काठमाडौं – युरोपमा लोकप्रिय रहेको खेल ‘क्याच एन सर्भ बल’ले नेपालमा पनि औपचारिक मान्यता पाएको छ ।

इजरायलबाट नेपाल फर्किएका केही उत्साहित नेपाली महिलाहरुको दुईतीन बर्षको निरन्तर प्रयास र राष्ट्रिय सभाकी साम्सद तथा इजरायलको लागि पूर्वराजदूत डाक्टर अन्जन शाक्यको अथक प्रयासपछि ‘क्याच एन सर्भ बल’लाई खेलकुदको सर्बोच्च निकाय राष्ट्रिय खेलकुद परिषदले मान्यता प्रदान गरेको छ ।
राष्ट्रिय खेलकुद परिषदले मनास्लु महिला क्षमता बिकास केन्द्र अन्तर्गत रहेको खेलकुद क्लब ‘क्याच एन सर्भ बल’ला मान्यता दिएसंगै राष्ट्रिय सभाकी साम्सद डा. शाक्यले गत शनिबार उक्त खेलको औपचारिक उट्घाटन गरेकी छिन् ।
उक्त अवसरमा नेपालका लागि इजरायली राजदुत स्मुलिक एरिबासको पनि उपस्थिति रहेको थियो।

मनास्लु महिला क्षमता बिकास केन्द्र अन्तर्गत रहेको खेलकुद क्लब ‘क्याच एन सर्भ बल’को पहिलो सस्थापक अध्यक्षमा कादम्बरी दाना श्रेष्ठ, सस्थापक उपाध्यक्ष तथा कोच पेम्बा डोल्मा होल्मु, सस्थापक महासचिव तथा कोच बिष्णु कार्की र सस्थापक कोषाध्यक्ष तथा रेफ्री निर्मला गुरुङ लगायत सदस्यहरुमा- फुलकुमारी बास्कोटा, दिपा शाह, तारा न्युपाने, कल्पना गिरि तथा सकिला गुरुङ गरि जम्मा ९ जनाको ‘क्याच एन सर्भ बल’को टिम रहेको छ।
साम्सद डा. शाक्यले नै २०८१ माघ ५ गतेका दिन ‘क्याच एन सर्भ बल’ खेलको अनौपचारिक शुरूवात गरेकी थिइन् ।

‘क्याच एन सर्भ बल’ समितिको संरक्षकमा राष्ट्रिय सभा सदस्य डा. शाक्यलाई चयन गरिएको छ । यस्तै संरक्षक सदस्यको रुपमा इजरायली नागरिक मामानेट खेल कोच आन डेनबर्ग लाई चयन गरिएको छ ।
यस्तै समितिको सल्लाहकारहरुमा अर्जुन घिमिरे, प्रदिप सागर गिरि, बिमला खतिवडा (नितु), लमु शेर्पा आल्मोग, सुन्दर नेपाल, देव बास्कोटा, युवराज लामा ह्योल्मो, उत्तमप्रसाद दाहाल र तुलसि पाण्डे (बिशु)लाई चयन गरिएको छ ।
सस्थापक अध्यक्ष कादम्बरीले युरोपबाट सुरुवात भएको ‘क्याच एन सर्भ बल’ खेललाई नेपालमा पहिलो पटक भित्र्याउँदै आधिकारिक मान्यता प्राप्त गर्दै उद्घाटन गर्न पाउँदा खुशीले गदगद भएको बताएकी छिन् ।

कार्यक्रममा नेपालका लागि इजरायली राजदुत महामहिम स्मुलिक अरिबासकी श्रीमती मीरव पेलेग बास छोरी नोया बास विशेष अतिथीमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष निमि शेर्पा , राष्ट्रिय गोजुरियो कराँते दों संघका अध्यक्ष युवराज लामा ह्योल्मो राष्ट्रिय खेलकुद परिषद काठमाण्डौ सदस्य कराते प्रशिक्षक केदारनाथ श्रेष्ठ जिल्ला खेलकुद बिकास समिति ललितपुरका कराँते प्रशिक्षक बिनोद श्रेष्ठ ,नेफिन इजरायलका संस्थापक महासचिव एवं पूर्व अध्यक्ष सुन्दर योञ्जन तामाङ उहाको धर्मपत्नी सोनी सिंह तामाङ शेर्पा संघ इजरायलका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा नेपाल तामाङ घेदुङकी पूर्व अध्यक्ष चन्द्रमाया बम्जन तामाङ ,कल्पना मोक्तान तामाङ ,पूर्व राष्ट्रिय फुटवल खेलाडी सुन्दर नेपाल , अधिवक्ता तथा समाज सेवी विष्णु पाठक टीका राम रेग्मी ,राष्ट्रिय कलाकार सरिता शाही , कृषि उद्योग मार्ट का अध्यक्ष एवं कृषि अभियान्ता खोजराज कटुवाल, जनसुधार टोल बिकास समिती गोकर्णेश्वर-४,अध्यक्ष उत्तम प्रशाद दाहाल , माँ ओशो प्रेम सुगन्धा लगायतको उपस्थिती रहेको थियो !
“मनास्लु महिला क्षमता विकास केन्द्र”की अध्यक्ष कादम्बरी दाना श्रेष्ठको सभाध्यक्ष रहेको कार्यक्रमको संचालन कोषाध्यक्ष निर्मला गुरुङले गरेकी थिइन। त्यस्तै कार्यक्रममा उपस्थित सम्पूर्णलाई उपाध्यक्ष पेम्बा डोल्मा ह्योल्मोले स्वागत मन्तब्य राखेकी थिइन।
कार्यक्रममा “मनास्लु महिला क्षमता विकास केन्द्र” को कार्य समिति गठन गरिनुको साथै प्रमुख अतिथिबाट सपथ ग्रहण गराईएको थियो।
कार्यक्रममा खेलाडीहरुको विभिन्न समुह गठन गर्नुको साथै केही समय अघि युरोपमा सम्पन्न खेलमा नेपालको प्रतिनिधित्व गर्दै नवौं स्थान प्राप्त गर्न सफल खेलाडीहरुलाई सम्मान गरिएको थियोे ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि डा.अन्जना शाक्य,बिशेष अतिथि स्मुलिक अरिबास लगायत अन्य अतिथिहरुले शुभकामना मन्तब्य राखेका थिए।
कार्यक्रममा उपस्थित हुने प्रमुख अतिथि, बिशेष अतिथि लगायत अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।

