बुटवलबाट निस्कने दैनिक पत्र नामक पत्रिकामा सुदुरपश्चिमको कञ्चनपुर, कैलाली, बर्दिया, दाङ लगायत जिल्लाका नगरपालिकाका सुचानाहरु प्रकाशित गरिदो रहेछ । नगरवासीका नाममा अनुरोध भन्दै नगर प्रमुख नाम सहित छापिएका छन् । हाम्रा दर्शकले नगरपालिकाहरुले यसरी विज्ञापनको खर्च दुरुपयोग गरिरहेको भनि हामीलाई पत्रिकामा प्रकाशित सुचनाहरु पठाएपछि हामीलाई यस विषयमा जिज्ञासा लाग्यो । हामीले कैलाली र कञ्चनपुरका हाम्रा टिभी जर्नालिष्टहरुलाई पत्रिका पसलमा गएर बुटवलबाट निस्कने दैनिक पत्र खोज्न भन्यौ ।
कुनै पनि पत्रिका पसलमा त्यो पत्रिका छैन् । पत्रिका पसलेहरुलेत पत्रिकाको नामनै सुनेका रहेनछ्न । जनु ठाउँका नगरवासीका लागि सुचना छापिन्छ उनिहरुसम्म पत्रिका नपुगेपछि सुचना छापेको के अर्थ ? हामीले त्यसपछि कञ्चनपुरको भिमदत्त नगरपालिका शाखा अधिकृत नरवहादुर शाह र शुक्लाफाँटा नगरपालिकाका लेखा प्रमुख देवहादुरलाई कुवंरलाई सोध्यौ किन यसरी विज्ञापन दिएको भनी । उनीहरुले आफु यस विषय अनविज्ञ भएको बताए । यस्तै हामीले कैलालीको गोदावरी नगरपालिकाका कार्यकारी अधिकृत मोहनप्रसाद मरासैनीलाई पनि सोध्यौं । मरासैनीले पत्रिकाले विज्ञापन छापेपनि आफुहरुले त्यको भुक्तानी गर्ने बताए ।
त्यस पछि हाम्रो टिम बुटवलस्थीत दैनिक पत्रको कार्यालयमा पुग्यो । कार्यालय सचिव मञ्जु पौडेलका अनुसार फोनाका आधारमा विज्ञापन छापिने र पछि खाममा राखेर पत्रिकार र विल पठाउने गरेको बताईन् । यद्धपी विज्ञापनको रेड उन्ले बताईनन् । यसबाट स्पष्ट हुन्छ सुचनाका लागि छुट्याईएको नागरपालिकाले बजेट कसरी दुरुपयोग गर्छन् भनेर ।
नेपाललाई नर्क बनाउने राष्ट्रघातीहरुको नाम सार्वजनिक गर्दै पाता फर्काओस् तर यति आँट ओली सरकारसंग छैन !
घुम्यो फि¥यो कुरो सरकारकै आउँछ । पानी पर्नासाथ शहरका चोक चोकमा आहाल जम्छ । त्यसपछि धुलो उडेर कुइरो मण्डल हुन्छ । नर्कले पनि नर्क भनेर सराप्ने स्थितीमा देशका सडकहरु छन् ।
कंलकी नागढुंगाको सडकको धुलो, धुँवा, हिलो र जाममा फसेका हरेक अनुहार रिसले आगो ओकल्न तयार भैरहेको हुन्छ । जम्मा ९ किमि सडक, ४ वर्ष भयो । जनताको सराप नखाने कुनै सरकार मन्त्री बाँकी रहेनन् । जनता डाँको छोडेर रुन मात्र सकेका छैनन् । टाउको, मुख, आँखा सब छोपेर प्रत्येक दिन त्यही बाटो हिँड्नु पर्ने सर्वसाधारणको हविगत बयान गरी नसक्नु को छ ।
हिँड्नेलाई सास्ती, गाडीमा गुड्नेलाई सास्ती, वरपर व्यापार गर्नेलाइ्र्र सास्ती, स्थानीय बासिन्दालाई सास्ती कति हो कति । देशको ६५ जील्ला जान प्रयोग हुने यो ९ किलोमिटर बाटोमा हासेको एउटा अनुहार भेटिदैँन । हुन त अनुहार देख्न पाए पो हाँसेको भेटिनु, हरेकको अनुहार ढपक्कै ढाकिएको हुन्छ, अनुहार नढाक्नेहको कपाल, आँखी भौ परेला धुलोले भरीपुर्ण हुन्छ ।
आफ्नै आफन्त र साथी भाईनै चिनिने स्थीती छैन । देशका अन्य सडकको स्थिती पनि लगभग यस्तै हो । सङ्लो र खाल्डा खुल्डी नभएको सडक देख्न मुस्कील नै छ । वर्तमान सरकारका पक्षधरहरु भन्छन्, ५÷६ महिनामा यो सरकारले कसरी यत्रो काम गरोस् । २० औ वर्षदेखि नबनेका, विगारिएका बाटाहरु यो सरकारले ६ महिनामा कसरी बनाउन सक्छ ?
ठिक हो ६ महिनामा देशै भरिका सडकहरु कालोपत्रे वा खाल्डारहित बनाउन ओली सरकारले त के ट्रम्प सरकारले पनि नसक्ला तर २० औ वर्षसम्म देशको ढुकुटीबाट पैसा लिएर गएर कमजोर बाटो बनाउने र त्यस्ता कम्पनीलाई देशका कयौ सडकहरु र संरुचनाहरु बनाउन दिएको दिएई, दिएको दिएई गर्ने मन्त्री, सचिव, डिजी, डिभिजन, इन्जीयिनर ठेकेदार कम्पनीको लिष्ट तयार पार्न ६ महिना लाग्छ ?
२० आँै वर्ष हिलो धुलो खाएर, खुट्टा मर्काएका र फोक्सो भरी रोग पालेका जनताले अधर्मीहरुलाई पाता फर्काएको हेर्नै नपाई मर्नु पर्ने ? यो देशका भौतिक योजना यातायात मन्त्री को को भए ?
कसका पालामा कसरी दिइएको ठेक्का सबै भन्दा निम्न स्तरको भयो भन्ने पत्ता लगाउन र मुलुकको खरर्बौ पैसा सत्यानाश पार्नेलाई कार्वाही गर्न, छ महिना लाग्दैन । एक पटक यो सरकारले भनिदियोस् कि यो यो मन्त्रीले चरम भ्रष्टाचार गरी यी यी सरकारी कर्मचारी र प्राविधिकको मिलेमतोमा यसरी यसरी टेण्डरको नाटक रचेर यो यो सडक पुल भवन बनाएका रहेछन् ।
बारम्बार पुनः तिनै काम खराब गर्ने ठेकेदार कम्पनीलाइ्र्र यति यति कमिशनको लेनदेन गरेर कारवाही गर्नुको साटो कयौ ठेक्का दिनेहरु यी यी हुन् भनेर सार्वजनिक गरोस् र पाता फर्काओस् । त्यस पछि धुलै धुलो भरीएको हाम्रो फोक्सोले पनि सुन्तुष्टीको सास फेर्छ । तर यति जाबो आँट ,सहास र हिम्मत भएको सरकार हाम्रो भाग्यमा कहाँ लेखिएका होला र ।
२ वटा खरिदार, ४ वटा नासु र कागताली परीहाले एउटा कार्यालय प्रमुख समाएर जुंगा मुठार्नेहरुको हुलमा बसेर भ्रष्टाचार अभियोगमा यो देशमा मन्त्रीहरु ठुला ठेकेदारहरु र ठुला ठुला कर्मचारी समातिएलान् भन्ने आश गर्नु त वेष्ट अफ टाइम नै हो तर कुनै दिन लिक्वान यु, मोहम्मद महाथी र जस्ता नेताको क्वालिटी आँट र मुटु भएका एक जना विकासवादी राष्ट्रवादी सपुत सियोर सर्ट जन्मिने छन् भनेर साँझ विहान धुप बाल्नु नै एक मात्र विकल्प हामीसँग छ ।
तैपनि सास रहुन्जेल आश हुन्छ । गत साउन १२ गते भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले भदौ १२ गते भित्र कंलकी नागढुङगा सडक पिच हुन्छ, कालोपत्रे हुन्छ भनेका छन् । आज साउन २४ गते, हो १३ दिन वितिसक्यो । मन्त्री ज्युको भनाई अनुसार अबको १८ दिनपछि कंलकी नागढुङगा सडक कालोपत्रे भैसक्छ ।
मन्त्री ज्यु आजबाट हामी हरेक एपिसोडमा हाम्रो स्कृनमा यसरी काउन्ट डाउन देखाउने छौँ । देशको ६५ जिल्ला जोड्ने कंलकी नागढुङगा सडक कालोपत्रे हुन अब १८ दिन बाँकी । आजको दिन गैहाल्यो त्यो दिन भैहाल्यो तपाइसँग अब १६ दिन बाँकी छ मन्त्री ज्यु । जस्ट १६ डेज ।

