बुधबार, पुस ६, २०७९
गगनसंग दुई वटा विकल्प थिए – ‘त्वम् शरणम्’ गरेर जे पाइन्छ त्यो थाप्ने या स्वाभिमानपूर्वक उभिने !

गगनसंग दुई वटा विकल्प थिए – ‘त्वम् शरणम्’ गरेर जे पाइन्छ त्यो थाप्ने या स्वाभिमानपूर्वक उभिने !

जित्दै गरेको नेतृत्वविरुद्ध लड्नु या उभिनु भनेको थुप्रै अवसर र सम्भावनाहरूलाई गुमाउनु हो भन्ने गगन थापालाई स्पष्ट थियो ।


  • स्वदेश नेपाल
  • बुधबार, पुस ६, २०७९

शेरबहादुर देउबाविरुद्ध उभिनु, लड्नु या उनका कमजोरीबारे बोल्नु कांग्रेसविरुद्ध बोल्नु हो भन्ने गलत भाष्य स्थापित हुन नदिनु सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । निरङ्कुश नेतृत्व र दास कार्यकर्ता जन्माउने यस्तो भाष्य आजभोलि निकै फेशनमा छ ।

नबिर्सौं, नेतृत्वको एकलौटी विरुद्ध गगन र विश्वप्रकाशहरू बलियो बनेर नउभिएको भए आज ती महामन्त्री बन्दैनथे र धनराज गुरुङ्हरू उपाध्यक्ष बन्दैनथे । देउबा होटलको कोठामा बसेर लिस्ट बनाउँथे र अधिवेशनमा पढेर सुनाउँथे । उनको गोजीबाट कस्ता व्यक्तिको नाम आउँथ्यो, भनिरहनु नपर्ला ।

गगनसँग जित्न पुग्ने अङ्कगणित थिएन । देउबा पक्षमा बहुमत सांसद खुलेरै देखिएका थिए । जित्दै गरेको नेतृत्वविरुद्ध लड्नु या उभिनु भनेको थुप्रै अवसर र सम्भावनाहरू लाई गुमाउनु हो भन्ने स्पष्ट थियो । मिनेन्द्र रिजाल या स्वर्णिम वाग्लेहरू ले नेतृत्वको कोपभाजन हुँदा टिकटसम्म नपाएको सबैले देखेकै थिए ।

यस्तोमा ‘त्वम् शरणम्’ गरेर प्रसादमा जे पाइन्छ त्यो थाप्ने या स्वाभिमान र निष्ठापूर्वक आफ्ना प्रतिबद्धतामा उभिने भन्ने दुई विकल्प थिए । चुनाबअघि गगनले संसदीय दलमा उम्मेदवारी दिने प्रतिबद्धता व्यक्त गरेका थिए । लेनदेनको सम्झौतामा टुङ्गिएको भए उनको पराजय हुन्थ्यो ।

आज उनले जितेका छन् । थप २४ जनाले तत्कालको लाभहानिभन्दा नागरिकस्तरको भावनालाई बुझेर सम्मान गरेका छन् । अङ्कगणितको रिजल्टमा त ती पराजित देखिए, तर राजनैतिक मूल्य र निष्ठामा तिनले जितेका छन् । समय लाग्ला, अङ्कगणित पनि फेरिन्छ । तर कसै न कसैले कोसिस नगर्ने हो भने त कसरी फेरिन्छ र ?

-नारायण गाउँलेको फेसबुकबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट