फ्रेन्च फुटबल म्यागेजिन ‘फ्रेन्च फुटबल’ले सन् १९५६ देखि प्रत्येक वर्ष विश्वकै उत्कृष्ट फुटबल खेलाडीलाई प्रदान गर्दै आएको प्रतिष्ठित बालोन’डी ओर अवार्डको यसवर्षको मनोनयन सार्वजनिक गरिएको छ।

सोमबार राति सार्वजनिक गरिएको तीस जनाको मनोनयनमा सर्बाधिक पाँच पटक विश्वकै उत्कृष्ट खेलाडी घोषित पोर्चुगल तथा यूभेन्ट्सका क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिना तथा बार्सिलोनाका लियोनल मेस्सीसँगै ब्राजिल तथा पेरिस सेन्ट जर्मन(पीएसजी)का नेमार लगायतका खेलाडी अटाएका छन्।
विश्वकै उत्कृष्ट खेलाडी कसरी छानिन्छ?
म्यागेजिनका सम्पादकहरुले मनोनयन सुचीमा परेका खेलाडीहरु छनोट गर्ने गर्छन्। विजेता खेलाडीको टुंग्गो भने विश्वभरबाट खेलकुद पत्रकारहरुको भोटको आधारमा गरिन्छ। विश्वका हरेक देशका एकजना खेल पत्रकारले भोट गर्दै उत्कृष्ट खेलाडी छान्छन्।
विगत ६ वर्षसम्म यस अवार्डलाई फिफासँगको सहकार्यमा ‘फिफा बालोन डी’ओर’ अवार्डको नामबाट प्रदान गरिएको थियो। तर, २०१६ मा फिफाले म्यागेजिनसँगको सहकार्य तोडेपछि पुनः म्यागेजिनले एक्लै यो अवार्ड प्रदान गर्दै आएको छ।
यता, फिफाले ‘फिफा वर्ष खेलाडी’का रुपमा वर्षको उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गर्दै आएको छ। यसवर्षको फिफा वर्ष खेलाडी अघिल्लो महिना प्रदान गरिएको थियो। जुन अवार्ड क्रोएशिया तथा रियल म्याड्रिडका स्टार लुका मोड्रिचले जितेका थिए।
डिसेम्बर ३ मा फ्रान्सको पेरिसमा हुने एक समारोहकाबीच वर्षको बालोन डी’ओरको विजेताको घोषणा गरिनेछ।
रियल म्याड्रिडका खेलाडीहरुको दबदबा
मनोनयनमा च्याम्पियन्स लिगको विजेता रियल म्याड्रिडका खेलाडीहरुको दबदबा छ। तीस जनाको मनोनयनमा आठ खेलाडी रियल म्याड्रिडका छन्।
अघिल्लो सिजनको च्याम्पियन्स लिग जिताउँदा दुई गोल गरेका गेरार्थ बेल, डिफेन्डर मार्सेलो, मिडफिल्डर लुका मोड्रिच, इस्को, डिफेन्डर सर्जियो रोमास, राफेल भराने, गोलकिपर थिवाउट कार्टिस, फरवार्ड करिम बेन्जेमा मनोनयनमा परेका रियल म्याड्रिडका खेलाडीहरु हुन्।
बार्सिलोनाका मेस्सीसँगै इभान रिकिटिक र लुइस सुअारेज मनोनयनमा परेका छन्। एथ्लेटिको म्याड्रिकका डियगो गोडिन, एन्टिनियो ग्रिजम्यान र जान अोब्ल्याक मनोनयनमा परेका छन् भने पीएसजीका नेमारसँगै इडिसन काभानी र केलियन एम्बाप्पे छन्।
प्रिमियर लिगका ११ खेलाडीहरु मनोनयनमा परेका छन्। जसमा चेल्सीका इडन हाजार्ड, एन्गोलो कान्टे, टोट्नह्याम हट्सपरका ह्यारी केन, गोलकिर हुगा लोरिस, लिभरपुलका स्ट्राइकर मोहम्मद सलाह, गोलकिपर अलिसान, फरवार्डहरु सडियो माने र रोबेर्टो फिर्मानो तथा म्यानचेस्टर सिटीका केभिन डी ब्राउनी, सर्जियो अग्युरो छन्।
मनोनयनमा परेका खेलाडीहरु:


सन् २००८ यताका विजेताहरु

नेपालखबरबाट

