राज्य सबै भन्दा पहिला आफ्ना नागरिकप्रति उत्तरदायी हुनु पर्छ । आफ्ना नागरिकलाई कसरी सुविधा दिने, कसरी दुख हर्ने भन्ने बिषय राज्यको पहिलो र एक मात्र प्राथमिकता हुनु पर्छ । तर हामी कहाँ उल्टो छ ।
यसो ग¥यो, उसो ग¥यो जनतालाई नै सास्ती दिने काम निरन्तर चल्छ । शुक्रबारदेखि काठमाडौंमा हुने एसिया प्यासिफिक समिटको सवारी व्यवस्थापनका लागि भन्दै आजबाट ३ दिनका लागि उपत्यकामा जोर विजोर प्रणाली लागु भएको छ ।
भिभिआइपीलाई स्वागत गर्न आम सर्वसाधरणलाई दुख दिइनुलाई कसैले पनि मन पराएका छैनन् । समयमा कार्यालय पुग्नु पर्ने यात्रुहरुले सास्ती पाए, बृद्ध बृद्धा विरामी, गर्भवती बालबालिकाले दुख पाए । गाडी नपाएर सडक छेउमा उभिएका कसैको अनुहार उज्यालै थिएन ।
कहाँ, किन, कस्तो, कसलाई, कसले, कसरी, को, कति, के जस्ता प्रश्न नै प्रश्नले ३२ मुजा परेको निधार बोकेर नागरिकले आजको जोर विजोर छेउ टुप्पा बुझेनन् । यो केको सम्मेलन हो ? यो सम्मेलनमा के हुन्छ ?
भन्ने प्रश्नको जवाफ सरकारले नागरिकलाई बुझ्ने गरी नदिई सीधै जोर विजोर लगायो । नागरिक निरिह छन् । तिनलाई सडकमा हिड्न समेत केही वेर प्रतिबन्ध लगाइयो । गाडीमा हिड्नेले त दुख पाए नै पाए, पैदल यात्रीले समेत केही बेर दुख पाए । जवरजस्ती थोपरिएको यो यातना मंसिर १६ गतेसम्म जारी रहने छ ।
ट्राफिक व्यवस्थापनलाई चूस्त बनाउनुको साटो सजिलो उपाय जनतालाई दुख दिने नै एक मात्र विकल्प हुने हो भने ट्राफिक व्यवस्थापन प्रमुखले विज्ञप्ती नै निकालेर हात उठाए भै हाल्योे नि ।
दैनिक जाम पनि कायमै, विशेष, परिस्थिती र अत्यावश्यक समयमा पनि व्यवस्थापन गर्न नसक्ने संस्थाको कार्यक्षमता यही हो भने देशको ट्राफिक प्रहरी जनताको होइन भिआइपी को हो, जनताको संस्था होइन भनेर घोषणा गरिदिए हुन्छ । अब यो विवादस्पद सम्मेलनको अन्य पक्षको चर्चा गरौँ ।
यो कार्यक्रमको मुल आयोजक एउटा आइएनजी हो । एउटा आएनजिओ ले देशको सरकारलाई घरी सहआयोजक भनेर राखेको छ फेरी मन लाग्दा सह आयोजकबाट नाम झिकेको छ । देशको सरकार भन्दामाथि हो यो आयोजक आइएनजिओ ?
यति मन लाग्दी गर्न सक्नुको पछाडिको एउटा सत्य यो पनि हो कि आयोजक युनिभर्सल पिस फेडरेशन र (युपिएफ) को नेपाल च्याम्बरका प्रमुख व्यक्तिहरुले नेपालका प्राय नेतालाई मजाले रिझाएका छन् । यो संस्था मार्फत फोकडमा कोरिया नघुमेका नेताहरु र प्रभावशाली व्यक्तिहरु एक दशै कम छन् । देशका अलमोस्ट सबै नेतालाई फ्रीमा कोरिया घुमाउन सक्ने संस्थाका व्यक्तिहरु यो संस्थामा भएपछि सरकारको लोगो चाहेको ठाँउमा प्रयोग हुँदैन त ?
