राजनीतिक कार्यदिशा लिन्छन् भने यसलाई कुन आधारमा गलत भन्न सकिन्छ ?
नरेशजी, पहिला त एमाले के हो ? भनेर समग्रमा त्यसको विश्लेषण गर्नुपर्छ । कम्युनिस्ट पार्टीको नाम झुन्ड्याउँदैमा कोही वामपन्थी भैहाल्दैन । त्यसो हुने भए त यो दुनियाँ साम्यवादमा पुगिसक्थ्यो । साम्यवादमा पुग्नु भनेको मानिसको सम्पूर्ण दुःखहरणको दुनियाँ हो । यद्यपि साम्यवादमा पनि प्रकृतिसँगको सङ्घर्ष र उत्पादन सङ्घर्ष भने गर्नुपर्ने हुन्छ । तर राजनीतिक दृष्टिले मानिसले मानिसविरुद्ध गर्ने सम्पूर्ण वर्गीय, जातीय, लैङ्गिक तथा सामाजिक शोषण, उत्पीडन भने साम्यवादी समाजमा समूल अन्त्य गरिन्छ । पहिलो कुरा, एमाले गुट कम्युनिस्ट नै होइन । नेपाली राजनीतिमा कम्युनिस्ट नभएपछि त्यो वामपन्थी हुँदैन । कम्युनिस्ट भनेको वर्गविहीन मानिसहरूको दस्ता, सर्वहारा वर्गको अग्रदस्ता हो । सर्वहारा भनेको वर्ग हो, वर्गीय समाजको अन्तिम वर्ग सर्वहारा वर्ग हो । जुन पुँजीवादको गर्भबाट जन्मन्छ र पुँजीवादलाई निषेध गर्छ ।

एमाले गुट कथित राष्ट्रवादको जुन ढोल पिट्दैछ, त्यो आन्तरिक राष्ट्रियतामाथि जघन्य दमनमा आधारित छ । जसलाई सम्भ्रान्तवर्गीय खसआर्य केन्द्रीत अन्धराष्ट्रवाद भन्न सकिन्छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा टिकेको गुट कुनै अर्थमा राष्ट्रवादी हुन सक्दैन भन्ने तथ्य सर्वत्र प्रष्ट छ ।
वस्तुहरूमा विपरीतहरू बीच एकता र सङ्घर्ष, मात्राको गुणमा परिवर्तन तथा निषेधको निषेध नियम भएर मानवसमाज अघि बढ्छ अथवा समाज अझ परिष्कृत हुँदै अघि बढ्छ । दर्शनको भाषामा समाज पनि एउटा वस्तु हो । तसर्थ कम्युनिस्ट हुन वर्गविहीन चरित्र अनिवार्य हुन्छ । कम्युनिस्ट चरित्रले मात्र समाजमा रहेका यावत अन्याय र उत्पीडनविरुद्ध सङ्घर्ष गर्छ । वास्तविक कम्युनिस्टले नेपाली समाजमा रहेको वर्गीय, जातीय, क्षेत्रीय तथा लैङ्गिक उत्पीडनविरुद्ध सम्झौताहित सङ्घर्ष गर्नुपर्छ । यसैलाई वर्ग सङ्घर्ष भनिन्छ । वर्ग सङ्घर्षमा बल प्रयोगको सिद्धान्त अनिवार्य सर्त हो । बल प्रयोगपछि सर्वहारा अधिनायकत्वको प्रश्न आउँछ । पुँजीवादी अधिनायकत्वले मानव उत्पीडनको अखडा राज्यसत्तालाई संरक्षण गर्छ । तर सर्वहारा वर्गको अधिनायकत्वले पुँजीवादीलाई निर्मन दमन गर्दै राज्य विलोपीकरणमा पुर्याउँछ । राज्यको विलोपीकरण नै साम्यवादी समाज हो । साम्यवादमा नपुगेसम्म मानिसले मानिसविरुद्ध शोषण र उत्पीडन प्रणाली अन्त्य नै हुँदैन ।

के एमालेमा प्रस्तुत चरित्र देख्नु हुन्छ ? लेस पनि त्यसमा कम्युनिस्ट चरित्र देख्नु हुन्न । अनि कसरी एमाले वामपन्थी भयो ? तपाईंहरूको प्रश्न सुन्दा पनि दुःख लाग्छ । पत्रकार भनेको त दुनिया बुझेको मान्छे हुनुपर्ने हो । तर तपाईंहरू किन गहिराइमा बुझ्नु हुन्न । तपाईं पत्रकार साथीहरू किन यसरी टपरटुइँया बन्नुभएको हो ? आश्चर्य लागेर आउँछ । त्यसरी सर्वहारा क्रान्तिका लागि कम्युनिस्टले सर्वप्रथम निजी सम्पत्ति उन्मूलन गर्नुपर्छ । निजी सम्पत्तिलाई सुरुको चरणमा राज्यको स्वामित्वमा ल्याउने र त्यसपछि समाज अर्थात समुदायको स्वामित्वमा हस्तान्तरण गर्नुपर्छ । सम्पत्तिमा समुदायको स्वामित्व र पूर्ण जनवादमा आधारित सार्वजनिक प्रशासनव्यवस्था नै अङ्ग्रेजीमा ‘कम्युनिजम’ र नेपालीमा साम्यवाद हो ।

साम्यवादी पार्टीको आवरणमा एमाले गुट सम्पत्ति स्वामित्व बारे के अभ्यास गर्दैछ ? माक्र्सवादको होइन, एमाले गुट भूमण्डलीकृत वित्तीय एकाधिकार पुँजीवादको निरिह दलालीको अभ्यास गर्दैछ । कम्युनिस्टहरू रणनीतिमा सर्वहारा अन्तर्राष्ट्रवादी हुन्छन्, कार्यनीतिमा देशभक्त हुन्छन् । के अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको दलाली गरेर देशभक्ति हुन सक्छ ? किमार्थ सक्दैन । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको दलालीमा टिकेको एमाले नम्बर एक देशघाती गुट हो । त्यही अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट एमाले गुटले आफ्ना निकट कार्यकर्तालाई वित्तीय दास तुल्याइरहेको छ । माओ भन्नु हुन्थ्यो– माछा मारेर नदेऊ, माछा मार्ने सीप सिकाइ देऊ । यसविरुद्ध एमालेहरू आधारभूत तहका कार्यकर्तालाई मासिक दुई चार हजार वित्तीय माछा दिन्छन् र जनतालाई बँधुवा मजदुर हुन बाध्य पार्छन् ।

साम्यवादको पहिलो खुड्किलो समाजवादमा शिक्षा र स्वास्थ्य नागरिकको मौलिक अधिकार हुन्छ । अर्थात् शिक्षा र स्वास्थ्य राज्यको दायित्वमा हुनुपर्छ । तर एमाले गुट घोषित पुँजीवादी दल काँग्रेसलाई पनि दस हात उछिन्दै स्वास्थ्य र शिक्षा निजीकरण गर्न कस्सिएको छ । स्वास्थ्य प्रतिष्ठानमा एमालेको निजीकरणविरुद्ध बरु डा. गोविन्द केसी सङ्घर्ष गरिरहेका छन् । रोचक त के भने गोविन्द केसी काँग्रेस समर्थक बुद्धिजीवी हुन् । गुणस्तरीय स्वास्थ्य सेवाका लागि केसी जसलाई पायो त्यसलाई सम्बन्धन दिनु हुँदैन भन्छन् । तर एमालेका माफियाहरू स्वास्थ्य सेवाको निजीकरणमा नाङ्गै उत्रेका छन् । खासगरी सन् १९९० को जनआन्दोलनयता नेपालमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा जसरी निजीकरण भएको छ, सार्वजनिक शैक्षिक प्रतिष्ठान र स्वास्थ्य प्रतिष्ठानहरू जसरी खण्डहर बन्दै गएका छन्, तर जसरी निजी प्रतिष्ठानहरू फस्टाउँदै छन्, त्यसमा एमाले गुटको गरिबमारा अपराधले काम गरेको छ ।

एमाले गुट कथित राष्ट्रवादको जुन ढोल पिट्दैछ, त्यो आन्तरिक राष्ट्रियतामाथि जघन्य दमनमा आधारित छ । जसलाई सम्भ्रान्तवर्गीय खसआर्य केन्द्रीत अन्धराष्ट्रवाद भन्न सकिन्छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा टिकेको गुट कुनै अर्थमा राष्ट्रवादी हुन सक्दैन भन्ने तथ्य सर्वत्र प्रष्ट छ । त्यस्तो सर्वहारा वर्ग विरोधी, मजदुर–किसान र भूमिहीन सुकुम्वासी विरोधी, उत्पीडित जाति समुदाय र महिला मुक्ति विरोधी एमाले गुट वामपन्थी हुँदै होइन । त्यसले लिएको घोर दक्षिणपन्थी दलाल पुँजीवादी विचारधारा र त्यसको उत्पीडित जनता विरोधी चरित्रले एमाले गुट वामपन्थीमा गणना गर्न लायक गुट नै होइन । त्यस्तो प्रतिक्रियावादी विचारधारा, त्यस्तो प्रतिक्रियावादी वर्ग चरित्रको एमाले गुटले वैज्ञानिक समाजवाद ल्याइदेला भनेर ठान्नु भ्रमबाहेक अरू हुनै सक्दैन । तपाईं जस्ता शिक्षित पत्रकारहरू त एमालेलाई वामपन्थी हो भन्ने भ्रम पाल्नु हुन्छ भने विचरा आधारभूत तहका जनताको हालत के होला ? यसरी एमालेमा प्रचण्डहरूको विलयबाट जनतालाई भ्रमको शिकार बनाने वाम आवरणको ठूलो दक्षिणपन्थी पार्टी त बल्ला, तर त्यसले सर्वहारा क्रान्ति गर्दैन । त्यसले राज्यको विलापीकरणको सिद्धान्तमा नेपाली समाजलाई साम्यवादतर्फ डोर्याउँदैन ।

शान्ति प्रक्रियाको यतिका वर्षमा माओवादी पार्टीले देखाएको व्यवहार, आचरण र राजनीतिक कौशोल कुनै संसदवादमा फसेको दलको भन्दा फरक हुँदैन भने त्यस्तो पार्टीले अर्को त्यस्तै पार्टीसँग एकीकरण गर्छु भन्दा कुन अनौठो कुरा भयो ? माओवादी पार्टीको ‘वैचारिक स्खलन’ प्रति पहिले केही नबोल्ने तर एकीकरण हुन लाग्यो भनेर आत्तिने, यो कुरा आफैमा विरोधाभासपूर्ण भएन र ?
एक अर्थमा तपाईंको प्रश्न ठीक हो । तर हामीले पार्टीभित्र गहिरो सङ्घर्ष गर्दै आएका छौँ । हेटौँडा माहाधिवेशन लगत्तै तत्कालीन एमाओवादीको केन्द्रीय समिति बैठकमा मैले बोलेको कुरा यहाँ स्मरण हुन्छ । मैले भनेको थिएँ– हामी भन्ने गछौँ माओवादीको थेगो अनुसार क्रान्ति गर्ने र प्रतिक्रान्ति रोक्ने प्रश्नमा, विचार र विधि विकास गर्ने प्रश्नमा लेनिनले भ्याउनुभएन, स्तालिनले जान्नु भएन, माओले पनि भ्याउनुभएन । अब प्रचण्डले के ? अध्यक्ष प्रचण्डले जवाफ दिनुभएको थियो– सामूहिक प्रयत्न गर्नुपर्छ । केही महिनापछिको भेटमा मैले फेरि भनेको थिएँ– माओले भन्नुभएको छ, कहिलै गल्ती नगर्ने मानिस र गल्ती हो भनेर ठहर भैसकेपछि फेरि गल्ती दोहर्याउने मानिस वास्तवमा मानिस नभएर जनावर हो । के यो कुरा तपाईंलाई सम्झना छ ? प्रचण्डले सम्झना रहेको बताउनुभयो । त्यसपछि मैले भनेँ कि लेनिन, स्तालिन र माओको गल्ती ठहर गर्ने मानिसले गल्ती गर्यो भने त्यो जनावर भएन र ? अध्यक्ष प्रचण्डले कुनै प्रतिक्रिया दिनुभएन ।

त्यस्तै खड्ग ओली सरकारका गृहमन्त्री शक्तिबहादुर बस्नेतले छोरीनातिनी काण्ड घटाउनुभयो । त्यसबेला केन्द्रीय समिति चलिरहेको थियो । छोरीनातिनी काण्डको विरोधमा बोल्दै मैले भनेको थिएँ– अध्यक्ष कमरेड, तपाईंलाई हामी २१औँ शताब्दीको लेनिन बनाउन चाहन्छौँ तर पार्टीमा एउटा गिरोह छ, त्यस गिरोहले तपाईंलाई रोमानियाको निकोलाई चाउचेस्कु बनाउन खोज्दैछ । अब तपाईं नै रोज्नुस्, लेनिन बन्न चाहनुहुन्छ कि चाउचेस्कु ? अध्यक्ष प्रचण्डसित मेरो सम्बन्ध मुख्यतः विचारधारा र राजनीति केन्द्रित रहँदै आयो । एकता र सङ्घर्षमा आधारित सम्बन्ध रह्यो । माओवादी केन्द्रका ७० प्रतिशत नेताहरू तपाईंले भने जस्तै सम्भ्रान्तवर्गीय जीवनशैलीमा पतन भएका छन् । अध्यक्ष प्रचण्डलाई सर्वहारा आदर्शको नेता बनाउन मैले सहयोग गरेँ । त्यो सहयोग पूरै सङ्घर्षमा आधारित थियो । क्रान्तिकारी विचार र राजनीतिमा भने मैले बिना हिचकिचाहट सहयोग र समर्थन गरिरहेँ । एमालेमा हाम फाल्ने उहाँको कदमपछि अध्यक्ष प्रचण्ड सम्भ्रान्तवर्गीय राजनीतिमा बदलिनुभएको देखेर मलाई ठूलो झट्का लागेको छ । सम्भ्रान्तवर्गीय चिन्तन र जीवनशैली एवम् सर्वहारावर्गीय चिन्तन र जीवनशैलीबीच अहिले सम्झौताहीन सङ्घर्ष सुरु भएको छ ।

मेरो राजनीति प्रष्ट छ । प्रदेशसभा र प्रतितिधिसभाको चुनावसम्म माओवादी केन्द्रका साथीहरूलाई सहयोग गर्ने र त्यसपछि नेकपा माओवादी केन्द्र पुनर्गठन गर्ने हुन्छ । सच्चा वामपन्थी, कम्युनिस्ट पार्टी खडा गर्ने काम गर्छु । जुन एउटा आदर्श कम्युनिस्ट सङ्गठन हुनेछ । हामीले पुनर्गठन गर्ने कम्युनिस्ट पार्टीले समाजवादी क्रान्तिको नेतृत्व गर्नेछ । त्यो सम्भव नभएमा माओवादी आन्दोलनमा कमरेड पुष्पलाल श्रेष्ठको भूमिका खेल्नेछ । पुष्पलालको भूमिका भनेको माओवाद र पहिचान मुद्दा रक्षाको भूमिका हो ।
अक्टोबर २ मा पेरिसडाँडास्थित एमालेमा विलयको जुन पत्र पढेर सुनाउनुभयो, त्यसबाट १५ वर्षको प्रत्यक्ष सहकार्यपछि अध्यक्ष प्रचण्डप्रतिको मेरो विश्वास ध्वंश भएको छ । पुरानोको ध्वंशपछि नयाँ निर्माण हुने विज्ञानको नियम हो । तर यो ध्वंशबाट मेरो मस्तिष्कमा के निर्माण हुन्छ, अहिले भन्न कठिन छ । प्रचण्डसँगको सम्बन्ध जे होला, म चाहिँ आफ्नो वर्ग पक्षधरता छोड्ने छैन । पुरानो सत्ताको सम्पूर्ण रूपले ध्वंश र नयाँ निर्माण तथा सामन्त र दलाल पुँजीपतिको हातबाट जनवर्गको हातमा सम्पूर्ण राज्यसत्ता हस्तान्तरणका निम्ति महान जनयुद्ध लडिएको हो । सर्वहारा क्रान्तिको दिशामा अविचलित रहेर नै मैले सर्वहारा मजदुर–किसान, उत्पीडित समुदाय तथा महिलामुक्तिको सेवा गर्ने प्रतिबद्धता दोर्याउनु पर्छ । इतिहासको दायित्वबाट भागेर म गद्दार बन्ने छैन ।

पत्रकार साथीहरूलाई थाहा छ, पहिलो पटक मन्त्रीबाट फर्केपछि वानेश्वरको सुकुम्बासी टोलमा डेरा लिएर बसेँ । म असाध्यै गरिब परिवारबाट आएको क्रान्तिकारी, त्यसमाथि सानैमा टुहुरो हुनुपर्यो । सन् १९८० मा प्रहरीमा रहनु भएको जेठा दाजु बित्नु भयो, १९८१ मा बुबा र १९८२ मा आमा बित्नु भयो । बुबा बितेको हप्तादिन नपुग्दै गाउँको प्रधानपञ्चले हाम्रो जमिनको कोदो टिपेर लग्यो । धेरै खेताला लगाएर हाम्रो घरबारीको कोदो टिपेका थिए । त्यसबेला म आँगनबाट हेर्दै दिनभरि रोएर आक्रोश पोखिरहेँ ।

वास्तवमा प्रधानपञ्चले खोसेको हाम्रो त्यही घरबारीको जमिन फिर्ता गर्न र प्रधानपञ्चलाई ठीक पार्न म माक्र्सवादी राजनीतिमा आएँ । बुझ्दै आउँदा, सङ्घर्ष गर्दै आउँदा देशैभरि त्यस्ता प्रधानपञ्चहरू रहेछन् । अझ संसारैभरि पो रहेछन् । तिनका विरुद्ध मैले गर्ने सङ्घर्षको नाम सर्वहारा क्रान्ति रहेछ । यही मेरो दृढता र सङ्कल्प हो । दुई पटक मन्त्री भइयो । निजी प्रयोजनका लागि मैले बैङ्क खाता समेत खोलेको छैन । पैसा धेरै हुँदैन । थोरै पैसा गोजीबाटै सकिन्छ, तपाईंसँग अन्तरवार्ता गर्दागर्दै यो जीवन ५३ वर्षमा लाग्यो । यसरी मैले साम्यवादी लक्ष्यप्रति दृढ रहेर सर्वहारा आदर्शको जीवन रोजेको छु र अब त झन यो पूरै सम्भव छ ।

यो एकीकरणले नेपाली समाज, नेपालको राजनीति, यहाँको क्रान्तिकारी आन्दोलनलाई कसरी प्रभावित पार्ला भन्ने तपाईंको बुझाई हो ?
एमालेमा प्रचण्डको विलय, यद्यपि नाम अर्कै राख्नु होला तर सारतत्व भने त्यहाँ एमालेकै प्रभुत्व हुनेछ, ले नेपाली राजनीतिमा दुई पार्टी शासनको कुण्ठा पालेको छ । तर नेपालमा अझै ५० वर्षसम्म साम्राज्यवादी मुलुकहरूमा जस्तो दुई पार्टी शासन सम्भव छैन । घोषित दक्षिणपन्थी पुँजीवादी वर्गको प्रतिनिधित्व काँग्रेसले गर्ला । वामखोलमा चरम दक्षिणपन्थी पुँजीवादी चरित्रको सारसङ्ग्रहवादी–मध्यपन्थी वर्गको प्रतिनिधित्व एमाले केन्द्रले गर्ला । तर सच्चा वामपन्थी खेमाको स्थान खाली नै रहन्छ । नेत्रविक्रम चन्द पहिचान विरोधी हुनाले उहाँले वामखेमाको प्रतिनिधित्व गर्न सक्नु हुन्न । बरु चन्द समूह एमाले केन्द्रमै विलय हुन् पुग्नेछ । किनकि खड्ग ओली र चन्दको अन्धराष्ट्रवादी दृष्टिकोण पूरै मिल्छ । सङ्घीय समाजवादी फोरम पहिचान भन्छ, तर माओवादको विरोधमा छ । यसरी एमाले केन्द्र, एमालेमा माओवादी केन्द्रको विलयबाट बन्ने समूहलाई अहिले एमाले केन्द्र नाम दिऊँ, त्यसबाट नेपालमा क्रान्तिकारी परिवर्तन सम्भव छैन ।

एमाले केन्द्रको उच्चतम लक्ष्य पुँजीवादी लोककल्याणकारी राज्यसम्म हो । सिक्किममा सबैलाई खान पुग्छ, तर त्यो वैज्ञानिक समाजवाद होइन । नेपालभन्दा भारत धेरै गुणा धनी छ । तर भारतमा २० करोड मानिस भोकै सुत्छन् । सिक्किम भने सानो र संवेदनशील राज्य भएकाले दिल्लीले पठाएको बजेट त्यहाँ फालाफाल हुन्छ र सिक्किमेलाई खानलाउन समस्या छैन । तत्काल त्यतिको मात्र व्यवस्था भए पनि हुन्थ्यो भन्ने चाहना हुन्छ । त्यो नेपाली जनताको आधारभूत प्रश्न हो, त्यसको हल गर्नुपर्छ । तर कर्मशील मानिस त्यतिमा सीमित भएर बस्दैन । जो खान, लाउन र बस्नमा मात्र सीमित हुन्छ, त्यो मानव नभएर जनावर बन्छ । त्यसलाई त चिडियाखानामा थन्क्याए हुन्छ ।

यो एकीकरण प्रक्रियालाई प्रचण्डले समाजवादमा पुग्ने रुसी बोल्सेविक र मेन्सेवीकहरूको एकता भन्नुभएको छ के यो एकता वास्तवमै समाजवादमा पुग्न गरिएको एकता हो अथवा आफ्नो अस्तित्व रक्षार्थ चालिएको कदम ?
एमाले केन्द्रले त्याउने समाजवाद भारतको जस्तो समाजवाद हो । किनकि भारतको संविधानको आधिकारिक नाम– ‘सङ्घीय समाजवादी गणतन्त्र भारतको संविधान’ हो । त्यसरी एमाले केन्द्रको समाजवादमा २० करोड नागरिक भोकै सुत्नु पर्छ, मुठ्ठीभर चाहिँ धनाढ्य बन्छन् । तर हामीले भनेको वैज्ञानिक समाजवाद हो, जसले दलाल तथा नोकरशाही पुँजीलाई समुदायकरण गर्छ, जसले साम्यवादको दिशामा नेपाली समाजवादी राज्यलाई विरोपीकरण गर्छ । अर्को, लेनिनले बोल्सेविक समूहको प्रमुख रहेर मेन्सेविकलाई उपयोग गर्नुभएको जुन सवाल छ, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको दानापानीमा विकेको एमाले चरित्रबाट त्यो सम्भव छैन । चरित्र तुलना गर्दा एमालेभन्दा तत्कालीन रुसका मेन्सेविकहरू क्रान्तिकारी थिए ।

कमरेड प्रचण्डले एमालेलाई लेनिनले जस्तै उपयोग गर्न सक्नु हुन्थ्यो भने त्यो महान जनयुद्धको बेला हुन सक्थ्यो । नभए जनआन्दोलन, त्यो पनि नभए संविधान निर्माणको बेला उपयोग गर्न सक्नुपथ्र्यो । विगतका यी तीन घटनामा एमालेको मेन्सेविक भूमिका किन देखिएन ? किनभने एमाले गुट मेन्सेविक जति पनि क्रान्तिकारी हुँदै होइन । त्यसैले एमालेको क्रान्तिकारी रूपान्तरण सम्भव छैन । तर कमरेड प्रचण्ड किन एमाले केन्द्रमा पुग्नुभयो ? सकारात्मक कोणबाट हेर्दा तीनवटा कारण मौजुद लाग्छन्– पहिलो, आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, मजदुर–किसान तथा महिलाले माओवादी केन्द्रलाई चाहे जति भोट दिएनन् । त्यसैले यिनको भरोसाले चल्दैन भन्ने लागेर हुनुपर्छ । दोस्रो, एमालेलाई रूपान्तरण गर्न सक्छु भन्ने भ्रमले हुनुपर्छ र तेस्रो, केही नभए प्रचण्डले कम्युनिस्ट नामधारी विशाल पार्टी निर्माण गर्यो भनी माग्नका निम्ति हुनुपर्छ ।

पहिलो कारण हो भने आफ्नो पार्टी सङ्गठनमा व्यापक बहस सञ्चालन गरेर पार्टी पुनः निर्माणमा लाग्नुपर्दथ्यो । दोस्रो कारण हो भने अघि नै चर्चा गरियो कि एमालेको रूपान्तरण सम्भव छैन । गधालाई धोएर गाई बन्दैन भन्ने उखानको चरितार्थ बाहेक अरू हुनै सक्दैन । तेस्रो कारण हो भने प्रचण्डले आफ्नो पुस्ताको बोझ विसर्जन गर्नुभयो भन्ने हुन्छ । जब पुरानो पुस्ताले बोझ विसर्जन गर्छ, तब नयाँ पुस्ताले क्रान्तिको कार्यभार उठाउने सङ्कल्प गर्छ ।

तपाईंको अबको राजनीति के हुनेछ त ?
मेरो राजनीति प्रष्ट छ । प्रदेशसभा र प्रतितिधिसभाको चुनावसम्म माओवादी केन्द्रका साथीहरूलाई सहयोग गर्ने र त्यसपछि नेकपा माओवादी केन्द्र पुनर्गठन गर्ने हुन्छ । सच्चा वामपन्थी, कम्युनिस्ट पार्टी खडा गर्ने काम गर्छु । जुन एउटा आदर्श कम्युनिस्ट सङ्गठन हुनेछ । हामीले पुनर्गठन गर्ने कम्युनिस्ट पार्टीले समाजवादी क्रान्तिको नेतृत्व गर्नेछ । त्यो सम्भव नभएमा माओवादी आन्दोलनमा कमरेड पुष्पलाल श्रेष्ठको भूमिका खेल्नेछ । पुष्पलालको भूमिका भनेको माओवाद र पहिचान मुद्दा रक्षाको भूमिका हो ।

चुनावमा माओवादी केन्द्रका उम्मेदवारहरूलाई सहयोगको अर्थ पेरिसडाँडामा प्रचण्डको टालटुले प्रतिबद्धताको सम्मान हो । व्यावहारिक पनि हुनै पर्यो । गणतन्त्रको संविधान लागू गर्न चुनाव त हुँनै पर्यो । चुनावमा म आफू कुनै उम्मेदवार नहुँदैमा तत्काल प्रदेशसभा र प्रतिनिधिसभा चुनावविरुद्ध हामी जाने भनेको होइन । तर पार्टीमा यति ठूलो मतभेद उत्पन्न भएपछि र एमालेको घेराबन्दीमा मुख्यमन्त्री बन्नु राजनीतिक र नैतिक दुवै दृष्टिले गलत हुन्थ्यो र हामी स्वयं उम्मेदवार छैनौँ । धेरै कमरेडहरूको अनुरोध के छ भने एकता महाधिवेशनसम्म एकसाथ जाऊँ । तपाईं दस्तावेज लेख्नुस, हामी डटेर सहयोग गर्छौं । तर मेरो भनाइ स्पष्ट छ– एमाले केन्द्रमा दुई लाइन सङ्घर्ष गर्नुभनेको अनायास दासढुङ्गामा फाली माग्नु हो । दासढुङ्गाको टुप्पोमा उभिएर साकेला नाच्ने मुर्खता गर्नु हुँदैन ।

माओवाद र पहिचान

माओवादी आन्दोलनमा तपाईं कहिलेदेखि जोडिनुभएको हो र त्यसको पृष्ठभूमि के हो ?
पूर्वी नेपालमा सशस्त्र आन्दोलन गरिरहेको किराँत वर्कर्स पार्टीको हैसियतमा जुलाई २००३ मा हामी नेकपा माओवादीमा एकीकृत भयौँ । किराँत वर्कर्स पार्टीको राजनीतिक कार्यक्रम सङ्घीय गणतन्त्र नेपालमा किराँत गणराज्य स्थापना गर्नुथियो । फेब्रुअरी १३, १९९६ मा नेकपा माओवादीले जनयुद्ध उद्घोष गर्यो । त्यसको ठीक १३ दिनपछि पूर्वमा हाम्रो पार्टी सङ्गठनले वक्तव्य दिएर जनयुद्धप्रति घोषित समर्थन जनायो । माओवादी जनयुद्ध घोषणा भएको ठीक १७ महिनामा किराँत प्रदेशका ३ वटा संस्कृत विद्यालयमाथि बम विष्फोटनको कारवाहीद्वारा हाम्रो पार्टीले सशस्त्र आन्दोलन उद्घोष गर्यो । अगस्त १९९२ मा स्थापित किराँत वर्कर्स पार्टीले आफ्नो पहिलो सार्वजनिक अपीलमा जननायक रामप्रसाद राईको अधुरो क्रान्ति सम्पन्न गर्न यो सङ्गठन स्थापना गरिएको हो भनेर प्रष्ट घोषणा गरेका थियौँ ।
सन् १९८२ देखि म काठमाडौँ पुगेर टे«किङ मजदुरीमा लागेँ । त्यही क्रममा खोटाङका कमरेड हरि राईसँगको सम्पर्कबाट म देशभक्त भएँ । देशभक्त यसर्थले कि म गोर्खा ब्रिटिस सेनामा जाने दौडमा थिएँ । उहाँले रोक्नुभयो । उहाँबाट प्रभावित बनेर ब्रिटिस सेना त्यागियो । अब के गर्ने त ? भनेर जिज्ञासा राख्दा राईले देश र जनताका लागि क्रान्ति गर्नुपर्छं भन्नुभयो । क्रान्तिले के गर्छ भनेर सोध्दा शोषकलाई मार्छ र गरिबको राज्य स्थापना गर्छ भन्नुभयो । यसरी म गरिबको राज्य स्थापना गर्न १९८३ देखि क्रान्तिको खोजीमा समर्पित भएँ । हरि राई, निर्मल लामा समूहमा सङ्गठित कमरेड हुनुहुँदो रहेछ । त्यसपछि कार्लमाक्र्सको सानो पुस्तिका पढ्न दिनुभयो । अक्षरमा पूरै पढे पनि विषय एउटा मात्र बुझ्न सकेँ । त्यो भनेको व्यक्ति धनी भएर समाज धनी हुँदैन तर समाज धनी भएमा व्यक्ति स्वतः धनी बन्छ । मैले बुझेको पहिलो माक्र्सवादी सिद्धान्त त्यही थियो । त्यसपछि समाज धनी बनाउने यात्रामा डटेर लागियो ।

एमाले केन्द्र प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा कार्यकारी प्रमुखले ठूलै चमत्कार गर्ने प्रचार गर्दैछन् । त्यो त केवल संसदवादको केही प्रगतिशील तर विस्तारित रूप मात्र हुनेछ । किनकि अमेरिकामा कार्यकारी राष्ट्रपति छ, तर त्यहाँ खोई वैज्ञानिक समाजवाद ?
केही पछि ‘चिनियाँ आकाशमा लालतारा’ शीर्षक रातो ताराको टोपी लगाएको माओको जीवनी पढेँ । त्यसमा भनिएको रहेछ, घर छाडेको २५ वर्षमा माओत्सेतुङ जन्मघर पुग्नुभयो तर उहाँको घरको अवशेष पनि थिएन । मलाई लाग्यो, समाज धनी बनाउन आफ्नो जन्मघर त्यस्तो बनाउनुपर्ने रहेछ । म जन्मेको घर आज माओको जस्तै बन्यो । तर नेपालमा क्रान्ति सम्पन्न भएको छैन । शोषक मासिएको छैन र समाज धनी भएको छैन । फेरि पनि माओवाद भनेको निरन्तर क्रान्तिको सिद्धान्त हो । एक माओवादी हुनुको हैसियतमा म त्यही निरन्तर क्रान्तिमा छु । जातीय सवाल भने सन् १९८८ तिर बुझेँ । सम्पादक घल राई प्रकाशित ‘कोङपी’ मासिकमा नेपालमा आदिवासीहरूको अँध्यारो यात्रा शीर्षक लेख पढेपछि जातीय चेतना जागृत भयो । खासगरी त्यसमा राममणि आचार्य दीक्षितले लेखेको कविता–‘जङ्गली स्वाँठेलाई मन्त्रीमण्डलमा प्रवेश नदिनु’ आदि भनेर आदिवासीलाई राज्यसत्तामा बन्देज लगाइएको रहेछ । त्यो हेपाइको प्रतिरोधमा जातीय मुक्ति आन्दोलनमा अग्रसर भएँ । आज पनि म माओवाद र पहिचानको मुद्दा भनिरहेछु । सिद्धान्त निष्ठताको कुरामा मेरो चेतनामा कुनै दुविधा छैन । मैले त्यही माओवाद र पहिचानको मुद्दा खातिर बाँच्नु र मर्नुपर्छ । जीवन र सङ्घर्ष मैले राम्ररी बुझेको छु ।

वर्तमान नेपाली समाजको स्थिति अथवा चरित्रलाई दार्शनिक ढङ्गले कसरी बुझ्न सकिन्छ ?
नरेशजी, तपाईंको यो प्रश्न उच्चकोटिको छ । यसबारे म केही समय लिन्छु । दर्शनको अर्थ ढोग गर्नु बताउँछन् कतिपयले । तर दर्शनको खास अर्थ हेर्नु हो, वस्तु वा घटनालाई हेर्नु हो । जसरी मञ्चको नाटक हेर्ने मानिसलाई दर्शक भनिन्छ, तर त्यो मानिसले गएर अभिनयकर्तालाई ढोग गर्दैन बरु अभिनयकर्ताको अभिनय हेर्छ । त्यो हेर्ने मानिस दर्शक हो । तसर्थ दर्शनको अर्थ जीवन र जगत अर्थात ब्रह्माण्डदेखि नाङ्गो आँखाले देख्न नसकिने वस्तु समेतलाई हेर्ने दृष्टिकोण हो । दृष्टिकोण यसर्थमा कि त्यो हेराइको पनि कोण हुन्छ । हेराइको कोणलाई नै दृष्टिकोण भनिन्छ ।

यसरी माक्र्सवादी–लेनिनवादी–माओवादी दर्शनले जीवन र जगत अथवा दुनियाँलाई, नेपाली समाजलाई, यो समाजको पनि विभिन्न शाखालाई हेर्छ । त्यसलाई हेर्ने दृष्टिकोण दिन्छ । यो हेर्ने कोणलाई दार्शनिक दृष्टिकोण भनिन्छ । दार्शनिक सिद्धान्त वा दृष्टिकोण वैज्ञानिक र अवैज्ञानिक गरेर दुई प्रकारका हुन्छन् । माक्र्सवादी–लेनिनवादी–माओवादी दर्शन वैज्ञानिक दर्शन हो । जसलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भनेर संश्लेषण गरिएको छ । भौतिकवादी दर्शनले वस्तुगत दृष्टिकोण निर्माण गर्दछ भने द्वन्द्ववादी दर्शनले त्यस वस्तुमा वा वस्तुको परिवर्तन बोध गराउँछ । वस्तुमा हुने परिवर्तन प्रक्रिया हुन्छ, त्यो प्रक्रिया नै ऐतिहासिक भौतिकवाद हो ।

माक्र्सवादी दर्शनशास्त्र वैज्ञानिक ढङ्गले प्रकृति, समाज र चिन्तनको अध्ययन गर्ने विज्ञान हो । यो दर्शनले वैज्ञानिक ढङ्गले वस्तुलाई हेर्ने, बुझ्ने र बदल्ने काम गर्छ । तसर्थ सर्वहारा वर्ग, श्रमिक मजदुर–किसान, भूमिहीन सुकुम्बासी, महिला, दलित, जनजाति, मधेसी, मुस्लिम समुदायले माक्र्सवादी–लेनिनवादी–माओवादी दर्शन दह्रोसित अख्तियार गर्नुपर्छ । श्रद्धेय कार्ल माक्र्सका महान सहायक फ्रेडरिक एङ्गेल्सले ठीक भन्नुभएको छ कि माक्र्सवादी दर्शन सर्वहारा वर्गको वैचारिक हतियार हो भने सर्वहारा वर्ग माक्र्सवादी दर्शनको भौतिक हतियार हो । आजसम्म नेपालमा सर्वहारा क्रान्ति सम्पन्न गर्न नसक्नुको कारण त्यही वैचारिक हतियार र भौतिक हतियारबीच व्यावहारिक समायोजन हुन नपुग्नु हो । जुन दिन यसको व्यावहारिक समायोजन हुन पुग्छ, त्यो दिन सर्वहारा क्रान्तिको ज्वारभाटा कसैले रोक्न सक्ने छैन ।

माक्र्सवादी दर्शनको विकास सुरुमा आदिम भौतिकवादको रूपमा थियो, जसलाई प्राकृतिक भौतिकवाद पनि भन्ने गरिन्छ । त्यसपछि अधिभूतवादको रूपमा र त्यसपछि द्वन्द्वात्मक भौतिकवादमा विकसित भयो । आदिम भौतिकवाद प्रकृतिसम्बद्ध हुन्छ । चेतनाको दृष्टिले त्यो केटाकेटी प्रकारको हुन्छ । जसले समाज र चिन्तनको जटिलता छिचोल्न सक्दैन । अधिभूतवाद एकाङ्गी हुन्छ । अधिभूतवादले रूख देख्छ तर, त्यससँगैको जङ्गल देख्दैन । जङ्गल देख्छ, तर फेरि रुख देख्दैन । द्वन्द्वात्मक भौतिकवादले समग्र र अंश, सारतत्व र रूप, दिक र काल देख्छ र छुट्याउन सक्छ । द्वन्द्वात्मक भौतिकवादले मृत्यु नभए जीवन हुँदैन, कालो नभए सेतो हुँदैन, रात नभए दिन हुँदैन आदि सिकाउँछ र नै द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण विज्ञानमा आधारित हुन्छ र नै द्वन्द्वात्मक भौतिकवाद सर्वहारा वर्गको, उत्पीडित राष्ट्रिय समुदायको, दलित र महिलाको मुक्तिको वर्गीय दर्शन प्रमाणित भएको छ ।

