हत्याको छानविन गराउने भन्दै प्रधानमन्त्रीकै सचिवालयका कर्मचारीले १२ लाख रुपैया लिएपछि….
विदेशमा भएको छोरीको रहस्यमय मृत्युको विषयमा केस गरिदिन्छु भन्दै शुसिल कोइराला प्रधानमन्त्री भएका वेला उनकै सचिवालयमा बसेका कर्मचारी र प्रहरी अधिकारीले पीडित परिवारसँग लाखौं लिएको खेलेको छ ।
यसरी सरु हुन्छ कथा
२०७१ साल मंसिर ८ गते फिनल्याण्डमा छोरीको रहस्यमय मृत्यु भएपछि नया गाउँ पोखराका निर्मल बहादुर नेपाली र उनकी श्रीमती नन्दकला न्यायका लागि धाउन थाले । उनीहरुका छोरी २२ वर्षीय सुनिता नेपालीको मृत्यु हुनु भन्दा एक वर्ष अघि फिनल्याण्ड बस्ने पोखराकै सुरज नेपालीसँग बिहे भएको थियो ।
बिहेपछि फिनल्याण्ड गएकी सुनिताको ६ महिनापछि रहस्यमय मृत्यु भयो । छोरीको शंकास्पद मृत्यु भएको थाहा पाए पनि केही गर्न नसकेको भन्दै सुनिताकी आमा बुबा हाम्रो कार्यलयमा आएर रोए ।
उनीहरु भन्छन्, ‘छोरीको रहस्यमय मृत्युको छानविन भए मात्र पनि निदाउन सक्छौं ।’ यातना दिएर छोरीलाई मारेको भन्दै भौतारिरहेको छ यो परिवार । छोरीको मृतात्माको शान्तीको लागि पनि न्याय आवश्यक भएको उनीहरुको भनाई छ । अन्तिम पटक कुरा गर्दा आफ्नो छोरीले घरमा झगडा भएको र मानसिक यातना दिइएको परिवारलाई गुनासो गरेकी थिइन् ।
दाइजोको निहुँमा निर्दोस चेलिले विदेशी भुमिमा अनाहकमा ज्यान गुमाएको भन्दै सुनिताको आमा बुबा दोषीलाई कानुनी कठघरामा उभ्याउन २ सय पटक पोखराबाट काठमाडौं आइन् । उनीहरुले आफुले चिनेको कपिलवस्तुका इन्सपेक्टर राजेन्द्र प्रसाद उपाध्यायलाई छोरीको हत्याबारे छानविनको लागि सहयोग गर्न आग्रह गरे ।
सो इन्स्पेक्टर उपाध्याय हाल क्षेत्रिय प्रहरी कार्यलय दिपायलमा कार्यरत छन् । उपाध्यायले सो घटनाको छानविन गर्नको लागि ४ लाख रुपैया लिए । उनलाई चार लाख रुपैया दिनका लागि उनीहरुले आफुसँग भएको गरगहना बन्दकी राखे । तर पछि सुन राखेर दिएको पैसा फिर्ता गर्नुपर्छ भनेपछि उपाध्यायले २ लाख फिर्ता गरे । हामीले यो सबै कुरा थाहा पाएपछि सुनिताका बुबा इन्स्पेक्टर उपाध्यासँग कुरा गर्न लगायौं । यस पटक उनले पैसा फिर्ता नगर्ने भन्दै उल्टै मुद्धा गर्न चुनौती दिए ।
यति मात्र होइन, शुसिल कोइराला प्रधानमन्त्री हुँदा उनको सचिवालय कार्यलय बालुवाटारमा कार्यरत कर्मचारी धनबहादुर केसीलाई इन्स्पेक्टर उपाध्यायले पीडित परिवारसँग भेटाए । पोखरा लेक साइडमा भएको सो भेटमा प्रधानमन्त्रीको सचिवालयका कर्मचारी केसीले १२ लाखको डिमाण्ड गरे ।
छोरीको हत्याको विषयमा छानविन गर्न फिनल्याण्ड जानुपर्ने भन्दै पटक पटक गरेर उनले पीडित परिवारसँग १२ लाख २५ हजार लिए । पीडित परिवारले हामीलाई यो सबै जानकारी गराएपछि हामीले हाल बुटवलस्थीत जनक शिक्षा सामग्री केन्द्र शाखा कार्यलयमा कार्यरत कर्मचारी केसीलाई सम्पर्क गरेर पीडित परिवारसँग पैसा लिएको भनि प्रश्न ग¥यौं ।
उनले परिवारलाई सहयोग गर्न पैसा लिएको भनद्यै त्यो पैसा आजै फिर्ता गरिदिने भने । उनले पटक पटक पीडितलाई फोन गरेर किन न्युज २४ मा गएको, आफुले पैसा फिर्ता गरिदिने बताए ।
केसीले तीस पटक भन्दा बढी सुनिताका बुबालाई फिनल्याण्ड जानुपर्ने भन्दै काठमाडौं बोलाए । तर सँधै खाली हात फर्काए । सुनिताको मृत्युको भएको आज करिब चार वर्ष हुन लाग्यो । चार वर्षसम्म केसी र सो इन्स्पेक्टर उपाध्यायले काम हुँदैछ भन्दै टारिरहेका छन् ।
बलात्कारीलाई मिनेट मिनेटमा ब्लेडले चिर्दै अखबरे खुर्सानी दल्दै आजीवन सजाय दिनु पर्छ- रबी
एउटा गम्भीर विषय जसलाई गम्भीरतापुर्वक लिइएकै छैन । समाजमा मौलाएको त्यो विषय हो बलात्कार । एकपछि अर्को बलत्कारको घटनाको समाचार पढेर, सुनेर र हेरेर मात्र बस्न विवश तपाई हामी जस्ता लाचार व्यक्ति रहुन्जेल कुनै पनि घरका छोरी चेलीहरु सुरक्षीत रहदैनन् ।
यो कुरा सुनेर तपाईहरुलाई खासै ठुलो प्रभाव परेको छैन थाहा छ । बलात्कारी भनेको बलात्कारी नै हो, हिंस्रक पशु हो । त्यसले कसको छोरी चेलिलाई बलात्कार ग¥यो त्यो ठुलो कुरा होइन । बलत्कारमा परेका हरेक छोरी चेलिहरु तपाईका र मेरा आफ्नै छोरी चेली हुन् ।
एक छिन् आँखा बन्द गरेर छातिमा हात राखेर, इमान्दारिता पुर्वक कल्पना मात्र गर्नुस् है त । कुनै पापी नरपिचास, दुष्ट दानवले बलात्कार गरेर घाँटी थिचेर मारेर फालेकी चेलिको तस्वीर हो यो ।
यो तस्वीर कसकी छोरीको हो, कसकी दिदिको हो, कसकी बहिनीको हो सायद सबैलाई थाहा छैन होला । म दावाका साथ भन्न सक्छु यो चिन्दै नचिनेकी मान्छेकी छोरी, दिदि बहिनीको तस्वीर देखेर तपाईलाई दुख त लाग्यो तर आँशु झरेन, रिस उठ्यो, तर ज्वाला बलेन, मन दुख्यो र हृदय चरक्क चर्किएन ।
गाली गर्न र अपशब्द बोल्न मन लाग्यो तर रगत उम्लीएन । एकै छिन् कल्पना गर्नुस है त यो तस्वीर तपाई की छोरीको हो, बहिनिको हो, दिदिको हो । तपाइको आफ्नै काखमा खेलेकी, काँधमा नाचेकी र ९ महिना पेटमा राखेर दश धारा दुध खुवाएकी आफ्नै छोरीको शरीर हो यो जसलाई यसरी बलात्कार गरेर घाँटी थिचेर मारेर फालिएको छ ।
एक सेकेण्ड कल्पना गरी हेर्नुस् । कल्पना मात्र गर्दा पनि भाउन्न भएन ? रगत उम्लीएन ? आँखा रसाएन ? मुटु, कलेजो धारिलो छुराले चरचरी रेटे जस्तो भएन ? तर न आत्तिनुस् यो विभत्स लास तपाईको र मेरी छोरी चेलीको होइन ।
तपाईका र मेरा छोरी चेलिहरु यतिखेर हाम्रो माया स्नेह, सुरक्षा र स्याहार पाएर रमाई रमाई बाँचिरहेका छन् । टेन्सन लिनु पर्दैन । पीडा त यिनका जन्मदातालाइ्र्र्र भएको छ, परिवार र आफन्तलाई भएको छ, जसले तपाइले र मैले जस्तै यी छोरीलाइ्र्र मायाले हुर्काइरहेका थिए, बढाइरहेका थिए, पढाइरहेका थिए ।
एउटा नरपिचासले इ्रज्जत लुटेर, घाँटी थिचेर, यसरी नफालुञ्जेल यी बा आमालाई पनि लागेको थिएन कि यिनकै घरमा यिनकै छोरी चेलीको यो हालत यिनै आँखाले हेर्नुपर्ने छ । यो समाजमा एउटा मात्र बलात्कारी छैन ।
देशका कुना कुनामा छरिएका नरपिचास बलात्कारीहरु अब तपाईको र मेरो घरमा आँखा लगाइरहेका छन् । कारण यो मुलुकमा बलात्कारीलाई दिइने सजायले पापीहरुको मुटु काप्दै काप्दैन ।
एक त गरिबका छोरीहरुको इज्जत लुट्नेहरु पैसाको बिटो फालेर चौकीमै वा चोक चोकमा भेला भएर मुद्धा राफ साफ गर्छन् दोस्रो अदालत पुगेपनि पैसा दिएर धरौटीमा छुट्टन् वा अर्को नक्कली दोषी खडा गरिदिएर निस्कन्छन् । २, ३, ५, ७, १०, १२, १३्र वर्षे बालिका देखि असाहाय महिला ६५, ७० वर्षे वृद्ध आमाहरु समेत बचेका छैनन्, बलात्कारीको कुदृष्ट्रीबाट ।
तर अपसोच राजनीतिको रंग घुस्यो र राजनीतिक फाइदा हुने भयो भने मात्र विरोध, हड्ताल, हुने समाजमा एउटी घरकी काखे छोरीको विभत्स बलात्कार र हत्या हुँदाको घटनाको इस्युलाई बोक्न कसैलाई खाँचो भएन । यौन पिपासु दानवको कुकृत्यले रगताम्य बालिकाको शरीरको एक थोापा रगतपनि तपाईको राजनीतिक पार्टीको झण्डा रंगाउन प्रयोग भैदिएको भए सायद, सडक र सदनमा आगो बल्थ्यो र त्यही रगतको छिटाले बालात्कारीलाई झुण्डाउने कानुन हिजो लेखिन्थ्यो, आज पास हुन्थ्यो र भोली नै केही दर्जन बलात्कारीहरुलाई सरे आम झुण्ड्याएको दृश्य लाइभ देखाउन पाइन्थ्यो ।
तर सुदुर पश्चिमको कञ्चनपुरकी गरिब परिवारकी एउटी निर्मला पन्त लगाएत गत ५ वर्षमा ५ हजार ३०० भन्दा बढी छोरी चेलीहरु बलत्कृत हुदा पनि नपुगेको हो भने भन्नुहोस् कानुनका ज्ञाता महोदयहरु र नीति निर्माता ज्युहरु अझै ककसका घरका छोरीहरुले बलात्कृत भएपछि कडा कानुन बन्छ ?
कतै आफ्नै छोरी चेलि नलुटीएसम्म नियम काुनन कडा नबनाउने र आवज चर्के नउठाउने कसम आएर त मौन बसिरहनुभएको छैन ? बालिका बलात्कार गर्नेलाई फाँसीको सजाय होईन आजिवन मिनेट मिनेटमा बिलेटले चिर्दै अखबरे खुर्सानी दल्दै गर्ने सजायको बेवस्था गरौ, तुरुन्तै ।

