श्रीमान् प्रमुख निर्वाचन आयुक्तज्यू,
विषयः सार्वजनिक अपिल
महाेदय,
विगत केही दिनदेखि माेवाइल बज्दा निर्वाचनसम्बन्धी गीत बज्ने गरेकाे छ । निर्वाचनकाे मुखमा निर्वाचनसम्बन्धी जानकारी दिन माेबाइलकाे प्रयाेग गरिनु निकै प्रभावकारी कदम हाे । यसकाे स्वागत गर्दछु–गर्दछाैँ ।
तर गीत बज्दा गीत कम, यातना बढी अनुभव हुन्छ । श्वर, संगीत र शब्दकाे संयाेजन नै गीत हाे । यसले प्रभावकारीरूपमा स्राेताकाे मनमा प्रभाव पार्छ–पारिनुपर्छ । तर निर्वाचनसम्बन्धी धुन र बाेलमा कतै पनि मीठाे संगीतकाे आभास हुन्न । निवार्चन गीत यस्तै हुन्छ भन्ने दावी हाे भने यस्ता गीत सुन्ने–नसुन्ने लाेकतान्त्रिक अधिकारकाे रक्षा गर्ने केही अप्सन राख्नु निर्वाचन आयाेगकाे कर्तव्य हुनुपर्ने हाे ।
महाेदय,
हजुर आफैँ राम्रो गीतकार हुनुहुन्छ । संगीत र श्वरकाे मर्म बुझ्नुहुन्छ । शब्द र संगीतकाे ज्ञान नभएकाे व्यक्ति उक्त कुर्सीमा विराजमान भएकाे भए तलका व्यक्तिले तपाइँलाई प्रभाव पारे भन्न सकिन्थ्याे । तर तपाइँका गीत सुनेर हुर्किएका हाम्राे पुस्ताले तपाइँ प्रमुख आयुक्त भएकाे स्वयत्त संस्थामार्फत कराेड मानिसले सुन्ने गीतकाे हरिविजाेग देख्दा मनले सहन सकेन र याे सार्वजनिक पत्र लेख्न बाध्य भइयाे ।
नेपालमा हरेक क्षेत्रका विज्ञ व्यक्तित्वहरू छन् । तर उनीहरू चाकडी बजाउन हजुरसम्म पुग्दैनन् । उनीहरूले जानकारीसम्म गराउने हुन् । हजुरले खाेजेर स्तरीय काम लगाउन सक्नुहुन्थ्याे–हुन्छ । तर आफू विज्ञ भएका विषयकाे स्तर त यस्ताे छ भने तपाइँकाे विज्ञता नभएका विषयमा कस्ता काम भएका हाेलान्, हामी अनुमान लगाउन सक्छाैँ ।
गीतकार भएका नाताले पनि कम्तिमा हाम्राे माेबाइलमा मीठाे धुनसहितकाे गीत प्रशारण हुनेछ भन्ने विश्वास लिएका छाैँ । जसरी दसैँ आउँदा मीठाे मालश्री धुन बज्दा मन आनन्दित हुन्छ, जसरी तिहार नजिकिँदै गर्दा धेउसुरे घन्कन्छ, ठिक त्यस्तै पाँच वर्षमा आउने निर्वाचनले हामीलाई मत दिउँ दिउँ लाग्ने संगीत बनाउन हार्दिक निवेदन गर्दछु–गर्दछाैँ ।
निर्वाचन आयाेगकाे मर्यादामा ठेस पुग्ने केही शब्द परेकाे भए क्षमा चाहन्छु ।
तपाइँकाे साहित्यिक व्यक्तित्वकाे शुभचिन्तक एवं एक सचेत नागरिकका तर्फबाट अश्विनी काेइराला