-दीपक गजुरेल, सहप्राध्यापक, त्रिविवि
गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समग्र नेपालको राजनीतिको बारेमा सह-प्रा. दीपक गजुरेलले व्यक्त गरेका बिचारको सार संक्षेप-
दुई बर्ष अगाडी बनाएको नयाँ संबिधानमा हामी छौं. नेपालको इतिहासमा पहिलो पटक संबिधान बनायो त्यसका आधारभूत कुराहरु छन् । पहिलो कुरा त्, नेपाल राष्ट्रको जन्म भएदेखि चलिआएको राजसंस्था थियो त्यसलाई अन्त्य गर्यौं र गणतन्त्र ल्यायौं । जनताबाट निर्बाचित व्यक्ति राष्ट्रपति हुने गरि राजसंस्थाको अन्त्य गर्यौं, गणतन्त्रमा गयौं हामी । अर्को कुरा हामी संघीयतामा गयौं, संघीयता संसारका अन्य देशहरुको अनुभव हेर्ने हो भने नयाँ देश निर्माण हुने क्रममा संघीयता वा एकात्मकतामा जाने गरिन्छ । विश्वको मानव इतिहासले त्यो देखाउंछ तर हामीले के गर्यौं भने भएको देशलाई , सयौं बर्षदेखी, हजारौं बर्षदेखी भएको देशलाई संघीयतामा लाने भनेर देशलाई संघीयतामा लाग्यौं । संबिधानमा ठूलो उपलब्धि भनेर त्यसलाई राखिएको छ ।
तेश्रो कुरा, नेपाल विश्वको एउटामात्र हिन्दू राष्ट्र थियो । त्यसलाई पनि हटाएर हामी धर्म निरपेक्षतामा गयौं । यी तीनवटा महत्वपूर्ण कुराहरु नयाँ संबिधानमा छ । जसलाई हामीले उपलब्धि भनेका छौं. त्यही अनुसार देश चल्दै छ । विश्वमा संबिधानसभाले संबिधान बनाएको उदाहरण निकै थोरै छ । त्यसमा पनि संबिधान सभा गठन भएर पनि संबिधान सभाकै चुनाव गराउन नसकेका उदाहरण पनि छन् । ती मध्ये पनि थोरै देशले मात्रै संबिधान बनाएका छन् र ती संबिधान असफल भएका उदाहरण पनि छन् । केही देशले मात्रै संबिधान सभामार्फत संबिधान बनाएर स्थिर सरकार चलाएका छन् । देश चलाएका छन । अब यिनको बिचमा हामी कहाँ जान्छौं, हेर्न बाँकी छ ।
संसारका अन्य नागरिकहरुले पाइरहेको अधिकार नेपाली नागरिकहरुलाई हाम्रो संविधानले पनि दिएको छ तर कर्तब्य कति पूरा गर्नु पने हो त्यो भन्न भने कठिन छ ।
अहिले हामीले उपलब्धि भनिरहेको गणतन्त्र, संघीयता र धर्म निरपेक्षता यो कसरी आयो त् भन्दा नेपाल २०४७ को संबिधानमा केही दलहरु काम गरिरहेका थिए, सरकारमा जान्थे, संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातान्त्रिक प्रणालीलाई स्वीकार गरेर उनीहरु चलेका थिए । अस्तिसम्म त्यो मानिरहेका थिए । त्यसपछि माओबादी हिंसात्मक आन्दोलनमा गयो । १० बर्षसम्म हिंसा गर्योउ. उसले नेपालमा गणतन्त्र चाहिन्छ भनेर सुरुमै माँग गरेको थियो । उसको एजेन्डा नै त्यही थियो, गणतन्त्र ल्याउनु पर्छ, राजतन्त्र फाल्नु पर्छ भन्ने तर अरु दलहरुले त्यो गरेका थिएनन् । अरु दलले माँग गरेका थिएनन् । माओबादीले हिंसा गरिरहेको बेलमा तिनै दलहरुको बिरुद्धमा उसको हिशा लक्षित थियो ।
त्यसैले माओबादी भनेको भारतको साथ् र सहयोग पाएर यो ठाउँमा आइपुगेको शक्ति हो. पश्चिमा शक्तिहरुले माओबादीलाई सघाएका थिए. प्रमाणित छ ऊ बेलामा, माओबादिलो युद्ध जसलाई ऊ जनयुद्ध भन्छ, लाइ सघाउनलाई बर्षौं नेपालमा लुकेर बसेर माओबादीको जनयुद्धमा सघाएका धेरै गोरे र गोरी मान्छेला यहाँ बसेर काम गरेका रहेछ्न ।कोही डाक्टर, कोही इन्जिनिएर, कोही रणनीतिकार, बिभिन्न प्रकारका मान्छेहरु यहाँ आएर बसेका थिए । शान्ति सम्झौतापछी ती सबैलाई माओबादीले हामीलाई जनयुद्धमा सघाउनु भएकोमा धन्यबाद भनेर काठमाडौँमा एउटा भब्य कार्यक्रम गरेर उनीहरुलाई बिदाइ गरेको थियो । ती पश्चिमा शक्तिले नेपालको शशस्त्र द्वन्द्वलाई किन सघाएका रहेछन भनेर अहिले आएर प्रस्ट भएको छ- पश्चिमको एजेन्डा नै धर्म निरपेक्षता थियो । धर्मनिरपेक्षताको नामा नेपालमा क्रिस्चियन धर्मलाई बढाउनु थियो । त्यसैले पश्चिमले माओबादीलाई सघाएको थियो ।
दिल्लीमा भएको १२ बुंदे सहमतिलाई सहमति जनाएर, राजालाई हटाएर पनि उनीहरुले सघाएका थिए । राजालाई सत्ता छाड्न दवाब दिने उद्धेश्यले विभिन्न संस्थाको नाममा पश्चिमाहरुले नै अप्रत्यक्ष रुपमा बक्तब्य जारी गर्न लगाएका थिए जसको उद्धेश्य माओबादी मार्फत नेपालमा धर्मनिरपेक्षता स्थापना गर्ने र नेपालमा क्रिश्चियानिटी बढाउने । उनीहरुको चाहना अनुसार नै माओबादीले देशलाई संघीयतामा लग्यो ।
पश्चिमकै एजेन्डामा माओबादीले सुरु देखिने काम गरेको थियो । तत्कालीन समयमा दुई ठूला दलले देशमा के गरे त भन्दा तिनीहरुले केही पनि गरेनन, उनीहरुले आफ्नो हैसियत नै गुमाउदै गए । संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रका साथै माओबादीको जनायुद्द्धका बांरेमा आजसम्म नखुलेका पाटाहरुको बारेमा दीपक गजुरेलको विचार सबै जान्नका लागि यो भिडियो हेर्नु होस् ।

