बुधबार, कार्तिक १०, २०७८
बाँदरको मस्तिष्कमा मानिसको जीन हालियो, यस्तो पाइयो नजिता

बाँदरको मस्तिष्कमा मानिसको जीन हालियो, यस्तो पाइयो नजिता


  • स्वदेश नेपाल
  • बुधबार, कार्तिक १०, २०७८

काठमाडौं । वैज्ञानिकहरूले बाँदरमा मानव मस्तिष्कको जीन हालेर परीक्षण गरेका छन्।

मान्छेमा बुद्धि कसरी विकसित भयो भन्ने अध्ययन गर्नका लागि वैज्ञानिकहरूले बाँदरमा मानव मस्तिष्कको जीन हालेर परीक्षण गरेको जनाएको छ।

बीबीसीका अनुसार चीनको कुन्मिङ इन्स्टिट्युट अफ जूओलजी र चाइनिज अक्याडमी अफ साइन्सेजका अनुसन्धानकर्ताले अमेरिकाको युनिभर्सिटी अफ नोर्थ क्यारोलाइनाका वैज्ञानिकहरूसँग मिलेर यो अनुसन्धान थालेका हुन्।

मानव मस्तिष्कको जीन प्रत्यारोपण गरेपछि बाँदरहरू केही बुद्धिमान् भएको उनीहरूले दाबी गरेका छन्।

यस्ता खालका आनुवंशिक प्रयोग र परीक्षणप्रति नैतिक प्रश्न उठाइएको छ ।

अन्तरिक्षमा स्याटेलाइट पठाउने टोलीमा नेपाली चेली सरु श्रेष्ठ

नेपालको कास्की पोखरामा जन्मेकी नेपाली चेली सरु श्रेष्ठ अन्तरिक्षमा यान तथा स्याटेलाइट पठाउने टोलीमा चुनिकी छिन्। माध्यामिक स्कुल स्टेप बाइ स्टेप बोडिङ पोखराबाट एस् एल सी र उच्च माध्यामिक शिक्षा नोवेल एकेडमी पोखराबाटै ए लेवल अध्ययन गरेकी सरु विगत ६ वर्ष देखी आफ्ना बाबु आमासंगै नेदेर्ल्यान्ड्सको द हेग मा बसोबास गर्दै आएकी छिन्।

विश्व कै अती उत्कृष्ट मानिने र अन्तरिक्ष्यमा कैंयौ पटक सफल यात्रा गरिसकेका आन्द्रे क्याउपर्सले ९ ब्लमचभ प्गष्उभचक ०अध्ययन गरेको नेदर्ल्यान्द्सको टि यु देल्फ्त बिश्व बिद्यालयमा एरो स्पेश इन्जिनियरिङ्ग अन्तर्गत अन्तरिक्ष्य ९ क्उबअभ भ्हयिचबतष्यल० बिषयमा स्नाकोत्तर अन्तिम बर्षमा अध्ययनरत सरु श्रेष्ठ यस विश्व बिद्यालय कै एक उत्कृष्ट बिद्दार्थी मानिन्छिन् भने हालै उनी विद्यार्थी काउन्सिलमा समेत भारी मतले बिजयी भएकी छिन्।

अन्तरिक्ष्य यात्रा गरेरै छाड्ने सपना बोकेकी सरु अन्तरिक्ष्यमा यान तथा सेट्लाइट पठाउने यस टिममा सहभागी भए लगतै यदी उनको सपना पुरा भएमा अन्तरिक्ष्यमा जाने उनी नै नेपाली इतिहासमा पहिलो नेपाली मुल कि नागरिक बन्ने छिन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट