२०५१ सालदेखि तत्कालीन माओबादी पार्टीले शशस्त्र संघर्ष सुरुगर्दा त्यस संगठनसंग आबद्ध नेता तथा कार्यकर्ताहरु पार्टी स्वतन्त्र राजनीतिमा आइसकेपछि एकपछि अर्को गर्दै पार्टी छाडेर आआफ्नो ससानो झुण्डमा बाँडिएलान भन्ने पूर्वानुमान नत: पुष्पकमल दाहाललाई भयको थियो होला नत: मूल माओबादी पार्टी छाड्ने नेता अनि कार्यकर्ताहरुलाई नै थियो होला तर एउटा विचार र उद्धेश्य लिएर हिंडेका सहयात्रीहरु मध्ये क्रमश: मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, नेत्रबिक्रम चन्द,लोकेन्द्र बिस्ट मगर लगायतले माओबादी पार्टी छाड्दा – माओबादी पार्टीले कसैले पार्टी छाड्दैमा माओबादी पार्टी कम्जोर हुँदैन भने तापनि पार्टी कतिसम्म कमजोर भएको रहेछ भन्ने कुराको ज्यूँदो उदाहरण त् माओबादीको एमालेमा बिलयले घामजस्तै छर्लंग नै भैसक्यो. ।
तर पनि पूर्ब मन्त्री तथा नेकपा माओबादी केन्द्रका नेता गोपाल किराती भने पुष्पकमल दाहालले पार्टी छाडेको भन्दै नेकपा माओबादी केन्द्रको पुनर्गठन गर्ने भन्दै कार्यकर्ताहरुलाई संगठित गर्ने काम गरिरहेका छन । उनको बिचारमा पुष्पकमल दाहाल माओबाद र जनयुद्ध अनि पहिचानको मुद्धाबाट भागेकोले नै माओबाडी केन्द्रको पुनर्गठन गर्नु परेको बताउने गोपाल किरातिसंग यिनै बिषयमा सगरमाथा टेलिविजनले गरेको कुराकानीमा उनले गरेको बिचारको सार संक्षेप-
माओबादको सिद्धान्त, बल प्रयोगको राजनीतिमा आधारित कार्यदिशा , पहिचानको मुद्धा लगायत परित्याग गरेर पुष्पकमल दाहाल खड्क ओलीको पाउमा समर्पण गर्न जानुभयो । हामी भेंडा हुन् सकेनौ,र भेंडा हुन नसक्नुको परिणाम हामीले नेकपा माओबादी केन्द्र नै संचालन गर्ने निर्णय गर्यौं । महाधिबेशन आयोजक समिति चै बैधानिक रुपले माओबादीको केन्द्रीय निकाय महाधिबेशन आयोजक समिति हो । २०७३ जेठ ७ गते दश वटा समूहसंग एकता भयो, त्यो भन्दा ठुलो कुनै पनि निकाय बनेको छैन, त्यसले महाधिबेशन आयोजक समिति बनाएको थियो । बोलीचालीमा सहजताका लागि चै केन्द्रीय आयोजक समिति भन्ने गरिएको थियो । त्यसो हुनाले हामी यसैलाई निरन्तरता दिन गैरहेका छौं ।
देशमा विकास गर्ने आधिकारिक जिम्मा, मूल जिम्मा सरकारसंग छ । राज्यको तहमा स्थानीय निकायदेखि केन्द्रीय तहसम्म त्यो छ । त्यस कारणले सरकारले राम्रो गर्नु पर्छ, हामी बाधक हुने कुरा भएन । दश बर्षको जनयुद्धले भने जस्तो हाम्रो समाज रुपान्तरण भैसकेको छैन. त्यसकारणले दलीय राजनीति गर्ने स्वतन्त्रता हामीलाई छ । त्यसो हुनाले हामी त्यही गरिरहका छौं ।
इतिहास, विचार र भावनाको प्रश्न छ, विचार, इतिहास र भावनाको एकीकृत निरन्तरताका लागि हामीले नेकपा माओबाडी केन्द्र नै उपयुक्त ठानेका छौं किनकि हाम्रो पार्टी नै यही हो २०७३ साल जेठदेखि बनेको । अब माओबादी केन्द्र बनाउनका लागि त्यसमा दश समूह सहभागी थियो । अर्को पछी बिभिन्न पार्टीबाट कमरेडहरु माओबादी केन्द्रमा ध्रुविकृत हुनु भएको छ । त्यसो हुनाले हामीले जे थियो, माओबादी केन्द्रले स्थानीय चुनावमा भाग लियो, त्यसपछि, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रिय सभामा भाग लियो. त्यसैलाई निरन्तरता दिईरहेका छौं । यसमा हाम्रो केही अर्घेल्याई छैन. अब माओबाद नै समात्नु पर्ने किन भन्दा बिचारको प्रश्न छ, माओबाद नै मानव मुक्तिको सर्बोच्च बिज्ञान हो । प्रचन्डले केही अगाडिको महाधिबेशनमा प्रतिबेदन लेख्नु भयो, त्यो महाधिवेशनले पारित गरियो । त्यहाँ एउटा हरफ के छ भने – माओबादलाई ग्रहण नगरिकन आजको दुनियामा कोही पनि कम्युनिस्ट हुन सक्दैन तैपनि उहाँले माओबाद छाडेर जानुभयो । त्यस अनुसार अब प्रचण्ड कम्युनिस्ट रहनु भएन । त्यसैले कम्युनिस्ट हुनका लागि पनि हामी माओबाद छाड्दैनौ ।
माओबादी नामले नेपाली जनताको ठूलो सेवा गरेको छ । नेपाली समाजको जरा झक्झक्याएको छ. पुरानो उखेलेर नयाँ रोप्न नसके पनि श्री ५ त हटाइयो, गणतन्त्र त ल्याइयो, मजदूर सुकुम्बासीको तन्त्र नभैसके तापनि यो राजतन्त्र कोनेपाल भन्दा त् गणतन्त्र नेपाल प्रगतिशील नेपाल त् भयो । नेपाली नागरिक राष्ट्र प्रमुख बन्न सक्ने ब्यबस्था त् गरियो ।
पार्टीको मुखपत्र “बैज्ञानिक समाजबाद” पार्टीको मुखपत्रको एक अंक निकालियो तर दोश्रो अंकका लागि प्रचण्ड लगायतका साथीहरुको लेख रचना नआएपछी त्यो बन्द भयो । त्यसपछि आहुतिजीको स्कुलिंगको पनि धुमधामका साथ् पेरिस डाँडामा उद्घाटन गरियो ,उद्घाटन पछी स्कुलिंग सकियो । मार्क्सबादी स्कुलिंग गरेपछि कार्यकर्ताले क्रान्ति नछोड्ने भए । बिना स्कुलिंग हामीले माओबाद छाडेनौ, क्रान्ति छाडेनौ, अरु कार्यकताहरुलाई १२ बर्षसम्म स्कुलिंग नगराएपछी त स्वत: त्यहाँ एमाले बन्ने स्कुलिंग भयो ।
युद्धकालमा मेची-कोशीमा निकै ठूलो सफलता हासिल गरियो । मेची-कोशीका इन्चार्ज भैयो, बिभिन्न कमिटि बनाउंदै जाँदा किरात राज्यको इन्चार्ज भैयो, २०६४ सालको निर्बाचनमा १२ वटामध्य १० जना किरात राज्यको सभासद निर्बाचित गराइयो त्यसपछि पार्टी ओरालो लाग्दै गएकोले एक व्यक्तिको मात्र सफलताका अघि हाम्रो सफलता भएन ।
माओबादी केन्द्रको एमालेमा विलय, नेकपाको गठन, जनयुद्धको औचित्य र प्रचन्डले माओबाद र जनयुद्ध चादेकोले पुन: माओद्बादी केन्द्र ब्युताउँन लागिपरेका गोपाल किरातीको सबै विचार जान्नका लागि भिडियोमा क्लिक गर्नुहोस ।
प्रस्तुति: अजय बिश्वाश

