सफलता बोगटी – राजनीति गर्नेले नागरिकहरुको चित्त दुखाउनु हुँदैन चित्त बझाउनु पर्छ । जिवनमा महान बनेर राम्रो काम गर्ने होइन कि राम्रो काम गरेर महान बन्ने हो । – सफलता बोगटी
हामीसंग जनताको मन जित्न अब ४० दिन बाँकि छ । यी ४० दिनहरुमा अरुले भन्दा म चाहि नुवाकोटमा यी यी काम गर्छु भनेर जनताको मन जित्ने समय हुन ।
आजको दिनलाइ हेरेर कसैले पनि यसले जित्छ र उसले जित्छ भनेर अड्कल बाजिहरु नगरे पनि हुन्छ । आज देशभरी नै दुबैतिरका गठबन्धनहरुमा वागिहरुको संख्या यति धेरै छ कि वागिहरुले चाहि सरकार बनाउन सक्छन । तर हामीहरुले के जान्नु जरुरी छ भने नेपालमा यो पटकको चुनाव एउटा ठुलो राजनीतिक उथलपुथलको पुर्व संकेत चाहि अवस्य हो ।
तर राजनैतिक उथलपुथल भन्नाले प्रतिगामिहरु, हिजोका शोषकहरु, हिजोका सामान्तहरु, हिजोका छद्मभेषिहरु आदि चाहि अवस्य होइनन् । अवको राजनीतिको वेलिविस्तार कस्तो होला त ।

केहि परीवर्तन नचाहाने मान्छेहरु वाहेक अरु सबै नागरिकहरुले आधुनिक जिवन पद्धति खोजेका छन । कसैको राजनैतिक वा आर्थिक दासत्वमा अब कोहि रमाउदैन ।
कानुन र न्यायलाइ आधार मानिनेछ तर कानुन र न्याय नै विक्यो भने त्यसको पनि उपचार खोजिनेछ । अब नेताहरुको तानाशाह होइन जनताहरुको तानाशाही चल्नेछ ।
जनताहरुले जे बोल्छन त्यो चाहि सत्य हुनेछ । अव राजनीति वा अरु क्षेत्रमा डनवाद, धनवाद, गनवाद, मनिवाद, मसलवाद, आफन्तवाद, फरियावाद, नातावाद, कृपावाद, साम्यवाद, पुजिवाद, सामान्तवाद, नाजिवाद, फाँसीवाद, वर्गवाद, विभेदवाद, आदिको अकाल मृत्यु हुनेछ । त्यसको स्थानमा मानवतावाद, आदर्शवाद, विकासवाद, उन्नतीवाद, कल्याणवाद, समाजवाद, भाइचारावाद, समन्वयवाद आदि वादहरुको जन्म हुनेछ ।
यी वादहरुले नै अबको समाज र व्याक्तिलाइ सामाजिक मानसिक र शारिरीक रुपमा आदर्श समाजमा पुराउने छन । त्यसैको नेतृत्व गर्ने भनेर मैले नुवाकोटबाट उम्मेद्धार दिएकी हो ।
नुवाकोटको सारा भाग्य र भविष्य मंसिर ४ गतेको तपाइले मलाइ दिने १ भोटमा भर पर्छ ।
नत्र त अरुले अहिले सम्म विकसित नुवाकोट बनाइसक्नु पर्ने होइन र ? अरुले जे भनुन मलाइ मत्लव छैन तर विकसित आधुनिक नुवाकोट हामी सबै नुवाकोटवसिहरु मिलेर बनाउनै पर्छ ।
हाम्रो १ भोटको दुरुपयोग गर्दै गरीब नुवाकोट बनाउने ठेक्का कसैलाइ दिनु हुदैन । अबको भोट गरीब नुवाकोटको निरन्तरताका लागि होइन नुवाकोटलाइ धनि नुवाकोटमा परिवर्तन गर्नका लागि हो ।
-बोगटी , नुवाकोट १ बाट संघिय संसद!मा स्वतन्त्र उमेरद्वार

