
देशमा तिस वर्षसम्म शासन हाक्ने पंचायती ब्यबस्थाका प्राय सबै नेताहरु कांग्रेस तथा कम्युनिस्ट पार्टीहरु बाट दीक्षित भएर आएका हुन । तिनैको पालामा पटक पटक आन्दोलन भयो । जनमत संग्रह गराईयो । जनमत संग्रहले पन्चायतको पक्षमा फैसला पनि गरेकै हो । फैसला मानेका भए २०४२ सालको बमकाण्ड हुँदै २०४५ सालको संयुक्त बाम/कांग्रेसको आन्दोलन हुँदैन थियो ।
कांग्रेस र कम्युनिस्ट पार्टीका नेताहरुले जनता उचाले । राजधानीका जनताहरु अगाडी नबढे सम्म देसमा परिवर्तन आउदैन । चिसो राजधानीबासी तताउन बिदेसी नेताहरु बोलाएर आफ्नैको हुर्मत लिन समेत भ्याए । बुढा नेताहरु रामायण महाभारत पढछन तर ‘घरका भेदी लंका ढहाय’ भन्ने शब्दको अर्थ भने सत्ता पाउने लोभमा परेर बुझेर पनि बुझ पचाय । जनताले कुरा बुझेर वा नबुझेर तालि पड्काउदै तातेको परिणाम हो २०४६ सालमा दोश्रो पटक स्थापना भएको प्रजातन्त्र ।
पंचायतको स्थापना कांग्रेस र कम्युनिस्टकै रास्ट्र लाई माया गर्ने नेताहरु बाट भएको हो । त्यहि पंचायतलाई रसातलमा पुर्याउने पनि कांग्रेस र कम्युनिस्टकै नेताहरु हुन । देस र जनता भन्दा सत्ता र भत्ता ठुलो ठान्ने बिदेसीका भरियाको दर्जामा आफुलाई नउभ्याएको भए नेपालमा पंचायतको पतन हुदैन थियो । २०४६ साल पछी कोहि कांग्रेस बने कोहि कम्युनिस्ट । राजनीतिमा लाज, घिन, नैतिकता र सिद्धान्त हुँदैन भन्थे । त्यसैलाई चरितार्थ पारेर देखाए ।
कांग्रेस र कम्युनिस्टको अधिनमा बस्न नचाहने पुर्बेली स्व.सुर्य बहादुर थापा र सुदुर पश्चिमेली लोकेन्द्र बहादुर चन्दले छुट्टाछुट्टै राजनीतिक पार्टी खोले । रास्ट्रिय प्रजातन्त्र पार्टी (थापा) र (चन्द) नाम जुराए । पुराना पन्चहरु कोहि थापा पट्टि गए । कोहि चन्द पट्टि गए । त्यति बेलानै एक ढिक्का भएका भए आज देसमा कांग्रेस र कम्युनिस्टको नभएर पुर्व पन्चहरुले नै कान्तिपुरी नगरीको राज गरिरहेका हुन्थे ।
रास्ट्रीय प्रजातन्त्र पार्टीमा एउटा खेमा छ जो हरेक कार्यक्रममा रास्ट्र निर्माता पृथ्बी नारायण शाहको तस्बिर बोकेर हिड्छन । बडामहाराजको उपदेस ‘भाई फुटे गँवार लुटे’ हुनुहुन्न भन्ने मान्यता बोकेका तिनको पार्टी अहिले बीच सागरको डुङ्गा जस्तै ढलपल ढलपल भएको छ । त्यसो हुनुमा अरु कोहि नभएर तिनले बिगतमा बुद्धि नपुर्याएका केहि कर्तुत देखि तिनको अधिनमा बस्न नचाहने बुढा नेताहरु हुन ।
रास्ट्रबादी तथा प्रजातन्त्रबादी नेता र तिनका समर्थकहरु ज्ञानेन्द्र शाहलाई अहिले पनि राजानै मान्छन । सबै मिडियाहरुले खबर बजाउँदा देखि लेख्दा नामको अगाडी पूर्व थपेता पनि उनीहरुको हकमा केहि फरक परेको छैन । हिजो जस्तै गरि आज पनि राजाले आफ्नो नीति नियम छाडेका छैनन भने नामको अगाडी पूर्व लेख्दैमा के चै फरक पर्छ र । जबर्जस्ति पूर्ब बनाइएकोहरु फर्केर पुरानै पदबिमा फर्केको इतिहास हुँदै के नै बखान गर्नु पर्यो र ।