द्वन्द्वात्मक भौतिकवादी वर्ग दृष्टिकोणले मात्र उत्पीडितको अवस्थाबाट मुक्तिको अवस्थातर्फ, आवश्यकताको अवस्थाबाट स्वतन्त्रताको अवस्थातर्फ, दलाल पुँजीवादको अवस्थाबाट वैज्ञानिक समाजवादतर्फ डोर्याउँछ । यसरी वैज्ञानिक ढङ्गले हेर्ने, बुझ्ने र बदल्नेतर्फ सर्वहारा क्रान्तिको दिशामा अघि बढ्नु नेपाली समाजको दार्शनिक दृष्टिकोण हुनुपर्छ । यसरी हेर्दा गणतन्त्रको संविधान कार्यान्वयनबाट नेपाली समाज अघि बढ्छ । इतिहासको निर्माता जनसमुदाय हुन भन्ने माक्र्सवादी मान्यता हो । नेपालीजनताले क्रान्तिकारी पहल लिन्छन् भने नेपालमा समाजवादी क्रान्ति सन्निकट छ । जनताले क्रान्तिकारी पहल लिँदैनन् भने यो अफगानिस्तानको बाटोमा जान्छ र देश सङ्कटमा पर्छ । सच्चा माओवादी नेता र कार्यकर्ताले त क्रान्तिको बाटो देखाउनेसम्म हो ।

एमाले केन्द्र प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा कार्यकारी प्रमुखले ठूलै चमत्कार गर्ने प्रचार गर्दैछन् । त्यो त केवल संसदवादको केही प्रगतिशील तर विस्तारित रूप मात्र हुनेछ । किनकि अमेरिकामा कार्यकारी राष्ट्रपति छ, तर त्यहाँ खोई वैज्ञानिक समाजवाद ? नेपालमा स्थिरता, नयाँ राष्ट्रिय एकता र समृद्धि त्यसले मात्र सुनिश्चित गर्छ, जसले माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा वर्गीय, जातीय, क्षेत्रीय तथा लैङ्गिक समुदायको राजनीतिक, आर्थिक, सांस्कृतिक अधिकार प्रत्याभूत गर्छ र स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माणमा बलिदानीपूर्ण सङ्घर्ष गर्छ । त्यो भनेको सन् १९१७ को फ्रेब्रुअरी पुँजीवादी क्रान्तिपछि लेनिनको अक्टोबर क्रान्ति हुनुपर्छ । अर्थात नेपालमा सच्चा कम्युनिस्ट पार्टीको नेतृत्वमा राष्ट्रिय समाजवादी क्रान्ति गर्नुपर्छ ।

पहिचानको आन्दोलनको मूल अन्तर्य स्पष्ट पारिदिनुस् न ?
नेपालमा पहिचानको आन्दोलनको तीन आयाम छन् । त्यसमा पहिलो, यो वर्गसङ्घर्षको अग्राख हो । यसले उत्तरकोरियाको जस्तै हाइड्रोजन बम दिन्छ । राष्ट्रिय समाजवादी क्रान्तिका लागि यसले भारी परिमाणमा कोइला, गोलाबारुद, बन्दुक उत्पादन गर्छ । माक्र्सवादी विज्ञानको आधारमा पहिचान मुद्दाको सङ्घर्षले नेपालमा सामन्ती अवशेष, दलाल तथा नोकरशाही पुँजीवादी राज्यसत्ता वा त्यसका देशीविदेशी अखडालाई ध्वस्त पारिदिन्छ र नै कम्युनिस्टहरूले पहिचान मुद्दा दह्रोगरी पक्रनुपर्छ । कम्युनिस्टले पहिचान मुद्दालाई उपेक्षा गर्ने गल्ती गर्नु हुँदैन । कम्युनिस्ट क्रान्तिकारीहरूले दह्रोगरी पक्डिएन भने उपेक्षा गरियो भने जनताको पहिचान मुद्दा साम्राज्यवादले खोस्छ र नेपाललाई अफगानिस्तान बनाउँछ ।

पश्चिमबाट घाम झुल्केको दिन मात्र एमाले गुटले माओवाद र पहिचान स्वीकार गर्छ, जुन सम्भव छैन । फेरि दोहोर्याएर भन्छु एमाले केन्द्रमा दुई लाइन सङ्घर्षको मूर्खता गर्ने हो भने हामीलाई दासढुङ्गामा लगेर अनायास खसाल्छन् ।
दोस्रो, माओवादी नेतृत्वको पहिचान आन्दोलनले नेपालमा नयाँ राष्ट्रिय एकीकरण गर्छ । पृथ्वीनारायण शाह, जङ्गबहादुर राणा र महेन्द्र शाहको एकात्मक सामन्ती उत्पीडनबाट आन्तरिक राष्ट्रिय समुदाय सापेक्षित स्वतन्त्र हुन्छन् । राष्ट्रिय समुदायको स्वतन्त्रताले नयाँ राष्ट्रिय एकीकरण गर्छ । राष्ट्रिय समुदायमा स्वतः खस समेत पर्छ । तेस्रो, पहिचानको आन्दोलन र त्यसको वैज्ञानिक व्यवस्थापनले उत्पीडित राष्ट्रिय समुदायका करोडौँ जनता खुसी हुनेछन् । त्यो खुसीबाट देशको विकास हुन्छ । सामन्ती राज्यसत्ताले खोसेको आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम र पश्चिमका खसहरूको राजकीय अधिकार फिर्ता गरेपछि, इतिहासको क्षतिपूर्तिस्वरूप यी राष्ट्रिय समुदायलाई राजनीतिक, आर्थिक, सांस्कृति अधिकार सम्पन्न स्वायत्त राज्यको प्रत्याभूति गरेपछि मात्र देशको विकास हुन्छ । अढाई सय वर्षदेखि जनजाति, मधेसी, मुस्लिम र खसहरू धरधरी रोइरहेछन् त कसरी देश विकास होस ? देशको स्थिरता, एकता र समृद्धिको लागि त यी करोडौँ जनताको आत्मा हसाउनु परेन ? पहिचानको सुनिश्चिता गर्नुस् अनि हेर्नुस् कि देश विकास कसरी हुन्छ ।

यसरी पहिचानको मुद्दा नेपालमा सर्वहारा क्रान्तिको मुद्दा हो । माओवाद र पहिचानको मुद्दा नेपाली राजनीतिमा एउटा सिक्काको दुई अभिन्न पाटा हुन् । माओवादको अभावमा पहिचान मुद्दा र पहिचना मुद्दाको अभावमा माओवाद अस्तित्वमा रहँदैन । साम्राज्यवादविरुद्ध सर्वहारा क्रान्ति जारी राखिएसम्म पहिचानको मुद्दा राष्ट्रिय वर्गसङ्घर्षको चिङकाङसान हो । चिङकाङसानको अभावमा माओको महान क्रान्ति सम्भव थिएन ।

तपाईंका विचारहरू जतिबेला पहिचानसँग जोडिएर आउँछन् त्यतिबेला तपाईंलाई जातिवादी नेता भनेर धेरैले टिप्पणी गरेको सुनिन्छ । माओवादी आन्दोलनमा सहभागी अन्यले पनि पहिचानको मुद्दा उठाउनुलाई वर्गीय आन्दोलन कमजोर तुल्याउने ‘बाह्य षडयन्त्र’को रूपमा बुझ्छन् । के तपाईंले उठाएको पहिचानको मुद्दा वर्गीय आन्दोलनलाई कमजोर तुल्याउन हो ?
नेपालमा सबैभन्दा ठूलो र खतरानाक जातिवाद सम्भ्रान्तवर्गीय पहाडिया बाहुनवाद हो । त्यही सम्भ्रान्तवर्गको विरोध गर्नेलाई यहाँ जातिवादी आरोपित गरिन्छ । सम्भ्रान्त वर्गीय जातिवादको विरोध गर्नेलाई प्याच्च जातिवादी करार नगरिदिने हो भने ती सम्भ्रान्त वर्गका अपराधको पोल खुल्छ । तिनका विरुद्ध जनताको घेराबन्दी कसिन्छ र ती जुकाहरू खरानी हुन्छन् भन्ने डरले हामीलाई जातिवादी भनिएको होला । तर कम्युनिस्ट आन्दोलनमा के हुन्छ भने महिला मुक्तिको पदावली प्राथमिकतामा रहन्छ, तर महिलावाद अस्वीकार गरिन्छ । किनभने महिलावाद पदावलीले माक्र्सवादको दर्शनलाई निषेध गरिरहेको हुन्छ । त्यसैले वादको स्थानमा माक्र्सवाद र माक्र्सवादको पथप्रदर्शनमा मात्र महिला मुक्ति आन्दोलन स्वीकार गरिन्छ । ठीक त्यसरी नै जातिवादले माक्र्सवादलाई निषेध गर्ने हुनाले हामी माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा जातीय मुक्ति आन्दोलन, जसलाई पछि पहिचानको आन्दोलन भनियो, आन्तरिक राष्ट्रियताको आन्दोलन स्वीकार गरिएको छ । यसरी दर्शन माक्र्सवादको र त्यस मातहत राजनीतिक कार्यक्रम पहिचानको लिएपछि जातिवाद भन्ने केही पनि हुँदैन ।

फेरि पनि माक्र्सले भन्नुभएको म यहाँ सम्झन्छु,– अरू मानिस जे मन लाग्छ भन्दै गरून्, तिमी सरासर सर्वहारा क्रान्तिको बाटो हिँड । अब प्रष्ट हुन्छ, हामी माओवादी क्रान्तिकारीहरूले लिएको पहिचानको मुद्दा जातिवादी होइन । तर माओवाद नमान्नेहरूले भनेको पहिचानको मुद्दा स्वतः जातिवादी देखिन्छ । जसरी बाहुनवाद नेपाली समाजको दुस्मन हो, त्यसरी नै सबै खाले जातिवाद नेपाली समाजको दुस्मन हो । सबै खाले जातिवादलाई नष्ट गर्न नेपालीहरू माओवादी बन्नु पर्छ । प्रष्टैछ, माओवादको वैज्ञानिक मार्गदर्शनको अभावमा जातीय पहिचानको कुरा गर्नेहरूले निश्चय नै कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्छन । तिनले जातीय मुक्ति पनि गर्न सक्दैनन् । त्यस खराब चिन्तन प्रवृत्तिबाट प्रगतिशील युवाहरू सचेत रहनुपर्छ ।

माओवादी आन्दोलन जसले नेपालका उत्पीडित समुदायलाई आफ्नो अधिकारप्रति उठ्न, लड्न र बोल्न प्रेरित गर्यो त्यो आन्दोलन अझै पनि अल्पसङ्ख्यकहरूको पहिचानलाई सम्बोधन गर्ने सवालमा स्पष्ट हुन सकेको छैन । वर्गीय पक्षधरतालाई कायम राख्दै ती समुदायको पहिचान स्थापित गर्नुपर्ने आन्दोलनको वास्तविक रूपरेखा के हो ?
इतिहासमा माओवादीले महान कार्य गरेकै हो । त्यसप्रतिको उपेक्षाभाव भौतिकवादसम्मत हुँदैन । तर त्यसको यथोचित मूल्याङ्कन भएन भनेर कमरेड प्रचण्डले एमालेको भाँडामा माओवादी केन्द्रलाई घोप्ट्याउने जुन कदम उठाउनु भएको छ, सरासर गलत हो भनिरहेका छौँ । सर्वहारा वर्गीय पक्षधरतामा पहिचानको आन्दोलनलाई निर्णायक तहमा उठाउनकै निम्ति नेकपा माओवादी केन्द्र पुनर्गठन गर्नुपर्छ । पुनर्गठित माओवादीले मुक्ति र क्रान्तिको ठोस मार्गचित्र प्रस्तुत गर्छ ।

माओवादी आन्दोलनको ओरालो प्रक्रिया धेरै अघिबाट नै सुरु भएको होला, जहाँदेखि मणी थापा, मातृका यादव, मोहन वैद्य ‘किरण’ले यावत कुरा उठाएर पार्टी छोड्नु भयो ? तर तपाईं ‘प्रचण्डपथको विजय’ लेखिरहनु भयो । आज अचानक कमरेड प्रचण्ड ‘श्री प्रचण्ड’ कसरी भए ? यसले तपाईंको राजनीतिक दूरदर्शितामा खोट देखाउँदैन र ?
मेरी आमा जीवित हुँदासम्म मैले उहाँको रेखदेख, सम्मान र संरक्षण गर्नुपर्छ । आमाको मृत्यु भएको दिन उहाँलाई चिहानमा लगेर गाड्नुपर्छ । दार्शनिक रूपले यो नै द्वन्द्वात्मक भौतिकवाद हो । त्यस्तै प्रचण्ड कमरेड क्रान्तिकारी रहनुभएसम्म मैले उहाँको सहायकको काम गर्नपर्छ, क्रान्तिकारी नरहेपछि विरोध गर्नुपर्छ । यो द्वन्द्ववादको, क्रान्तिको प्रश्न हो न कि दूरदर्शिताको । प्रचण्डपथको विजय पुस्तक संविधानसभाबाट संविधान जारी गर्दा लेखिएको थियो । पेरिसडाँडामा प्रचण्डले जब माओवादलाई धरापमा पार्ने पत्र पढ्नुभयो, त्यसपछि मेरो दिमागबाट कमरेड हट्यो र श्री प्रचण्ड सम्बोधनमा विरोध वक्तव्य दिएँ । तर टालटुले प्रतिबद्धतापछि पुनः कमरेड भन्दैछु ।

माओवाद र पहिचानको कुरा गरिरहँदा यदि एमाले पार्टीले माओवादी आन्दोलनले उठाएका एजेन्डामध्येको पहिचानलाई पनि स्वीकार गर्यो भने तपाईं के त्यही पार्टीमा सहभागी भएर अगाडि बढ्नु हुन्छ ?
पश्चिमबाट घाम झुल्केको दिन मात्र एमाले गुटले माओवाद र पहिचान स्वीकार गर्छ, जुन सम्भव छैन । फेरि दोहोर्याएर भन्छु एमाले केन्द्रमा दुई लाइन सङ्घर्षको मूर्खता गर्ने हो भने हामीलाई दासढुङ्गामा लगेर अनायास खसाल्छन् ।

माक्र्सवादको आधारभूत सिद्धान्त छोडिसकेका मदन भण्डारीलाई त खड्ग ओलीहरूले बाँच्न दिएनन भने माक्र्सवादको आधारभूत सिद्धान्त दृढतापूर्वक अख्तियार गर्ने हामीलाई कठोर लाइन सङ्घर्षको सुविधा दिन्छन् ? अर्को, डराएको भन्ने अर्थ पनि लागाइएला । ठीक हो, हामी क्रान्तिकारीहरू माओवादी दर्शन र पहिचानको मुद्दा कतै ओझेलमा नपरोस भनेर अवश्य डराउनु पर्छ ।
नेपाली क्रान्ति

तपाईं आजको दिनमा माओवादी आन्दोलनको समिक्षा कसरी गर्नु हुन्छ ? साथै माओवादी पार्टीको पुनर्गठन गर्ने हो भने मोहन वैद्य, मातृका यादव तथा बाबुरामको नियती बेहोर्नु हुनेछैन भन्ने के आधार छ ?
महान जनयुद्ध नेपाली कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनको सर्वोच्च संश्लेषण हो । सहिदहरूको बलिदानले स्थापित हाम्रो महान जनयुद्धलाई एमाले केन्द्रको घोषणापत्रमा केवल माओवादी जनयुद्ध मात्र भनेर होच्याउने अपराध भएको सुनिन्छ । म त्यसको भत्र्सना गर्छु र त्यस अपराधको भण्डाफोर गर्न जनसमुदायमा आह्वान गर्छु । जनयुद्धको विकसित रूप संविधानसभाबाट जारी संविधानलाई उपलब्धि र कमजोरीसहितको संविधान भनेर माओवादीले मूल्याङ्कन गरेको छ । गणतन्त्रलगायत यसका प्रगतिशील उपलब्धिहरूको संस्थागत विकास गर्दै कमजोरी सच्याउन समाजवादी क्रान्तिमा डट्नुपर्छ । समाजवाद मात्र भनेर पुग्दैन, वस्तुतः राष्ट्रिय समाजवाद भन्नुपर्छ ।

