भरत दाहाल – नेपाल अहिले भूमण्डलिकरणका बहानामा पश्चिमा र ईण्डियन मूल्य-मान्यताहरुको चपेटामा परेको छ। अहिलेको संकटको मूल कारण नै हामीले सोंच, विचार, मूल्य-मान्यता, आचरण र राज्य प्रणालीमा आफ्नोपन गुमाएर अर्काको आत्मसात गर्नु हो। आफैले सिर्जना गरेको र मौलिकता भएको चिज कति सुरक्षित हुन्छ भन्ने कुरा गुठी आन्दोलनले देखाएको छ।
अहिले प्रचलनमा रहेको विक्रम संवत्लाई परिवर्तन गरेर ईस्वी सन् लाद्ने प्रयास विगत ४,५ बर्षदेखि भैरहेको छ र विश्वसंग एकरुपता ल्याउने बहानामा ईस्वी संवतकाे पक्षमा केहि बर्ष अगाडिदेखि बहस गर्न खोजिएको छ। नेपालको भू-राजनीतिक संकट यहि रुपमा केही समय जारी रहे प्रचलित सम्वत् हटाईनेछ भन्ने यथार्थताका बारेमा मलाई कुनै संका छैन।
यस्तो प्रयास नेपाली भाषा, गुठी, पारिवारीक एवं सामाजिक कानूनहरु, नागरिकता, कथित वैयक्तिक स्वतन्त्रता, मानव अधिकार आदि सबै क्षेत्रमा देखियो। जसरी पनि नेपालका सबै मौलिक मूल्यहरुलाई समाप्त पारेर विदेशीकरण गर्ने योजना नै नेपालको राज्य प्रणालीको मूख्य अभिष्ट हो। विदेशीहरुको यस्तो योजना रोक्न सबैतिर मौलिकतालाई स्थापित गर्न जरुरी छ।
जुन पक्षमा आफ्नोपन हुँदैन, त्यसको रक्षाका लागि जनमत उठ्दैन। मैले देश विरुद्ध चलिरहेको विदेशी षडयन्त्रलाई मध्यनजर राखेर नेपाल संवत्को महत्व देख्छुँ। यद्दपी, संम्वत्हरुको शास्त्रिय मान्यताका बारेमा म जानकार व्यक्ति होईन। विक्रम संवत्का ठाउँमा नेपाल सम्वत् प्रचलनमा ल्याउँदा हामीले गुमाउने कुरा के हो भन्ने कुरा पनि मलाई थाहा छैन।

यदी नेपाल सम्वत्को प्रचलनबाट रितिथिति, चाडपर्व, ग्रहनक्षत्रको गणणा जस्ता कुराहरुमा केही असर हुँदैन भने यसलाई सरकारी कामकाजमा ल्याउन उचित छ। नेपाल संवत् हाम्रै देशमा हाम्रै देशका नागरिहरुबाट सुरु भएको संवत् हो। यसमा आम नेपालीहरुले आफ्नोपनको अनुभूति गर्न सक्ने ठाउँ छ। नत्र विक्रम संवत् पनि नरहने र नेपाल संवत् पनि गुम्ने खतरा छ।
संस्कृतिहरू धार्मिक पन्थहरूभन्दा हजाराैं बर्ष अघिदेखि छन् संस्कृतिलाई धार्मिक पन्थसंग जाेडेर अलग्याउनु राजनीति हाे !
संस्कृति र चाडपर्वहरु कुनै धार्मिक ‘वादी’का पेवा होईनन्। ‘वाद’को पर्खाल राजनीतिक सत्ताले लगाउँछ। नेपालका सबै समुदायहरुले आफ्नो जीवन निर्वाहको परिवेश, आफ्नो जलवायू, आफ्नो सामाजिक सम्बन्ध, आफ्ना मूल्य र आफ्नो आवश्यकता अनुसार फरक फरक भाषा, रुप र शैलीमा तिहार मनाईरहेका छन्। कथित किराँतवादी, हिन्दूवादी, बुद्धवादी, जैनवादी सबैले आफ्नै तरिकामा उही चाडपर्व मनाउने गरेका छन्। चाडपर्वमा पूजिने र मान्ने चिजहरु उनै छन्- शक्ति, आत्मा, शरिर, जीवजन्तु, वनस्पति, प्रकृति आदि। याे सनातनी कर्तव्यका रूपमा विकास भएकाे हाे।
यस्तो परम्परा कुनै धार्मिक सम्प्रदायको देन होईन। मानिसलाई ईश्वरका रुपमा परिकल्पना गरेर लेखिएका धार्मिक कथाहरु भन्दा दशौं हजार बर्ष अघिदेखि मनाईंदै आएका र मानिसका दैनिक जीवनका आवश्यकतासंग जोडिएका कुराहरु हुन्। त्यसैले सबै समुदायका चाडपर्वहरु उही समयमा परेका हुन्छन्। दशैं तिहार जस्ता संस्कृति र चाडपर्वहरुलाई ‘सनातन चाडपर्व’ भन्न सकिन्थ्यो। केही सय बर्ष अगाडि उत्थान भएका धार्मिक पन्थहरुका आधारमा पर्वहरुको वर्गिकरण गर्नु गलत हुन्छ। दशैं जस्तै तिहार पनि हिन्दूहरुको मात्र चाड होईन।

