डा.गोविन्द केसीको अनसनस्थलमा गएको,केसी र पूर्व प्रधानन्यायधीश सुशीला कार्कीलाई भेटेको,केसीको मागको समर्थनमा उत्रिएर सार्वजानिक रुपमा मन्तव्य दिएपछि नेकपाका अध्क्षय तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्क्षय प्रचण्ड नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठसँग रुस्ट भएर बैठकमा कुरा उठाएपछि श्रेष्ठले पार्टीको प्रवक्ता पदबाट राजीनामा दिएका थिए।
सगरमाथा टेलिभिजनको कार्यक्रम एसटिभी च्याटमा कुराकानी गर्दै नारायणकाजी श्रेष्ठले भने-‘मैले बाध्यतामा राजीनामा दिएको होइन,मैले प्रसन्नतापूर्वक पार्टी र देशको पक्षमा काम गर्नको लागी पनि प्रवक्ता पद छोड्न उपयुक्त हुन्छ र सायद नेतृत्वलाई पनि यसो गर्दा सहज र उपयुक्त वातावरणको निर्माण हुन्छ भनेर राजीनामा दिएको हुँ,यसलाई ठूलो कुरा ठान्नु हुँदैन।’
‘अध्यक्षद्धय ओली र प्रचण्डको नेतृत्वमा नै नेकपा पार्टी अगाडि बढ्छ,नेतृत्वसँग बोलचाल बन्द भएको,विद्रोहको झण्डा उठाएको जस्ता कुरा सत्य होइन र बाहिर आएका हल्लामा कुनै सत्यता छैन र पार्टीभित्र सामान्य मतभेद हुनु ठूलो कुरा होइन’,श्रेष्ठले भने।
श्रेष्ठले अगाडि भने-‘हरेक क्षेत्रमा अत्याधिक राजनीतिकरण छ,यो बढि नै भएको छ।कुनै व्यक्ति देशभक्त होस्,क्षमतावान होस् तर उ कुनै पार्टीको वफादार छैन भने कुनै ठाउँमा उसले अवसरै पाउँदैन।यो समस्या हरेक पार्टीमा छ।’
‘नागरिक समाज,वुद्धिजीवी लगायत साधारण जनताहरु पनि कुनै न कुनै पार्टीको झण्डा बोकेर हिडेका छन्। उनीहरु आफूले समर्थन गरेको पार्टीले गलत गर्दा पनि विरोध गर्दैनन् र ताली बजाउँछन्,यो देशको लागी एकदम घातक हुन्छ’,श्रेष्ठले बताए।
नारायणकाजी श्रेष्ठ, नेता, नेपाल कम्युनिस्ट पार्टी । पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री । जन्म: २०१७ साल गोरखा । अध्ययन: मेडिकल साइन्स, जनप्रशासनमा स्नातकोत्तर, अर्थशास्त्रमा स्नातक । हेल्थपोष्टहरुमा काम गरे, बनस्थली स्कुलमा शिक्षण गरे, मूल्याङ्कन मासिक र जनएकता साप्ताहिकमा सम्पादक पनि भए । १६ वर्षको उमेरमै जेल परेका थिए । दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद लगायत बिषयमा बिज्ञता । बिद्यालयपछि काँग्रेसका सक्रिय कार्यकर्ता, बी.पीका अपीलहरुबाट प्रभावित ।
०३८ सालदेखि कम्युनिष्ट राजनीतिमा संलग्न । काठमाडौं जिल्ला सदस्य हुँदै ०४२ सालमा केन्द्रीय सदस्य । २६ वर्षको उमेरमै एकताकेन्द्रको केन्द्रीय सदस्य ३१ वर्षको उमेरमा पोलिटब्युरो सदस्य र ३४ वर्षको उमेरमा महासचिव । २०५७ मा भारतको सिलगुडीमा वाम पार्टीहरुको संयुक्त बैठक गराउनमा मुख्य भुमिका खेले, १२ बुँदे सहमति, जनआन्दोलन, शान्तिवार्ता, अन्तरिम संविधान निर्माण, संविधानसभा चुनाव, संबिधान घोषणादेखि सत्ता बाँडफाँडमा संयोजनकारी भुमिका । १८ वर्षको भूमिगत जीवनपछि २०६५ जेठ १४ गते सार्वजनिक (त्यसअघि एक अदृश्य पात्र) ।
६५ सालमा माओवादीसँग एकता भएपछि दोस्रो बरियताका नेता । एमालेसँग एकतापछि नेपाल कम्युनिस्ट पार्टीको प्रवक्ताको भुमिकामा तर अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग मत-मतान्तर भएर राजीनामा दिएका । राजीनामा प्रकरणबारे गरिएको कुराकानीको भिडियो