माओवादी पार्टी पुनर्गठन गर्दा मोहन वैद्य, मातृका यादव, बाबुराम भट्टराईको नियति होला भन्ने कुरासित मलाई सरोकार छैन । उहाँहरू र मबीच पृष्ठभूमि, वर्गचरित्र र जीवनशैलीमै आधारभूत अन्तर छ भने हामीबीच तुलना नै बेकार छ । सिद्धान्तको जानकार मोहन वैद्यको राजनीतिमा पहलकदमी पुग्दैन । विचार र राजनीतिको हिसाबले नेत्रविक्रम चन्द अन्ततः एमाले केन्द्रमै छिर्नुहुन्छ । बाबुराम भट्टराई सर्वहारा क्रान्ति छोड्नु हुन्छ, तब कसरी सुःख पाउनु हुन्छ ? कमरेड मातृका यादवको चाहिँ म सम्मान गर्छु । नेतृत्वको हिसाबले किराँत वर्कर्स पार्टी र पूर्वको सशस्त्र आन्दोलनमा पनि म एक्लै थिएँ । तर त्यसले मलाई केन्द्रीय प्रमुख भएर स्वतन्त्र विचार गर्ने संस्कृति दियो । त्यो एक ऐतिहासिक आन्दोलन बन्यो ।

उमेर हदले होला, सुरुतिर जननायक रामप्रसाद राई र चे ग्वेभारा मन पथ्र्यो । पचास नाघेपछि मलाई पोलपोट मन पर्छ । कम्बोडियाको प्रधानमन्त्री सालोथ सार ‘पोलपोट’ले दुस्मन सामु घुँडा टेकेनन्, बरु जङ्गल फर्केर छापामार युद्ध जारी राखे । ७८ वर्षको उमेरमा पोलपोटको निधन भयो । पूर्वप्रधानमन्त्रीको निधन हुँदा उनको साथमा उनकी कान्छी श्रीमती र सानी छोरी मात्र थिइन । मलाई साँच्चै पोलपोट मन पर्छ ।

पार्टी पुनर्गठन गर्दा तपाईंको नयाँ कुरा के हुनेछ ?
प्रचण्ड समूहले छाडेर जाने क्रान्तिका सम्पूर्ण विरासतको हकदार हामी हुनेछौँ । पुनर्गठित पार्टीको पथप्रदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद हुनेछ । नेपालमा सर्वहारा आन्दोलन र पहिचानको मुद्दा समायोजन गर्न हामीसित क्रान्तिको नयाँ कार्यदिशा उपलब्ध छ । राष्ट्रियता, जनवाद र जनजिविकाको एकीकृत अभिव्यक्ति राष्ट्रिय समाजवादको राजनीतिक कार्यदिशा नै नेपाली क्रान्ति सम्पन्न गर्ने हाम्रो नयाँ कार्यदिशा हुनेछ । राष्ट्रिय समाजवाद लागू गर्न पार्टी पुनर्गठन गर्नेछु । दलाल पुँजीवाद र संशोधनवादविरुद्ध नेपाली राजनीतिमा उथलपुथल ल्याउने वर्गसङ्घर्षको कार्यक्रम हामीसित मौजुद छ ।

माओवादी आन्दोलनले उठाउन खोजेको विषय सामाजिक न्यायसहितको समानुपातिक वितरण प्रणाली नै होला । यदि त्यो कुरालाई वामपन्थी गठबन्धनले अगाडि बढायो भने तपाईंको भूमिका के–कस्तो रहन्छ ?
वृद्ध भत्ता दस हजार नै पुर्याउन तर त्यो राज्यको अनुत्पादक लगानी हो । स्वास्थ्य र शिक्षालाई निजीकरण गर्नेले सामाजिक न्यायको नारा दिन सुहाउँछ ? माओवादीले भनेको त किसान पेन्सन हो, जो स्वतः उत्पादक छ । समानुपातिक वितरण भनेको पनि अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको डलर हो । त्यसको वितरण समानुपातिक छ कि के छ ? वित्तीय पुँजीवादको चरित्रमा कसले सोधीखोजी गरोस् ? वामपन्थी नामको घोर सारसङ्ग्रहवादी–मध्यपन्थी, वस्तुतः दक्षिणपन्थी गुट जत्रो आकारको भए पनि क्रान्तिमा त्यसको मूल्य हुँदैन । माओले के सिकाउनुभएको छ भने– तिमी तिम्रो तरिकाले लड, हामी हाम्रो तरिकाले लड्छौँ । पुनर्गठित माओवादी आफ्नो तरिकाले लड्छ । नेपालमा साँच्चै सर्वहारा क्रान्ति चाहने योद्धाहरू छन् र साँच्चै पहिचान स्थापित गर्ने जनसमुदाय छन्, उहाँहरूले हामीलाई साथ दिनुहुन्छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
तथ्यको आधारमा सत्य खोजेर हेर्दा कमरेड प्रचण्ड कुनै हालतमा एमालेसित एकताबाट पछाडि फर्कनुहुन्न । उता एमाले समूहले माओवाद र पहिचान कुनै हालतमा स्वीकार गर्दैन । त्यस स्थितिमा माक्र्सवाद–लेनिनवाद–माओवाद र पहिचान मुद्दा रक्षार्थ हामीले नेकपा माओवादी केन्द्र पुनर्गठन गर्नुपर्ने हुन्छ । चुनावपछि हामी पुनर्गठन प्रक्रियामा लाग्नेछौँ ।

एमालेसँग एकता हुने समूहमा माओवाद र पहिचानको पक्षमा खडा भएर दुई लाइन सङ्घर्ष सम्भव छैन । माक्र्सवादको आधारभूत सिद्धान्त छोडिसकेका मदन भण्डारीलाई त खड्ग ओलीहरूले बाँच्न दिएनन भने माक्र्सवादको आधारभूत सिद्धान्त दृढतापूर्वक अख्तियार गर्ने हामीलाई कठोर लाइन सङ्घर्षको सुविधा दिन्छन् ? अर्को, डराएको भन्ने अर्थ पनि लागाइएला । ठीक हो, हामी क्रान्तिकारीहरू माओवादी दर्शन र पहिचानको मुद्दा कतै ओझेलमा नपरोस भनेर अवश्य डराउनु पर्छ । मदन भण्डारीका हत्याराहरू र त्यसका मतियारहरूले पहिचानको मुद्दा चिहानमा गाड्लान कि भनेर होस गर्नुपर्छ । यो राजनीतिशास्त्रको सामन्य सिद्धान्त हो ।
प्रसङ्गवस, युग पाठक लिखित ‘माङ्गेना ः नेपाल मन्थन’ सबैलाई पढ्न अनुरोध गर्छु । नेपाली समाजको भौतिकवादी व्याख्यामा आधारित, असाध्यै सरल भाषाको यो पुस्तक लेखेर युग पाठक नेपाली मेक्सिम गोर्की बन्नु भएको छ । नेपाली गोर्कीले निश्चय नै नयाँ लेनिनको माग गर्छ । नयाँ शताब्दीको लेनिन निर्माण गर्ने या नगर्ने भन्ने चाहिँ नेपाली जनताको सङ्घर्षमा निर्भर छ ।

-नरेश ज्ञवाली/रातो पाटी

प्रतिक्रिया
सम्बन्धित समाचार
नेपाल भाषाका पुराना कवि पृथ्वीनारायण शाह (ऐतिहासिक कवितासहित)
नेपाल विद्यार्थी संघ केन्द्रीय संगठन विद्यार्थी विभागको संयोजकमा राज थेबे
निराशा र आशाको दोबाटोमा अल्झिएका अहिलेका युवा पुस्ता
“फूल, मुन्धुम र भाइटीका”
काँग्रेस र एमाले पार्टीको खर्च उठाउन भ्रष्टाचारी बन्न बाध्य प्रहरी !
सुधन गुरुङ र परिवर्तित युवा नेतृत्व: सञ्चार जगतको निष्पक्षतामाथि प्रश्न
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija