शुक्रबार, फाल्गुन २०, २०७८
राष्ट्रिय आविष्कार केन्द्रलाई कसले भन्यो कबाडी ? महावीर पुनले दिए दरो झापड !

राष्ट्रिय आविष्कार केन्द्रलाई कसले भन्यो कबाडी ? महावीर पुनले दिए दरो झापड !


  • स्वदेश नेपाल
  • शुक्रबार, फाल्गुन २०, २०७८

काठमाण्डौ :

सामाजिक सञ्जालमा सक्रिय रहने बैज्ञानिक तथा राष्ट्रीय आविस्कार केन्द्रका अध्यक्ष डाक्टर महाविर पुनले आविष्कार केन्द्रलाई कबाडी भन्नेलाई शव्दले दरो झापड दिएका छन् । पुनले बुद्धि भएकोले मात्र कबाडीखानाका सामान र मेशीनहरुको प्रयोग गर्न सक्ने जिकिर गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले भनेका छन् बुद्धि नहुनेले मात्र सुरु मै नयाँ र महँगो सामानहरु किनेर सामानको नमुनाहरु बनाउँछ। त्यसैले आविष्कार केन्द्रलाई कबाडी केन्द्र भन्दा गर्ब गरिन्छ। कुरा बुझ्नु भो ?? ठट्यौली पारामा फेसबुकमा प्रतिक्रिया जनाएका अध्यक्ष पुनले आज राष्ट्रिय आविष्कार केन्द्रमा १२ फुट लामो दुई वटा लेथ मेशीनहरु बालाजुको कबाडी पसल बाट ८ लाख रुपैंयामा किनेर ल्याईएको सन्दर्भ जोड्दै यस्तो प्रतिक्रिया दिएका हुन् । आविस्कार केन्द्रले प्रविधि, सर्वसाधारणको जनजिवीकासँग जोडिएका विषय,स्वास्थ र उत्पादन मुलक क्षेत्रलाई विशेष रुपमा जोड दिदै आएको छ ।

हेर्नुहोस् पुनको स्टाटस जस्ताको तस्तै ।

राष्ट्रिय आविष्कार केन्द्रलाई कबाडी केन्द्र भन्ने शुभ-चिन्तकहरुलाई खुसीको खबर 🤣

आज राष्ट्रिय आविष्कार केन्द्रमा १२ फुट लामो दुई वटा लेथ मशीनहरु बालाजुको कबाडी पसल बाट ८ लाख रुपैंयामा किनेर ल्याईयो। ति मशीनहरु राम्रो अबस्था कै छन् र अलिकति मर्मत सम्भार गर्यो भने राम्रो काम दिनेछन । आविष्कार केन्द्रमा अहिले पनि ३ वटा लेथ मशीनहरु छन् तर अलि ठुलो काम गर्नको लागी ठुलो आकारको मशीन चाहिएको हुनाले यी पुराना मशीनहरु किनिएका हुन्।

अब राष्ट्रिय आविष्कार केन्द्रलाई कबाडी केन्द्र भन्ने साथीहरुले सुन्नु होस्। 😂 बुद्धि भएकोले मात्र कबाडीखानाका सामानहरु र मशीनहरु प्रयोग गर्न सक्छ र फाइदा लिन सक्छ। आविष्कार केन्द्रमा अनुसन्धानको लागी प्रयोग हुने करिब २५% जति सामानहरु भाई बहिनीहरुले कबाडीखाना बाट नै एकदम सस्तोमा किनेर ल्याउँछन र बिभिन्न चीजहरुको प्रोटोटाइप अथवा नमुनाहरु बनाएर परीक्षण गर्दछन।

यसरी परीक्षण गरेर सफल भए पछि मात्र नयाँ सामानहरु किनेर जोड्छन र नयाँ सामानहरु बनाउँछन। यसो किन गरिएको हो भने कुनै चीजको प्रोटोटाइप बनाउंदैमा त्यसले काम गर्छ भन्ने हुँदैन। त्यसैले बुद्धि नहुनेले मात्र सुरु मै नयाँ र महँगो सामानहरु किनेर सामानको नमुनाहरु बनाउँछ। त्यसैले आविष्कार केन्द्रलाई कबाडी केन्द्र भन्दा गर्ब गरिन्छ। कुरा बुझ्नु भो ??🤣🙏🙏😂

नोट: कसैले यस्ता लेथ मशीनहरु चलाएर कुनै सामान बनाउन चाहनु हुन्छ भने यस केन्द्रमा आएर आफ्नो आइडिया अनुसारको सामान बनाउन सक्नु हुन्छ। पैसा लाग्दैन।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट