
तस्बिर: गुगल सर्च
पंक्तिकारले बिगत केहि बर्ष देखि छापा तथा अनलाईन मिडियाहरुमा हेटौडा-काठमान्डौ सुरुंग मार्गको बिषयमा पटक पटक आलेखहरु प्रस्तुत गरि सकेको छ । हेटौडा काठमान्डौ सुरुंग मार्ग बिगत केहि बर्ष देखि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ जस्तै भएको छ ।
बरिस्ट गीतकार यादब खरेलको रचना बरिस्ट संगीतकार नातिकाजीले संगीत भरेर देस बिदेसमा चर्चित तथा बिभिन्न भाषामा गीत गाउन पोख्त गायककार उदित नारायण झा ले गाएको ‘तिमि आउछ्यौ भन्ने आसै आसमा बाटो भरि आँखा ओछ्याई रहन्छु’ भने जस्तै भएको छ चर्चित हेटौडा काठमान्डौ सुरुंग मार्ग ।
हेटौडा-काठमान्डौ सुरुंग मार्गको सर्बप्रथम उद्घोष गर्ने मकवानपुरे माननीय संसद सदस्य बिरोध खतिवडा हुन र सुरुंग मार्गकै नारा पटक पटक भजाएर संसद सदस्य बने तर तीसौ बर्षमा पुग्न लाग्दा पनि सुरुंग मार्ग माथि लेखिएको गीत ‘तिमि आउछ्यौ भन्ने आसै आसमा’ भने जस्तै भएको छ ।
माननीय खतिवडाको सपनालाई म पुरा गरेर देखाई दिन्छु भन्दै मकवानपुरका चर्चित उधोगपति कुश कुमार जोसी तम्सिए । नेपाल पूर्वाधार बिकास कम्पनि गठन पनि भयो । सम्बन्धित ईलाकाको जनतासंग सहकारी गर्ने भनेर जनतालाई सेयर वितरण गर्ने भन्दै रकम पनि उठाईयो । देस बिदेसमा प्रचार भयो । देस देखि बिदेसमा बस्नेहरुले गच्छे अनुसार लगानी पनि गरे । अन्तिममा आएर जोसीको योजना कागजी योजना अर्थात Paper work मा मात्र सिमित भयो । जोसीले सुरुंग खन्ने भनेर लगेको डोजर भीमफेदीमा अहिले खिया लागेर अहिलेको सरकार जस्तै काम नलाग्ने पत्रु बनेको छ ।
गणतन्त्र स्थापना भए पछी संघीय सरकार बन्यो । तिन नम्बर प्रदेशमा मुख्य मन्त्रि बनेर डोरमणि पौडेल आए । पौडेल हेटौडा नगर पालिकाको दुई दुई पटक मेयर भएका ब्यक्ति हुन । राजनीतिको राम्रो अनुभव संगालेका मुख्य मन्त्रि पौडेलले अहिले आएर हेटौडा-काठमान्डौ सुरुंग मार्ग अब प्रदेस सरकारको गौरबको योजना भनेर घोषणा गरेका छन । बन्ला नबन्ला त्यो पछिको कुरा हो तर घोषणा गर्दैमा के चै बिगीन्छ र ।
मुख्य मन्त्रि पौडेलले नयाँ योजना अघि सार्दै भीमफेदी बाट सिस्नेरी सम्म साँढे तिन किलोमिटरको सुरुंग खन्ने र सिस्नेरिबाट बागमती दोभान सम्म ४ किलो मिटर सडक निर्माण गरेर फास्ट ट्रयाक अर्थात काठमान्डौ तराई द्रुत मार्गमा लगेर जोडने योजना अघि सारेका छन ।
त्रिभुवन राजपथको हेटौडा-भैंसे खण्ड ११ किलोमिटर, भैंसे बाट भीमफेदी राणाकालीन बाटो १३ किलोमिटर, सुरुंग मार्ग ३.५ र सिस्नेरी बाट बागमती दोभान सम्म ४ जोड्दा जम्मा ३१.५ किलोमिटर हुन आउछ ।
सुरुंग मार्ग छोटो दुरीको हुन्छ त्यसमा कुनै संका छैन । त्रिभुवन राजपथको हेटौडा-भैंसे खण्डको बाघझोरामा प्रत्येक बर्ष बाढीले गर्दा भोग्नु परेको कठिनाईलाई के गर्ने भन्ने प्रश्न उठाएको देखिदैन । बाघझोरा समस्या समाधान नगर्ने हो भने सुरुंग मार्गको कुनै औचित्य पनि हुन्न ।
जसरि सिस्नेरीमा सुरुंग खन्ने योजना बन्दैछ त्यस्तै योजना भीमफेदी बाट हेटौडा आउने बिचको पहाडमा सुरुंग खनेर बनाईयो भने हेटौडा देखि भीमफेदी सम्मको २४ किलोमिटरको दुरी अझ घटन सक्छ भने पहिरोले दुख दिने बाघझोराको समस्या पनि हल हुन सक्छ । यो पंक्तिकारको अनुमान मात्र हो र काम गर्ने पनि अनुमानकै आधारमा हो ।
सुरुंग मार्गमा बिदेसमा बस्ने नेपालीहरुको लगानी देखि हेटौडा देखि फाखेल सम्मका जनताहरुले बुझाएको रकमको भबिस्य अब के हुन्छ त्यो प्रश्न पनि उठन सक्छ । त्यस्तै NBPL ले पटक पटक म्याद थपेर लिएको आफ्नो स्वामित्व सजिलै संग छोड्ला त ? भन्ने प्रश्न पनि नउठ्ला भनेर भन्न सकिन्न ।
छिमेकी भारतमा अंग्रेजको शासन भएको बेलामा नेपालमा राणा शाहीको सरकार अनि राणा शाहीकै पालामा नेपालको पहिलो सुरुंग मार्ग चुरेघाटीमा बनेको थियो । नेपालको प्रथम राजमार्ग त्रिभुवन राजपथको पथलैया-हेटौडा खण्डमा पर्ने उक्त सुरुंग मार्ग अहिले बन्द गरिएको छ किनभने उक्त सुरुंग मार्ग पुरानो जिप कार मात्र आवत जावत गर्ने हिसाबले निर्माण गरिएको थियो ।
अहिले भारतमा अंग्रेजको शासन अनि नेपालमा राणाको सरकार छैन । भारत अंग्रेजको गुलामीबाट स्वतन्त्र भएर गणतन्त्र भारत बनेको छ भने नेपालले पनि भारतकै मार्ग अबलम्बन गरेको छ । भारत अंग्रेजको गुलाम बन्न बाध्य भएको थियो तर नेपाल कहिले पनि कसैको गुलामी बन्नु परेको छैन तर २००७ साल पछी भारतले अंग्रेजको सिको गर्दै नेपाललाई पटक पटक आफ्नो अधिनमा राख्ने चेस्टा गरेको छ ।
हेटौडा-काठमाण्डौ सुरुंग मार्ग बन्नु पर्दछ । त्यो बाटो बन्यो भने २ घन्टामा सजिलै संग राजधानी आवत जावत गर्न सकिन्छ तर नेपालको हरेक बिकासमा तगारो बनेर उभिने भारत सरकारले सुरुंग मार्ग सजिलै संग बनाउन देला त भन्ने प्रश्न पनि घुमाउरो भाषामा नआउला भनेर भन्न सकिन्न ।
प्रकाशित मिति : २०७५/०६/१३ गते ।

