देशका धेरै गाँउपालिका र नगरपालिकाहरुले स्थानीय पत्रकाहरुलाई प्रेस सल्लाहाकारमा नियुतm गरीरहेका छन् । विषेश गरी अत्याधिक प्रभावशाली स्थानीय पत्रकाहरु छानी छानी सल्लाहाकार बनाइदैछ ।
पत्रकार पत्रकार मात्रै हो ,सल्लाहकार होइन । प्रभावशाली पत्रकारहरुलाई सल्लाहकार बनाइदिएपछि खबरदारी गर्ने कोही पनि हुँदैन भन्ने मानसिकताले काम गरेको हुन सक्छ । संचार माध्यमको भुमीका प्रतिपक्षको जस्तो हुन्छ त्यस माथी स्थानीय तहमा यदि संचारकर्मीहरु निडर,निर्भिक र तठस्त हुन सके भने सुशासनमा निक ठूलो पहरेदारी हुन सक्छ । जो बाट डर छ तिनैलाई आफ्नो बनाइदिएपछि धेरैलाई लुट्न सजिलो हुन्छ । स्थानीय जनप्रतिनिधीसँग स्थानीय पत्रकार बन्धुहरुले दुस्मनी गर्नुपर्छ भनेको होइन । तर बेअर्थको दोस्ती यारीको अर्थ चाँही छैन । हामी मध्ये धेरैलाई लाग्छ कि प्रहरी, प्रशासन,राजनीतिज्ञलाई चिन्यो भने जीवनमा ठूलो फाइदा हुन्छ । यो कुरा गलत हो ।
प्रहरी प्रमुखसँग मेरो खुब राम्रो छ, आर्मीको चिफसँग मेरो ज्यादै घनिष्टता छ,फलानो मन्त्रीले मलाई रामै्रसँग चिन्छन्,सिडियो र मेरो त दैनिक कुरा हुन्छ भनेर गजक्कै फुल्ने र धक्कु लगाउनेहरु खुब भेटिन्छन् । ठूला मान्छे चिन्नु नराम्रो पक्कै होइन तर ठुला मान्छे चिन्यो भन ठूलै फाइदा हुन्छ भन्ने ठान्नु भ्रम हो । कसैले पनि नियम मिचेर तपाईलाई सहयोग गर्दैन ।
एउटा मान्छेको जीवनमा १ वा २ पटक पर्ने घटनाका लागि हामी मरिहत्ते गर्छौ जसको औचित्य नै छैन । अर्थात हामी नियम मिच्छौ नै मिच्छौ भन्ने सोचबाट बाहिर नआउन्जेल हामीलाई सबका सब मान्छे चिन्ने पर्छ । चाहे काम लागोस चाहे नलागोस मान्छे चाँही चिनीरहनु पर्ने रोग धेरैलाई लागेको छ । सिस्टमले होइन मान्छेले काम गर्ने भएर पनि होला हामीलाई मान्छे चीन्न पर्छ नै पर्छ ।
उदाहरणका लागि वैंकमा खाता खोल्नु प¥यो रे । अब त्यसमा पनि एउटा साथी वा आफन्तले फ्याट्ट भनिहाल्छ कि मैले फलानो बैंकको सिइयो वा ब्रान्च म्यानेजर चिनेको छु । अनि सानले फोन निकालछ र संजिवनी बुटी नै दिए सरी फोनैमा दिन्छ, मेरो फलानो नाम गरेको साथी छ, उसलाई खाता खोल्न प¥यो ,यसो हेल्प गर्नु प¥यो । एउटा नाथे खाता खोल्न बैंक म्यानेजर किन चिन्नु प¥यो रु साधारण झगडामा पुलिसले कुनै नातेदारलाई समाउँछ, छुटाइदिनु प¥यो वा मिलाइदिनु प¥यो भनेर आइजीपी लाई फोन जान्छ ।
थाहा छैन, आउँदैन,बुझ्दीन,सक्दीन,हुँदैन भन्ने त चलन नै छैन हाम्रो । टाउको जरो आयो सिटामोल, पेट दुखे डाइजीन खानु भन्नेहरु झन कति हो कति । ज्वरो आउनका १०० कारण होलान तर कसैले ज्वरो आयो भन्नासाथ एउटा औषधी सिफारीश गरीहाल्ने बानीलाई हाम्रो राष्ट्रीय बानी घोषणा गरे पनि फरक पर्दैन । जे परेपनि जसलाई पनि सोधिहाल्ने र जान्दै नजानेको बिषयमा समेत अन्दाजी फिकेशन र अड्कलाईजेशन गरेर उपाय बनाइदिने हाम्रो स्वभावले बताउँछ कि हामीले नजानेको केही छैन, नचिनेको कोही छैन । सिडियो चिन्नेले डाइरेक्ट कल गर्छ,सिडीयो साब मेरो भाइ छ, नागरीकता बनाउन आउँछ यसो हेर्दीनु है ।
एउटा जड्याहा जुवाडेलाई खोरबाट निकाल्न आइजीपीलाई फोन गर्ने काम भनेको सिस्टमको उपहास हो । कसैले कसैलाई नचिनिकीन सुपर फास्ट काम सक्ने कम्पीटिसन गरौँ, गर्वले प्रत्यक दिन आआफ्नो कार्यालयको रेर्कड ब्रेक गरौ र भनौ आज हामीले यति धेरै सेवाग्राहीको सेवा ग¥यौ । स्थानीय पत्रकार मित्रहरु, वडा अध्यक्ष, गाँउ, नगरपालिकाका अध्यक्ष, मेयर ,उपमेयरको प्रेस सल्लाहकार बन्नु भयो भने जनप्रतिनिधीको कामका निगरानी कसले राख्छ । मुख्यमन्त्री, मन्त्री, सिडियो,एलडियो, मेयर,अध्यक्ष, प्रहरी, सेना, व्यापारी, भन्सार प्रमुख नेता सबका सब पत्रकारलाई आफ्नो नजिकको मित्र बनाउन चाहन्छन् ।
कार्यक्रमको आजको एपिसोडमा निम्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छः १. ५० लाखको शौचालय प्रयोग नहुदै खण्डहर बन्यो
चितवन । पुर्वी चितवनको राप्ती नगरपालिकामा करीब ५० लाखको लागतमा निमार्ण भएको सार्वजनिक शौचालय प्रयोगमै नआई खण्डहरमा परीणत भएको छ ।
आधुनिक तथा सुविधा सम्पन्न स्नान घर तथा शौचालय निमार्णका लागि तत्कालीन जिल्ला विकास समीति, गाविस, साना किसान सहकारी, स्थानीय कलेजले करीब ५० लाख संकलन गरेर निमार्ण सुरु गरेका थिए । ३ बर्ष अघि नै निमार्ण सम्पन्न भएको यो स्नान घर तथा शौचालय एक दिन पनि प्रयोगमा नआई अहिले यस्तो अवस्थामा छ ।
२.चिया विकास निगम भित्रको अवैद्ध रुख कटान कसले रोक्ने ?
झापा । नेपाल सरकारबाट त्रिवेणी ग्रुपले ५० बर्षका लागि ठेक्कामा लिएको चिया विकास निगम अन्तर्गतको बर्ने चिया कमान हाताभित्रका हरिया रुख अवैध ढंगले फडानी गरी तस्करी हुने गरेको पाइएको छ ।
झापाको बुद्धशान्ति गाउँपालिका—४ स्थित बर्ने चिया कमानभित्रका हरियाँ रुख निगमका कर्मचारी, डिभिजन वन कार्यालय झापा र काठ ठेकेदार शिवलाल कोइरालाको मिलेमतोमा सुकेका दाउरा काट्ने बहानामा सयौँ हरियाँ रुख कटीएका छन् ।
३.बर्दी र हतियारसहित भारतीय प्रहरी नेपाली भूभागमा हिरो झैँ उभिएपछि…
विरगञ्ज । सिमामा भारतीय सुरक्षाकर्मीहरुले दुख दिएका गुनासा आईनै रहन्छन् । भारतीय सुरक्षाकर्मीहर बर्दी र हतियार सहित सजिल नेपाल आउने गर्छन् । तराईमा मात्र होईन काठमाण्डौमा पनि भारतीय नम्वर प्लेटका सवारी साधन छा्याप्छायाप्ती भेटिन्छन् । नेपालका सवारी साधन भारत प्रवेशमा कडाई गरिएपनि भारतका सवारी साधन भने सिंहदरवार वर पर हिडिरहेका हुन्छन् ।
४.सिधाकुरा प्रभाव : सहयोगी भेटिएपछि उपचारकालागि बिरामी बालक काठमाडौं जादैं
कपिलवस्तु । आर्थिक अभावले उपचार हुन नकसेपछि कपिलवस्तु यशोधरा गाउपालिका–८ सिहोखोर का ५ वर्षिय विरामी बालक रामकिशोर मुराउको उपचारकालागि दाता भेटिएपछि काठमाडौं आउदैछन् ।
केही दिन अघि आर्थिक अभावमा उपचार हुन नसेको कार्यक्रममा देखाएका थियौ । उनलाई शरिरमा रगत नबन्ने समस्याले ग्रस्त छन् । बालकको उपचारका लागि यस्तै यशोधरा गाउपालिकाले उपचारकालागी २० हजार नगद सहयोग गरेको छ ।
-५० लाख खर्चिएको सार्वजनिक शौचालयको हालत , न हेल्मेट न परमीट भारतीय प्रहरीको सान !(भिडियो)

