देशको वर्तमान राजनैतिक गन्जागोलप्रति कटाक्ष गर्दै चर्चित कानून ब्यबसायी एवम् पुर्वमहान्यायाधिवक्ता प्राध्यापक युवराज संग्रौलाले आफ्नो फेसबुक पोस्ट मार्फत देशको राजनैतिक नेतृत्वलाई पन्ध्र बुँदे सुझाब दिएका छन ।
आफ्नो सुझाबहरु सुनेर “झोले मित्रका अपशब्द बर्सिने छन तर पनि मानिसले बोल्न छोड्नु हुन्न” भन्दै कडा प्रहार पनि गरेका छन् झोलेहरुप्रति ।
यस्तो छ संग्रौलाको पोस्ट
हाम्रो अहिलेको राजनीति अवस्थामा हामी सबैले तलका केही चिनियाँ र केही नेपाली बुद्धियुक्त ज्ञानबाट शिक्नु पर्छ होला।
१.”यदि कुनै राष्ट्रले राष्ट्रियता गुमायो भने तेस्ले राष्ट्रिय पहिचान गुमाउंछ।” के हो हाम्रो राष्ट्रिय पहिचान? राजनीति आडम्बर, सत्ताका लागी प्रतिस्पर्धा र कस्ले कस्लाइ कहाँ सिध्यांउछ भन्ने अनिश्चितता हाम्रो पहिचान बनेको छ बिगत ३० बर्ष देखि।
२.”प्रकाश अँध्यारोमा बढी चम्कन्छ।” यो चिनियाँ भनाइ राजा र नेताका लागी थियो। संकटमा सबैलाई समेटेर अगाडि बढ्ने नेताको इतिहास बन्छ।
३. “क्रान्ति प्रेमको जगमा उभिएको महान काम हो।पहिला जनतालाई माया गर्न सिक्नुहोस। अनि देशलाई पनि तेतिकै माया गर्न सक्नु हुन्छ र अनी मानवतालाइ पनि माया गर्न सिक्नु हुन्छ।” चि गुएबाराको यो भनाइ हाम्रा कति नेताहरुले बोक्नु भएको छ। राम्रो राजनीतिमा त सत्ताको मोह मात्र राजनीतिको पहिचान बन्न पुग्यो।
४.”मानिसको हारजीत वा सफलता र असफलता उस्कै प्रवृत्तिको परिणामको रुपमा आउँछ।” ताओबादि यो भनाइले मानिसको शत्रु बाहिर अरु होइन आफैं भित्र हुन्छ भन्ने ठान्छ। तपाईंले अरुलाई ठेल्दा आफ्नै बलको क्षति हुन्छ। तपाइँले अरुलाइ अंगालो हाल्दा तपाईंमा बल थपिन्छ। रास्ट्रका लागि एकताले जनताको समृद्धि निर्माण हुन्छ। सत्ताको प्रतिस्पर्धाले रास्ट्रको जग हल्लिन्छ।
५.”पानीले जहाजलाइ तैर्यांउछ तर तेहि पानी सुक्यो भने जहाज जमीनमा धसिन्छ।” यो चिनियाँ भनाइले जनताको जगमा उभिएको राजनीतिलाई इंगित गर्छ। जनताको धरातल बिर्सीने राजनीति धरातलमा भासिन्छ।
६.सबै मानिस असल हुन्छ्न, तर कोहि विवेकी र भद्र हुन्छन। यस्ता मानिसका वरिपरि दुनियाँले प्रेमको बर्षा गर्छ।” क्न्फुसियसको यो भनाइ सकारात्मक सोचले दुनियाँ बद्ल्ने गुणिलाई इंगित गर्छ जस्ले नडराइ गलत र शहीको पारख गर्छ। नेपालमा यस्तो गुणको खडेरी छ।
७.”अरुलाई राम्रो सङ्ग चिन्नु राम्रो गुण हो। आफैंलाई राम्रो सङ्ग चिन्नु बुद्धि र सिलको संयोग हो।” यो बुद्ध दर्सनको भनाइ शाशकप्रती लक्षित हो। हाम्रा कति नेताले आफ्नो खुवी बुझेका होलान!
८. “ताकतको लोभले मानिसलाई लथालिङ्ग पार्छ।” लाओ जुको यो भनाइ अरु भन्दा आफुलाइ ठूलो र विशेष बनाउन खोज्ने मनिस प्रती लक्षित छ। यदि ठूलो हुने मन छ भने अरुको सेवामा आफुलाइ समर्पित गर्नु पर्छ।
९. “अरुलाइ नियन्त्रण गर्न चाहनुहुन्छ भने तपाईंमा घमण्ड भरीन्छ। आफुलाइ नियन्त्रण गर्न थाल्नुहोस तपाई शक्तिशाली बन्नु हुन्छ।” लाओको यो भनाइ राजा प्रती लक्षित थियो। अहिले शासकमा लागू हुन्छ।
१०. “हिउँ हांसले सेतो हुन नुहाउनु पर्दैन।” असल नेताले असल छु भनेर बताइ रहनु पर्दैन। दुनियाँले आफैं जान्दछ। “जब घोडाले जमिनमा लडिबुडी गर्छ, उस्का शरीरमा धुलोलाग्छ।” यो चिनियाँ भनाइ हाम्रा नेताहरुमा लागु हुन्छ।
११.” यदि तपाईंले दिसा बद्ल्नु भएन भने मान्नु होस तपाईंको यत्रा अब समाप्त भयो।” “जब बस्नु हुन्छ, माथी होइन जमिनको नजिकै बस्नु होस।ताकी पछरिंदा चोट नलागोस।” यो क्न्फुसियसको हाम्रा नेतालाइ सल्लाह हो।
“धेरै जसो मानिस आफ्नो कर्ममा अन्तिम तिर आइपुग्दा असफल हुन्छ्न।” लाओको यो भनाइलाई हाम्रा नेताहरुले ख्याल गरून्।
१२. “यदि तपाईं बदला लिने राजनीति गर्दैहुनुहुन्छ भने दुइवटा चिहान खन्नुहोस किनकी एउटा तपाईंलाई चाहिन्छ।” कन्फुसियसले यो भनाइ शायद हाम्रा झोले मित्रहरुका लागी भनेका थिए।
१३. “सांचो ज्ञान तपाईंले आफ्नो अज्ञानता पत्ता लगाउनु हो।” कन्फुसियसको यो भनाइ हाम्रा नेतालाइ थियो, सायद।
१४.”बुद्धिमानले आजलाई हेरेर आफ्नो भोलि ठ्म्याउन सक्छ।” सबैलेसोच्नु राम्रो तपाई आज के गर्दै हुनुहुन्छ।
१५. “जसरी रुखको पहेंलिएको पात जमिनमा खस्छ, मानिसको महत्वकांक्षा पनि यस्तै हो।” महबिरको यो भनाइ पनि धेरै नेताले ख्याल ख्याल गर्दा राम्रै होला।
यी भनाइमा पनि झोले मित्रका अपशब्द बर्सिने छन। तर पनि मानिसले बोल्न छोड्नु हुन्न।

