सिताराम कट्टेल जी , तपाईलाई ब्यक्तिगत रुपमा त म चिन्दिन । तर, तपाईंको कलाकारिता र समाजसेवाको योगदानलाई राम्रोसंग चिन्छु । आज तपाईं रोएको भिडियो हेरेर केहि नलेखी बस्नै सकिन । तपाईले जुन अठोट लिएर चितवनमा अन्तराष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने योजना बनाउनु भएको छ, यो आँफैमा महान काम हो । सरकारले गर्नुपर्ने काम तपाईले गरिरहनुभएको छ । तपाईको चौतर्फी तारिफ गर्ने मध्येको कुनै एक पात्र म पनि हुँ । आज तपाईले बनाउन थाल्नु भएको रंगशालाको संरचनामा अपराध मानसिकता भएका (मान्छे आकारका जनावर) ले डोजर चलाएर सबै भत्कादिएछन् । यो अबस्था किन भयो र यसका कारण के हुन्छन्, सानो जानकारी दिन चाहन्छु ।
१, तपाईले पुष्पकमल दाहालको जिल्लामा अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउन लाग्नुभएको छ । तपाईंको मन निष्कलंक छ , यसमा दुइमत छैन । तर, यो आँफैमा ठुलो जोखिमस्थानमा तपाईले यो कामको शुरुवात गर्नुभएको छ । किनकी त्यो जिल्ला पुष्पकमल दाहालको हो । जस्ले १७ हजार मान्छे मर्ने र मार्ने काम गरेका थिए ।
२, चितवन त्यहि स्थान हो, जहां बस भित्रै मानिसलाई जिउँदै (२००५, जुन–६ मा ७२ जनाको मृत्यु) पोलिन्छ । किनकी त्यो जिल्ला पुष्पकमल दाहालको हो । जस्ले १७ हजार मान्छे मर्ने र मार्ने काम गरेका थिए ।

३, बिश्वमा कम्युनिष्टले कहिल्यै बिकास निर्माण गर्देनन् । भएका बिकास पनि भत्काउँछन् । चीन बाहेक बिश्वका चार दर्जन बढि मुलुक यसका उदाहरण छन् । (कम्युनिष्ट शासनले समृद्धि बनाएको कुनै देशको उदाहरण दिनु भए त्यो देशको इतिहास पढ्नेछु ) फेरि तपाईं त नेपालकै जोखिम जिल्लामा अन्तराष्ट्रिय रंगशाला बनाउन गइरहनु भएको छ । किनकी त्यो जिल्ला पुष्पकमल दाहालको हो । जस्ले १७ हजार मान्छे मर्ने र मार्ने काम गरेका थिए ।
४, तपाईंले जुन स्थानमा रंगशाला बनाउन थाल्नु भएको छ, त्यहाँ रामपुर कृषि क्याम्पस तथा कृषि बिश्वबिद्यालय छ । यो कलेज त्यहि हो, जहाँ हरेक बर्ष कम्युनिष्ट आतंकले पढाइ त के निर्धक्क बस्ने बाताबरण नै छैन । यस्तो जोखिमस्थानमा तपाईले रंगशाला बनाउन खोज्नु आँफैमा महाजोखिम थियो । किनकी त्यो जिल्ला पुष्पकमल दाहालको हो । जस्ले १७ हजार मान्छे मर्ने र मार्ने काम गरेका थिए ।
५, सिताराम जि, तपाईलाई थाहा भयो होला, डोजर लगाएर भत्काउनेहरु कम्युनिष्टकै कार्यकर्ता थिए । अहिले केहि पक्राउ परेपनि प्रहरीलाई कम्युनिष्ट नेताहरुको दबाबले अपराधीलाई कारवाही गर्न कत्रो सकस परिरहेको छ । आजै जिल्ला प्रहरी कार्यालय चितवनले डोजर लगाएर भत्काउने काममा संलग्न केहिलाई समातेपनि मुख्य अभियुक्तहरु अझै मुक्त भएको सार्बजनिक गरिसकेको छ । तर, दुखको कुरा भन्नुपर्छ, भर्खरै मात्र पुष्पकमल दाहाल निकटका एक प्रहरी प्रमुख चितवन सरुवा भएका छन् ।
अब चितवनको शान्ति सुरक्षा कस्तो होला तपाई आंफै अनुमान गर्नुहोस । तपाईले त्यो जोखिम क्षेत्रमा रंगशाला बनाउन खोज्नु अदम्य साहस हो । किनकी, त्यो जिल्ला पुष्पकमल दाहालको हो । जस्ले १७ हजार मान्छे मर्ने र मार्ने काम गरेका थिए । र अन्तमा, सिताराम कट्टेल जी, जुन जोखिम स्थानमा जोखिम मोलेर तपाईंले रंगशाला बनाउने साहस देखाउनु भएको छ, सलाम छ है
-पत्रकार विनोद त्रिपाठीको फेसबुकबाट