फोकडमा कोरिया घुमाएको, खुवाएको, सपिङ गराएको झलझली याद आएपछि को बोल्ने ? फ्रीमा कोरिया, फ्रीमा अचेल चलेको चाइन र फ्रीमा विदेशी दुतावासले कोटा मार्फत दिने छात्रवृद्धीको स्वाद चाखेपछि अच्छा अच्छाको मुख बन्द हुने रै छ ।
नुनको सोझो त गर्नै प¥यो । पर्यटन प्रवर्दनका लागि यो गज्जबको अवसर भएको भनिएकाले हामी नेपालीले ३/४ दिन दुख खेप्नै प¥यो । म्यानमार, कम्बोडीया, पिलिपिन्स आदी देशबाट हुलका हुल पर्यटक आउन शुभकामना छ । तर सरकार पाहुनाको स्वागत गरिरहँदा आफ्ना नागरिकलाई यतीसम्म कष्ट दिनु राम्रो होइन ।
बाटोमा जोर विजोर चलाएर पनि सवारी व्यवस्थित छैन, आकाशमा १० वटा भन्दा बढी हवाइ जहाज ल्याण्डिङ गर्न नपाएिर घुमेकै घुमै थिए । यो गाइजात्रा भयो, गाइजात्रा । बस स्टपमा मान्छेको नाती, पुग्नु छ एकातिर लखेटेको छ अर्कै बाटो ।
ट्याक्सीको भ्रम्हलुट । नलुटेर के गरोस् भोली चलाउन पाइनन्, छोराछोरी घरमा आँ गरेर बस्छन् । धेरैले आशंका गरेका धर्म प्रचार वा अझ भनौ कुनै एक धर्म प्रवद्र्धन र संरक्षणका लागि यो सम्मेलन रचिएको होइन भने मात्रै । किन भने राज्यको स्रोत, साधन कुनै एक धर्म विशेषको संरक्षण वा प्रवद्धनमा संविधानतह लगाउन त पक्कै पनि नमिल्ला ।
र अन्त्यमा नेपाल मानव अधिकार परिषदमा निर्वाचित देश हो । यस अर्थमा नेपालले रोहिंज्या नरसंहार समेत आफ्नो समर्थन मागेर अन्तराष्ट्रिय रुपमा आलोचित म्यानमार नेतृ आङसाङ सुकी र आफ्नै पार्टीलाई १०० प्रतिशत सिट दिलाउने गरी नक्कली चुनाव गरेको विश्व व्यापी आलोचना खेपेका कम्बोडियाका प्रधानमन्त्री हुनसेनलाई औपाचारिक निम्तो पठाई स्वागत गर्नुले संसारभरी के सन्देश जाला ?
यो सोच्ने काम विद्धानहरुको । हामी सर्वसाधारण जोर विजोरकै मेलेमेसो मिलाउन व्यस्त छौं । जहिल्यै देशका भिआइपीले दिने सास्ती अहिले विदेशी भिआइपीले दिएको सास्ती । घरै पिडालु, बनै पिडालु, ससुराली जाँदा १२ हातको पिडालु ।
सेनाको अधिकारीको दादागिरी -नेपाली सेनाको एक अधिकारीले पावर लगाएर सडक निर्माण अवरोध गरेपछि भक्तपुर स्थित सुर्यविनायक नगरपालिका ७ गुण्डुमा १३ वर्षदेखि सडक स्तर बसद्धी रोकिएको छ । नगरपालिकाको भित्री सडक भएकाले १३ वर्ष अघि नै ट्याक खोलिएपनि नेपाली सेनाका जर्नेल धुब्र्र खत्रीको घर बिचमा पर्ने भएपछि स्तर बृद्धी हुन नसकेको हो । अन्यत्रको सडक फराकिलो बनिसक्दा खत्रीको घर अघिको अवस्था यस्तो छ ।
८ फिटको बाटोलाई २० फिटको बनाउने नगरपालिकाको निर्णयलाई यो घरले चुनौती दिएको छ । अन्यत्र सडकको मध्यभागबाट दाँया बाँया ६-६ फिट कटना गरिएको छ । तर जर्नेल खत्रीको घर अघि भने कटाइएको छैन । उनका घर अगाडिको साटो अर्को साइडमा बढी काटेको छ ।
तर यहाँ खत्रीको घर अघि रहेको श्याम शौजुको घर तर्फ भने अझै बढी काट्ने तयारी भइरहेको छ । जनप्रतिनिधिहरु नै खत्री परिवारले लामो समयदेखि सडकको स्तरवृद्धीमा अवरोध खडा गरेको बताउँछन् ।
यो बिषयमा रिपोर्टिङ गर्न पुगेको हाम्रो टिमलाई समेत खत्री परिवारले दुरव्र्यवहार गरेका छन् । सडकको दृश्य खिचिरहेका हाम्रा टिभी जर्नलिष्ट माथि जर्नेल खत्रीका भाई राजेन्द्र खत्रीले हाम्रो क्यामेरानै खोस्ने प्रयास गरे । तर सडक अवरोध गरेको बिषयमा क्यामेरामा जवाफ दिन भने कोही तयार भएनन् ।
लाईभ कार्यक्रममा अस्ट्रेलियाबाट आएको skype कल मार्फत महामहिम राजदुत लक्कि शेर्पा माथी मानव तस्करीको गम्भीर आरोप लागेको छ। अर्को रिपोर्टिङका क्रममा हाम्रो क्यामरा खोस्ने प्रयास समेत भएको छ।

