
-दीर्घराज प्रसाईं
अहिले नेपाल सम्हालिन नसक्ने अवस्थामा पुगेकोले अव राजा, जनता र राजनीतिक दलहरूको संयुक्त प्रयासमा देशलाई निकास दिनुपर्छ ! नेपालको अस्तित्व मेट्न सक्रिय पाखण्डी गद्दार बाहुन र गैरबाहुनहरु छन् !

नेपालको सार्वभौमसत्ता, एकता र देशका पहिचानहरूलाई स्थिर र चिरस्थायी कायम राख्न राजा, जनता र राजनीतिक दलहरूको संयुक्त प्रयासमा राष्ट्रिय सहमति कायम गरेर देशलाई निकास दिलाउन सक्नुपर्छ । उत्तर र दक्षिणतर्फ ठूला मुलुकहरूको बीचमा रहेको नेपालजस्तो देशमा निर्वाचित राष्ट्रप्रमुखबाट भौगालिक, धार्मिक, जातीय परिस्थिति सन्तुलित हुन सक्तैन भन्ने मेरो मनसाय छ । अबको नेपालमा कस्तो राजसंस्थाको व्यवस्था गर्ने भन्ने कुराको निक्र्योल गरौं र संसद्ले नियम कानुन बनाएर त्यसैको आधारमा चल्ने संवैधानिक राजसंस्थाको व्यवस्था गर्दा नै सबै पक्षको सहमति कायम हुनसक्छ ।
स्मरणीय छ, २०७१ सालभन्दा अगाडि भारतीय कांग्रेस (आई) र उसको गुप्तरचर संस्था ‘रअ’ले नेपाललाई आफ्नो प्रभावक्षेत्र बनाउन अनेक पटक अनेकौं षड्यन्त्र गर्दै आएकोमा २०७१ सालदेखि भारतमा हिन्दूवादी भारतीय जनतापार्टी अध्यधिक मत लिएर भारतको सत्तामा आएकाले अब हिजोको जस्तो नेपालीहरू भारतसँग सशंकित होइरहनुपर्ने अवस्था नआउला । २०६३ साल वैशाख ११ गते राजासँग सम्झौता भएर जनआन्दोलन रोकिएपछि भारत गणतन्त्रको पक्षमा किन सक्रिय बन्यो भन्ने कुरा हामी सबैले बुझुनुपर्ने कुरा छ । अर्काको करकापमा परी नेपालका स्थापित मान्यताहरू भत्काएर कहिल्यै पनि नेपाल स्थिर हुन सक्तैन । जनआन्दोलनभन्दा अगाडि अमेरिका खुलेर गणतन्त्रको पक्षमा थिएन । राजा ज्ञानेन्द्रबाट काठमाडौंस्थित दलाई लामाको कार्यालय हटाएपछि अमेरिका पनि राजासँग रिसाएको थियो । त्यसैले गणतन्त्रको लागि अमेरिकाको पनि समर्थन भयो ।
युरोपका केही इसाई राष्ट्रहरू नेपालमा इसाईकरण गर्न पहिलादेखि नै सक्रिय थिए । माओवादीभित्र धेरै नै इसाईहरू भएकाले माओवादी विद्रोहलाई भित्रभित्रै आर्थिक तथा हतियारसमेत सघाउने गरेको थियो । भारत र अमेरिका गणतन्त्रको पक्षमा लागेपछि उनीहरू पनि खुलेर गणतन्त्रको पक्षमा लाग्ने नै भए । यसरी चौतर्फी दबाब र षड्यन्त्रबाट नेपालबाट राजसंस्था विस्थापित गर्ने काम गरियो ।
विश्वको एकमात्र हिन्दू अधिराज्य विश्वका हिन्दूहरूको लागि गौरवमय पहिचान भएको र नेपालभित्रका सम्पूर्ण जाति, धर्म, संस्कृति, परम्परा र देशको सार्वभौमसत्तालाई बचाएर स्थायित्व कायम गर्न सक्ने एकमात्र स्थायी संरक्षक नेपालको राजसंस्थालाई विस्थापित गर्न विदेशी शक्तिको दबाबमा नेपालका पार्टीका नेताहरू फस्न पुगे । विदेशीहरूको अत्यधिक चलखेल बढेको हुँदा राजाले बडो गम्भीरतापूर्वक सोचेर राजकाज छोडेका हुन् ।
सत्ययुगमा असुरहरूको आक्रमणबाट बच्न विष्णु पनि बराह रुप लिएर लुकेका थिए भने राजा ज्ञानेन्द्र पनि नागार्जुनमा मुकाम कायम गरका हुन् । तर अहिले परिस्थिति बदलिएको छ । पार्टीका नेताहरू सबैलाई यो वास्तविकता थाहा छ । २०६३ सालदेखि देशको अधोगति देखेर नेपाली जनता घर–घर, गाउँ–गाउँबाट राजा र राजसंस्थाको पक्षमा बोल्न लागेका छन् । प्रजातन्त्र र निरंकुशताका बारेमा त परिस्थितिले राजा ज्ञानेन्द्रलाई अमुक बनाएको हो । दलका नेताहरूको चहानाअनुसार विघटित प्रतिनिधिसभा ब्यँुताए, सहज परिस्थिति कायम हुन नसक्दा बहुमतमा रहेको कांग्रेसी सत्ताले राजालाई सत्ता बुझाएपछि २०४७ सालको संविधानको धारा १२७ र ३५ (१) अनुसार राजाले सत्ता ग्रहण गरेका हुन् ।
तीन वर्षभित्र निर्वाचन गराएर सत्ता हस्तान्तरण गर्ने राजाको चाहना हुँदाहुँदै उनलाई अप्रजातान्त्रिक भन्न मिल्दैन । कारण र परिणामका आधारमा राजनीति चल्छ । राजा ज्ञानेन्द्र निरंकुश भएका भए नेताहरूलाई एक–एक गरेर सिध्याउन आदेश दिन सक्थे । तर उनले हत्याको राजनीति नगरेर २०६३ वैशाख ११ गते गिरिजाप्रसाद कोइरालालाई नारायणहिटी राजदरबारको पटांगिनीमा प्रधानमन्त्रीको शपथग्रहण गराई सत्ता जिम्मा लगाएका थिए । वि.सं. २०५८ मा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा भंग गरेर राजालाई सत्ता बुझाएपछि नेपाललाई अस्तव्यस्त बनाउने खेल प्रारम्भ हुन्छ । आफूहरूले गरेका अपराधहरू लुकाउन सबै दोष राजालाई थोपरेर गणतन्त्रवादी बनेका हुन् । नेपालमा राजसंस्था विस्थापित भएदेििख चौतर्फी संकटले घेरेको छ ।
राजसंस्था नरहे पनि नेपाल स्वतन्त्रपूर्वक बाँच्छ भने हामीलाई राजतन्त्रको वकालत गर्नु छैन । तर नेपालको सन्दर्भमा संवेदनशीलताको अध्ययन नै नगरी राजा, भाषा, धर्म, जाति, जमिनको बारेमा गम्भीर विचारै नगरी बोल्नु आत्मघाती कुरा हुन्छ ।
अमेरिकी स्वार्थले सन् १९५८ मा इराकमा राजतन्त्र फालेपछि सद्दाम हुसेनको क्रुर तानाशाही नीतिले त्यो स्वर्णभूमि सिया र सुम्नी तथा कुर्दित मुसलमानहरूको बीचमा भएको गृहयुद्धले लाखौं मान्छे मारिए । इराकको अधोगति भयो । सन् १९७९ मा इरानमा राजा रेजा शाह फहलबीले सत्ता त्यागेपछि इस्लामिक क्रान्तिको नाममा लाखौं इरानी जनता मारिएका छन् र राजतन्त्रभन्दा कुरानको धार्मिक निरंकुशतामा इरान फसेको छ ।
त्यस्तै सन् १९७९ मा अफगानिस्तानमा सोभियत रुसको दबाबमा राजतन्त्र हटेपछि अहिलेसम्म अफगानिस्तान गृहयुद्धमा फसेर अफगानी जनता रगतको खोलोमा पौडी खेल्दै छन् । सन् १९७० मा कम्बोडियामा राजतन्त्र हटाइयो र कम्युनिस्ट सत्ताबाट लाखौं कम्बोडियाली जनता बेकसुरमा मारिए । आखिरीमा सन् १९९३ मा कम्बोडियाका जनताले राजा नरोद्धम सिंहानुकलाई सत्तामा ल्याएपछि कम्बोडियामा शान्ति छायो । यही हिसाबले बेलायतमा सन् १६५९मा विस्थापित राजसंस्था १६६१ मा पुनःस्थापित भयो । स्पेनमा राजा अल्फोन्सो तेस्रोले देश छाडेपछि सन् १९६९ मा फ्रान्को राजगद्दीमा फर्केपछि स्पेन स्थिर बन्न पुग्यो । यसरी कतिपय ठाउँमा राजतन्त्रको आरोह–प्रत्यारोह पुनःस्थापना भएको छ ।
नेपालको अस्तित्व मेट्न सक्रिय नेपालका पाखण्डी गद्दार बाहुन र गैरबाहुनहरु-नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला र उनको प्यादा कृष्ण सिटौला, रामचन्द्र पौडयाल, सुशील कोइराला एमालेका माधव नेपाल, झलनाथ खनाल, खड्ग ओली, माओवादीका बाबुराम भट्टराई, पुष्पकमल दाहालहरु जस्ता बाहुनहरु र गैरबाहुनमा शेरबहादुर देउपा, सुवास नेम्वाड, पद्यरत्न तुलाधर, विजय गच्छदार नेपाली नागरिकता लिएका भारतीयहरु– महन्त ठाकुर, राजेन्द्र महत्तो हृदयस त्रिपाठीहरु जस्ता १०।१५ जना राष्ट्रियता, धर्म विरोधी बिगे्रका र इसाई समर्थक गद्दारहरुलाई हातमा लिएर नेपालको अस्तित्व नै मेट्न भारत सक्रिय बनेको थियो । विदेशीले बोकाएको धर्मनिरपेक्ष र गणतन्त्र उनीहरुको मूल सिद्धान्त बनेको छ । यी राष्ट्रघातीहरुलाई कठघरामा उभ्याउन सकियो भने हजार वर्षसम्म नेपालमा हत्यारा अपराधीको जन्म हुने छैन ।
‘अचल झण्डा फर्रोस् फरफर गरी कान्तिपुरीमा ।
रिपुको मन थर्काेस् थरथर गरी छीन घरिमा ।।
यमनले राज् गर्दा कति पतीत हिन्दुस्थल भयो ।
फगत यो नेपालको मुलुक कञ्चन रहिगयो ।’
-मोतीराम भट्ट
राणाले राजालाई खोपीमा राखेर पनि शासन चलाएका थिए । उनीहरूलाई थाहा थियो कि नेपालमा राजसंस्था रहेन भने नेपाल नै रहने छैन । राणाहरू जतिको पनि ज्ञान नभएका नेताहरूले २०६३ सालको आन्दोलन विसर्जन भएपछि राजालाई मात्र होइन, जनतालाई पनि धोका दिए । त्यसैले जनताका मान्यतामा राजसंस्था अस्तित्वमा छ ।
पृथ्वीनारायण शाहको नेतृत्वमा ५४ भन्दा बढी स–साना हिन्दु-राज्यहरु एकीकृत भएर विशाल नेपालमा हिन्दु अधिराज्य बनेको हो । त्यसैले राजसंस्थालाई नेपालको एकताको मियो मानिएको हो । तर नेपालमा राजसंस्था विस्थापित भएदेििख चौतर्फी संकटले घेरेको छ । यसले गर्दा अहिले नेपाल सम्हालिन नसक्ने अवस्थामा पुगेको छ । यस अवस्थामा भारत तथा चीनका लागि पनि पश्चिमाहरूबाट खतरा बढ्न सक्छ । अतः अहिलेको अवस्थामा राजा, राजनीतिक दल र जनताको संयुक्त प्रयासमा देश निर्माण गर्नु अपरिहार्य छ । देशका भडुवा अपराधीहरुलाई कारवाही गरेर नेपाल र नेपाली जनताको संरक्षकको रुपमा स्थापित राजसंस्था र हिन्दु अधिराज्यलाई यथावत कायम राखेर नेपालको अस्तित्व बचाउनु पर्छ ।
(दीर्घराज प्रसाईको फेसबुक वालबाट)

