नेपालमा काटमार निषेध भाको माता लक्ष्मीको सन्तान गाई गोरुलाई बिफ, जेम्राज्को सवारीलाई बफ, बाख्रा बाख्रीको सन्तानलाइ मटन, हुर्रा देखि विकासे सुँगुर बुंगुरको सन्तानलाई पोर्क हुँदै घडी चरोको सन्तानलाई चिकेन भनेर न्वारान गरिएको छ । खसीको मासु भनेर लामो लेघ्रो तान्नु भन्दा ‘मटन’ सुँगुर बुंगुरको मासु भन्नु भन्दा ‘पोर्क’ राँगा भैसीको मासु भन्नु भन्दा ‘बफ’ अनि कुखुराको मासु भन्नु भन्दा ‘चिकेन’ भन्ने सजिलो रे ।
तर घोर्ले खसी, लाम्काने बोको, सिंगारे बाख्री, भक्कु राँगो, चेपारे भुईसी, तिक्खरे हुर्रा, विकासे सुँगुर, बुंगुर देखि पुर्पुरो बलेको बेलामा तराई देखि भित्रि मदेसा पासो थापेर पारिने बँदेल, चित्तल, घोरल, मृग जस्ता नाना थरिका जीवजन्तुलाई माथि जेम्राजका हाजिर लाम्न पठायेसी प्राप्त हुने त्यस्ता जीवजन्तुको अंगअंग प्रत्यंगलाई ठेट गोर्खाली देखि कोर्काली, काँठे देखि देहाती सम्मले सबै प्रकारको जीव जन्तुको मासुलाई सिकार भन्ने चलन छ ।

सांकेतिक तस्बिर: गुगल सर्च
पोलेर बनाको सिकारको जिनिसलाइ छोईला, साहुबा भनेर मान पाएकाहरुले चाडबाडको बेलामा बनाउने काँचै नुन खुर्सानी मर मसला मोलेकोलाई कचिला, परपर तेलमा भुटेकोलाई भुटुवा, दाल पकाउन अल्छि मान्ने ३३% आरक्षण पाएकाहरुले पकाउने झोल्वाला, मिसमास, नेवारी भोजमा जमाएर बनाईने तख्ला, ह्याकुला फ्राई, भेजा भन्ने गिदी फ्राई, अहिलेका भुरा भुरीको प्रिय जिनिस मम्चा, देखि बरिस्ट नागरिकले मन पराम्ने सुरुवा, ट्वाँकेहरुलाई मन पर्ने गोडी भन्ने खुट्टी फ्राई आदि आदि ईत्यादी बन्नलाई रेटेर, सेरेर, कुटेर, पिटेर, चुटेर, छ्प्क्यायेर, भालाले घोपेर, पासोमा पारेर तड्पाएर, ईस्लामिक धर्मालम्बी भाकाको हलाल गरेर वा काना हेडफुन ला जस्तरी इलेक्ट्रिक सट भन्ने करेंटो लार अथवा जे जस्तो गरेर भए पनि परान नलिए सम्म मासुको थरि थरिको जिनिस बन्ने हैन ।
जन्मजात नेपाली तर बानि ब्योराचैँ अनेपाली भाको खाँटी नेपाली भन्दा गोरा र कुईरेको भाका मन पराम्ने अल्छिका भकारीहरु जो आफुलाई ‘एनिमल ह्युमन राईट’ भन्न मन रुचाउनेहरुले बिहान अर्थात मार्निंगको बिरेकफास्ट देखि मध्यान्हको लन्च, साँझको स्न्याक्स सिस्न्याक्स देखि रातिको डिनर सम्ममा बर्षौ बर्ष सम्म बरफा जमाएर राख्या बिफ, बफ, चिकेन, मटनको परिकार चट मगनी पट ब्याको स्टाईला पाट्टपुट्ट पारेर दिनहुँ हसुरेको पनि देखिएकै हो ।
जब हिन्दुहरुको महान चाडपर्वको बेला आउछ अनि बिक्रम ट्याम्पुको भाका निकाल्दै ‘पशु, पंक्षीको अधिकार बहाली गर, पशु पन्छी मार्न पाईदैन, भनेर घाटीमा अनेक थरिको गोरा र कुईरेको भाकामा डामेको जिनिस झुन्ड्याउदै पशु पंक्षीको जीवन रक्षाको ग्यारेण्टी गर’ भनेर स्वयम्भु देखि पस्पति, बनकाली देखि हाम्रो हेटौडा राम्रो हेटौडाको फरेस्ट्रीको बाँदर जस्तरी बुर्लुक्क बुर्लुक्क कुर्लिन्छन ।
ईसाई देखी ईस्लामहरुको चाडमा पनि पशु बलि दिने चलन छ भन्ने व्यहोरा थाहा हुँदाहुँदै पनि हिन्दुहरुको चाडबाडमा मात्र त्यसरी कुर्लिने एनिमले ह्युमनेहरु भनेका समाजबादी देखि बामपन्थी सम्मको बिल्ला भिर्ने तर हाम्पन्थी चरित्रका तुलाधर देखि संग्रौला, भट्टचन देखि राई, शेर्पा हुँदै लेखि, महतो, राउत, ठाकुरे चरित्रका पिपलपातेहरु हुन ।
डलर देखि युरो पाउण्ड हुँदै घटीमा कम्पनि पैसा सम्ममा आफुले आफैलाई निलाम गरि सकेकाहरुलाइ धर्म, संस्कृति, चाडपर्व भनेको के थाहा नभएको हो र ? यदि थाहा छ र थियो भने ईसाई देखि ईस्लामको चाडपर्वमा दीईने पशुबलिको बिरोध यी कथित जनावरे ह्युमनेहरुले किन गर्दैनन ?
हाव कथिते कर्मीहरु खाँटी नेपालीमा भन्न लाज माने पनि तिम्रै प्रभुको भाकामा ‘ऊई आर भेजीटेरिन’ ? भन्न सक्छौ ? तर त्यसो भन्न त भनाई अनुसारको बोलि पनि ब्यबहारमा लागु गरेर देखाउन सक्नु पर्छ त ।
सकिन्छ ?
प्रकाशित मिति : २०७५/०६/२०

