जगन्नाथ काफ्ले – हरेक देश तथा ठाउँको आफ्ना आफ्नै मौलिक बिशेषता हुन्छ नै । उक्त देश एबम ठाउँको पहिचानको आधार नै त्यहाको मौलिक बिशेषता हो । हाम्रो जस्तो बहुल समाज, बहुल भाषिक, बहुल संस्कृति, बहुल भौगोलिक संरचना, बहुल हावापानी अनि जैविक बिबिधता भएको देशको झनै आफ्ना आफ्नै स्थानीय ठाउं बिशेषको छुट्टा छुट्टै मौलिक बिशेषता छन् । हाम्रो गाउँ/नगरमा भएका आफ्नै स्थानीय मौलिक बिशेषताहरु नै हाम्रो पहिचानका आधारहरु हुन्, जुन हामीले कहिल्यै लोप हुन दिनु हुदैन, बिग्रह आउन पनि दिनु हुदैन । यस्ता आधार लोप हुनु भनेको हाम्रो अस्तित्व लोप हुनु हो । समृद्द समाजको छुट्टै आफ्नै मौलिक बिशेषता हुन्छ, स्वाभिमान हुन्छ, सो हामीले पनि सगर्व हाम्रा धरोहरहरु स्थापित, जगेर्ना र पृष्ठपोषण गर्नु पर्दछ ।
(पुनश्च: तर, परम्परागत रुपमा समाजमा स्थापित कुरीति, कुप्रथा, बिग्रह, विभेद, विसंगति र असहिष्णुता छन् र समाजलाई गलत मार्गदर्शन गरेका छन् भने ती मौलिकता होईनन, परिमार्जन गरी समाजलाई पुनर्संरचना गरेर सद्भाव, सहअस्थित्व र सहिष्णुता सहितको समाज ब्यबस्थापन गरेर समाजमा आएको विचलनलाई पुनर्ब्यबस्थित गर्नु पर्दछ, तर समाजमा बिचलन आउन भने दिनु हुदैन)
उदाहरण: सनातनी हिन्दु सम्प्रदायमा ग्रन्थले निर्देश गरे भन्दा अत्यन्तै ठुलो सामाजिक बिग्रह (दुर्घटना) भयो, अनुयायीहरुले मूल विशेषताको बिग्रह गरी समाजलाई गलत मार्गदर्शन गरे, भ्रामक तवरले सानो र ठुलो जात भनेर समाजमा बर्ग बिभाजन गरेर हाम्रो समाजलाई घात भएको छ, वास्तबमा कुनै पनि मानिस जन्मको आधारमा सानो वा ठुलो हुने सक्दैन । यसलाई परिमार्जन गरी ब्यबस्थापन गर्नै पर्दछ ।

जन्मदा सबै मानिस शूद्र नै जन्मन्छ तर हरेक व्यक्तिको प्राकृतिक सिद्द गुण पृथक पृथक हुन्छ । सोही पृथक पृथक गुण अनुसार मानिसहरुले आ आफ्नो दिनचर्या र कर्म गर्दै जान्छन्, सोही कर्म र स्वभाव अनुसार ब्राह्मण, क्षेत्रीय, वैश्य र शूद्रमा विभक्त हुन्छन । जुन व्यक्तिले ब्रम्ह कर्म शम, शौच, तप, पवित्रता, शान्ति, सरलता, आस्तिकिपन, ज्ञान, बिज्ञान, बुद्दी विवेकको अध्ययन, अध्यापन, अनुसन्धान एबम बौद्दिककाम गर्छ; ऊ ब्राम्हण हो ।
जसको स्वभाव र कर्म शुर्यईं, तेजिलो, धैर्य, युद्द लडाईंमा जीत गर्न सक्ने, सर्वसाधारण प्रजालाई रक्षा गर्न सक्ने, प्रशासनिक, शैनिक एबम हातहतियार सम्बन्धि काम गर्न सक्ने, देश र जनतालाई नेतृत्व दिन सक्ने हुन्छ; ऊ क्षेत्रीय हो । यस्तै जसको कर्म र स्वभाव खेतीपाती, पशुपालन, बाणिज्य,ब्यापार, ब्यबसायी तथा देशको आर्थिक उन्नतिको निमित्त काम गर्ने छ; ऊ वैश्य हो र जसको स्वभाव र कर्म चाहिं कारिन्दा जागिर खाने, अर्काको सेवा गर्ने, चाकरी मात्र गर्ने तथा आचार स्खलन छ भने; ऊ शूद्र हो, भनिएको छ न कि अहिले हाम्रो समाजमा स्थापित भएको जस्तो कसैको सन्तान हुदैमा जात छुट्टिने ।
कुनै पनि शुद्रको सन्तान सहजै ब्राम्हण र कुनै पनि ब्राम्हणको सन्तान सहजै शूद्र हुन सक्छ । त्यो मानिसको स्वभाव र उसले गर्ने काम(कर्म)मा भर पर्दछ कि ऊ ब्राह्मण, क्षेत्रीय, वैश्य र शूद्र के हो भनेर । जसरी जन्मको आधारमा डाक्टरको छोराछोरी डाक्टर, प्राध्यापकको छोराछोरी प्राध्यापक, हाकिम को छोरा छोरी हाकिम र पियनको छोरा छोरी पियन हुन सक्दैनन्त्य सरी नै ब्राह्मण, क्षेत्रीय, वैश्य र शूद्र छोरा छोरी ब्राह्मण, क्षेत्रीय, वैश्य र शूद्र हुन सक्दैनन् ।
गीता जस्तो महान ग्रन्थले निर्देश गरेको श्रम बिभाजनको मर्म माथी समाजले गलत र अपभ्रंश कुरीति स्थापित गरेको छ, यस्ता कुनै पनि गलत संस्कार र पद्दतिको निर्मुल पर्नु पर्दछ । समाजमा सहिष्णुता र भाईचारा सिर्जना गर्नु पर्छ । कुनै पनि धर्म, साम्प्रदायिक प्रथा एबम् प्रचलनको नाउँमा सामाजिक अन्याय, सामाजिक असमानता/विभेद, लैंगिक विभेद अथवा समाजको कुनै पनि गलत प्रबृत्ति समाजबाट बिस्थापन गर्नै पर्दछ ।
हाम्रो समाजको हरेक स्थानीय ठाउँ बिशेष, भौगोलिक क्षेत्र र बिषयगत क्षेत्रमा बिबिधता पाइन्छ । हाम्रा पुर्खाले पत्तालगाएका जीवन पद्दती र विकास गरेका संस्कृतिक धरोहरहरु हाम्रो पहिचानको आधारहरु हुन्, हाम्रो समाजका मेरुदण्ड हुन्, हाम्रो अस्तित्वको गौरवका लाहछापहरु हुन् । आफ्नो पहिचान र अस्तित्व जोगाउने हो भने यस्ता धरोहरलाई खोज्ने, पुनरुत्थान गर्ने, संरक्षण गर्ने, विकास गर्ने, ब्यबस्थापन गर्ने, ब्यबसायिकता सिर्जना गरेर जीवन्त राख्नु पर्दछ ।
हाम्रा बहुल समाजका बिशेषताहरु: हाम्रा समाजमा मौलिक बिशेषताहरु के के छन् त ? मनन र अन्वेषण गर्नु पर्दछ । बिबिध संस्कृति, भाषा, भेषभुषा, गरगहना, खानपिन एबम परिकारहरु, चाडबाड, पर्व, कुलपूजा, भाँडाकुँडा, हातहतियार, गित-संगीत, बाजागाजा, नाचगान, भजन किर्तन, मनोरंजन, योगा, खेलकुद, गर्भावस्था देखि मृत्यु पर्यन्त संस्कार, प्राकृतिक चिकित्सा, जडिबुटी, जैविक बिबिधता, भौगोलिक बिबिधता, फरक फरक हावापानी, स्थान बिशेष उत्पादन, अथवा कुन पनि हाम्रा गाउँ एबम नगर भित्र भएका मौलिक बिशेषता खोज्नु, पुनरुत्थान गर्नु र संरक्षण गर्नु पर्दछ ।

सामाजिक सद्भाव र उन्नतिका आधार : कुनै पनि मौलिक बिशेषताहरुको उचित ब्यबस्थापन गर्दा बिबिध आर्थिक एबम सामाजिक क्रियाकलाप गर्नु जरुरी हुन्छ । यस्ता क्रियाकलाप मार्फत आर्थिक एबम सामाजिक आर्थिक उन्नतिका आधारहरु तयार पर्नु पर्दछ । पुर्खाबाट आएका चली आएका राम्रा राम्रा रीति रिवाज, सामाजिक परम्परा, संस्कार, संस्कृति, ग्रन्थ, उत्पादन बिशेष जस्ता कुनै पनि मौलिक बिशेषता हरुलाई ब्यबस्थित र ब्यबसायिक रुपमा खोज, अनुसन्धान, अन्वेषण, ब्यबस्थापन र ब्यबसयिकिकरण गर्नु पर्दछ । एक अर्को बिशेषता भएको स्थान एबम समुदायलाई सम्मान, भाईचारा, सहिष्णुता, गौरब आदान प्रदान गर्ने आधार खडा गर्नु पर्दछ जसले गर्दा सम्मुन्नत र समृद्द समाजको पहिचान कायम गर्न सफल होस् ।
ब्यबसयिकता सिर्जना : हाम्रा मौलिक धरोहरलाई जब हामी समाजको पहिचानको मेरुदण्डको रुपमा स्थापित गर्न सफल हुन्छौं, तब हामीले आधुनिक समाजसंग सामन्जस्यता ल्याउन सक्षम् हुने छौं । आवस्यक परेमा अत्याधुनिक प्रबिधि संग सामन्जस्यता ल्याउनु पर्छ र संस्थागत रुपमा ब्यबसयिकता सिर्जना गर्नु पर्दछ । देश भित्रै एबम विदेशबाट अनुसन्धानकर्ताहरु अध्ययन तथा अनुसन्धान गर्न एबम आन्तरिक एबम बाह्य पर्यटकहरु हाम्रो गाउँ/ नगर र टोल टोलका मौलिक बिशेषतासंग रमाउन आउने हिसाबले आर्थिक एबम सामाजिक ब्यबसयिकता पनि सिर्जना गर्नु पर्दछ ।
ब्रान्डीङ्ग : आफ्नो गाउँ/नगरको कुनै पनि विशेषतालाई आईकनको रुपमा ब्रान्डीङ्ग गर्नु पर्छ । आफ्नो गाउँ/नगरमा आफुले पनि बिशेष पहिचानको रुपमा प्रयोग गर्ने पद्दति बसाल्नु पर्छ ता कि आफ्नो गाउँ/नगरमा आउने कुनै पनि पाहुनाले चिनोको रुपमा प्रयोग गरुन, लिएर जाउन साथै आफुले कसैलाई उपहार दिंदा पनि बिशेष आकर्षण र आफ्नो स्थानको पहिचान झाल्कियोस ।

(प्रथम बिश्व युद्दको लडाईंको चपेटाको बिचमा एउटा नाङ्गो बच्चाले निर्धक्क पिसाब फेरेको फोटो कसैले क्यामेरामा कैद भएको रहेछ । त्यहि निश्चल बालकको अवास्तालाई जीवन्त स्वरूप दिएर अहिले बेल्जियमको राजधानी ब्रसेल्समा पर्यटनको आकर्षण बिन्दु बनेको छ ।)
यसरी हामीले हाम्रो आफ्नै मौलिक बिशेषता उजागर गरेर बहु आयामिक उपलब्धि हासिल गर्न सक्षम् हुन्छौं । पहिलो पक्ष त आफ्नो मौलिक संस्कृति, पहिचान, स्वाभिमान, गौरब र हाम्रा धरोहरहरु स्थापित हुने भए । दोश्रो पक्ष, सामाजिक विचलनलाई पुनर्परिभाषित, पुनर्संरचना र पुनर्जागरण गरेर सामाजिक सद्भाव, भाईचारा र एक अर्कोलाई सम्मान गर्ने आधार सिर्जना गर्न सक्षम् हुने भयौं । तेश्रो पक्ष हामी ब्यबसयिकता सिर्जना गरेर अध्ययन, अनुसन्धान, पर्यटन ब्यबसाय एबम अन्य आर्थिक ब्यबसाय सिर्जना गरी समृद्द नेपाल निर्माणको निमित्त मूलधार पाउने भयौं ।
यसरी आफ्ना मौलिक बिशेषताहरुको पहिचान, पुनर्जागरण, सम्बर्द्धन, प्रचार प्रसार र ब्यबसयिकता सिर्जना गरेर समृद्द नेपाल निर्माण गर्न सक्छौं ।

