बुधबार, अशोज २६, २०७९
‘दिपक मनाङे’ जस्तै होनहारहरुको विजयले मात्रै लोकतान्त्रिक गणतन्त्रको सपना साकार हुन्छ !

‘दिपक मनाङे’ जस्तै होनहारहरुको विजयले मात्रै लोकतान्त्रिक गणतन्त्रको सपना साकार हुन्छ !


  • स्वदेश नेपाल
  • बुधबार, अशोज २६, २०७९

विवादित पृष्ठभूमिबाट आएका दिपक मनाङेले २०७४ मा मनाङ (ख) मा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

एमालेले समर्थन गरेपछि कांग्रेसका कर्म गुरुङलाई हराएर प्रदेशसभा सदस्य चुनिएका उनी पछिल्लो डेढ वर्षमा नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको दुबै सरकारको युवा तथा खेलकुदमन्त्री बने । मन्त्री भएपछि पनि विवादमा परिरहे ।

तर तिनै दीपक मनाङे गण्डकी प्रदेशसभा सदस्यको निर्वाचन २०७९ मा निर्विरोध निर्वाचित भएका छन् ।

गत चुनाव २०७४ जितेको एक वर्षपछि मात्र प्रदेशसभामा प्रवेश पाएका राजीव गुरुङ ऊर्फ दीपक मनाङे चर्चामा मात्रै रहेनन्, गण्डकी प्रदेश सरकार बनाउने र ढलाउने खेलमा निर्णायक बने ।

यिनै राजीव गुरुङ उर्फ दीपक मनाङेको निर्विरोध निर्वाचित भएको बिषयलाई बरिष्ठ पत्रकार जीवराम भण्डारीले आफ्नो फेसबुक मार्फत कडा व्यङ्ग गर्दै सिङ्गो व्यवस्था माथि नै कडा प्रश्न उठाएका छन ।

यस्तो छ बरिष्ठ पत्रकार जीवराम भण्डारीको पोस्ट

नाम – राजीव गुरुङ उर्फ दीपक मनाङे ।पेसा – हिजोका दिनमा सबैले थाहा पाएको । पछिल्लो समयमा राजनीति ,प्रदेशसभा सदस्य हुदै मन्त्री ।

दोस्रो पटकको निर्वाचनमा यो संघीय लोकतान्त्रिक गणतन्त्रको सर्वाधिक लोकप्रिय नेता । मनाङ प्रदेशसभा ख बाट निर्विरोध निर्वाचित । तपाईं संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिकको रुपमा उदाउनु भएकोमा हार्दिक बधाई तथा शुभकामना ।

आउने मंसिर ४ को निर्वाचनमा उहाँ र उहाँ जस्तै होनहारहरुको गौरवपूर्वक बाहुल्यता कायम हुन सकोस् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको सपना तबमात्र साकार हुनेछ । मेरो थप प्रार्थना छ । यस्तो महान प्रणाली देशमा मौजुद छ र त सबै सम्भव छ । जय होस् ।

प्रतिक्रिया
सम्बन्धित समाचार