बुधबार, कार्तिक ३, २०७८
फेसबुकले फेरि आफ्नो नाम परिवर्तन गर्दै, यसअघि थियो दफेसबुक

फेसबुकले फेरि आफ्नो नाम परिवर्तन गर्दै, यसअघि थियो दफेसबुक


  • स्वदेश नेपाल
  • बुधबार, कार्तिक ३, २०७८

सामाजिक सञ्जाल फेसबूकले नाम परिवर्तन गर्न सक्ने खबर द भर्ज पत्रिकाले दिएको छ । यसको याप र सर्भिसमा कुनै परिवर्तन नआउने तर कम्पनीको ब्रान्डनेम चाहिँ बदलिन सक्ने बताइएको छ ।

अहिले फेसबूकले विभिन्न अनैतिक कामहरू गरेको भन्दै चर्को आलोचना भइरहेको छ । यस्तो स्थितिमा कम्पनीले नाम बदल्ने सोच बनाएको देखिन्छ । कम्पनीका प्रवक्ताले बजारमा चलेका हल्लामा कुनै प्रतिक्रिया नजनाउने बताएका छन् ।

विगतमा कम्पनीहरूले सेवा विस्तार गर्नका लागि नाम परिवर्तन गर्ने वा रिब्रान्ड गर्ने गरेका थिए । तर अहिले फेसबूकले विवादहरूबाट ध्यान हटाउनका लागि नाम बदल्न खोजेको धेरैको सोच छ ।

फेसबूकलाई पहिला दफेसबूक भनिन्थ्यो । त्यसैले नाम परिवर्तन गर्दा त्यही पहिलेको द थपे हुन्छ भनी प्रयोगकर्ताहरूले मजाक गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट