बिगत ४५ बर्षदेखि भ्रष्टाचार विरोधी अभियन्ताका रुपमा सक्रिय र परिचित भरत जंगम कानूनका ज्ञाता पनि हुन्. पहिलो संबिधान सभाको निर्बाचनपछी संबिधान बनाउने सदर्भामा पनि यिनको निकै ठूलो योगदान छ । त्यो बेलादेखि अहिलेको ओली नेतृत्वको सरकारसम्म आइपुग्दा देशमा राजनीतिक परिवर्तनसंगै सामाजिक,आर्थिक, सांस्कृतिक क्षेत्रमा केकस्तो परिवर्तन भयो त ? आम नेपालीको आर्थिक स्तर कत्तिको सुध्रियो त ? लोकतान्त्रिक सरकारले केकस्तो काम गर्यो ? गणतान्त्रिक सरकारले के कस्तो काम गर्यो ? विद्यामान सरकारबाट हामी के कस्तो अपेक्षा राख्न सक्छौ ? विशेषत: देशबाट भ्रष्टाचारलाई जरैबाट उन्मुलन गर्ने सन्दर्भमा सगरमाथा टेलिभिजनसँग भरत जंगमले गरेको दरो, खरो अनि अत्यन्त निर्भीक कुराकानीको सार संक्षेप:-
२०७२ सालमा लोकतान्त्रिक सरकारले जसले आफूलाई गणतान्त्रिक सरकार पनि भन्थ्यो – उसले अब भ्रष्टाचारको बारेमा कारबाही सारबाही केही पनि नगरौं,जति हुन्छ मिलेर खाउँ भन्ने हिसाबले एउटा विक बनाउन जालझेल गरियो । त्यसमा आउनु पर्ने कुरा के थियो भने भ्रस्टाचार गरेको वा पदमा बस्दा अनुचित कार्य गरेकोलाई समेत भ्रस्टाचारको दायरामा ल्याएर अनुसन्धान गर्ने, तहकिकात गर्ने ब्यबस्था थियो र छ तर यसमा २०७२ मा आएर के गर्दियो भने अनुचित काम गर्नेलाई चै छुट गरिदियो । अनुचित काम गर्नेलाई प्रेरित गर्यो, किनकि यो त अनुचित काम गर्न नै आएको थियो ।
पहिलो पटक संबिधान सभा आउँदा २ बर्षभित्र संबिधान बनाएर जारी गर्नु पर्ने थियो। त्यसमा एक बर्षको ११ अर्ब रुपैया खर्च थियो,२२ अर्बले काम सकिन्थ्यो तर हरेक छ छ महिनामा समयावधी बढाउंदै बढाउंदै लगेपछि संबिधान बनाउन चार बर्ष लाग्यो, त्यसबेला ६०१ सभासदहरुले लुटेर खाए भनेर मैले नै मुद्धा हालेको हुँ । यति सानो संबिधान पनि यिनीहरुले बनाएनन, यिनीहरु लुट्न मात्र आएका हुन् भनेर नै मैले मुद्धा हालेको हुँ । मैले पटक पटक भनेको थिएँ, संबिधान सभा बिगठन हुनु पर्छ, यसले राम्रो संबिधान बनाउन्दैन भनेर मैले पटक पटक भनेको थिएँ । चार बर्षमा चार वटा मुद्धा दाएर गर्नु पर्यो ।
अन्त्यमा २०६९ सालमा सर्बोच्च अदालतले जेठ १४ सम्ममा संबिधान बनाउनु अन्यथा संबिधान सभा बिघटन गर्नु भनिसकेपछि संबिधान सभा बिघटन भयो। विश्वमा हाम्रो देश नेपालमात्र हो जहाँ दोश्रो पटक पनि संबिधान सभाको चुनाव भयो । भ्रष्टाचारका लागि नेपाल यस्तो ठाउँ हो, यहाँ यिनीहरुले जे पनि गर्छन । अनुचित काम गर्नेलाई समेत उचित काम गरेको हो भनेर भ्रष्टाचारमा कारवाही नगर्ने भनेर कानूनमा लेख्न सक्ने यी सिपालु, यी कानून वेत्ताहरु, यी सांसदहरु – यिनीहरुलाई अलिकति भए पनि शर्म हुनु पर्दैन ?
अहिले सिनारियोमा देखिएका जति पनि नेताहरु छन्, उनीहरुलाई हामी त नेता भन्दैनौ किनकि उनीहरु उनकै पार्टीका मात्र नेता हुन् । यो देशमा अहिलेसम्म राजनेता जन्मेकै छैन । मेरो विचारमा विपी कोइराला राजनेता हो, राजा महेन्द्र राजनेता हो । त्यसैले राजनेता खै जन्मेको ? अहिले त गुटका सरदार जस्ता, डाकाका सरदार जस्ता , यस्ता पनि नेता हुन्छन ?
प्रधानमन्त्री ओलीले काम गर्न सक्ने हो भने अहिले गरेर देखाउने बेला छ । उनकै मातहतमा राजश्व अनुसन्धान बिभाग छ, उनकै मातहतमा सम्पत्ति सुद्धिकरण आयोग छ,तर यो आयोग हात्तीको देखाउने दांतमात्र हो काम गर्ने आयोग हैन ।
वर्तामान सरकारले संबैधानिक परिषद मार्फत संबैधानिक निकाएका प्रतिनिधिहरुको चयन र नियुक्ति गर्नलाई सल्बलाई रहेको अवस्थाका सन्दर्भमा जंगम निकै आक्रामक हुँदै खरो टिप्पणी गर्छन- संबैधानिक परिषद्मा प्रधानमन्त्री हुन्छन , सभामुख हुन्छन, प्रधान न्यायाधीश हुन्छन, प्रमुख प्रतिपक्ष दलका नेता हुन्छन ।
यो स्थिति भनेको चोर चोर मौसेरे भाई नै हो ।अहिले त् भन्ने हो भने प्रधानमन्त्री र सभामुख एकै पार्टीको , प्रधान न्यायाधीशलाई उनीहरुको चम्चा बनाउनु पर्छ र चम्चा बन्दिहाल्छान । अब बाँकी रह्यो बिपक्षी दलको नेता उसलाई अलिकति नोट दिए पुगिहाल्छ । त्यही कुरा बाँड्ने हो, तेरो चोर एउटा राख, मेरो चोर दुइटा राख्छु भाई, भन्ने न हो ।
भरत जंगमको खरो तर सत्य टिप्पणी सबै सुन्नका लागि भिडियोमा क्लिक गर्नुहोस।

