शनिबार, कार्तिक २५, २०८०
कार्तिक २५ गते राष्ट्रिय बिभुति महाविद्धान महागुरु फाल्गुनन्दको जन्मजयन्ती (पूर्णजीवनीसहित)

कार्तिक २५ गते राष्ट्रिय बिभुति महाविद्धान महागुरु फाल्गुनन्दको जन्मजयन्ती (पूर्णजीवनीसहित)


  • स्वदेश नेपाल
  • शनिबार, कार्तिक २५, २०८०

माङमिङसोहाङ लिङ्देन –वि.सं. १९४२ कार्तिक २५ गते आइतबार राति पूर्वी नेपालको इलाम जिल्लाको इभाङ गाविस चुक्चिनाम्बा गाउँमा एक बालकको जन्म भयो। बुबा जगुनबाज र आमा हंसमति बेघा लिम्बुको कोखबाट साइँला छोराको रुपमा सामान्य किसान परिवारमा जन्मिएका सो बालक गर्भमा रहँदा आमाले मदमंस खाए अस्वस्थ हुने, सपना बिग्रिनेजस्ता लक्षणहरु हुँदै आए पनि त्यसतर्फ कुनै ध्यान दिइएको थिएन। बालक जन्मेपछि सुत्केरीलाई कुखुराको मासु र जाँड खुवाउनाले शिशुले आमाको स्तनपान गर्नु भएन। जन्मेको ३/४ घण्टासम्म नरुने, आमाको दूध चुस्न पनि नमान्ने भएपछि भोकले मर्ला भन्ने डरले जबरजस्ती स्तनपान गराउन खोज्दा आमाको स्तनमा खटिरा उत्पन्न हुनाले दूध चुसाइएन। तथापि, सोही घरमा चार दिनअघि ब्याएको कालो बाख्राको दूध खुवाएर शिशुको पालनपोषण भयो।

बालकको न्वारानको नाम नरध्वज राखियो। अघि जन्मेका धेरै नानीहरु नबाँच्ने भएकाले शिशुको रक्षाका लागि फलामको चुरा लगाई दिँदा दीर्घायु हुन्छ भन्ने जनविश्वासअनुसार शिशुलाई फलामको चुरा लगाइयो। सोही कारण शिशुको बोलाउने नाम फलामसिं हुन गयो। बालकले आमाको दूध खान नपाउँदै आमा परलोक हुनुभयो। बुवाले दोस्रो विवाह गर्नुभयो। बालक सानीआमाको रेखदेखमा हुर्कंदै जानुभयो। बालक शान्त, एकान्तप्रेमी, कम बोल्ने हुनुहुन्थ्यो। गाई बाख्रा गोठाला गर्दै वनजंगल, खोलानाला, डाँडाकाँडा चहार्दै वहाँ ८ वर्षको हुनुभयो। चुक्चिनाम्बामा खान, लाउन, बस्न दु:ख भएकाले शिरानघरे जगुनबाज देउमाई खोलापारि जितपुरको ढोडेनीमा खेती गर्न जानुहुन्थ्यो। हिउँदमा गाई गोठ माइखोलापारि राख्ने क्रममा जगुनबाजले पनि राख्नुभयो। गोठ जितपुरको खत्रक्पा खोल्सीपारि हाल दानाबारी गाविस ९ को बोरुङ सहवीरे भनिने ठाउँमा थियो।

गोठ लगेर उतै बस्ने भएकाले समय–समयमा घरबाट सामलतुमल (खाद्यसामग्री) पुर्‍याउन जानुपथ्र्यो। एकदिन फलामसिंलाई आफ्नो सानीआमाले बुवालाई सातुसामल गोठमा पुर्‍याउन पठाउनुभयो। चामलसँगै मासु पनि भएको फलामसिंलाई थाहै भएन। डोको बोकेर खोला तरिसकेपछि बालक फलामसिंलाई ज्वरो आउन थाल्यो। एकैछिनमा शरीरभरि फोकैफोका उठ्यो। हनहनी ज्वरो आयो, बोल्नै नसक्ने हुनुभयो। मुस्किलले गोठमा पुग्दा छोराको त्यस्तो अवस्था देखेर बुवाले आतिन्दै के भयो भनेर सोध्नुभयो। छोराले आँसु खसाउँदै टुलुटुलु हेरि मात्र रहेको देखेर सानीआमाले बिरामी छोरालाई माया नै नगरी भारी बोकाएर पठाइछे भन्ने सम्झनुभयो। छिमेकी गोठालाहरुलाई गोठ हेर्न लगाएर छोरा बोकेर ढोडेनी घरतिर फर्कनुभयो। आफ्नी श्रीमतीसँग रिसाउँदै छोरा बोकी घर पुग्दा आमाले आश्चर्य जनाउँदै घरबाट बाटो लाग्दा बिराम नभएको कुरा विश्वास दिलाएपछि फेदाङमा, बिजुवा लगाउनुभयो। तीन दिनसम्म फेदाङमा, बिजुवाहरु लगाउँदा पनि बिरामीमा कुनै प्रगति भएन। हरेक रात छिमेकीहरु भेला भएर बिरामी रुङ्ने गर्थे। चौथो दिन बेलुकीपख गाउँलेहरुले रुँगिराखेको बेला बेहोस अवस्थामा लडिरहेको फलामसिं जुरुक्क उठेर एक्कासी जंगलतिर दौडनुभयो। ३/४ जनाले पछ्याउँदै दौडे। वहाँ घर नजिकैको जंगलमा पस्नुभयो। सबैले खोजे तर फेला पारेनन्।

सुतिरहेको अवस्थामा एक दिव्य पुरुषले मतिर आऊ भनी इशाराले बोलाएको बिरामी बालकले देख्नुभएको रहेछ। बोलावटले आकर्षित भई बालक जुरुक्क उठेर जाँदा दिव्य पुरुष मतिर आऊ भन्दै इशारा गर्दै अझ पर–पर दौडे। दिव्यपुरुषले बिरामी हुनुअघिको खोलाको किनारतिर लगे। त्यसपछि वहाँलाई दिव्य पुरुषले माइखोलामा नुहाउन लगाए। केहीमाथि खत्रक्पाको खोल्सीमा लगेर लामपाते रुखको फेदमा उभ्याई खुट्टानेर भुँई खोस्रेर सिमीको दाना रोपेजस्तो गरे। त्यो बीउ तत्कालै उम्रेर लहरा भई बालकलाई रुखसँगै चलमलाउन नसक्ने गरी बाँधेपछि त्यो दिव्य पुरुषले बालकलाई प्रश्न गर्न थाले।

दिव्य पुरुष, ‘‘मलाई चिनिस् कि चिनिनस्?’’ बालक, ‘‘चिनिन।’’ दिव्य पुरुष, ‘‘अघिल्लो जन्मको कुरा बिर्सिस्?’’ बालक, बिर्सें, ‘‘थाहा छैन।’’ दिव्य पुरुष, ‘‘राम्रो सम्झी, थाहा पाउँछस्।’’ बालक, ‘‘अहँ थाहा पाइन।’’ दिव्य पुरुष, ‘‘मासु बोकेर यो खोलामा किन पसेको? त्यो खानु हुँदैन भन्ने बिर्सिस्? (माइखोलातिर औंल्याउँदै) ऊ आमासँग माफी माग’’ भन्दै दिव्य पुरुष त्यही नै अल्पिए।

बालकको शरीर हल्का भयो। रुखसँगै बेरिएको लहरा त्यहीँ नै लोप भयो। शरीरको कम्प, पीडा सबै हराएर आनन्द भइ खोलातिर फर्किंदा दिव्य बाजागाजाहरुको ध्वनी गुञ्जन थाल्यो। आँखा खोलामा अडिएको थियो। त्यसबेला खोलाको बीचबाट सुकिलो आभूषणले सुसज्जित दिव्यसुन्दरी निस्केर हल्का मुस्कानका साथ आई बालकलाई शरीरमा सुमसुम्याउँदै बडो मधुर स्वरमा ‘‘तपस्वी हुन्छौ, अगाडिको व्रत पूर्ण गर्नु। मैले नै तिमीलाई यहाँ बोलाउन पठाएकी हुँ’’ भनी मुस्कुराउँदै पुन: खोलातर्फ गइन्। आनन्ददायी दिव्य बाजाहरु फेरि बज्न थाले। दिव्यस्त्रीलाई पछ्याउँदै बालक खोलातर्फ बढ्दै जाँदा पानीमा पसी चुर्लुम्म डुब्नुभयो। तर, सो दिव्यस्त्री त्यही लोप भइन्। बालक निथ्रुक्क भिजेर खोलाबाहिर निस्की दिव्यस्त्री कहाँ गइन् भनेर हेर्दै गर्दा अद्भूत दृश्य देखा पर्‍यो।

रात भएपनि दिन झैं उज्यालो भयो। आकाशबाट मुन्धुमका ठूल–ठूला सुनौला अक्षरहरु क्रमैसँग खोलामा खस्न थाले। ती अक्षरहरुले आँखै तिर्मिराउँथ्यो। मन्त्रहरुले भरिपूर्ण ती अक्षरहरु फलामसिंले दैवीशक्तिले पढ्दै जानुभयो। त्यसले बालकमा ज्ञान बोध हुँदै गयो। सबै दृश्य सकिएपछि सपनाबाट ब्युँझे झैं हुनुभयो। आकाशमा जून ताराहरु मात्र देखिए। धर्तिमा सम्पूर्ण ज्योतिहरु हराएर सामान्य रातको जूनेली उज्यालो मात्र पाउँदा बालकलाई सपना हो कि बिपना हो जस्तै लाग्यो। त्यो रात मंसिरको धान्य पूर्णिमाको रात थियो। उज्यालो भएपछि आफूलाई आफ्नै गोठको वारिपट्टिको जंगलमा पाउँदा र शरीरको फोकाहरु सबै निको भएको पाउँदा खुशी हुनुभयो। केही क्षणमा घरबाट खोज्न आउने मानिसहरुसँग भेट भयो। खोज्न आउनेहरुले बालकलाई देखेपछि फेरि भाग्ने हो कि भनेर छेक्दै नजिक पुगेर समाते। बालक मुसुक्क हाँसेर किन समातेको भन्दा उनीहरु छक्क परे। कसरी बिराम निको भयो भनेर सोध्न थाले। बालकले सबै बृत्तान्त बताइदिनुभयो। बालकलाई लिएर घरमा पुग्दा छोरा निको भएर हाँस्दै आएको देखेर अचम्म र खुशी हुँदै आमा–बुवाले के भएर यस्तो भयो भनी सोध्दा मासु बोकेर खोला तर्न नहुने रहेछ भन्दै छोटो उत्तर दिनुभयो। खोज्न जानेहरुले अघि फलामसिंले भन्नुभएका सबै कुराहरु दोहोर्‍याएर आमा–बुवालाई सुनाए।

