निर्भिक, निडर र राष्ट्रवादी व्यक्तिका रुपमा परिचिति छन् पूर्व सहायक रथी डा.प्रेमसिंह बस्न्यात । नेपाली भएर नेपालको हितविपरीत र विदेशीको हितका पक्षमा बोल्नेहरुलाई खुला रुपमा चुनौती दिने डा. बस्न्यातले नेपाली समाजमा राष्ट्रको पक्षमा वकालत गर्ने व्यक्तिका रुपमा चिनिन्छन । तर्क र कुतर्क प्रस्तुत गरेर नेपालको हित विपरीत र विदेशीको हितमा बोल्नेहरुविरुद्ध त बस्न्यातले जेहाद नै छेडेका छन्। डाक्टर बस्न्यातसंग एपिवान टिभीको सर्वाधिक चर्चित टक शो तमसोमा ज्योतिर्गमयमा डिसेम्बर ११ , २०१७ को दिन टीकाराम यात्रीले निर्वाचन ,राष्ट्र ,राष्ट्रियता वर्तमान निर्वाचनमा वाम एकताको जित र यसले पार्ने सुरक्षारणनीति लगायत महत्वपूर्ण बिषयमा गरिएको छलफलमा डाक्टर बस्न्यातले राखेका धारणाहरु निम्नानुसार छन् :
राजनैतिक हिसाबकिताबबाट बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन हुनु धेरै राम्रो छ किनकी नेपालमा राजनैतिक दलहरु आबश्यकता भन्दा बढी रहेको परिबेशमा थोरै दलहरु हुनु नै राम्रो जसले गर्दा केहि हदसम्म राजनैतिक स्थिरता प्राप्त हुन्छ । बाम गठबन्धनले प्राप्त गरेको अभूतपूर्व नतिजा राष्ट्रिय कोणबाट अति सुखद हो , अब यो वाम गठबन्धन ५ बर्षसम्म चले धेरै राम्रो।
नेपालको बाम गठबन्धन सारमा कम्युनिष्ट नै होइनन् बरु कच्चा पदार्थ एउटै तर नाम मात्र फरक भएको टिप्पणी गर्दै नेपालको कम्युनिष्टहरुलाई पश्चिमाहरुले टनै पैसा लगानी गर्ने भएको हुदा नेपालको कम्युनिष्टहरु क्युवा या उतर कोरियाको जस्तो निरंकुश र कटर हुन नसक्ने साथै नेपालको सबै दलहरुलाई बिदेशीले आफ्नु स्वार्थको लागि लगानी गर्ने गरेको हो ,त्यस कारण सेल रोटी, बाबर , मालपुवा जे भने पनि यो सबैमा पिठो , चिनी , र पानीको संयुक्त स्वरूप जस्तै नेपालको दलहरुको नाम मात्रै फरक हो तर बिडम्बना देशलाई खाल्टोमा हाल्ने शैली सबै दलहरुको एकै छ ।
सबै दलहरुको नजरमा नेपाली सेना , सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान बिभागलाई आफ्नु शत्रुको रुपमा हेर्दै राजनैतिक कोरकापको शिकार बनाउदै राष्ट्रिय सुरक्षामा गंभिर खेलबाड गर्दैछन । बिस १६१६ असोज १५ गते स्थापना भएको नेपाली सेनालाई बाम गठबन्धन सरकारले कुनै किसिमको राजनैतिक प्रतिसोध नसाधिकन सेनालाई सहयोग गर्नु पर्छ । गिरिजा पछिको राजनेता हुने क्षमता प्रचण्ड मै थियो तर पिंध नभएको लोटा जस्तो ढुलमुले चरित्रले गर्दा प्रचण्डले राजनेता हुने मौका गुमाए अब प्रचण्ड स्थिर हुनु पर्छ ।
नेपालको राष्ट्रिय सेनालाई २००८ सालमै कांग्रेसको सरकारले विघटन गरेर भारतीय सेना ल्याउने तयारी गरेको थियो । मोहनसमशेरको पालामा ४२ हजारको संख्यामा रहेको नेपाली सेनालाई राजा त्रिभुवन र कांग्रेसको सरकारले ९ हजारमा झारे र एक बर्ष पछि भारतीय सेनाको नेपालमा प्रवेश भयो साथै नेपाली सेना नै हटाएर सशस्त्र प्रहरी मात्रै राख्ने सहमति भयो तर त्यही बेला डाक्टर केआई सिंहले सिंह दरवार विद्रोह गरे जसलाई नियन्त्रण गर्न त्यो बेला नेपाली सेनाले ठुलो भूमिका खेल्यो, जुन भूमिकालाई देखेर राष्ट्रिय सेना चाहिने रहेछ भन्दै यसलाई विघटन गराएर सक्ने कामलाई स्थगित गरियो र आजको स्थितिमा नेपाली सेना पुग्न सफल भयो ।
नेपालको भुबनौट अनुसार नेपालको बिकाश निर्माणलाई राष्ट्रिय सुरक्षाको कोणबाट सेना , प्रहरीको सुझाब र सल्लाह अनुसार गर्नु पर्छ , बिकाश संरचनाहरु नेपालको हितमा सुरक्षा मैत्री हुनै पर्छ । भारत, चीन , पाकिस्तान लगायत अमेरिका जस्तो देशहरुमा निर्माण हुने भौतिक संरचना सबै सेनाको सुझाब अनुसार निर्माण हुन्छ तर बिडम्बना हाम्रो देशमा सुरक्षा निकाय फगत जागिरे मात्रै भएका छन् ।
वर्तमान निर्वाचनलाई सुरक्षाको कोबाट हेर्दा ३ वटा बैदेशिक शक्तिको रणनीतिमा हेर्नु पर्ने कारण सहितको प्रष्टीकरण दिदै डाक्टर बस्न्यात भन्छन, ”इन्डो-अमेरिकी इन्टेरेष्ट , चाइनिज इन्टेरेष्ट, र युरोपियन इन्टेरेष्ट जसको आआफ्नै स्वार्थका कारण नेपालको राजनीतिमा प्रतक्ष्य परोक्षरुपमा लागेका छन् ।”
इन्डो-अमेरिकन पक्षले वाम गठबन्धनलाई खासै रुचाएको छैन । नेपालको भुबनौट अनुसार नेपालको माटोलाई अमेरिका ,भारत लगायत सबै बैदेशिक शक्तिले माया गर्छ तर नेपालीहरुलाई माया गर्दैनन। चीनमा माथि बमबारीको आक्रमण अमेरिका र भारतले गर्न सक्छ तर युरोपले चै गर्दैनन किनकी युरोपको इन्टेरेष्ट चै धार्मिक बमको रुपमा क्रिश्चियन धर्मलाई फैलाउने काम मात्रै चासो रहेको छ जुन सर्वाधिक खतरनाक हतियार हो । नेपाली सेनालाई विघटन गराउन पनि क्रिश्चियन धर्मलाई सुक्ष्म रुपमा प्रयोग गर्दैछ युरोपले किनकी नेपाली सेनाको धेरै कुरा हिन्दु धर्मसंग सम्बन्धित छ भनेर देखाउने काम हुदैछ तर सेना भित्र अरु धर्मधारी सैनिकहरुलाई पनि समानता रहेको छ ।
अन्तर्वार्ताको २० औ मिनेट पछि पूर्व सहायक रथी डा.प्रेमसिंह बस्न्यातले ओली ,नेपाल , खनाल , प्रचण्ड लगायत सबै सांसदहरुलाई औला नै उठाएर नेपालमा क्रिश्चियन धर्मलाई फैल नमौका दिदै जाने हो भन्ने युरोपले चाहेको एउटा कुरा पुरा हुने छ र त्यो कुरा पुरा हुन् नदिन चेतवानी नै दिएका छन् त्यो कुरा हो ” युरोपले हिन्दु देश नेपालमा क्रिश्चियन राष्ट्रप्रमुख निर्वाचित भएको हेर्न चाहेको छ जसलाई ऐतिहासिक भन्दै भ्याटिकन सिटिमा लेखिने कुरा दावी गरेका छन् ।”
नेपालको अभिन्न मित्र बेलायतले नै तराई टुक्र्याउने अभियानमा सबै भन्दा ठुलो डोनरको रुपमा रहेको संकेत गरेका छन् ।
चीनको नेपाल इन्टेरेष्ट तिब्बतको सुरक्षाको कोणबाट मात्रै हेर्छ बाँकी सबै कुरा ब्यापारिक रुपले मात्रै लिने गरेको छ, अहिले भएको नेताहरु मध्ये ओलीलाई चीनले भरोसा गरेको देखिन्छ किनकी चीन पनि नेपालमा स्थायित्व चाहन्छ साथै यो वाम गठबन्धन भित्र भारतको हित चाहनेहरु नटबल्टुको रुपमा रहेका छन् आफ्नु हित प्रतिकुल हुने देखिए ति भारतीय नटबल्टुहरुले चलखेल गर्न सक्छन ।
पुर्व सहायकरथी बस्न्यातसंगको खरो र चर्काचर्की भिडियो अन्तर्वार्ता हेर्न तल क्लिक गर्नुस

