चालचलन प्रमाणपत्र सम्बन्धी जानकारी– नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई निम्न कार्यविधिका आधारमा चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ । चारित्रिक प्रमाण पत्रको लागि आवश्यक निवेदन प्रहरी प्रधान कार्यालय चालचलन शाखा वा रानीपोखरी, महाराजगञ्ज, भक्तपुर, ललितपुर, १ नं. प्रदेश प्रहरी कार्यालय, बिराटनगर, २ नं. प्रदेश प्रहरी कार्यालय, जनकपुर, ३ नं. प्रदेश प्रहरी कार्यालय, हेटौंडा, ४ नं. प्रदेश प्रहरी कार्यालय, पोखरा, ५ नं. प्रदेश प्रहरी कार्यालय अन्तर्गत संघिय प्रहरी ईकाई कार्यालय, लुम्बिनी, ६ नं. प्रदेश प्रहरी कार्यालय अन्तर्गत संघिय प्रहरी ईकाई कार्यालय, नेपालगञ्ज र ७ नं. प्रदेश प्रहरी कार्यालय अन्तर्गत संघिय प्रहरी ईकाई कार्यालय, धनगढी उपशाखाहरूमा रहेको फारम वा नेपाल प्रहरीको वेब साइटमा दिईएको लिङ्कबाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ । यसरी प्राप्त निवेदन फारम निवेदक आफैले भर्न सकिने छ ।
स्वदेशमा भएका नेपाली नागरिकहरुका लागि– निवेदकले आफ्नो चालचलन बुझ्नको लागि प्रहरी प्रधान कार्यालय चालचलनशाखाका उपशाखाहरू : रानीपोखरी, महाराजगञ्ज, भक्तपुर, ललितपुर, १ नं. प्रदेश प्रहरी कार्यालय, बिराटनगर, २ नं. प्रदेश प्रहरी कार्यालय, जनकपुर, ३ नं. प्रदेश प्रहरी कार्यालय, हेटौंडा, ४ नं. प्रदेश प्रहरी कार्यालय, पोखरा, ५ नं. प्रदेश प्रहरी कार्यालय अन्तर्गत संघिय प्रहरी ईकाई कार्यालय, लुम्बिनी, ६ नं. प्रदेश प्रहरी कार्यालय अन्तर्गत संघिय प्रहरी ईकाई कार्यालय, नेपालगञ्ज र ७ नं. प्रदेश प्रहरी कार्यालय, अन्तर्गत संघिय प्रहरी ईकाई कार्यालय, धनगढी मा निवेदन फारममा रु.१० को हुलाक टिकट टाँसी निर्धारित समय भित्र निवेदन दिनु पर्नेछ । समय भित्र निवेदन बुझाउनेहरूको निवेदन दर्ता गरी निवेदकको अपराधिक अभिलेख जाँच गर्न सोही दिन पठाइने छ । अभिलेख जाँच भई निवेदनहरू फिर्ता आएपछि रूजु भई ठीक भएको पाइएमा सम्बन्धित अधिकारीको दस्तखत भएपछि उक्त प्रहरी चारित्रिक प्रमाणपत्रहरू वितरणका लागि सम्बन्धित दर्ता केन्द्रहरूमा पठाइने छ र चारित्रिक प्रमाणपत्र बुझ्न निवेदक आफै उपस्थित हुनुपर्नेछ । निवेदन दिएको ३ दिन भित्र चारित्रिक प्रमाणपत्र प्राप्त गर्न सकिने छ ।
निवेदन साथ पेश गर्नुपर्ने कागजातहरू: क) राहदानी (Passport) को सक्कल सहित स्वप्रमाणित प्रतिलिपी थान १ , ख) नागरिकताको सक्कल सहित स्वप्रमाणित प्रतिलिपी थान १ , ग) विवाहित महिलाको हकमा विवाह दर्ता सक्कल सहित स्वप्रमाणित प्रतिलिपी थान १ , घ) पासपोर्ट साइजको रंगीन फोटो थान २ , ङ) कुबेतमा जाने नेपाली कामदारको लागि श्रम स्विकृती (वैदेशिक रोजगार विभागको स्विकृती तथा वर्क परमिट) को प्रमाणित प्रतिलिपी थान १ ।