गोठाला, मेलापात गर्दै फलामसिं किशोर अवस्थामा प्रवेश गर्नुभयो। घरमा खानसम्म धौधौ हुने भएकाले फलामसिंका आमा–बुवा चुक्चिनाम्बा छोडेर जितपुरको ढोडेनीमा बसाइँ जानुभयो। फलामसिंले जन्मस्थल छोड्न मान्नुभएन। फलामसिं काका लालबाज र काकीसँगै जन्मस्थलमै बस्ने हुनुभयो। जितपुरमा राम्रो जीवनयापन नभएकाले केही वर्षपछि आमाबुवा फेरि चुक्चिनाम्बाको डाँडागाउँ सिरानमै फर्किनुभयो। मदमंस छुन पनि नहुने बिराम भइहाल्ने, बिहान बेलुका दैनिक दियो कलशसँग सेवा गर्ने भएकाले र काका काकी मदमंस सेवन गर्ने भएकाले काकीले एकदिन ‘‘साइँला अब त तिमी हुक्र्याै, खोइ एकै ठाउँ बस्नु राम्रो थियो, तर खानुमा मिल्दैन। तल लेछेबुङमा कटेरो बनाएर बस। त्यसो गर्दा चोखो हुन्छ’’ भन्दा फलामसिंले हुन्छ भन्नुभयो। लेछेबुङ बारीमा सानो कटेरो बनाइदिनुभयो। लेछेबुङमा ३ रोपनी ३ आना बारी, एउटा कोदालो, एउटा तेरेङ खे:या, एउटा माटाको हण्डी, एउटा सिलबरे थाल, एउटा कराई, एउटा खुर्पा र एउटा हँसिया, दुई माना पिठो र चार झुत्ता मकै फलामसिंको अंश थियो।

 फलामसिं भ्याकुर र तरुल खनी खाँदै जीविका चलाउनुहुन्थ्यो। तरुल खन्न जाँदा बुढी मान्छे अघि गएको देख्नुहुन्थ्यो। र, तरुल पनि धेरै भेट्टाउनु हुन्थ्यो। साथीहरुले मासु ख्वाउनु पर्छ भनेर लडाएर ख्वाउन खोज्दा उनीहरुको हात मुखमा नजाँदा अचम्म मान्थे। दुहुना गाईहरुको दूध सबै चुसिदिनुहुन्थो। प्राय: साग, सिस्नु खाएर नै हुर्किनु भयो। बनी गरेर एक जोडी कुखुरा ल्याउनुभएको थियो। त्यो कुखुराको अण्डा सर्पले सबै खाइदिँदा सर्प मारेपछि सो कुखुराले काढेका चल्लाहरु फैलिएका थिए।

माइला दाजु राजवन्त वेलायती फौजमा हवल्दार भएर बर्मामा हुनुहुन्थ्यो। सोही पल्टनमा गाउँकै आफन्त बलधुम योङहाङ पनि हुनुहुन्थ्यो। वहाँ घर बिदामा आउँदा आमा–बुवाले छोडेको एक्लो भाइ फलामसिंले सारै दु:ख पायो होला भन्ने सोचेर दाजुले साइँला भाइ फलामसिंलाई पनि लिएर आउनु भनी बलधुमलाई अह्राउनुभएको थियो। बलधुमले फलामसिंलाई भेटेर माइला दाजुले तिमीलाई पनि लिएर आउनु भनेको छ भनी खबर सुनाएपछि फलामसिं दाजुलाई भेट्न जान मञ्जुर हुनुभयो। बलधुम पल्टनमा हाजिर हुन जाँदा फलामसिंलाई पनि साथमा लिएर जानुभयो। खर्च थिएन, गाउँमा कुखुरा किन्ने बेच्ने चलन थिएन। त्यसैले दार्जिलिङको गुन्द्री बजारमा बेच्न खुँगीमा बोकी जाँदा इलामको नाम्सालिङमा तुषारोमा चिप्लेर लड्दा खुँगीले थिच्यो।

दाजु भेट्न हिँडेको फलामसिंलाई बलधुमले दार्जिलिङ घुम डिपुमै भर्ती गराएर रिक्रुट बनाइ सरकारी राशन खुवाउँदै लाहोरमा पुर्‍याएको थाहै थिएन। सरकारी पोसाक लगाएर परेडमा उपस्थित गराउँदा फलामसिं छक्क पर्नुभयो। तब विनम्रतापूर्वक ‘‘साहेब म त योगी हुँ, शस्त्रधारी पल्टने हुने मलाई इच्छा छैन। म दाजु भेट्न मात्र आएको हुँ।’’ भनेर बिन्ती चढाउँदा ‘उसो भए कमााण्डरको अफिसमा जानुपर्छ’ भन्ने उत्तर आयो।

कमाण्डरको अफिसमा पुर्‍याइएपछि कमाण्डरले भन्नुभयो, ‘‘पल्टने हुने विचार थिएन भने किन भर्ती भयौ?’’ ‘‘साहेब, म त दाजु भेट्न आएको मलाई झुक्याएर भर्ती गराएछन्। मलाई पल्टने हुने विचार छैन’’ फलामसिंले भन्नुभयो। कमाण्डिङ अफिसर हाँस्नु मात्र भयो, केही नलागेपछि रिक्रुट हुन करै लाग्यो। यसरी फलामसिं वि.सं. १९६४ मा अंग्रेजको गोर्खाली पल्टनमा भर्ना हुनुभयो। फलामसिंको फौजी जीवन सुरु भयो। तैपनि समय–समयमा माङसेवा गर्न छोड्नु भएन। खाटको सिरानीपट्टि दियो कलश राखेर धुप सल्काएर साँझ बिहान नियमित सेवा गर्नुहुन्थ्यो। जसले गर्दा दिन प्रतिदिन फलामसिं ध्यानी नामले परिचित हुनुभयो। दाजु राजवन्त बर्माबाट तीन महिनापछि भाइ भेट्न आउँदा दुई चारजना चेला बनाइसक्नुभएको थियो। आफ्नो दाजु हवल्दार भएकाले उसको कुरा लाग्छ कि भनेर सबै कुरा बताएर आफ्नो नाम काटिदिने प्रबन्ध मिलाइदिन अनुरोध गर्नुभयो। तर, दाजुले तीन वर्षपछि मिलाइदिने वचन दिंदै फकाउनुभयो। पल्टनमा दिनदिनै ध्यानीको प्रख्याति बढ्दै गयो। बिरामी सैनिकका परिवार ध्यानीको डेरामा आउन थाले। मान्छे धुइरो लागेको देखेर अंग्रेज परिवारसमेत उपचार गरी माग्न ध्यानीकोमा आउन थालेको देखेर अफिसरहरु पनि छक्क पर्थे। यतिकैमा तीन वर्ष पनि बित्यो। ध्यानीले नाम काटेर एकैचोटी जान खोज्दा उल्टै दर्जा बढाइदिनाले बन्धनमा पर्नुभयो।

उही पल्टनमा हवल्दार दलसुर तान्त्रिक ज्ञानमा निकै नाम चलेको व्यक्ति हुनुहुन्थ्यो। पल्टनमा सबैले प्रभूजी भन्थे। तन्त्रमन्त्रको भरले सबै कम्पनी कमाण्डरहरुलाई समेत कजाइसकेकाले दलसुरले बोलेको कसैले पनि काट्न सक्दैनथे। एकदिन साँझपख ध्यानी सधैं झै सेवामा बस्नुभएको थियो। चेलाहरु पनि सेवामा आएका थिए। ध्यानीको थानमाथि दुम्सीको तीनवटा काँडा फिरिरि घुम्यो। दलसुरले वाण छोडेको हो भन्ने थाहा पाएर ध्यानीले वाण फर्काइदिनुभयो। एकैछिनमा तीनवटा हरियो झिंगा आएर थानको वरिपरि भन्किन थाले। ध्यानीले झिंगा मारिदिनु भन्नुभएपछि चेलाहरुले मारिदिए। तीन वटा मारेको त मौरी झैं कोठैभरी भुनभुनाउन थाले। चेलाहरुलाई त रमिता नै भयो। यो प्रभुजीकै काम हो भन्दै चेलाहरु खासखुस कुरा गर्दै थिए। ध्यानीले झिंगाहरुलाई केही नगर भन्नुहुँदै माला हातमा लिएर जप गर्न थाल्नुभयो। माङ नै हुनुहुन्छ है भनेर जिम्मा दिएपछि क्षणभरमै सबै झिंगा हराए। यो कुरा फेमली लाइनमा पनि पुगेछ, रमिता हेर्नेहरुको भीड भयो। भोलिपल्ट बिहानको परेडमा दलसुर आउनुभएन। सोधखोज गर्दा वहाँ ओच्छ्यानबाट उठ्नै नसक्ने गरी थला पर्नुभएको भन्ने थाहा भयो। अस्पताल लाने कुरा गर्दा ‘मलाई डाक्टरले निको पार्न सक्दैन’ भनेर दलसुर अस्पताल जान मान्नुभएन। किनकि, आफ्नै वाण फलामसिंले फर्काइदिँदा आफूलाई लागेको दलसुरलाई थाहा थियो।

‘‘कसले निको पार्छ’ भनेर सोध्दा ‘ध्यानीले मात्र निको पार्छ’’ भन्नुभयो। ‘ध्यानीले तिमीलाई भेदेको हो’ भनेर सोध्दा ‘‘उसले भेदेको त होइन। तर, उसले मात्र निको पार्छ। उसले उपकार गरिदिएन भने म बाँच्दिन’’ भन्दै ध्यानीलाई बोलाउन आग्रह गर्नुभयो। ध्यानीलाई लिन पठाउँदा ‘मैले केही गरेको छुइन, म दलसुरको कोठामा जान्न’ भन्नुभयो। ‘‘नगएमा दलसुरको ज्यान जान्छ’ भनेर ढिपी गरेपछि ध्यानीले एक किसिमको झार फुकेर ‘यसको झोल खुवाइदिनु निको हुन्छ’’ भन्नुभयो। फर्केपछि झार माडेर झोल खुवाएपछि दलसुर केही दिनमा नै निको हुनुभयो। त्यस दिनदेखि ध्यानीको कोठामा घण्टी बजेको सुन्ने बितिकै दलसुर परैबाट प्रणाम गर्दै आउने हुनुभयो। ध्यानीको नाम झन् बढ्दै गयो। एकदिन सुनसान जंगलमा आफू मात्र भएको मौकामा उही दिव्यपुरुषसँग अचानक भेट भयो। ध्यानी झस्कनुभयो, दिव्यपुरुषसँग सवाल जवाफ सुरु भयो |

‘‘खत्रक्पामा भनेको कुरा बिर्सिस्?’’
‘‘बिर्सेको छुइन।’’
‘‘अब बेला पुग्यो। अब त जाने बेला भयो।’’
‘‘धर्म प्रचार गरिसकेको छैन।’
‘‘उसो भए सबै काम सकेर आफ्नो खुशीले आउनु।’’ यति भनी दिव्यपुरुष अन्तध्र्यान भए।
यस पटकको देवदर्शनले ध्यानीको मनमा सारै अशान्ति छायो। हृदयमा ठूलो चोट पर्‍यो। जसरी भए पनि पल्टन छोड्ने दृढ अठोट गर्नुभयो।

इरावती नदीको किनारमा जाँदै गर्दा योगी झिलिमिली आँखा बलेर आउँदै गरेको देख्नुभयो। भेटेपछि योगीले हिन्दू धर्मग्रन्थका चारवटा पुस्तकहरु दिनुभयो। मनुस्मृति, सत्य अर्थप्रकाशलगायतका हिन्दू ग्रन्थहरु थिए। योगीसँग आत्माबाटै वार्तालाप भएको थियो। साथमा दिलमान तुम्बापो हुनुहुन्थ्यो। यस्तैमा भारतीय जसमनी पन्थका शशिधर स्वामीका चेलासँग भेट भई धेरै दिनसम्म धेरै ज्ञान, शिक्षा, दीक्षा लियादिया गरेपछि वहाँले नै फाल्गुनन्द नाम राखिदिएपछि ध्यानी हवल्दार फाल्गुनन्द हुनुभयो।

प्रथम विश्वयुद्ध वि.सं. १९७० मा शुरु भयो। ध्यानी हवल्दारको कमाण्डमा एक सेक्सन सिपाही खटिए। आफ्ना सेक्सनका सिपाहीहरुलाई उपदेशका साथ आदेश दिनुभयो, ‘‘हेरज्ञ् दुश्मन भनिनेहरु पनि हामीजस्तै मानिस हुन्। जर्मनहरुले हाम्रो केही पनि बिगारेका छैनन्। उनीहरुलाई मारेर के फाइदा? मारियो भने उल्टो पाप लाग्छ। उनीहरुको स्वास्नी, छोराछोरीले दु:ख पाउँछन्। तर, सरकारको नूनपानी खाएको छौं, नूनको सोझो गर्नुपर्छ। हुकुम पालना गर्नैपर्छ। यसकारण गोली कि आकाशतिर कि भुइँतिर हान्नू, मान्छेलाई ताकेर नहान्नू। माङलाई सम्झनु। सत्य र धर्ममा बसियो भने मरिंदैन।’’ लडाईं चलिरहेको थियो, एउटा लिम्बुनीजस्ती आइमाई पहेंलो सुनको थुन्से बोकेर फौजको अगाडि हिँडेको दृश्य ध्यानीको सेक्सनकाले देखेका थिए। शत्रुपक्षबाट आएको सबै बम तथा गोलाहरु त्यही थुन्सेमा पसेको जस्तो देख्थे। ध्यानीका सेक्सनका कोही मारिएनन्, घाइते पनि भएनन्। आफ्नो तर्फबाट बन्दुकको गोली आकाश तथा भुइँतिर पड्काएर युद्धको भूमिका निर्वाह गरे। लडाईं साम्य भयो, आ–आफ्नो पल्टनमा फर्के।

पल्टनमा हुँदै जंगल अपरेशनमा हिँडिरहँदा एकपटक अजङ्गको बाघ फुत्त निस्केर खडा भयो। दिलमानको होसहवास नै उड्यो। ध्यानी र बाघको आँखा सिधै जुध्यो। निकैबेर एक–आपसमा हेराहेरपछि बाघले अर्कोपट्टि मोहडा फर्कायो। बल्ल ध्यानीले भन्नुभयो, ‘‘हे सिंहदेवीज्ञ् तिम्रो बाटो पछ्याएर जानु।’’ भन्दा बाघ लमक लमक गर्दै जंगलतर्फ लाग्यो।

दिलमानलाई हेरेर हाँस्दै ध्यानीले भन्नुभयो, ‘‘दिलमान डरायौ? तिमी त मृगको पुच्छर मात्रै हेरेर हिँड्ने पो त। बाघले त तिमीसित मीत पो लाएर गयो त।’’ दिलमान, ‘‘त्यसले के विचार गर्‍यो होला गुरु?’’ फाल्गुनन्द, ‘‘खान हुने नहुने, मार्न हुने नहुने विचार गर्‍यो नि।’’ कहिलेकाहीँ वनजंगलमा टहल्न निक्लँदा रुख, लहराहरु एकापसमा बोलेको सुनेजस्तो लाग्थ्यो। अघिल्लो जन्ममा चोर्दा, ज्यान मार्दा, असत्य बोल्दा, कसै कसैले भने बुबा, आमा र गुरुहरुको आज्ञापालन नगर्दा यो जन्म भएछ भनेर बात मारेजस्तो सुन्दा झस्कनु हुन्थ्यो। एकदिन साँझपख सुनसान जूनेली रातमा टहलिन निक्लँदा दिव्यपुरुषसँग अचानक दर्शनभेट हुँदा खुट्टामा सेवाढोग गर्नुबाहेक केही वाक्य आएन। दिव्यपुरुषले ‘‘तिमी त सेवा गरौला, किरातीहरुलाई सुधार गर्छौ कि भनेको त यहीं छौ’’ भन्ने वाक्य सुन्दा ‘‘हुन्छ’’ भन्ने जवाफबाहेक केही बोली फुटेन। यो बैसाक शुक्ल पूर्णिमाको रात थियो। अब ध्यानीले पल्टन जसरी भए पनि छोड्ने अठोट गर्नुभयो। वि.सं. १९७४ मा प्रथम विश्वयुद्ध पनि समाप्त भयो। पल्टनबाट नाम कटाउन चाहनेले नाम काट्न पाउने हुकुम भएपछि ध्यानीले पनि नाम लेखाउनुभयो। तर, वहाँ सत्यवादी र इमान्दारी हुनाले जमदार पदमा पदोन्नति गराएर पल्टनमै राख्ने तानाबाना बुन्ने काम भयो। अप्ठ्यारोमा पर्नुभयो। मनमा धेरै अशान्ति छायो। अलमलाएर पूर्ण बन्धनमा राख्ने चालबाजी बुझेपछि छुटकारा कसरी पाउने चिन्तनमा साँझपख ध्यानमा बस्दा माङबाट शब्दवाणी भयो।

‘‘बिहान कवाजमा जाँदा सरकारी पोशाक पहिरिएर नजानु, साधा पोशाकमा निधारमा बिघौद लगाएर जानु’’ भन्ने माङआदेशअनुरुप ध्यानीले गर्नुभयो। यो तमासा देखेर अफिसरहरुले जंगिएर भोलि यसरी नआउनु भनी कडा आदेश गरे। फेरि साँझमा ध्यानमा बस्दा फेरि उही शब्द दोहोरियो, ‘‘भोलि अझ ठूलो बिघौद लगाएर जानु।’’ भोलिपल्ट पनि त्यसै गर्नुभयो। लगातार यसरी तीन दिनसम्म पनि आदेशको पालना नभएकाले अफिसरले यसको कारण सोध्दा ‘‘पहाडमा हाम्रो गाउँ घरमा महारानी युमामाङ देवता चढेर यस्तो दु:ख पीर दिन्छ। यसको उपचार पूजाआजा गर्ने मानिस गाउँतिर मात्र पाइन्छ। पक्कै लिम्बुनी महारानी देवी चढेकी हुनुपर्छ। यहाँ राख्नुभन्दा नाम कटाएर पठाउँदा भलो हुनेछ’’ भनेर जनजातीय अफिसरहरुले ठूला अफिसरमा अनुरोध गरेपछि बल्ल स्वीकृति भयो।

सबैले एक दिनको तलब पनि उठाएर भत्ता थपी फर्कन तयार हुँदा पल्टनीया चेलाहरु पनि ध्यानीका साथमा हिँड्न तयार भए। सबैलाई सम्झाइबुझाइ गरेर पान्थर चोकमागुका दिलमान तुम्बापोलाई मात्र साथमा लिएर बिदावारी हुनुभयो। बिदाइ धुमधामसँग दुई दिनसम्म भयो। रेल स्टेशनसम्म बिदाइ गर्नेहरुको भीड लागेको थियो। रेल, मोटर, पानीजहाजको यात्रा गर्दै दार्जिलिङ डिपु आईपुगेर आफ्नो रहलपहल हिसाब थापेर गधामा सामानहरु बोकाएर गाउँ फर्किनुभयो। आउँदा सिलिगुडीमा गोरुगाडा किनेर बाँस तान्ने, भकारी बुन्ने काम पनि गर्नुभयो। यसपछि आगौटेबारीमा झुप्रो घर बनाई बस्नुभयो। तेस्रो घर चुक्चिनाम्बाको मूलघरको मास्तिर डाँडामा, चौथो गैरिगाउँको भालेबारीमा बनाई सर्नुभयो। त्यस समयसम्म चेलाहरु धेरै बनाइसक्नुभएको थियो, र महागुरु फाल्गुनन्द नामले परिचित हुनुहुन्थ्यो।

केही दिनको बिश्रामपछि महागुरुले दिलमानलाई यहाँ धेरै चेलाभूला बनाउनु भनेर घरमा छोडेर वि.सं. १९७७ माघमा चेलाहरुसहित विभिन्न देवी देवताहरुको दर्शन गर्दै काशी, मथुरा, द्वारिका रामेश्वर जगन्नाथ, अयोध्या, हरिद्वारलगायतका धामहरुको भ्रमण गर्नुभयो। देवस्थलहरुको भ्रमण गरिसकेपछि वि.सं. १९७८ मा चुक्चिनाम्बा पुग्नुभयो। टाढा–टाढाका बुढापाकाहरु पनि वहाँलाई भेट्न आउन थाले। रवीमा त्यसबेला जसमनी सम्प्रदायका साधुहरुको नाम निकै चलेको थियो। साधुहरुले महागुरु फाल्गुनन्दको प्रभाव सुनेर कस्ता तपस्वी आएका छन् त भनी भेटे। भेटपछि सम्बन्ध नजिकिँदै गयो। तपस्वी कहिले रवी, कहिले चोकमागु घुमिरहनुहुन्थ्यो। जसमनी मतका केही साधुहरुसमेत प्रभावित भएर मान्न, ज्ञान गुणका कुराहरु सोध्न थाल्ने भएकाले उनीहरु बीचमा वादविवादसमेत भएको थियो।

तपस्वी फाल्गुनन्द जहाँ पुग्नुहुन्थ्यो, त्यहाँ मानिसहरुको धुइरो लाग्ने गथ्र्यो। बिराम देखाउने, जोखना हेराउने, छोराछोरी माग्नेको भीड हुने भएकाले कहिलेकाहिँ दिक्क भएर भन्नुहुन्थ्यो, ‘‘मलाई त ज्ञान, ध्यानको कुराहरु पो सोध न।’’ इलाम जिल्ला साक्फारा ८, कालीखोला र बुवानाखोलाको शिरमा ठूलो पैह्रो गएको थियो। पैह्रोले गाउँसमेत लाने स्थिति भएकाले त्यस भेगका चेलाहरुले ‘‘स्वस्ती शान्ति गर्दा कतै रोकिन्छ कि गुरु’’ भनेर प्रश्न गरे। तब गुरु आज्ञा भयो, ‘‘त्यहाँ त देवीथान रहेछ। त्यही सुँगुर काटेर बेच्ने चलन रहेछ। देवी रिसाएर त्यसो भएको हो। अब उप्रान्त जीवहिंसा, हत्या नगर्ने कबुल गर्नु’’ भनेपछि सोही अनुसार गर्दा पैह्रो थामियो। त्यस्तै, बाँझो ८, आदिपुरका सुब्बा बिर्खध्वज साँबाले महागुरु फाल्गुनन्दलाई बोलाएर आफ्ना भतिजाहरुलाई भेला गराई महागुरुको निर्देशनअनुसार सेवा लगाएर सेतो पैह्रो थामिएको थियो।

चेला दिलमान तुम्बापोले आफ्नो गाउँमा ‘‘मसँग एउटा मान्छे छ ल्याउँछु’’ भन्थ्यो रे। त्यसैले महागुरु दिलमानसँग उसको गाउँ चोकमागु जानुभयो। गाउँ गएको मौका पारेर दिलमानले दाजुभाइहरुलाई ‘‘महागुरुले भनेकोमा सबै लागिजाउँ’’ भन्दा ‘‘बेतेनी खेतको पैरो थाम्न सक्यो भने पसौं’’ भनेको कुरा दिलमानले महागुरुलाई सुनाउँदा स्वीकार गर्नुभई ‘‘काली गाईको चोखो दूध, समेदा, घीउ र चरु तयार गर्नु सेवा गर्दा थामिन्छ’’ भन्नुभयो। सोही अनुसार सेवा गर्दा थामियो। र, ठूलो संख्यामा तुम्बापोहरु महागुरुका अनुयायी बने। रवीमा खडेरी चलेको कारणले स्थानीय चेला रामानन्द (पदमलाल) राईहरुको अनुरोधमा पानी पार्न माग गर्न यज्ञ सेवा स्वस्ती शान्ति गर्ने काम भई अन्त्यमा महागुरुले एक पावा पानी पाएको माङवाणी सुनाउनुभयो। तीन दिनपछि धुमधामका साथ दुई दिन दुई रात वर्षा भयो। पदमलालले ‘‘एक पावाले कति भिज्छ होला’’ भन्दा ‘‘यो पदमलालले पत्याएन है’’ भन्नुभयो रे।

एक पावाले झन्डै बगाई लग्यो। रवीको मुढेमा साधु गुफा माडे चौरमा बस्दा त्यही गुफाको किनारतिर पानी उमार्नुभयो, जसलाई बद्रीनन्द कुवा भनिन्छ। इलामको जितपुर ८ स्थित पारिगाउँको लिङ्देन गाउँमा आउने जाने गर्नुहुन्थ्यो। यस्तैमा वि.सं. १९८० मा काका बलिवन्त लिङ्देनले ‘‘धारा टाढा भयो, नजिकै पानी उमारी दिनुपर्‍यो’’ भन्दा महागुरुले बलिवन्तकै घरमुन्तिर पानी उमारिदिनुभयो। वि.सं. १९८१ बैसाकमा इलामको मानेभञ्ज्याङ सीमाना भएर दार्जिलिङतर्फ जाँदा मानेभञ्ज्याङवासीहरुले पानी मागे। यसलाई स्वीकारी पूजा सामग्री तयार गर्दै गरेको स्थानीय चित्रे गुम्बाको लामाले सुनेपछि रिसले चेलाहरुलाई धर्मशास्त्रका पुस्तकको भारी बोकाई बाजागाजाका साथ तडकभडक गर्दै तपस्वीको ओडारमा आई घमण्डपूर्वक गर्जिए, ‘‘पानी पार्न धेरै होम लगाएँ, जप तप गरें र पनि पानी परेको छैन। यस्ता फुस्राले कहाँबाट के गरेर पानी पार्छ। धर्मशास्त्र जुझाउँ। म त बाह्र अवतारी लामाको चेला हुँ, गुरु समान छु, ज्ञान जुझाउँm। म त सिधा ल्हासाबाट आएको लामा हुँ र पनि कति गर्दा पनि पानी पार्न सकिन भने यो फुस्रा कहाँको हो, के गर्छ?’’ यस्तो कुरा सुनेर तपस्वीले नम्र स्वभावमा भन्नुभयो, ‘‘तपाई संग्राम गर्न आउनुभएको रहेछ। म त संग्राम गर्दिन, मसँग दलबल छैन। हातहतियार पनि छैन।

जित्ने सोच पनि छैन। धर्मशास्त्र जुझाउन आउनु भएछ। मसँग ती केही पनि छैनन्। तपाईं त बाह्रअवतारी लामाको चेला हुनुहुँदोरहेछ। शिक्षा पाएर पण्डित हुनु भएछ, तर म त गुरुविहीन छु। त्यस्ता शिक्षादीक्षाको त कुरै जानेको छैन।’’ तपस्वीको यस्तो नम्र स्वभावको उत्तर सुनेर लामा झन् कडकिए, ‘‘केही पनि नजान्ने फुस्राले पानी पार्छु भन्ने धाक किन गरेको त?’’ ‘‘मैले त पानी पार्ने धाक गरेको छैन। यी सबै सज्जनहरुको आग्रह टार्न नसकेर कतै पानी परिहाल्छ कि भनेर यसो गर्न लागेको’’ भन्दा पनि झन् गर्जन लाग्दा तपस्वीलाई पनि आफ्नो परिचय दिन मन लागेर भन्न शुरु गर्नुभयो। ‘‘बडा लामा रिम्पोचे, तपाई बडा ज्ञानी हुनुहुँदो रहेछ। यस्तासँग भेट हुँदा मलाई ठूलो आनन्द लाग्यो। तपाईंका गुरु पनि ठूलै हुन्, तर ती गुरुहरुले यस्तै घमण्ड गर्नु, क्रोध र हप्कीदप्की गर्न सिकाउनुभयो कि? गुरु, साधु सन्त लामाहरुमा त तामसी भावना पनि ननिस्कनु पर्ने, धर्मशास्त्र जुझाउनु पर्ने कारण त नहुनु पर्ने। लौ त तपाईंको रहर पूरा गरौं।’’ यति बोल्दाबोल्दै तपस्वीको पारा चढेर आयो। ‘‘यी यति जना यहाँ मानिस साक्षी छन्।

यति बेला चीनमा वा अरु देशमा के घटना भइराखेको छ सोधी पठाउँ। तपाईंको र मेरो कसको जवाफ मिल्ने रहेछ’’ मात्र भन्नुभएको मात्र के थियो लामा हडबडाउन थाले। तपस्वीको त्रिकाल ज्ञानले भरिपूर्ण भएको गम्भीर प्रश्न सुनेर लामाको होसहवास उड्यो। दुईतिरको चेलाहरु यिनीहरु बाझन थाले, बज्र पार्छन् भनेर भाग्न थाले। तपस्वीले ‘‘यस्तै अहंकारले जान्छस्’’ भन्नुभयो। यिनी त महाशक्तिशाली रहेछन्। अब श्राप देलान कि भनेर डरले काम्दै माफी माग्न थाल्नुभयो। ‘‘म फुस्राले के माफी दिनु’’ भन्दा झन् लामा डरले थरथर काम्दै तपस्वीको प्रकाशमय अनुहार हेर्न नसकी घोप्टो परी आँसु झारी निहुरिएर बसेको देखी महागुरु फाल्गुनन्दलाई दया पलायो।

‘‘लामा तिमीहरु भनेको भगवान बुद्धका चेला हौ। बुद्धजस्तै शान्त र अहिंसावादी हुनु। ज्ञान खोज्न आउनेले त हिंसा गर्नु हुँदैन। बाहिरी मुखले मात्र धर्म प्रचार गरेर हुँदैन। भित्री आत्मा शुद्ध र निर्मल हुनुपर्छ। सत्य सम्झेर बस्नु। मैले क्षमा दिनु पर्दैन। ईश्वरले क्षमा दिनेछन्। सत्य मार्गमा चल्नु।’’ यति भनेपछि महागुरुको पाउमा दण्डवत गरी लामा उठेर गए। पछि घोडाबाट लडेर लामाको हात भाँच्चियो, र त्यही बिरामले मृत्यु भयो। पानी माग्ने सेवा भयो। तीन दिनभित्र पानी पर्छ भनी तपस्वी दार्जिलिङतर्फ जानुभयो। तीन दिनमा वर्षा भई मानेभञ्ज्याङवासी जनताले जयजयकार माने। पछि फर्कंदा वहाँको ठूलो स्वागत सत्कार साथ सम्मान भयो। वि.सं. १९८५ मा पान्थरको चोगमागु ३ मा लोब्रेकुटी आठजिल्ला माङहिम स्थापना गर्नुभयो। यही वर्ष माङमालुङ छेवैको तीनचुले डाँडामा झुप्रो बनाउन तीनचुलेका तीन सुब्बाहरुलाई ५० रुपैयाँको रक्सी राखिदिएर जग्गा माग गर्नुभयो। सो ठाउँमा पानीको अभाव भएकाले फलामे त्रिशुल गाढेर पानी पनि उमार्नुभयो। जसलाई सिमसिमे पानी भनिन्छ। जग्गा दिनमा दुई सुब्बा राजी भए। तर, कुरुम्बाकाहरुले दिएनन्। तब महागुरु जुरुक्कै उठेर मेख्ली उठाएर चुक्चिनाम्बाको गैरिगाउँ झर्नुभयो। वि.सं. १९८६ मा गैरिगाउँमा भक्तजनहरुले चन्दा संकलन गरेर किरातेश्वर हाङसाम माङहिम बनाइदिए। त्यसपछि ठूलो लाधुङसेमी सेवा लगाएर महागुरुलाई त्यहाँ राखे। जहाँ पछि महागुरुकै निर्देशन अनुसार बद्रिनन्द तुम्बापो गुरु भएर बस्नुभयो। सोही वर्ष पान्थर कुरुम्बा १, सिक्तेम्बाको थोक्पेत्चम्मा सानु डाँडामा त्रिशुल भुइँमा गाढी खन्न लगाई खानेपानी उमारिदिनुभयो।

लिम्बुवानवासी सबैलाई एकै ठाउँमा भेला गरेर किरात समाजमा व्याप्त तत्कालीन विकृति विसंगतिहरुलाई हटाउने उद्देश्यले १० लिम्बुवान १७ थुमका किरातीहरुलाई पत्र लेखेर वि.सं. १९८८ बैसाक २४ गते बुधबार लोब्रेकुटीमा बृहत् भेला गराउनुभयो। पान्थर यासोक भदौरेका सुब्बा शेरबहादुर लाओती, तेह्रथुम म्याङलुङका सुब्बा काजीमान तुम्बाहाङफे, धनकुटा चौविसका सुब्बा प्रेमबहादुर माबोहाङ आदि सुब्बालगायत ज्ञानीमानी ठूलाठालु सबैको उपस्थिति भयो। सो भेलाले तीन ठाउँ सर्दै पाँच दिनसम्म छलफल गरेर ७ बुँदे सत्यधर्म मुचुल्का पारित गर्‍यो। एक साँझ शेरबहादुर लाओती र काजीमान तुम्बाहाम्फेलाई महागुरुले सोध्नुभयो, ‘‘म को हुँ?’’ दुबैले राति सल्लाह गरेर भोलिपल्ट भने, ‘‘सत्य आहार, सत्य विहार, सत्य भोजन, सत्य कर्म, सत्य बोल्ने सत्यहाङमा।’’ तब वहाँ सत्यहाङमा नामले पनि परिचित हुनुभयो। लोब्रेको आठ जिल्ला माङहिम आठ सुब्बाको मात्र भयो है भन्दा १७ थुमको योगदानमा वि.सं. १९८८ मा आठ जिल्लाकै मुन्तिर सत्रथुम गोश्वारी युमा माङहिम निर्माण भयो। जसमा सत्यहाङमाकै निर्देशनमा बैजनाथ तुम्बापो माङसेवासाबा हुनुभयो। सो माङहिमको छेउमा पानी पनि उमार्नुभयो।

पूर्वाञ्चल लिम्बुवानका लिम्बुहरुलगायत धेरै समूह मिलेर करिब ३ सय जनाले सहिछाप गरी काठमाण्डौस्थित राजदरबारमा सत्यहाङमाविरुद्ध राष्ट्रद्रोही, समाजद्रोही, देशद्रोहीको उजुर पर्‍यो। यो वि.सं. १९९०/९१ को घटना हो। अभियोगमा पूर्व लिम्बुवान, पल्लो किरातको उत्तरको राजा म हुँ भन्छ, हाम्रो परापूर्वको रीतिथिति, संस्कृति खण्डित गरेर मास्न खोजिरहेको छ। परापूर्वकालदेखिको परम्परागत रीतिरिवाज, जाँड, रक्सी खाने पिउने, छोरीचेलीको सोतरीत, सुनौलीरुपौली, होकतबा र चारकलम लिनेदिने, युमा, थेबालगायत इष्टदेवी देवतामा राँगा, सुँगुर, खसी, बोका, भेडा, बाख्रा, हाँस, कुखुरा भोगबलि दिएर इष्टदेव मान्दै आएको हाम्रो धर्म, संस्कृति, रीतिथिति सबै भङ्ग गर्दै बाधा व्यवधान खडा गर्दै कहिलेकाहिँ हिमाल जान्छ। हिमालयमा दरबार बनाएको छ। सेना पालेको छ। घिउ, चामल, पैसा, मोही उठाएर ढिकुटी भराउँछ।

राजा हुँ भन्दै पूर्व लिम्बुवान घुमीघुमी कुधर्म प्रचारप्रसार गर्दै २/३ सय दलबलसहित डुलिरहेको छ भन्ने व्यहोरा थियो। गोप्य ढंगले परेको सो जाहेरी ठीक हो कि होइन भनी बुझने काम राजदरबारमा गोप्य छलफल गरी गोप्य कुरा बुझन बडागुरु पण्डित द्वीपराज उपाध्यायको अगुवाइमा आफ्नो जेठु वीरगञ्जका पौडेलको बुबा ससुराको श्राद्ध काबेली दोभानमा गर्ने बहाना पारी २१ जना ब्राह्मणहरुको टोली हातहतियारसहित महागुरु फाल्गुनन्दको खोजी गर्दै जाँदा सिनाममा भेट्टाए। पण्डित द्वीपराज र महागुरुको भेटवार्ता शुरु भयो। संसारभरका धर्मशास्त्रबारे कुराकानी भयो। ज्ञानगुणको कुरा एकअर्कामा लियादिया गर्दै ५ दिन ५ रातसम्म बहस चल्यो। अन्तत: अभियोगी राजा नभएर धर्मराजा रहेछन् भन्ने सत्य तथ्य पत्ता लगाए। पक्रन नहुने रहेछ भन्ने भएपछि यस्तो यस्तो उजुर परेकाले आफूहरु नेलकडी, साङली र हातहतियारसहित आएको सुनाउँदा महागुरुले हुन्छ जान्छु राजाले मलाई गहना पठाएको लाउँछु। यहाँ नभए पनि राजाको सामुन्ने लगाइदिनु भनी जवाफ दिनुभयो। तेह्रथुम, धनकुटा, खोटाङको पैदल मार्ग भएर काठमाण्डौको मृगस्थली ओडारमा बास भयो।

श्री ५ त्रिभुवनको दर्शन गर्दा पूर्वका लार्डसाहेब बबरशमशेर, पश्चिमका लार्डसाहेब मोहनशमशेर, उत्तरको लार्डसाहेब बहादुर शमशेर, दक्षिणका लार्डसाहेब भीमशमशेर गरी चार लार्डसाहेबहरुको बीचमा राजा भएको सभामा महागुरुलाई नेलकडी लगाएर हाजिर गराए। जाँच गर्दा असर्फी र फूल महागुरुको हातमा थियो। महागुरुले राजालाई फूल र असर्फी चढाउँदा नेलकडी खत्रक्क भुइँमा खस्यो। सभाका सबै छक्क परे, पूर्वको लार्डसाहेबले त जिब्रो नै टोके। महागुरु फाल्गुनन्दले ‘‘सरकारसँग भेट गर्ने मेरो इच्छा थियो, त्यो ईश्वरीय कृपाले आज पूरा भयो’’ भन्नुभयो। राजा त्रिभुवनले पनि ‘‘तपाईको दर्शन गर्न बोलाएको दर्शन भयो। भेट्ने इच्छा थियो, त्यो धोको पूरा भयो’’ भने। पूर्वका लार्डसाहेबलाई ‘‘यिनी राजा नभएर धार्मिक सन्त रहेछन्। खाने, पिउने, बस्ने प्रबन्ध मिलाउनु’’ भन्ने हुकुम भयो।

वि.सं. १९९२ मा ताप्लेजुङ साप्लाखु १ को काबेली माङहिमका माङसेवासाबा गंगादिल तुम्बापोले सो माङहिम महागुरुलाई चढाउनुभयो। किनकि, आफ्नो गुरु जसमनी पन्थका गोपालदास योङहाङले ‘‘पछि लिम्बुवानमा ठूलो महागुरु जन्मिन्छ, त्यसले भनेको कुरामा सबै पसिजानु पर्छ है’’ भनेका थिए। सिन्चेइ फक्ताङलुङ (कुम्भकर्ण हिमश्रृंखला)को तीर्थयात्रा सर्वप्रथम वि.सं. १९९३ मा गर्नुभयो। धार्मिक नियम पालन गर्दै फक्ताङलुङको फेदीमा पुगेर ठूलो सेवा लगाएर फर्किनु पथ्र्याे। बाटोमा पर्ने विभिन्न पोखरी, खोला, डाँडाहरुमा नित्य सेवा लगाउँदै जाँदा प्रत्यक्ष दैवी चमत्कारहरु देखेर चेलाभूलाहरु दङ्ग पर्थे।

ढ्याप्प कुहिरोले छोपेको डाँडाहरु सेवा लगाउँदा–लगाउँदै उघ्रिएर छ्वाङ उज्यालो हुने, कुनै पोखरीको पानी चलायमान भएर मयुर नाचे झैं दृश्य देखाउने, कतै पोखरीबाट हाँस, कछुवाजस्तो देखिने जन्तुहरु निस्केर वरपर गरी बस्ने, कतै ठूला सर्पहरु झैं देखिने जन्तुहरु पोखरीको छेउछेउ घुमिरहने, कतै नाङलोजस्तो उज्यालो प्रकाश २०/३० सेकेन्डसम्म देखापर्ने, कतै पोखरी रिसाएर पुरै पानी नै पल्टेर मान्द्रो बेरिए झैं बेरिएर छोप्ने, कतै दिउँसै झमक्क अँध्यारो भएर हुरीबतासले बाटो छेक्नेजस्ता विभिन्न दृश्यहरु देख्न भोग्न पाइन्थ्यो। ताप्लेजुङको तावापोखरीमा सत्यहाङमा र तीर्थ टोली पुग्दा हावाले तम्बु झण्डै उडायो। धेरै पटक सम्झाउँदा पनि नमानेपछि वहाँ रिसाउनु भयो र खुर्मी लिएर उफ्रिँदै तिमीलाई सराप्छु भनेर ३ फिटको समेदा चिठ्याउन लगाउनुभयो। तीन मुठी चरु लगाएर अब तिमी भष्म भयौ भनेर आराम गरेर बस्नुभयो। चेलाहरुलाई भोलि हेर्नु भन्नु भएको थियो। भोलिपल्ट बिहान पोखरी सुकिसकेको थियो। ज्यादा अहंकार घमण्ड गर्दा यस्तै हुन्छ भनेर चेलाहरुलाई भन्नुभयो। चोङ (लिम्बु)हरु यता नआओस् भनेर लामाहरुले श्राप दिएर त्यहाँको नागलाई उठाएकोमा सो मार्गलाई वहाँले यसरी खोल्नुभएको थियो।

घुन्सामा पुग्दा भोक र प्यासले हिँड्न नसकेको स्थिति देखेर महागुरुले चेलाहरुलाई ‘‘साह्रै भोक लाग्यो कि कसो हो?’’ भनी सोध्दा चेलाहरुले एकै स्वरमा ‘हो गुरु’ भने। ‘‘त्यसो भए पानी भेट्टाए खाना पकाई खान्छौ त?’’ भनी महागुरुले पुन: सोध्नुहुँदा चेलाहरुले ‘‘यहाँ पानी छैन, केले पकाई खानु गुरु?’’ भने। ‘‘एकछिन पर्ख माङले पानी दिन्छ’’ भन्नुभएपछि खुला सानो चउरमा चप्परी खन्न लाउनुभयो। खनिएको ठाउँमा पानी उम्रियो। त्यही पानीले खाना पकाई खाइसकेपछि त्यो पानी सुक्यो। चउर जस्ताको तस्तै भयो। फक्ताङलुङ पुग्ने बेलामा महागुरुको रुप नै बेग्लै भएर, चेलाहरुलाई समेत भुलेर लगाएको लुगा फुकाल्दै कता जानुहुन्थ्यो कता। जति माथि गयो उति नाङ्गो शरीर देखिन्थ्यो। चेलाहरुले भेट्न नसकेर फालेका लुगाहरु टिपेर बोकिदिंदै फक्ताङलुङ हिमालको फेदीमा पुगेर एउटा ओडारमा आगो फुकेर ताप्दै महागुरुको प्रतीक्षा गर्दै बसिरहन्थे। वहाँ कहाँ जानु हुन्थ्यो, के गर्नु हुन्थ्यो, के खानु हुन्थ्यो, कहाँ बस्नु हुन्थ्यो चेलाहरुलाई थाहै हुँदैनथ्यो। तीन चार दिनसम्म हराएर बल्ल मुस्कुराउँदै चेलाहरुलाई खोज्दै, ‘‘ए यहाँ पो छौ? मैले त तिमीहरुलाई भुसुक्कै भुलेछु’’ भन्दै निस्केर आउनु हुन्थ्यो। लेक लागेर हिँड्न नसकेका चेलाहरुलाई पर्खिँदै लानुहुन्थ्यो। यात्रामा सिद्धिदास फेजङ र बीर्खबहादुर साँबा पनि हुनुहुन्थ्यो। पर्खिँदै लाँदा ‘‘बिर्खे बल चोगे’’ भन्नु हुन्थ्यो रे। त्यसपछि आफूले प्राप्त गरेका माङसिवाखाहुनहरु तुङ्गेको तालमा गाएर सुमधुर स्वरमा चेलाहरुलाई सुनाउँदै खुशी भएर नाच्दै चेलाहरुलाई माङलाङ गराउँदै रमाउँदै टोली फर्किन्थ्यो।

वि.सं. १९९४ मा इलाम इभाङको चिम्भुवामा पानीको अभाव देखेर कमण्डलुबाट पानी भरेर ल्याउनु भई फलामको चिम्टा गाडी जल अभिषेक गर्नुभयो। तत्कालै पानी भरियो। यही साल फक्ताङलुङ जाँदा घुन्सामा किरात थान बनाउनुभयो। ताप्लेजुङको पाथीभरा देवस्थलमा बलिपूजा भएकोले त्यहाँ नगई तल सुकेटार नजिकैबाट युमासाम थेबासामको सेवा गरी हाल हवाई मैदान रहेको सुकेटारमा पानी उमार्नुभयो। ताप्लेजुङकै मेहेले गाविस सिरानको थाम डाँडामा पानी उमार्नुभयो। जसलाई सिजुवा च्वा: भनिन्छ। अर्को वर्ष १९९५ सालमा फक्ताङलुङ जाँदा पारुङतेम्बे मैदानमा धर्मशाला बनाउनुभयो। भक्तजनको दानबाट निर्माण हुँदै गरेको खबर तत्कालीन बडागुरु पं. द्वीपराज उपाध्यायले थाहा पाएपछि मेरो पनि सेवा लागोस् भन्ने पत्र लेखी एकजना मानिसलाई एक सय रुपैयाँ भेटी पठाएका थिए। भक्तजनको दानले नै धेरै काम भइसकेकाले अलिकति रुपैयाँ लगाई बाँकी रकम फिर्ता पत्र साथ पठाउनुभयो। पत्रमा ‘‘बडागुरुज्यू, तपाईंले धाममा लागोस् भनेर पठाउनुभएको रुपैयाँ र मानिस आई पुग्यो। तर, यहाँ अघिल्लो जन्ममा धर्म नगरेर यो जुनीमा दु:ख पाएका शिष्यहरुको सेवा लगाइदिँदा अर्को जुनीमा सप्रन्छ कि भनी उनीहरुको धुपबात्ती पूरा चढाइयो। तपाईं त त्यसै पनि ज्ञानी, ध्यानी र धर्मी हुनुहुन्छ। त्यसकारण तपाईंको केही रुपैयाँ लगाउँदा धाम धर्मशाला पूरा भैसकेको हुँदा बाँकी रुपैयाँ फिर्ता गरी पठाएको छु। यसमा दु:ख मन नगर्नु होला।’’ उल्लेख थियो। धर्मशाला बनाएपछि धुमधामका साथ सेवा गरी उद्घाटन गराउनुभयो।

सेवा सकेर याङवरक सीमानामा आइरहेको बेला राजद्रोही अभियोग लगाई याङरुप सिनामका कञ्चन गिरीको नामबाट धनकुटा गौंडामा उजुर पर्‍यो। सो उजुरीमा ‘‘लिम्बुवानमा एक फिरन्ता छ, ऊ बेलाबखतमा हिमाल जान्छु भनी भेंडीगोठतिर पनि पुग्छ, हिमालमा राजदरबार बनाउँदै छ। अगाडिको हाम्रो लिम्बुवान राज्य कायम गर्नुपर्छ भनी लिम्बुवानबासीहरुलाई हात लिँदैछ, खुब जोरसोरले प्रचार गर्दैछ’’ भन्ने उल्लेख थियो। उक्त उजुरबमोजिम याङरुपबाट पान्थर सिलौटीमा आइपुग्दा पक्राउ पर्नुभयो। पक्राउ गर्ने डोरले सोधपुछ गरे। ‘‘तपाईंको नाममा यस्तो यस्तो खालको उजुर छ’’ भनी सुनाएर सोधे, ‘‘कसो? राजा बन्ने इच्छा छ कि क्या हो?’’ तपस्वीले नम्र भएर जवाफ दिनुभयो, ‘‘म जस्तो फुस्रा राजा हुनु, यो पत्याउने कुरा होला? यो जामा लगाउँदा राजा भएँ कि? यो त्रिशुल बोक्दा राजा भएँ कि? यो बिघोत लाउँदा राजा भएँ कि? म त हाम्रो यो सडिएको समाजको उद्धार गरुँ भनेर लागेको। हुन त म जस्तोले के सुधार गर्छु होला र? चेलाहरुको करले १, २ वटा माङहिम, कुटी, धर्मशाला, पौवा, पाटी बनाई हिँड्छु। तीर्थ जानु मन लाग्छ र कहिलेकाहीँ यसो हिमालतर्फ गई टोपल्छु।’’ उजुरसँग कुरा ठ्याक्कै नमिलेको देखी त्यहाँ हाकिम भएर गएको मानिसले निकै कड्केर सोध्यो, ‘‘साँचो–साँचो भन्नुहोस्।’’ ‘‘साँचो त यही हो, झुट्टो कुरा त मैले भनेको जस्तो लाग्दैन, कि कसो भन्नुपर्ने तपाईं सिकाउनुहोस् म भन्दै जान्छु। सत्य कुरा भए आत्मादेखि भन्छु, झुट्टा भए भन्दिन। कर नै लाउनु हुन्छ भने मुखले मात्र भनिदिन्छु।

किनभने, सत्य सत्य नै रहन्छ, लुक्दैन, छिप्दैन, ढाँटिदैन पनि।’’ तपस्वीको यस्तो बयानदेखि तिनीहरुले भने, ‘‘जर्साबको हजुरमा पुग्नुपर्छ।’’ त्यसबेलाको धनकुटा गौंडाका बडाहाकिम माधव शमशेर जबरा थिए। बडाहाकिमले प्रश्न गरे, ‘‘तिमी नै हौ हिमालतिर जाने, लिम्बुवान डुल्ने?’’ ‘‘मै हुँ सरकार।’’ डोरवालाले हाकिमतर्फ फर्केर यिनको बयान यस्तो छ भनी पढी वाची सुनाए। त्यसपछि फाल्गुनन्दको नाममा उजुर गर्नेलाई यिनी नै हुन् तिमीले उजुर गरेको मानिस भनी बडाहाकिमले सोद्धा थरथर काँप्दै ‘‘यहाँलाई त मैले चिनेकै छैन’’ भने। यस्तो खालको उजुर गरेपछि सोध्दै नसोधी कोर्रा लाउँदै जेलमा हाल्छ भन्ने उजुर लाउनेहरुले सोचेका थिए। तर, तपस्वीको सौम्य प्रतापी मुहार देखेर बडाहाकिम माधव शमशेर पनि प्रभावित भए। उल्टै अतिथि महासन्त मानेर तपस्वीलाई सिधावापत भिक्षासमेत दिएको दृश्यले उजुरी गर्ने कञ्चन गिरीले जानिन भनी पछि माफी मागे। तपस्वीले ‘‘त्यस्तो बानी छोड्नु, सतकर्मीहरुको संगत लिनु, असतीहरुको संगत छोड्नु, ईश्वरले माफी दिन्छन्’’ भनेर उसको चित्त बुझाइदिनुभयो।

वि.सं. १९९५ मा पान्थरको रानीटारमा सिलौटी कुटीको स्थापना भयो। जसमा महागुरुकै निर्देशनबमोजिम माङसेवासाबा सिद्धिनन्द फेजोङ हुनुभयो। वहाँ लिम्बुवानका विभिन्न ठाउँ गाउँ घुम्दै फिर्दै डुल्दै त्यहाँ आइपुग्दा अचानक गाईहरु कराएको बाएको शब्द सुन्नुभयो। नेपालको पश्चिम स्वर्गद्वारीका स्वामी परलोक भइसकेको हुनाले उनले पालेका गाईहरुले नुन खान नपाएको गाईहरुको शब्द सुन्दा बडो दु:खपूर्ण आवाजमा चुकचुकाउँदै सबैले सुन्ने गरी ‘‘ए काजीमान, सेरबहादुरहरु हो, स्वर्गद्वारीमा गौमाताहरुले नुन खान पाएनछन्। १७ थुममा आना, माना महिना दिनभित्रै उठाउनु’’ भन्नुभयो। महिना दिनभित्र पैसा र चामल उठ्यो। ‘‘जम्मा १५ सय रुपैयाँ उठेको रकम गौ सेवकहरुले नुन किनी गौमाताहरुलाई खुवाउनु होला’’ भन्ने व्यहोराको चिठ्ठी लेखी पठाउनुभयो। सिलौटीमै बस्दा एक दिन चेलाभूलाहरुलाई ‘‘आबुला आउँदै छ है, छिटो धुप पोल’’ भन्नुभयो।

बाटोमा ‘‘हाम्रो गुरुले ढोग्यो भने ढोग्ने हो नभए नढोग्ने लिम्बु चितुवालाई’’ भन्दै आउँदै थिए। आएपछि महागुरु र त्यो बाहुनबीच सेतो फूल पक्डेर झण्डै आधा घण्टा आत्माबाटै कुराकानी भएपछि त्यसले ढोग्यो। ‘‘यो त मान्छे होइन रहेछ’’ भनेर गयो। तब महागुरुले ‘‘यिनीहरुले मलाई साह्रै दु:ख दियो। यिनीहरुलाई सुँगुरको मासु, जाँड, रक्सी खुवाउँछु। त्यतिबेला तिमीहरुले छोड्नु है’’ भन्नुभयो। सिलौटी धाममा नै ‘‘यो संसारको धनी जगतको धनी जो आउँछ, उसले उखेल्दा मात्र यो उखेलिन्छ भनेर चिन्ह छोडेको’’ भन्दै भुइँमा त्रिशुल गाड्नुभयो। त्रिशुल सजिलै भासियो र तरबार भसाउँदा आधी मात्र भासियो। पछि महागुरु भुटान गएको मौका छोपी पेलुङवाले उखेल्न खोज्यो सकेन। फलाँटेको राईले उखेल्दा भाँचियो। यसैको फेदीमा चतुरे बजार लाग्ने सानो भञ्ज्याङ चौरमा ढुंगामा त्रिशुल गाड्दा फुटी फोडेर बीचमा भएको ढुङ्गा ल्याई पूज्ने शिला बनाउनुभयो। साथै, फक्ताङलुङबाट गाईको जिब्रो भैंm जिब्रोको बीच भागमा मौसमअनुसार झलमल बल्ने ढुङ्गा ल्याउनुभएको थियो। वहाँ समाधिस्थ भएपछि त्यो चोरी भयो। यसको अभियोग ज्योतिनन्द राईलाई लाग्यो। फक्ताङलुङबाट मणि पनि ल्याउनुभएको थियो। तर, ‘‘तिमीहरुले थाम्न सक्दैनौ’’ भनेर उतै पुर्‍याउनुभयो।

पान्थरको याम्बोङ गाविसस्थित हाङयोकमा पानी उमार्नुभयो। त्यस्तै सिलौटी माङहिममुनि पनि त्रिशुल गाडेर पानी उमार्नुभयो। वि.सं. १९९७ मा तेह्रथुमको आठराई निगुरादेन माङहिम स्थापना गर्नुभयो। र, त्यहाँ चेला विश्वनाथ योङहाङलाई खटाउनुभयो। अर्को वर्ष वि.सं. १९९८ असारमा फक्ताङलुङ दर्शन गर्ने क्रममा हिमालय दर्शन गर्न हिँड्दै गरेका एकजना बालागुरु भन्ने जयदेव ब्राह्मणसँग ताप्लेजुङ मेहेलेमा भेट भयो। उनी सिद्धपुरुष थिए। भेटघाटमा ज्ञानको प्रभावले महागुरुलाई चिनिहाले। चेलाहरुका साथ हिँड्नु भएका महागुरुलाई गुरु मानी पछ्याए। जाँदाजाँदै काबेलीको शिर छिर्लिङ्गे ओडार नजिक चिल्लो ढुङ्गामा बस्न मन लागी बसेर माला जप गर्न लाग्नुभयो। बास त्यही भयो। भोलिपल्ट बिहान चिया पिउने समयमा वारिपारि हेरेर लयदार भाकामा एक्कासी बोल्नुभयो ‘‘अं… नि शिलाको लीला लिलाको शिला।’’ औंलाले देखाउँदै ‘‘उ त्यो छाँगाभित्रपट्टि के राम्रो शिलाजस्तो देखिन्छ’’ भनी बोल्नुभयो।

