”हरेक दल, समूह, संगठन, समाज र परिवारमा आज पनि असल मानिसहरू छन। तर पनि नेपाल र नेपालीले दू:ख पाइरहेकाछन् यसको मुख्य कारण भनेकै राज्यका सबै अङ्गहरूमा मालिकको आदेश पालना गर्ने दासहरूको बिगबिगीले गर्दा हो।”
उक्त भनाईको कानूनविद भिमार्जुन आचार्यको । आचार्य आफ्नो फेसबुकमा लेख्छन् – ”आसन्न निर्वाचनमा राष्ट्र र जनता बिगार्ने प्रवृत्तिलाई जन्माउदै र सरक्षण गर्दे आएका दल र नेतालाई छानीछानी परास्त गरौ। यो देशलाई दासहरूको होइन सच्चा नागरिकहरूको देश बनाऔं ।”
यस्तो छ उनको पोस्ट
सिङ्गो दल र सबै नेता-कार्यकर्ता दोषी छैनन। हरेक दल, समूह, संगठन, समाज र परिवारमा आज पनि असल मानिसहरू छन। तर, फेरि पनि हामीमाथि वर्षो देखि खराब, दुष्ट, भ्रष्ट, असक्षम, र देशद्रोहीहरूले शासन र रजाइँ गर्दे आइरहेका छन।
खराब व्यक्तिको छनौटका कारण आज राज्यका सबैजसो निकाय निकम्मा सिद्द भएका छन। के न्यायालय, के सुरक्षा निकाय, के संवैधानिक निकाय, के कुटनीतिक निकाय कहिकतै पनि सक्षम र दल असंलग्न व्यक्तिले राज्यको कुनै पनि अवसर, मान पदवी पाउन सक्ने अवस्था छैन ।
न्यायालय देखि राज्यका सबै अङ्गहरूमा मालिकको आदेश पालना गर्ने दासहरूको बिगबिगी छ। यसको अन्त्य आजको पहिलो आवश्यकता हो। आसन्न निर्वाचनमा यस्तो प्रवृत्तिलाई जन्माउदै र सरक्षण गर्दे आएका दल र नेतालाई छानीछानी परास्त गरौ। यो देशलाई दासहरूको होइन सच्चा नागरिकहरूको देश बनाऔं ।