बिहिबार, बैशाख १, २०७९
नेपालको टाट पल्टाउने रणनीति, दलालहरु चिन्न ढिला गरे पुर्पुरोमा हात !

नेपालको टाट पल्टाउने रणनीति, दलालहरु चिन्न ढिला गरे पुर्पुरोमा हात !


  • स्वदेश नेपाल
  • बिहिबार, बैशाख १, २०७९

भरत दाहाल 

१. घरजग्गा र पूर्वाधारमा अनुत्पादक लगानीले पूँजी जाम। २. उत्पादन ठप्प। निर्यातका तुलनामा आयात कैयौं गुना बढी। ३. निर्यात् घटेपछि डलर सञ्चितिमा भारी कमी।

४. डलरको कमिले आयात क्षमतामा भारी ह्रास। ५. आयात क्षमता घटेपछि अनियन्त्रित मूल्य बृद्धि। ६. संस्थागत भ्रष्टाचार र भ्रष्टाचारको रकम विदेशमा। ७. योजनाबद्ध रुपमा रकम विदेशमा राख्ने षडयन्त्र। ८. पूँजीको कमिले बैंकहरुद्वारा ऋण लगानी बन्द।

९. विश्व परिस्थितिले गर्दा विदेशबाट आउने विप्रेषणमा कमी। १०. देश लथालिंग बनाईंदा वैदेशिक रोजगारी र पढाईका नाममा अरबौं रकम विदेश पलायन।

बैंकहरुद्वारा ऋण बन्द गरेर मध्यम र साना ब्यबसायहरु बन्द गराउने षडयन्त्र भैरहेको छ। त्यसपछि उत्पन्न हुने अराजकतालाई हतियार बनाएर पश्चिमा बहुराष्ट्रिय कम्पनीहरुले आर्थिक सुधारको नाममा नेपाल कब्जा गर्ने रणनीतिमा दलालहरुलाई प्रयोग गरिरहेका छन्।

आयल निगम, वायू सेवा जस्ता संस्थानहरुलाई निजिकरण गर्ने प्रयास र यूरेनियम उत्खननको जिम्मा विदेशी कम्पनीलाई दिने भनि दलालहरुले गरेको निर्णय देश बहुराष्ट्रिय कम्पनीहरुका हातमा बुझाउने सुविचारित षडयन्त्रकै अंगहरु हुन्।

एशियामा सर्दैछ युद्धको दुन्दुभी, के अमेरीका जोगिन संभव छ ?

विश्व युद्ध अब टार्न नसकिने नियती बन्दै गएको छ। यूक्रेनमा सुरु भएको युद्धले विस्तारै एशियालाई अशान्त बनाउन थालेको छ।

पाकिस्तानको सत्ता परिवर्तन, अमेरीकाद्वारा ताईवानको द्धातक हतियारहरुबाट शस्त्रीकरण र जापानमा हाईपरसोनिक मिशाईलका साथै परमाणु बम बर्षक जहाजहरु तैनाथ गर्ने अमेरीकी घोषणाले कुनै पनि बेला युद्धले विश्व युद्धको रुप लिने संभावना बढ्दो छ।

अमेरीका विश्वको एक मात्र यस्तो देश रहेको छ, जसले रुस र यूक्रेनका बिचको युद्ध रोक्नका लागि एउटा अपिलसम्म गरेन। त्यसले यूक्रेनलाई युद्धका लागि निरन्तर उक्साउने र सहयोगको वचन दिने मात्र काम गर्यो। यूक्रेनलाई खरानी बनाएर नपुगि अमेरीका अब चीनका विरुद्धमा जापान, कोरीया, ताईवानलाई उक्साएर हतियार बेच्ने धन्धामा लागेको छ र इृण्डियालाई धम्काईरहेको छ।

अमेरीकाले आजको युद्ध प्रविधि नबुझेको पक्के पनि होईन। अबको विश्व युद्ध पारम्परिक हतियारबाट मात्र लडिने छैन भन्ने कुरा पनि त्यसलाई थाहा नभएको होइृन।

तर पनि अमेरीकाले विश्वभरी युद्धका लागि तनावको वातावरण बनाउनमैं जोड किन दिईरहेको छ ? यसको एक मात्र बुझ्न सकिने उत्तर हो- विक्षिप्तता। अमेरीकीहरु आफ्नो विकल्प तैयार भैसकेको तथ्य स्वीकार्नै नसक्ने मानसिकतामा छन्।

आजसम्म चलाउँदै आएको स्वेच्छाचारितामा अरु शक्तिहरुबाट लगाम लागेपछि अमेरीकीहरु सम्हालिन सकिरहेका छैनन्। उनीहरुको दिमागमा सिंगो पृथ्वी आफ्नै उपनिवेश हो भन्ने सोंचले घर गरिसकेको थियो।

अबको विश्व युद्धले सबैलाई अकल्पनिय हानी त गर्ने नै छ तर अमेरीकाको आजको नक्शा र आन्तरिक समिकरण पनि सदाका लागि समाप्त भएर जानेवाला छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट