मङ्लबार, पुस २०, २०७८
संसारकै बढी उमेरकी जीवित महिला तानाका ११९ बर्षमा लागिन् !

संसारकै बढी उमेरकी जीवित महिला तानाका ११९ बर्षमा लागिन् !

लामो आयुको रहस्य राम्रो खाना र गणित


  • स्वदेश नेपाल
  • मङ्लबार, पुस २०, २०७८

विश्वकै सबैभन्दा बढी उमेरकी जीवित महिला जापानकी केन तानाका ११९ बर्षमा प्रवेश गरेकी छिन् । उनकी पनातिनी जुन्को तानेकाले ट्वीटर पोष्ट गर्दै
अस्ति आइतबार केन तानाका ११९ बर्षमा प्रवेश गरेको जानकारी दिइकी छिन् ।

केन तानाका ११९ बर्षमा प्रवेश गर्नु महान उपलब्धी भएको उल्लेख गर्दै पनातिनी जुन्कोले डिसेम्बरमा आफूले भेट्दाको तस्वीर समेत पोष्ट गरेकी छिन् । सन् २०१९ मा गिनिज विश्व रेकर्डले उनलाई विश्वकै सबैभन्दा बढी उमेरकी महिलाको रुपमा दर्ज गरेको छ ।

तानेका सन् १९०३ मा जन्मिएकी हुन् । जुन बर्ष राइट दाजुभाईले विश्वमा उडानका क्षेत्रमा इतिहास कायम गरेका थिए । तानेकाले १९ बर्षको उमेरमा चामल पसलेसँग विवाह गरेकी थिइन् भने १०३ बर्षको उमेरसम्म परिवारको पसलमा काम गर्दै आएकी थिइन् ।

तानाका विहान ६ बजे उठ्ने गरेको जनाइएको छ । आफ्नो लामो आयुको रहस्य राम्रो खाना र गणितको अभ्यास तथा अध्ययन रहेको तानाकाले बताएकी छिन् । तानाका दुईवटा विश्वयुद्ध र सन् १९१८ को स्पानिस फ्लुमा बाँच्न सफल महिला हुन् ।

तर उनी विगतका बारेमा भने त्यती कुरा गर्न रुचाउदिनन् । उनी वर्तमानमा रमाउन चाहन्छिन् ।

-खसोखासबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट