-अरुण सुबेदी
राजनीतिक विश्लेषक
बारम्बार राजनीतिक परिवर्तन भए तर हाम्रो सामाजिक आर्थिक रुपान्तरण भएन।
अरुण सुबेदी राजनीतिक विश्लेषकका रुपमा परिचित छन्। समसामयिक राजनीति र आर्थिक विषयमा अत्यन्त सटिक तर संयमित प्रतिक्रिया व्यक्त गर्ने उनै सुबेदीसंग स्वदेश नेपाल डट कमका प्रधान सम्पादक इन्द्रकुमार श्रेष्ठ सरितले वर्तमान नेपाली समाज, समसामयिक राजनीति, प्रचण्ड बहुमतको सरकारको कार्यहरु र सरकारका आगामी दिनका भावी योजनाहरुका बारेमा अनि निर्मलामाथि भएको अन्यायको सन्दर्भमा जिज्ञाशा राख्दा राजनीतिक विश्लेषक अरुण सुबेदी भन्छन-

गृहमन्त्रीले पनि प्रतिबद्द्धता जाहेर गरिसकेपछि यत्रा बहुमतका साथ आउनु भएका जनप्रतिनिधिहरुलाई पूर्णरुपेण अविश्वश गर्न पनि बैधानिक रुपमा नमिल्ने। तर यो परिघटना जसरी पेचिलो भएको छ, अपराधी पहिचां गर्न पनि प्रहरी प्रशासन् आजसम्म असक्षम देखिएको छ जबकी अन्तराष्ट्रिय रुपबाट हेर्ने होभने नेपालका पुलिस विश्वमा स्मार्ट पुलिस नै मानिन्छन। यस्ता धेरै परिघटनाको उसले राम्रो अनुसन्धान गरेको छ। यो घटना पनि त्यत्रो कम्प्लिकेटेड देखिनन् ।
विस्तारै विस्तारै यो कस्तो स्थितिमा रुपान्तरित हुँदैछ भने दिल्ली, नोयडाको आरुषी मर्डर केसजस्तै यसलाई पनि रहश्यमय बनाउन खोजेको स्थिति म देख्छु। तर यसको प्रत्यक्ष असर म के देखिरहेको छु भने जनताको राज्य संयत्रप्रतिको जुन अविश्वशको वातावरण निर्माण भएको छ यो चै खतरनाक हो। सरकारकै काम कारवाहीले पनि सरकारमाथि शंका गर्ने शंकाको घेरा बढदै गयो। जनआक्रोश पनि बढेको देखिन्छ।
जनता सडकमा आएको अवस्था छ तर यति शक्तिका साथ आएको सरकारले यसरी जनता सडकमा आउने अवस्था निर्माण हुन नदिएको भए राम्रो हुन्थ्यो। यो सरकारका लागि पटक्कै शोभनीय विषय होइन। बैधानिक प्रधानमन्त्रीले दिएको आश्वाशन नै वास्तविकतामा बदलिएनभने हामी कसको सहारामा जाने ?
आजको दिनमा पनि स्टेट मेसिनरी त हिजोकै हो, राज्यको प्रवृति फेरिएको छैन,गणतन्त्र त राष्ट्राध्यक्ष को हुने भनेर निर्क्यौल गर्ने शब्दमात्र हो। राजतन्त्र र गणतन्त्रले राज्यको चरित्रलाई फरक पार्ने हैन,राज्यको चरित्र यथावत छ। हाम्रो राज्य संयन्त्र यथावत छ। यसलाई युगानुकुल गर्न र जनतालाई तिमीहरुको सामाजिक आर्थिक जीवनमा परिवर्तन भएको छ भन्ने अनुभूति प्रदान गर्न हामी असक्षम भएका हौँ।
बारम्बार राजनीतिक परिवर्तन भए तर हाम्रो सामाजिक आर्थिक रुपान्तरण भएन। राजनीतिक परिवर्तन अथवा क्रान्तिको चरित्र कस्तो हुनुपर्छ भने कुनै पनि राजनीतिक परिवर्तन अथवा क्रान्ति पश्चात जनताको आर्थिक सामाजिक रुपान्तरण गर्ने तर्फ केन्द्रित भएन र जनतालाई ती कुराको अनुभूति भएन भने त्यसको बिरुद्धमा पनि आवाज बुलन्द हुँदै जान्छन। यो राजनीतिशास्त्रको सामान्य नियम हो र फेरी त्यसले अर्को राजनीतिक परिवर्तन निम्त्याउँछ।
२०१६ सालमा विपी कोइरालाको सरकारले ठूलो राजनीतिक परिवर्तनको प्रयास गरेको हो। तर आन्तरिक तथा बाह्या कारणले त्यो सरकार टिक्न सकेन। त्यसपछि पटक पटक राजनीतिक परिवर्तन त भए तर जनताले सामाजिक आर्थिक रुपान्तरणको अनुभूति गर्न पाएनन्। अब यो गणतन्त्रपछी पनि जनताले सामाजिक आर्थिक परिवर्तनको अनुभूति गर्न पाएका छैनन् अब फेरि न्यु जेनेरेसनको मुभमेन्टको सम्भावना म देख्छु।