निवेदन वुझाउने समय :- काठमाडौँ उपत्यकाका दर्ता केन्द्रको हकमा – शनिवार तथा सार्वजनिक विदाका दिन वाहेक हरेक दिन विहान १०:०० बजे देखि १४:०० बजे सम्म र शुक्रबार १३:०० बजे सम्म मात्र । ५ वटा क्षेत्रिय दर्ता केन्द्रहरूको हकमा – दर्ता आइतबार देखि बिहिबार विहान १०:०० बजे देखि १४:०० बजे सम्म तथा वितरण बिहिबार र शुक्रबार ।
चालचलन प्रमाणपत्र सम्बन्धी जानकारी (विदेशमा रहेका नेपाली नागरिकहरूका लागि)
विदेशमा रहेका नेपालीहरुका सम्बन्धित नातेदारहरुले प्रहरी प्रधान कार्यालय चालचलन शाखामा तोकिएको निवेदन फारममा रु.१० को हुलाक टिकट टाँसी निर्धारित समय भित्र निवेदन दिनु पर्नेछ । समय भित्र निवेदन प्राप्त भएपछि सम्बन्धित व्यक्तिको अपराध अभिलेख चेकजाँच को लागि पठाईने छ । अपराधिक अभिलेख परिक्षण भई आएपछि ठीक रहेका पाइएमा निजलाई नेपालमा रहेको अवधि सम्मको प्रहरी चारित्रिक प्रमाणपत्र उपलव्ध गराईने छ र निवेदक स्वयं उपस्थित भई चारीत्रिक प्रमाणपत्र बुझी लानु पर्नेछ । निवेदन दिएको ३ कार्य दिन भित्र प्रहरी चारित्रिक प्रमाणपत्र प्राप्त गर्न सकिनेछ ।
निवेदन साथ पेश गर्नु पर्ने कागजातहरू: क) राहदानीको निम्न पृष्ठको प्रतिलिपी थान १/१: १) पृष्ठ नं – २, ३ तथा ३१ र २) अन्तिम पटक नेपाल छोडदाको Nepal Immigration Departure Stamp भएको पृष्ठ । ख) नागरिकताको प्रतिलिपी थान १ । ग) विवाहित महिलाको हकमा विवाह दर्ता प्रतिलिपी थान १ । घ) निवेदकको नागरिकताको सक्कल सहित स्वप्रमाणित प्रतिलिपी थान १ । ङ) पासपोर्ट साइजको रंगीन फोटो थान २ ।
निवेदन वुझाउने समय :- शनिवार तथा सार्वजनिक विदाका दिन वाहेक हरेक दिन विहान १०:०० बजे देखि १४:०० बजे सम्म र शुक्रबार १३:०० बजे सम्म मात्र । ( फाराम डाउनलोड गर्न यहाँ क्लिक गर्नुस )
विदेशमा रहेका नेपालीहरु स्वयंले आफू रहे बसेकै स्थानबाट प्रहरी चारित्रिक प्रमाणपत्र प्राप्त गर्न निम्नानुसारको कागजात संलग्न राखी तल फोटोको ठेगानामा email पठाउन सक्नुहुनेछ ।
सम्बन्धित शाखालाई उक्त email प्राप्त भएपश्चात Criminal Record Check गरी निवेदन प्राप्त भएको ३ कार्य दिन भित्र प्रहरी चारित्रिक प्रमाणपत्र प्राप्त गर्न सकिनेछ ।
निवेदन साथ पेश गर्नुपर्ने कागजातहरु: (Scanned Documents) – क) निवेदन फाराम (Download Here) ख) राहदानीको निम्न पृष्ठको प्रतिलिपी थान १/१: , पृष्ठ नं. – २, ३ तथा ३१ । अन्तिम पटक नेपाल छोड्दाको Nepal Immigration Departure Stamp स्पष्ट भएको पृष्ठ । ग) नागरिकताको प्रतिलिपी थान १ । घ) विवाहित महिलाको हकमा विवाह दर्ता प्रतिलिपी थान १ । ङ) पासपोर्ट साइजको रंगीन फोटो । (Maximum Size upto 200Kb)

नेपालप्रहरीको अपराध अनुसन्धान विभागको सुचनामा आधारित