त्यहाँ के रहेछ भनी हेर्न चेला टीकाराम तामाङलाई पठाउनुभयो। छाम्दा चिल्लो तर केही अक्षर खोपेको गुलाबी रंगको ढुङ्गा थियो। करिब ३ फिट लम्बाई र २ फिट चौडाइको लेउ छ्यापै लागेको हुनाले खोस्रने औजार र उज्यालोको आवश्यक परेको ठानी आई ‘‘कुनै चिल्लो ढुङ्गा छ गुरु’’ भनी बताएपछि अन्य चेलाहरुसहित प्रवेश गर्नुभयो। २ वटा चकमक सिन्का र लाइटको सहाराले हेर्दै, पानी छ्याप्दै, खोस्रदै गर्दा अक्षरहरु निस्किए। अनि जस्ताको तस्तै कागजमा सार्ने काम भयो। तब महागुरुले दैवीशक्तिले पढ्नु भयो, ‘‘माङमाङ, मुङमुङ, हाङहाङ, हुङहुङ, साङसाङ, सुङसुङ, छाङछाङ, छुङछुङ।’’ फक्ताङलुङ जाँदा मारुङ तेम्बेमा माङइङघङ (देववाणी) गर्नुभयो, ‘‘आबुला सानु फोक्वा सासे मेन्छाम्गेन नाम्याप्मी थिबोङ याक्थुङ सासे किरातेश्वर सावायेत्हाङ सासे हिनी माङनिसा, हाङनिसा, माङलुङधुङ, हाङलुङधुङ, माङचोत्लुङ हाङचोत्लुङ कत्थो लेतुङफाआङ थाङाङइल्ये नाम्इन्धे लाइन्धे येबे, नाम्धेक लाधेक पत्छेरो, नाम्साराप लासाराप, नाम्ही लाही, साङग्रा लुङही थोक्ते पत्छेआङ खेनहा कुबे इक्खुङ तेसुङ, हन्दुङ थाङङाङ नेरो।’’

‘‘मेन्छाम्गेन नाम्याप्मीसा: आबुला सानु फोक्वा सा थिबोङ याक्थुङ सासे किरातेश्वर सावायेत्हाङ सासे, हिनी माङनिसा हाङनिसा, माङलुङधुङ हाङलुङधुङ, माङचोत्लुङ हाङचोत्लुङ कन मारुङफुक्कु पारुङफुक्कु, युमायाक्ना थेबायाक्नाओ युक्खुङ लेतुङफाआङ थाङाङङील्ये नाम्इन्धे लाइन्धे येबे, नाम्धेक लाधेक पत्छेरो। याङमो नामसाराप लासाराप, नाम्ही लाही नु: साङग्रालुङही थोक्ते पत्छेआङ खेन कुबेइक्वाहा हन्दुङथाङ इक्खुङ तेसुङङाङ नेरो। हेक्केआङ कन मारुङतेम्बे मारुङफुक्कु, पारुङतेम्बे पारुङफुक्कु, युमाफुकु थेबाफुकु, तागेरा निङवाभूमाङ फुक्कुओ युक्खुङथाङ हेक्केसाङ निङवा मेन्दारक पोक्खेरो।’’ ‘‘तान्दिल्ये: चापाचाप्मा केलन्दी केबोक्खी से निङवा से से केलबा लत्छा लत्छा केलन्दिआङ केगोतुम्बी फाआङ कन निसा यक्खुङ थाङबारो, हेक्केसाङ निङवा मेन्दारक पोक्खेरो।’’ यी देववाणीहरु गर्दा वहाँले आँशु पनि झार्नुभयो।

वि.सं. १९९९ बैसाकमा टन्टलापुर घाम चर्केर खडेरी लागि उजाड भएको स्थिति थियो। पान्थर लुङरुपा रानीटार माक्लुङम्बाका भक्तहरुले पानी मागिदिन गरेको आग्रहलाई स्वीकारी पानी मागिदिनुभयो। सोही वर्ष इलाम जितपुरको पारिगाउँमा पानी उमार्दा नै स्थापना गर्नुभएको माङहिमलाई माथि डाँडामा स्थापित गर्नुभयो। र, चेला नरप्रसाद लिङ्देन (माङदेने माइला)लाई सेवासाबामा खटाउनुभयो। जेठा दाजु लाजहर्क र कान्छी भाउजुलाई भेट्न सोध्दै खोज्दै भोटाङ (भुटान) को राजारुख गाउँमा पुग्नुभयो। सेतो मेख्ली लगाएका विघौतधारी हेर्दा सन्त महन्त, महात्मा, तपस्वीजस्तो भाइलाई भाउजुले चिन्नु भएन। सोधपुछपछि बल्ल चिनाजान भयो। हर्षको आँशु बगाए। दाजुको मृत्यु भएको ४ दिन भइसकेको थियो। भाउजुसँग मात्र भेट भयो। साम्दाकखोङ गाउँमा नै ल्याएर चोख्याउने कार्य गाउँमै गर्नुभयो। गुरुको मधुर बोलिवचनले त्यहाँका बासिन्दा भोटे डुक्पाहरुसमेत प्रभावित भए। हामी पनि गुरुको दर्शन पाउँm भनी पत्र लेखीलेखी गुरुलाई गाउँगाउँमा बोलाएर ज्ञान गुणका कुरा सोध्ने, उपकार गरिमाग्ने गर्थे। गाईवस्तुको उपकारदेखि गाउँका मुद्दामामिलासमेत मिलाई माग्न आउनेको लहर बढ्दै गयो। गाउँका भोटे डुक्पा नेपाली सबै मिलेर गुरुलाई कुटीसमेत बनाइदिएका थिए। सो कुटीको माङसेवासाबा हाल पनि लिङ्देन नै छन्। त्यस ठाउँका बासिन्दाको ढिपीले गर्दा ४ महिनासम्म भोटाङमा बस्नु पर्‍यो। कुटीमा बस्दा दुष्ट आत्माले दु:ख दिन्थ्यो। एकपटक कुटीमा चिल बस्यो। झटारोले हान्नु भन्दा हानेकाले मरेछ। बिहान त गाउँको बोक्सी मरेछ। त्यहाँ ६ महिना बस्ने विचारले जानुभएको थियो, तर यता पेलुङवा निस्केर दु:ख दियो। यसो हेर्दा नेपालमा काम बिग्रियो भनेर महागुरु चेलाहरुसहित हतारिँदै फर्किनुभयो।

वि.सं. २००१ मा काठमाण्डौमा जनरल विक्रम शमशेर जबरालाई बिरामले सताएको र उनकी श्रीमती रानीलाई थरथर काम्ने बिराम लागेको थियो। धेरै डाक्टर, वैद्यद्वारा उपचार गर्दा पनि निको नभएकाले नायव बडागुरु पं. द्वीपराजले जर्साबसमक्ष ‘‘पूर्वी लिम्बुवान पल्लो किरातमा एकजना तपस्वी लिम्बु ठूलागुरु छन्, उनी मानवीय उपकार–उपचार गर्न र विशेषत: वाकसिद्धि पनि छन्। वहाँलाई ल्याएर उपकार गर्दा राम्रो होला’’ भने। ‘‘यहाँ रानी पनि त्यसरी नै लिम्बुवानको गुरु बोलाउनु पर्छ, म निको हुन्छु भन्छिन्। लौ न लिन पठाउ’’ भन्ने आदेशबमोजिम एकजना प्रहरी जमदारलाई खोज्न पठाए। तपस्वी फाल्गुनन्दलाई खोज्दै सिलौटी पुगे। तर, तपस्वी हिमाल जानुभएकाले फर्के। फेरि दोस्रोपटक उही जमदार जर्नेलनीले पठाएको धुपबात्ती लिएर हिँड्यो। यसपटक तपस्वीलाई सिलौटी कुटीमा भेट्टायो। नायव बडागुरु पं. द्वीपराज र जर्साबको पत्र लिई महागुरुले बिरामबारे विवेक गर्नुभयो। काठमाण्डौ पुगी माथिल्लो तलामा रानीलाई राखी रानीको कान्छी औंलामा धागो बाँधेर तल आफू बसी उक्त धागो छोएर जोखाना हेर्नुभयो। बिरामी विचार गर्दा पान्थरेनी यासकनी युमा साम्माङ महारानी चढेकी रहिछिन्। पूजाआजा स्वस्ती शान्ति गरी दीर्घरोग निको पारिदिनुभयो। जर्नेल आफैले आफ्नो रोग बताउनुभयो। यज्ञसेवा शान्ति, दान दक्षिणा गरी दिएर झारफूक र अभिषेक गरी दीर्घरोग निको पार्नुभयो।

‘‘सत्यहाङमा तपस्वी काठमाण्डौमै बस्नोस्। माङहिम, गुठी, कुटी बनाइदिउँला’’ भन्ने राणाहरुबाट आग्रह भयो। मृगस्थलीमा बस्नु भएको वहाँले आफू एक ठाउँ ढुक्क नबस्ने, लिम्बुवान घुमिघुमी धर्म प्रचार गर्ने र देश विदेश पनि भ्रमण गर्ने ध्यानी ब्रह्मचारी हुनाले अस्वीकार गर्नुभयो। बिदाइ क्रममा उपकारवापत ५०० रुपैयाँ भेटी राखी बिदा दिन खोज्दा आफूले उपकारवापत रुपैयाँ पैसा कहिल्यै लिने नगरेकाले पैसा पर्दैन भन्दा ‘‘बाटो खर्च लिनोस्, उब्रेको पैसा धर्म कर्ममा लगाइदिनु’’ भन्ने पुन: मर्जी भएकाले एकजना चेलालाई समात्न लगाउनुभयो। सातवटा माङहिमका लागि गणेशको मूर्तिहरु ल्याउनुभयो। ‘‘जुन दोकानमा मन पर्छ सामान निकालेर लानु’’ भन्दा ‘‘लाज हुन्छ है’’ भन्नुभयो। पैसा र गणेशको मूर्तिहरु लिएर आउनुभयो। राणाहरुले ‘‘हाम्रो आयु कहिलेसम्म छ’’ भन्दा ‘‘छ, छ’’ भन्नुभयो। तर, चार भञ्ज्याङ काट्दा ‘‘उनीहरुको हाङथरे यङबेआङ होप्लो’’ भन्नुभयो। त्यसबखत बद्रिनन्द तुम्बापोलगायतका चेलाहरु साथमा हुनुहुन्थ्यो। आफ्नो दिन नजिकिँदै आएको थाहा पाएर आफ्नो चेलाहरुलाई बोलाएर ‘‘मेरा चेला छोराछोरीहरु हो, मेरो अब यो मत्र्यलोकमा बस्ने दिन धेरै छैन। दुईचार कुरा सुनिराख। माङहिम मात्र बनाएर हुँदैन। अब पाठशाला पनि बनाएर छोराछोरी सबैलाई बराबर शिक्षा दिनुपर्छ। काटेर मात्र हिंसा हुँदैन।

मन दुखाउनु झन् ठूलो हिंसा हुन्छ। सत्य व्यवहार गर्नु, मनुष्य जीवन अमूल्य जीवन हो। देवताहरु पनि मनुष्य चोला मन पराउँछन्। यही जुनीमा राम्रो धर्मकर्म गर्नु। एक दिन यो जुनी छोडेर जानुपर्दा पाप र धर्मको पोका मात्र बोकेर जानुपर्छ। अबको आउने दिनमा कलि चम्केर जानेछ। सुखको दिन गयो।’’ यसैको आधारमा जागो जागो भन्ने भजन बनाउनुभयो। यो मुक्ति मन्त्र थियो। अब जाली, झेली छुल्याहाको दिन आउँदैछ। तँ साँढे कि म साँढे हुने, सबै ठूलठूला हुन खोज्ने बाठैबाठो हुन खोज्ने दिन आउँदैछ। त्यसो भन्दैमा तिमीहरुले धर्म छाडौला। आफ्नो स्वधर्ममा रहनु। केही गर्न नसके पनि बिहान बेलुका माङलाई सम्झेर धुपसम्म बाल्न नबिर्सिनु भन्दै सम्झाई रहनुहुन्थ्यो। तिरो बुझाएर भए पनि धर्म मान्नु भन्नुहुन्थ्यो। आफ्नो अन्तिम समय आएको थाहा पाएर वि.सं. २००५ चैतमा गैरिगाउँ माङहिमबाट मनमनै बिदा लिएर रवी पुगेर बास बस्नुभयो। आफ्नो नश्वर देहलाई फक्ताङलुङमा पुर्‍याएर बिसर्जन गर्ने सोंच लिएर हिँडनु भएका मुहिङगुम अङसीमाङको मनको कुरा कसैले बुझेनन्। आफ्नो अन्तिम अवस्था भएको बताउनु हुन्थ्यो। हतारको कारण नबुझेका रवीका चेलाहरुले वहाँ आउनुभएको मौका छोपेर हतारहतार पूजाको सरसमान जुटाएर उभौली सेवा लगाइदिन भनी आग्रह गर्दा एक्कासी रिसाउनुभयो, ‘‘सेवा, सेवा, सेवा तिमीहरुको कहिल्यै नसकिने सेवा पूजा। आफैले लगाउनु पर्छ र पो वरदान पाइन्छ। म मरेपछि कसले लगाइदिन्छ सेवा?’’ कहिल्यै नरिसाउने यसरी रिसाएको देखेर सबै जना हेराहेर गर्दै छक्क परे।

आखिर सेवा गुरुले नै थाल्नुभयो। रवीको बजिरमान साम्पाङको घरमा लाधुङसेमी लगाउँदा भवँरा आयो। मेरो खबर आयो जानुपर्छ भन्दा सबै रोए। यसरी रवीमा चार दिन ढिलो भयो। त्यसबेला महागुरुले रवीमा उपदेश दिनुभयो। सबैलाई अन्तिम आशिष दिएर चेला, गाउँ ठाउँसँग बिदा मागेर अन्तिम समयबारे केही नभनी गुरु त्यहाँबाट हिँड्नु भयो। रवीबाट उकालो लागेपछि महागुरु यही बाटो भएर आउनु हुँदैछ भनेर चाल पाउने माथिल्लो गाउँको चेलाहरुले गुरुलाई सेवा लगाइ माग्न भनी पर्खिरहेका हुन्थे। गाउँपिच्छे यसरी गुरुको बाटो रोक्न खोज्दा रिसाउनुभयो, ‘‘ए मुर्ख होज्ञ् मलाई नरोक न, मलाई ढिलो भयो’’ एक दिन दुई दिन गर्दागदै अन्तिम दिन पनि आइपुग्यो। बाटोमा पर्ने सबै देवी देउराली, नाग, सिमे, भूमेलाई पानी फूल अक्षता चढाउँदै हतारिनुभयो। रवीदेखि सिङहाङसम्म घोडामा गएर घोडालाई पछिल्लो जन्ममा मान्छे हुनु भनेर आशीर्वाद दिनुभयो। त्यो रात सिङहाङमा नै बास बस्नुभयो। आफ्नो नश्वर शरीरलाई हिमाल पुर्‍याउने समय नभएको थाहा पाएर चेला सिद्धिनन्द फेजङलाई भन्नुभयो, ‘‘अब सिलौटी पुगेर ठूलो सेवा लगाउनु पर्छ, तिमी अगाडि गएर धेरै दाउरा चिरिराख्नु ल, अगाडि जाऊ।’’ हेल्लाङ तल सत्यरुपा फेन्जेथेप्पा खोलाको दोभानको खेतमा बास बस्दा रातभर सुत्नु भएन। मुरली बजाएर माङहरु बोलाएर कुरा गरिरहनुभयो। त्यसबेला भजन गाउनुभएको थियो।

पाप र धर्मको रेलको टिकट कटाइ चलिजाउँ भन्ने भजन गाउनुभयो। बिहान हाङयक र याम्बोङबाट चेलाहरु लिन आए। माथि जान खोज्दा तान्दै राख्दै गरे। हाङयकमा अभक्ष चीजहरु खुवाए, त्यहाँ सबै गहनाहरु दिनुभयो। रिसाएर श्राप पनि दिनुभयो। ‘‘अभक्ष चीज खुवायौ, पाप गर्‍यौ’’ भन्नुभयो। सिद्धिनन्दले गुरुको टोलीलाई छाडिराखेर अगाडि सिलौटी पुगेर धेरै दाउरा चिरिराखेका थिए। यता महागुरुलाई बाटोमै ब्यथाले छोप्यो। टाउको दुख्ने बिराम लाग्यो। तैपनि लम्कन छोड्नु भएन। आत्माले छोड्न लागेको नश्वर शरीर थाकिहाल्यो। अब हिँड्न नसक्ने भएकाले चेलाहरुले डोलीमा बोकेर लगे। लाँदालाँदै मलाई बिसाउ भन्नुभयो। चेलाहरुले बिसाए। पानी मागेर शिरमा आफै अभिषेक गर्नुभयो। मनमनै जप गरेपछि अडेस लाग्नुभयो। अडेस लिएपछि गाउँमा मान्छे बोलाउन जाऊ, मेरो लाशलाई सिलौटी पुर्‍याइदिनु भन्नुभयो। चेलाहरु बिह्वल भएर ‘‘हामीलाई एक्लै पारेर नजानुहोस् गुरु’’ भन्दै रुन थाले। ‘‘तिमीहरु एक्लो छैनौ, सत्य सम्झ ईश्वर सदा तिमीहरुकै साथमा छ’’ भन्दै ओत्कार लगाउनुभयो। महागुरुको वाक्य बन्द भयो। वि.सं. २००५ चैत २२ गते सोमबार अपराह्न ६३ वर्षको उमेरमा सिलौटीमुनि हाङयकमा देहान्तपछि पार्थिव शरीरलाई सिलौटी माङहिममा पुर्‍याएर तीन दिनसम्म राखेर टाढाटाढाका शिष्यहरुलाई खबर गरियो। तीन दिनको दिन बुधबार विधिवत ढंगले ठूलो सेवा लगाएर अन्तिम संस्कार भयो। सिलौटीको ध्वजे डाँडामा लाशलाई अग्निमा चढाउन साथ छिनभरमै जलेर गयो। धुँवाको मुस्लो बटारिएर हिमालतर्फ गयो र सिमसिमे पानी परी आगो निभ्यो। -साभार किराँतन्युज

प्रतिक्रिया
सम्बन्धित समाचार
आज सङ्कट मोचक हनुमानको जन्म दिन भव्य रुपले मनाइँदै, जय बजरंगवली !
पौराणिक ग्रन्थ ‘गीतामा के छ ?’  पढौं, सुनौं , हेरौं  अठार वटै अध्याय डा. मतिप्रसाद ढकालकै स्वरमा (भिडियो)
डा. गुरू कुमारन स्वामीले भेटे नेपाली उद्यमी व्यवसायी, नेपालमा लगानी गर्ने चाहना
‘पशुपति दर्शन अभियान’मा भारतका नेता, आर्थिक समृद्धिमा सहकार्य
तरहरामा नेपालकै सबैभन्दा ठूलो पुरस्कार राशिको कविता प्रतियोगिता सम्पन्न, ‘झ्यालको सौन्दर्यशास्त्र’ प्रथम (भिडियो)
महाशिवरात्री बिशेष -शिवतत्व, पशुपति र शैव सम्प्रदाय : प्रवीण अधिकारी
ताजा अपडेट
sierra skye onlyfans leaks princess leia rule 34 analnyfisting.com mom seduces son porn britney spear nude pics, the lovely luna porn ts massage near me porn-foot.com pornos mujeres con caballos new nude girls images, spider man gay porn younge and old porn povcreampie.com black porn on twitter emily faye miller porn
xxx video sani lion princess leia rule 34 80sporno.com stormi maya onlyfans leaks ashley serrano onlyfans leak, free porn with lesbians pornos en el colegio forcedcreampie.com porn bother and sister paradise pd erotic fan art, barthar and sistar xxx women on beach nude lesbianebony.com 2 guys 1 hammer bokep indo live terbaru
conte de pablo nude best asses in hollywood milfamatuerporn.com mum and son pornography nude picture of dolly parton, mia khalifa porn bideos dallas hotwifes cowgirl orgy amerturporn.com xxx sister and brothe mia khalifa porn new, dad cumms in daughter double sided strap on realcuckoldporn.com pamela anderson tommy lee sex tape cogiendo a una vieja
teen boy jerk off kerry katona only fans leaks bdsmis.com mom fuckes her son squid game rule 34, debra jo fondren nude skai jackson sex tape ixxnporn.com whst is porn hub somali x x x, steak and blow job day hottest india web series bigtittybbw.com xnxx bother and sister old women with big breasts
broken eagle sex position hottest porn star all time xnnx.work hot 18 year olds porn stars without makeuo, league of legends r34 casey calvert - behaviour modification chip teenporn.work lesbians sucking big tits how to give a good handjob, www pornhub com video stud evan fucked me missionary xnxxteen.work hombres cojiendose a una mujer romeo and juliet nude scenes
trisha paytas onlyfans leak vintage teens gay porn xnxxforced.com one punch man porn lady gaga nude pics, lesbian x x x pictures of naked mature women tubxporn.vip lana rhoades and riley reid pictures of anal porn, rule 34 frankie foster old young lesbo porn hotwifeporn.vip bella poarch and tyga sex tape tag teaming the wife
jordi el nino pola kate upton nude photos homedoporn.net dad on son gay porn skip the games lansing mi, porn hub for free twinks in the shower cuckold69.net my hero acdemia porn comics millie bobbie brown naked, www com in xxx video hannah owo leaked video bigtitspub.net rother and sister porn nude beaches in the uk
hd indian xxx video mujer y perro porn forcedpornanal.com most viewed pornhub video aubrey plaza leaked nudes, millie bobby brown tits light skin with dreads xxxamat.com mujer teniendo sexo con perro soleil moon frye nude, raven team titans go ba kroom casting couch amateurtrheesome.com wrek it ralph porn blow job by mom
role play sex videos mary tylor moore nude pornoespresso.net love and hip hop sex tape streamers gone wild reddit, the latest porn videos 18 year olds nude pornsexnxx.net asian porn in public nude pics of kate upton
anna taylor joy nude father daughter sex videos freepornamatuer.com five nights at freddys porn hub elle brooke and johnny sins, skip the games madison sierra skye leak onlyfans sexcollegeamateur.com mother son forbidden incest movie download real life hentai -, sexy hot naked wemon tommy and pam sex tape blackpornamateurs.com h d porn hub step daughter seduces dad
big tits tight shirt black hard core gay porn sexporn.win celeb nude in movie search for free porn, best porn videos of alltime step mom and stepdaughter porn wifexxx.vip jennifer lopez's nude pictures ariana grande deep fake, video of sexual massage a wonderful new world manwha swingerwife.win jamie lee curtis naked hentai games for android
womem giving blow jobs abby rao onlyfans leak pornhiho.net hentai stuck in wall porn big booty latina, sunny ray onlyfans leaks peeing in public porn milfrabbit.net older and younger lesbians porn naked pics of teenagers, mi friend hot mom britny spears naked pics xnxxteenvideos.com porn from the 1980 coji a mi hija