संघीयता, गणतन्त्र र चरित्रको कुनै पनि सम्बन्ध छैन। संघीयता र गणतन्त्र भनेको सैद्धान्तिक वहसका विषय हुन्. चारित्रिक रुपमा आज पनि हामी खासै परिवर्तन भएका छैनौ.कम्युनिस्ट भावभूमिबाट राजनीति र शासनमा पुगेका मानिसहरु एकदलीय सर्बसत्ताबाद्को स्कुलिंगबाटै आएका हुन्छन। एकदलीय सर्बसत्ताबाद्को स्कुलिंगबाट आएका नेताहरु बहुदलीय संसदीय प्रणालीको अभ्यास गर्नु पर्ने र जिन्दगीभरि आफूले पढेको राजनीतिक सिद्धान्तका विरोधीहरुलाई पनि उत्तिकै सम्मान गर्नुपर्ने र उत्तिकै रुपमा उनीहरुका कुराहरु पनि सुन्नुपर्ने जुन एउटा फिलोसोफिकल र सैद्धान्तिक कन्ट्रडीक्सन छ , त्यही कन्ट्रडीक्सनाका कारणले यस्ता कुराहरु भैरहन्छन।
राजनीतिक परिवर्तन पछी पनि सामाजिक परिवर्तन र संस्कृतिक रुपान्तरण हुन नसक्नुको कारकतत्त्वमा जसलाई हामीले २०६३ को आन्दोलनलाई जनआन्दोलन २ भन्यौ होला जसको पृष्ठभूमिमा जनयुद्ध थियो भनेर माओबादी संगठनसंग आवद्ध नेता तथा कार्यकर्ताले भन्लान, २०४७ सालको संबिधान अनुरुप नेपाली कांग्रेस आफ्नो राजनीतिक गन्तव्यमा पुगिसकेपछि नेपालको आर्थिक सामाजिक रुपान्तरणलाई जुन गतिमा लानु पर्थ्यो त्यो गर्न कांग्रेस असक्षम भयो, र नलिनुपरने नीतिहरु उसले लियो।
आफै कन्फ्युज्मा रहेर नेपाली कांग्रेसले नीति निर्माण गरेपछि तल्लो तप्काका मान्छेहरु वन्चितिकरणमा पर। तिमीसंग पैसा छ भने तिमी शिक्षा किन, हैन भने तिमी दोयम दर्जाको नागरिक बन, तिमीसंग पैसा छ भने तिमी स्वास्थ्य किनेर बाँच, हैन भने तिमी रोगले मर – भन्ने खालको जुन थिति निर्माण भयो मुलुकमा त्यसले गर्दा ग्रामिण क्षेत्रमा बसेका र वन्चित भएका मरिनलाइज र युवाहरुमा विद्रोहको भावना पलाउन थाल्यो। माओबादीले त्यो विद्रोहको भावनलाई उपयोग गरेको मात्र हो। राजा ज्ञानेन्द्रको अल्पबुद्धिले गर्दा र सत्तामा हाबी हुने उनको लुइ १६ औं कालीन सोंचले गर्दा एउटा आन्दोलन आउनु स्वाभाबिक थियो।
१२ बुंदे सहमतिमा धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र कहाँ छ र ? यी तीनैवटा कुरा गिरिजाप्रसादका खल्तीबाट निस्केका विषय हुन्। जे कारणले ६३ सालको विद्रोहको सुरुवात भयो र माओबादीले कार्यकर्ता पाए , त्यो कारण अहिले पनि बर्करार छ । विद्रोहको बातावरण अझै बर्करार छ।
सीमा आदिका समस्या ४७ साल पछी आएका समस्या हैनन् यी विरासतमा प्राप्त भएका समस्या हुन्। बिमस्टेकको सन्दर्भमा अप्रत्यक्ष लाभ र पछी प्राप्त हुने लाभका कुरा आएका छन्। दुई छिमेकीहरुलाई हामीले दु:ख दिएर आफूले सन्तुष्टि लिने हाम्रो चरित्र छ जसमा चाइनिजहरुको अलि भद्र रियाक्ट हुन्छ इन्डियनहरुको अलि छुद्र रियाक्ट हुन्छ।
तुरुन्तका घटना बाहेकका नीतिगत कारणले आएका बिकासका समस्या र अन्य समस्या अहिलेका प्रतिपक्षले शासन गर्दैको बेलाका समस्याको निरन्तरता हुन्। कांग्रेसभित्र अहिले एक त कन्फ्युजन नै कन्फ्युजन छ, दुई झगडा नै झगडा छ, अहिलेसम्म त गिरिजाले बोकाई दिनु भएको प्रचन्डपथ लिएर कांग्रेस यहाँसम्म आयो, जसको ओनरशिप त प्रचन्डले लिईहाल्छन्, अब कांग्रेसले के कुराको ओनरशिप लिने भन्ने ठूलो कन्फ्युजन छ। नेपाली कांग्रेस लिडरशिप फेलर,सैद्धान्तिक फेलर र स्ट्राटेजिक फेलरको अवस्थामा छ।
समामयिक सामाजिक परिवेश, मुलुकको राजनीतिक घटनाक्रम , सरकारको काम , कर्तब्य र प्रतिपक्षीको भूमिकाको बारेमा राजनीतिक विश्लेषक अरुण सुबेदीको सबै भन्ने सुन्नका लागि भिडियोमा क्लिक गर्नु होस्।