केहि महिना अगाडी छापामा पूर्व राजाले सबै रास्ट्रबादी शक्तिहरु लाई एक भएर देस र जनताको बारेमा सोच्नु पर्यो भन्ने आसयको समाचार प्रकाशित भएको थियो । २०३३ सालको स्व.बि.पी को मेलमिलाप नीति जस्तै लाग्ने उक्त समाचारलाई गम्भिरतापूर्वक लिएर एकीकरणको बाटोमा लागेको भए आजका दिनमा रास्ट्रबादी अर्थात पुराना पन्चहरु एक भै सकेका हुन्थे ।
पंक्तिकारले केहि समय अगाडी बिदेसिका ताबेदारहरु पार्टी एक हुन दिंदैनन भन्ने लेखिएको लेख अहिलेर सत्य साबित हुन पुगेको छ ! रास्ट्रीय प्रजातन्त्र पार्टीका नेता कमल थापा पार्टी एकीकरणको लागि देस दौडाहामा निस्किए । कमल थापा राजधानी बाहिर जानु भन्दा अगाडिनै थापा संग रुस्ट भएका देखि राणा देखि लोहनी समुहका केहि नेताहरुले पार्टी एकीकरण हुनुहुन्न भन्दै कोठे बैठक गरेको समाचार बाहिर आयो । ठुलो उत्साह बोकेर पार्टी एकीकरणको लागि कम्बर कसेको कमल थापाको सपना सपनामै सिमित रह्यो । पार्टी एकीकरण नहुनुको दोष अहिले एकले आर्कालाई लगाउदै छन ।
२०४६ साल पछी नेपालमा दल पछी गुट बनाउने चलन बन्यो । आफुलाई प्रजातन्त्रको पिता बनाउने नेपालि कांग्रेसले छत्तीसे र चौहत्तरे बनाएर त्यसलाई पुस्टि गर्यो । कांग्रेस फुटको फाईदा कांग्रेस र कम्युनिस्टलाई भन्दा पनि पुरा पन्चहरुलाई पुगेको देखियो । ठुला पार्टी कांग्रेस र कम्युनिस्ट तर प्रधानमन्त्री पड्काउने पुराना पन्चको पार्टी । राजनीतिमा लाज र सरम हुन्न भने त्यो ठुलो प्रमाण थियो ।
कांग्रेस फुटदा देखिएको घाटालाई कुनै सोच बिचार नगरी एमाले पार्टी पनि दुई खेमामा बिभाजन भयो । एउटा मा.ले आर्को एमाले तर त्यो फुटले नाफा भन्दा घाटानै ब्यहोर्नु परेको घटना पनि बिर्सेका छैनन होला ।
कांग्रेस पार्टी अहिले सत्तामा छैन । पार्टी बहुमत नपुग्नुमा जनता नभएर तिनका बुढानेताहरु जिम्मेवार छन । सिंगो पार्टीलाई एक ढिक्का बनाएर लैजानु पर्नेमा कांग्रेस अहिले तिन खेमामा बिभाजन भएको स्पस्ट संग देख्न सकिन्छ भने खेमा भित्र पनि आर्को उपखेमा जन्मिसकेको छ । देउवाको घमण्ड, पौडेलको लाचारी अनि कोईराला खलकको अस्पस्ट नीतिले गर्दा कांग्रेस तंग्रिन गारो छ । जबसम्म बुढानेताहरुले आफु र आफ्ना आसेपासेहरुको लागि पदको लोभ र मोह त्याग्दैनन तब सम्म नेपाली कांग्रेस २०४८को स्थितिमा पुग्न कठिन छ ।
एमाले पार्टी र जनयुद्ध हाक्नेहरु मिलेर नाममा मात्र गठन भएको ने.क.पा पार्टी भित्र पनि गुट-उपगुट प्रसस्त देखिएको छ । यदि त्यस्तो नभएको भए पार्टी तल्लो ईकाई सम्म किन एकीकरण हुन सकेन ? अहिले देखिएको बामदेवको संसद सदस्य बन्ने योजना फेल खानु पनि गुटगत राजनीतिको प्रभाव हो भनेर प्रस्ट संग बुझ्न सकिन्छ । सत्तासिन पार्टी देखि बिपक्षी पार्टी समेत गुट-उपगुटमा लाग्ने उता प्रधानमन्त्री देसमा समृद्धि ल्याउछु भन्दै भाषण गर्दै हिड्दैमा नेपालमा समृद्धि आउदैन । भाई यता फुट्दैछन । समृद्धि आर्कोले लुट्दैछन । भाई फुटे गँवार लुटे भन्ने यो अर्थ कहिले बुझ्लान !
प्रकाशित मिति: २०७५/०८/०१

