राष्ट्रपति कार्यालय विवादः १८ करोडको गाडीको औचित्य पुष्टि गर्ने कि निर्णयबाट पछि हट्ने -प्रत्येक २/४ महिनामा राष्ट्रपति कार्यालय विवादमा परिरहन्छ । प्रथम राष्ट्रपति रामवरण यादवको घरभाडा विवाद र सुविधा थप गर्ने विवाद लगायतका विषय सधैँ चर्चाको शिखरमा रहे भने वर्तमान राष्ट्रपति विद्यादेवि भण्डारीको दोस्रो कार्याकाल विवाद नै विवादको घेरा भित्र परिरहकै छ ।
तर आश्चर्यको कुरा त के भने राष्ट्रपति कार्यालय र स्वयंम राष्ट्रपति भने चाही जे सुकै परोस् बोल्न चाही नबोल्ने नीति वा अडानमा देखिन्छन्। दशैँमा घुँडा टेकाएर टिका लगाएको विषय जनताले मन पराएनन्, सर्वत्र विरोध भयो तर राष्ट्रपति ज्यु र उहाँको सचिवालयलाई मतलब नै भएन ।
घुडा टेकाएर टिका लगाएको भिडियो र फोटोका बारेमा लेख्ने, सुनाउने, देखाउने मिडियालाई तिहारको टिका लगाउदा छिर्नै दिनुभएन । जवाफ त्यही हो भनेर चित्त बुझाउनु पर्ने भो । नबुझेको कुरा के भने देशका लाखौँ जनता र अलमोष्ट सबै मिडियाले विरोध जनाउँदै प्रश्न गरेपछि एउटा जवाफ स्पष्टिकरण वा स्टेमेन्ट दिन पर्दैन ?
जस्तो कि राष्ट्रपति कार्यालयबाट भुल हुन गयो यो नियत बश भएको होइन, कसैले कुर्सी हटाइदिदा यस्तो हुन गयो, आगामी दिनमा थप ध्यान दिन्छाँै भन्न सकिन्थ्यो । अथवा, राष्ट्रपति कार्यालयको दोष छैन, घुँडा टेक्ने कि निहुरिने कि, हात जोड्ने कि, त्यो टिका थाप्न आउने व्यक्तिको आफ्नो निर्णय हो, यसमा राष्ट्रपति ज्यु र राष्ट्रपति ज्युको सचिवालयलाई नमुछिदिनु हुन अनुरोध गर्दछौँ ।
यति भन्न पनि सकिदैन ? अब फेरी १८ करोडको गाडी राष्ट्रपतिलाई भन्ने विषय, प्लस प्रहरी तालिम केन्द्र सारेर राष्ट्रपति भवनमा हेलिप्याड बनाउने कुरा सार्वजनिक भएको छ । कुरा आइसकेपछि स्पष्ट पारिनु पर्छ कि पर्दैन ?
नेपालको संविधानले राष्ट्रपतिलाई विशेष अवस्था वाहेक बोल्न पाइदैन भनेर बन्देज लगाएको पो छ कि । यहाँ कुरा विद्यादेवी भण्डारीको होइन मुलुकको सर्वोच्च र सम्मानित पद र संस्थाको हो ।
सेरेमोनियल राष्ट्रपति भएपनि पटक पटक विवादमा परिरहनु र पारिरहनु राम्रो होइन । अनि जनताको प्रश्नको जवाफ नै नदिइ ठस्स बस्नु झन् राम्रो होइन । यो दोष सरकारले लिनुपर्छ । कि त जनताले बुझ्ने गरि १८ करोडको गाडीको औचित्य पुष्टी गर्नुप¥यो कि त निर्णयबाट पछि हट्नु प¥यो । जनता त प्रश्न गर्छन नै गर्छन् । भोजपुरको गरिब परीवारमा जन्मेकी जनताकी छोरीलाई १८ करोडको गाडी किन चाहियो भनेर सोध्न पाइन्छ, पाइन्छ । यो लोकतन्त्र हो जनताले कर तिरेर राज्यको ढुकुटीमा पैसा पठाएका हुन् । आवश्यक भए १८ करोड होइन ३६ करोडको गाडी किन्नु पर्छ ।
किन भने त्यो गाडी विद्यादेवि भण्डारीका लागि होइन, यो देशको राष्ट्रपतिका लागि हो । भोली त्यो सर्वोच्च पदमा तपाई हामी पनि पुग्न सक्छौं । सरकारको निर्णय हो मैले मागेकी होइन भनेर राष्ट्रपति ज्युले भन्नुप¥यो वा राष्ट्रपति ज्युले मागेको होइन, उहाँले त चाहिदैन भन्नुभएको थियो, हामीले नै लिनुस् कि लिनुस् भनेर दिन लागेका हौ भनेर सरकराले भन्नु प¥यो ।
यर्थाथ यो हो भनेर विज्ञप्ती निकाल्न नपर्ने वा नसक्ने सबका सबको तलब भत्ता तुरुन्त रोक्न प¥यो, तिनको जागिर खोस्नुप¥यो कि त बोल्नु प¥यो । औचित्य पुष्टी भए आलोचना गर्नेहरुले क्षमा माग्नु प¥यो । फोकडमा जहिले पनि विचरा राष्ट्रपतिलाई उडाएको उडाई छन् । विवादमा तानेको तान्यै गर्न भएन । हुन त जनतालाई समृद्धशाली नबनाएसम्म यो देशका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री सबैलाई एउटै ठुलो हाउजिङ वा अपार्टमेन्टमा सारेर छतमा हेलिप्याड राखेपनि खासै फरक पर्ने चाही होइन ।
जनताको अपेक्षा बुझेर आफ्नो सुविधा घटाउँदा लोकप्रियता बढ्छ भनेर सल्लाह दिने मान्छे नै नभएका होलान् कि हाम्रा भिभिआइपीहरु नै सुविधा भोगी भएका होलान ? सम्झी हेर्नुस त, पुर्व राष्ट्रपतिले सरकारी सुविधा पुरा त्यागेर आँफले जानेको डाक्टरी पेशा गरिदिए खुसी नहुने को होला ?
राष्ट्रपतिले करोडको गाडी र घर होइन साधारण गाडी र सानो घरमा बस्ने र आँफु हिँड्दा जनताको बाटो बन्द नगर्ने निर्णय गरिदिए कति लोकप्रिय हुन्थिन होला । सामान्य गोठमा बसेका उपराष्ट्रपतिले समाज कल्याणको भवन होइन मलाई आफ्नो गोठमा राखिदिनुस, म जनताको छोरो हुँ, जनताको जीवन नउकासेसम्म महलमा बस्न लाज लाग्यो, अप्ठेरो लाग्यो भनिदिए भने कति मजा आउँथ्यो होला ।
तर विडम्बना आफुलाई आराम भए जनताको मतलबै नहुने रहेछ राजनीतिमा । त्यसैले भो हामी बरु एक छाक खाउँ तर भिभिआइपीलाई भुँडी फुट्ने गरी खुवाऔ ।
“एउटा बलात्कारी प्रोफेसरको स्ट्रिङ अपरेशन- युवतीको उद्धार, बलात्कारी होटलबाटै समातिए” आजको यस विशेष एपिसोडमा पनि विभिन्न रिपोर्टहरु प्रस्तुत गरिएको छ ।
विद्यार्थीको अश्लिल भिडियो बनाएर ब्ल्याकमेल गर्ने प्रोफेसर पक्राउ -नेपालका प्रतिष्ठित कलेजहरुमा म्यानेजमेन्ट पढाउँदै आएका भारतीय नागरिक वि.एस. गौतम भनेर चिनिने बोधीसत्व गौतम भट्टाचार्यले आफ्नै विद्यार्थी र किशोरीहरुलाई ब्ल्याकमेल गरि यौन शोषण गर्दै आएको खुलेको छ ।
कोलकत्ता घर भई हाल काठमाडौंको कालोपुल बस्ने ५४ वर्षीय भट्टाचार्यले विभिन्न तरिकाले किशोरीहरुसँग शारीरिक सम्पर्क स्थापना गर्ने र नाङ्गा फोटा भिडियो खिचेर ब्ल्याकमेल गर्दै आएका रहेछन् ।
चाकडी र घुस दिन नसकेको भन्दै वीर अस्पतालका डाक्टरले दिए राजिनामा – वीर अस्पतालमा कार्यरत न्युरो सर्जन डा. धु्रवराज अधिकारीले चाकडी र घुस दिन नसकेको भन्दै राजीनामा दिएका छन् । लामो समयदेखि वीर अस्पतालमा कार्यरत डाक्टर अधिकारीलाइ वीर अस्पतालमै पोष्टिङ हुन नसकेपछि सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा दिएको बताएका हुन् ।
झापाको पशुपति माविमा आर्थिक अनियमिता, अख्तियारमा उजुरी- झापाको बाह्रदशी गाउँपालिका–३ राजगढमा रहेको पशुपति माध्यमिक विद्यालयका प्रधानाध्यापक विद्यासागर चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोयानाथ पोखरेल र सहायक प्रधानाध्यापक गुणनिधी लँुईटेलले आर्थिक अनियमितता गरेको देखाएका थियौँ ।
गत कार्यक्रममा रिपोर्ट प्रशारण भए लगत्तै विद्यार्थीका नाममा विभिन्न शिर्षकमा रसिद काट्दै छात्रावृत्ति वापतको एक लाख रुपैयाँ रकम मिलान गरेको छ ।
रबि भन्छन -“शिक्षकको भेषमा रहेको एक यौन दुराचारीको पर्दाफास गरेका छौ। सहनै नसक्ने पिडा र यातना दिएको देखेर मैले आफ्नो आक्रोश लाई नियन्त्रण गर्नै सकिन । मलाई थाहा छ, फेरि पुलिस बनिस, न्यायाधीश बनिस भनेर चर्को आलोचनामा पर्ने छु।यी आरोपहरु मलाई सहर्ष स्विकार्य छन। बरु बलातकारी प्रती जति क्रूर हुनु पर्छ त्यति अझै हुन सकिन, त्यसैमा दुखी छु।”

